Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट विचलन : हामी कहाँ–कहाँ चुक्यौँ? (१)

टंक कार्की टंक कार्की
चैत्र १३, २०७७
- रिडर्स डिस्कोर्स, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट आन्दोलन स्थापना भएयता यसले एउटा वैकल्पिक प्रजातान्त्रिक मार्ग प्रशस्त गरेको हो भन्नेमा कुनै शंका छैन। तर यो आन्दोलन स्थापित भएलगत्तै र त्यसपछाडि यसमा विकृतिको थुप्रो पनि बढ्दै जान थाल्यो। त्यो क्रम कम्युनिष्ट पार्टी स्थापना भएको दुई वर्षपछि २००८ साल मै सुरु भयो। जतिखेर पुष्पलाल श्रेष्ठलाई पार्टी महासचिवबाट हटाउने हर्कत भयो, त्यतिबेला देखि नै कम्युनिष्ट पार्टीमा विकृतिको श्रृंखला सुरु भएको हो।

    पुष्पलाललाई हटाउनुपर्ने औचित्य सावित गर्ने खालका कुनै राजनीतिक वा वैचारिक मुद्दा थिएनन्। त्यतिबेला देखि नै कम्युनिष्ट आन्दोलनभित्र दुई वटा धार विकास भयो। एउटा धार मिसनलाई अगाडि सारेर अघि बढ्छ भने अर्को आन्दोलनभित्र नेतामात्रै हुने तप्काको रुपमा आयो | त्यो पावरको खोजीमा आएको हो। र त्यसले सत्ताको निम्ति कम्युनिष्ट आन्दोलनलाई उपकरणको रुपमा प्रयोग गर्ने गर्‍यो।

    पुष्पलालको सिद्धान्त दक्षिणपन्थीलाई पचेन

    २००८ सालमा पुष्पलाललाई महासचिवबाट हटाएको यो तप्काले २०१० सालको सेरोफेरोदेखि दक्षिणपन्थी कोर्स समातेको छ। खासगरी आफूलाई लागेको प्रतिबन्ध हटाउका लागि राजाको वैधानिक नायकतत्व मान्ने सर्तसमेत स्वीकार्ने हदसम्म झुकेको छ। त्यस तप्काले दक्षिणपन्थी शक्तिलाई मूल प्रवाहमा ल्याउनुपथ्र्यो, त्यसको निम्ति केशरजंग रायमाझीलाई दोस्रो महाधिवेशनमा महासचिव बनाए ।

    त्यसले घुमाउरो पाराले राजतन्त्रसँग सहकार्य गरेर अघि बढ्ने धार समायो तर पुष्पलालजी गणतन्त्रवादी नै रही रहे। पुष्पलालजीले कम्युनिष्ट आदर्शका मूल सिद्धान्तसँग कहीँ कसैसँग सम्भौता गरेनन्। उनको त्यो सिद्धान्त निष्ठता चाहिँ दक्षिणपन्थी तप्काका निम्ति सुपाच्य भएन र आज पनि पुष्पलालजीलाई लखेट्ने काम भइरहेको छ।

    पुष्पलाल आफैंलाई देवत्वकरण गर्ने पक्षमा थिएनन्। उनी सिद्धान्त र नीतिगत पक्षमा प्रष्ट थिए, र सधैंभरी त्यसको वकालत गरिरहे। मनमोहन जी बेइजिङ्ग गएका बेला उनलाई कार्यवाहक महासचिव चलाउन भनिएको थियो। तर उनी आफ्नो भन्दा फरक विचारले चलेको पार्टीको कार्यवाहक महासचिव हुन मानेनन्।

    राजाको कदमलाई समर्थन गरियो

    नेकपाको दोस्रो महाधिवेशनमा पुष्पलालको विचार पास भयो। नेतृत्व रायमाझीको चयन भयो। नेतृत्व र विचारको संगति भएन भने नेतृत्वले ऐन मौकामा धोका दिँदो रहेछ भन्ने कुरा पछिल्ला घटनाक्रमले पुष्टि गर्छन् । राजा महेन्द्रले २०१७ मा जब संसद विघटन गरे र संसदीय व्यवस्थाको अन्त्य गरे, त्यतिबेलाको परिवर्तित सन्दर्भमा कम्युनिष्ट पार्टीमा तीनवटा धार देखियो।

    पुष्पलालको धार विघठित संसदको पुनर्स्थापनाको पक्षमा थियो भने मोहनविक्रमले त्यसअघि हुन नसकेको विधान सभाको निर्वाचनको कुरो उठाए। र, रायमाझीले भने अप्रत्यक्ष ढंगले संसद विघटनलाई नै समर्थन गर्नका लागि संसदीय व्यवस्थाको पुनर्स्थापना भए हुन्छ भने। यो नजानिदो ढंगले राजाको कदमको समर्थन थियो । २०६२/६३ सालको जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रले गरेको संसद पुनर्स्थापनाको मुद्दा उठाइयो भने उ बेला पुष्पलालले उठाको विघठित संसद पुनर्स्थापनाको मुद्धा राजनीतिकरुपमा औचित्यपूर्ण थियो । १७ सालमा २/३ बहुमत भएको सरकार हुँदाहुँदै संसद विघटन गर्ने राजाको कदम नितान्त गलत थियो। त्यसैले पुनर्स्थापनाकै माग गरिनुपथ्र्यो। त्यो नै सबैभन्दा वस्नुनिष्ठ माग थियो।

    त्यस मागलाई अरु तिर बरालिदिएर राजाको कदमलाई समर्थन गर्ने काम पनि कम्युनिष्ट आन्दोलनबाट भयो। त्यसबेला संसदमा कांग्रेसको बहुमत रहेकाले संसदीय व्यवस्थाको पुनर्स्थापनाको माग गरिएको पनि भनिन्छ, तर त्यो माग राजालाई मद्धत पुर्याउनका लागि गरिएको स्पष्ट हुन्छ।

    जेलबाटै जनआन्दोलन विथोल्ने प्रयास

    पुष्पलालले २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गरे र संयुक्त जनआन्दोलनको कार्यदिशा अघि सारे। त्यस जनआन्दोलने संघर्षको जुन ढाँचा निर्माण गर्दैथियो, त्यसलाई पनि विथोल्ने काम भयो। जेलमा रहेका मोहनविक्रमसहित १५ जनाले संयुक्त जनआन्दोलन विथोल्नका लागि कांग्रेसको वर्ग चरित्र विश्लेषण गर्न थाले। कांग्रेस पूँजीपति वर्गको पार्टी हो भनेर हिजोका दिनमा गरिएको विश्लेषणलाई परिवर्तन गर्दै उनीहरूले कांग्रेसलाई लाई सामन्तवादी जमिनदारको पार्टी भन्ने निस्कर्ष निकाले । जेलमा रहेका १६ जनामध्ये एकजनाले मात्रै फरक मत राखेका थिए, ति हुन् निर्मल लामा। त्यो समूहले संयुक्त जनआन्दोलनलाई विथोल्नका लागि कांग्रेसको चरित्र नै फेरबदल गर्यो ।

    हुँदा हुँदा त्यसैमा टेकेर अलिक पछि मोहनविक्रमजीले पुष्पलाललाई गद्दार सम्म भन्न पुगे | यो सब संयुक्त जनआन्दोलनबाट पन्छिन रचिएको चक्रव्यूह थियो । त्यसैको निरन्तरताको रुपमा २०३६ सालको जनमत संग्रह बहिष्कार गरियो। अर्कोतिर कांग्रेसमा पनि पश्चिमा शक्तिलाई रिझाउने नाममा कम्युनिष्टहरूसँगको सहकार्यबाट पन्छिने प्रवृत्तिको विकास भयो।

    जसले गर्दा संयुक्त जनआन्दोलनलाई व्यवहारमा उतार्न २१ वर्ष लाग्यो। यदि त्यसरी संयुक्त जनआन्दोलनको कार्यदिशालाई विथोल्ने शक्ति क्रियाशील हुँदैनथियो भने पंचायत २८/२९ सालतिर नै ढलिसक्थ्यो। राजा महेन्द्र गलिसकेका थिए । उनले यसरी एकलौटी ढंगबाट जान सकिदैन, प्रजातन्त्र पुनर्स्थापना हुनुपर्छ भन्ने ढंगले संविधानको ड्राफ्ट गर्न लगाइसकेका थिए भन्ने कुरापनि आएको थियो। यसरी कम्युनिष्ट र कांग्रेसबीच झगडा गराइयो र त्यति लामो समयसम्म पञ्चायती व्यवस्था टिक्यो। यसरी निरंकुश सत्तासँग बार्गेनिङ गर्न बाह्य शक्तिलाई पनि सजिलो भयो।

    प्रश्न गर्नेहरू पाखा लाग्दै गए

    कम्युनिष्ट आन्दोलनभित्र अर्को एउटा बहुचर्चित विवाद छ। २०३९ सालमा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रताको विवाद । झट्ट हेर्दा यी दुई बीच उस्तो भिन्नता छैन | जनमत संग्रहको बहिस्कार र बहुदलिय व्यवस्था प्रतिको वितिष्णा जगाउने काम राजनीतिक रुपमा कदापि युक्तिसंगत थिएन | उसमाथि कार्यनीतिक रुपमा गणतन्त्र सम्भव थिएन, शक्ति सन्तुलन त्यस्तो थिएन | कुरो देखावटी क्रान्तिकारीको थियो भन्न कुनै गाह्रो थिएन | यदि त्यतिबेलाको नेतृत्व सुझबुझपूर्ण हुन्थ्यो भने त्यो विवादलाई सहज ढंगले व्यवस्थित गरिन्थ्यो।

    त्यो नेतृत्व वैचारिक रुपमा प्रष्ट, प्रतिबद्ध र सीपालु नहुँदा नेकपा मालेभित्रको आन्दोलनका ध्येय प्रति प्रतिवद्ध सांस्कृतिक शक्ति कमजोर हुन पुग्यो। सत्ताका लागि शक्ति बटुल्ने प्रवृत्ति हावी भयो। यो काम माधवकुमार नेपालको नेतृत्व भयो । उनी राजनीतिक प्रश्नलाई प्राविधिक ढंगले हेर्ने गर्थे। त्यसपछि पार्टीमा राजनीतिक प्रश्नहरूले प्रधानता पाउन छोडे । प्राविधिक मुद्धाले प्रधानता पाए। ‘पार्टी प्रति लोयल’को नाममा नेतृत्वका साखुल्लेहरु पार्टीको र्याङ्क एण्ड फ़ायलमा भरिन थाले | त्यसपछि आलोचनात्मक चेत भएका मान्छेहरू लाखापाखा लाग्ने स्थिति भयो। आन्दोलनमा पार्टी स्वतन्त्रताका पक्षधर रहेका धेरै साथीहरू लाखापाखा लागे।

    यो पनि पढ्नुहोस् –

    पार्टीमा वैचारिक प्रष्टता र आन्दोलन प्रति निष्ठा हुनेहरूको भन्दा पनि नतृत्व प्रति वफादार हुनेहरुको जत्था हावी हुन थाल्यो । राजनैतिक व्यक्ति भन्दा पनि गैर राजनीतिक मान्छेको प्रवेश पार्टीभित्र बढ्न थाल्यो । त्यो भन्दा अघि कोही पनि ‘म’ भन्ने व्यक्ति थिएनन्। ‘हाम्रो पार्टी र हामी’ भन्ने विचार हावी थियो।

    समूह ठूलो कि व्यक्ति?

    पूँजीवादी विचारधाराको दार्शनिक पक्ष भनेको यसले व्यक्तिलाई स्वयंभु बनाउछ । समाजवादी विचारधारले समाजलाई प्रधानमा राखेर व्यक्तिको भूमिका खोज्छ । यहाँ चाहिँ अहिलेको डिस्कोर्स हेर्दा दुईवटा दार्शनिक आधारहरूको झगडा प्रकट भएको छ। व्यक्तिलाई स्वयंभु बनाएर समाजलाई गौण बनाउने कि समाजलाई प्रधान बनाएर व्यक्तिलाई भूमिका खोज्ने ?

    संघम शरणं गच्छामी कि अहम् ब्रह्मस्मी ? नागरिक समाज कि राज्य ठूलो ? अहिलेको लडाइँ यो हो।  पश्चिमा पूँजीवादी मूल्यले व्यक्तिलाई स्वयंभु बनाउछ। भलै उनीहरू आफैंभित्र संगठित छन्। आफैंभित्र एउटा प्रणाली र संस्थामा बाँधिएका छन। तर अरुलाई व्यक्तिको स्वयम्भुता पढाउँछन् ।

    समाजलाई व्यक्तिमा छिन्न भिन्न गरे पछि उसमाथि शासन गर्न सजिलो हुन्छ। हाम्रो आन्दोलनमा चाहिँ ३९ सालपछाडि, त्यसमाथि पनि विशेषगरी ४६ सालको परिवर्तनपछि वैचारिक मुद्धा गौण बने र सत्ताको भर्‍याङ प्राथमिकताकको विषय बन्यो। सत्तामोहकै कारण तलदेखि माथिसम्म चाकरीको संस्कार बढ्यो।

    नेताहरू दिने र कार्यकर्ता थाप्ने हुन थाल्यो। कार्यकर्ता माग्ने भएपछि एक किसिमको मुखिया-कारिन्दा सम्वन्ध विकास हुन थाल्यो। नेताहरूले आफ्ना कार्यकर्तालाई स्वतन्त्र अस्मिता र विवेक भएको होइन, रोवर्टका रुपमा बुझ्न थाले। कार्यकता पनि नेतालाई खुशी नपारी कल्याण र मोक्ष छैन भन्ने सेच्न थाले। आन्दोलन त्यहाँबाट विचलन हुँदै आयो। अहिले यस्तो देखिन्छ कि मानौँ नेतृत्व भनेको किंग मिदास हो र केपी ओलीले छोएजति सबै सुन छन्, उनले सराप दिएका जति सबै भष्म ।

    एमाले विभाजन रोक्न सकिन्थ्यो

    नेकपा एमाले २०५४ मा विभाजन भयो। त्यो विभाजनको कारक थियो, महाकाली सन्धीलाई हेर्ने दृष्टिकोण। आज त्यो घटनाको बारेमा आत्मसमीक्षा गर्नुपर्छ । सन् १९९७ मा ६ महिनामा डिपिआर पूरा गर्ने भनिएको थियो। तर आज २४ वर्ष भइसक्यो अहिले पनि बनेको छैन। त्यो अवस्थामा सन्धीको निर्णय नगरी नहुने के बाध्यता थियो र? पार्टीको जीवन मरणको सवाल त थिएन।

    त्यसका कतिपय प्रावधानलाई सच्यार पनि जान सकिन्थ्यो । आज एमसीसीको बारेमा जस्तो चर्चा छ, अहिलेको जत्तिनै पनि पोजिसन लिएको भए के हुन्थ्यो? त्यसका कतिपय गलत प्रावधानलाई करेक्सन गरेर अघि बढ्न सकिन्थ्यो। तर गरिएन। बलजफती तमाम हतकण्डा प्रयोग गरेर महाकाली सन्धीलाई पास गरियो।

    अलिकति उदारता र राजनीतिक प्रविणता देखाउन सकेको भए २०५४ सालमा पार्टी विभाजन रोक्न सकिन्थ्यो। यसमा नेतृत्व गम्भीर भएनन्। सिपी मैनाली र राधाकृष्ण मैनालीहरू पन्छिए । हुँदा हुँदा राधाकृष्ण मैनाली कहाँ पुगे ?! उनी त्यहाँ पुग्नु हुँदैनथियो। हामीलाई घचेट्ने काम पनि भएको छ। अशोक राई पार्टीको सेकेण्ड हाइ र्याकिंङका नेता हुन। उनी किन हट्नुपर्‍यो? भाग्ने परिवेश बनाउन नेतृत्व जिम्मेवार छन् कि छैनन्। नेतृत्व गम्भीर भए कि भएनन्? राई मात्रै होइन, यहाँभित्रको अस्तव्यस्तताले गर्दा आन्दोलनभित्र लामो इतिहास बोक्ने अब्बल मान्छे पन्छिएका छन् ।

    कम्युनिष्ट आदर्श कस्तो?

    एकथरी आफ्नो हातमा पावर लिने र अर्कोलाई पछार्ने दाउमा छन्। धेरै मानिसहरू यो आन्दोलनबाट लाखापाखा लागे या निश्क्रिय बनाइयो। त्यसकारण आज जे भइरहेको छ, यो त हुनु नै थियो। आज नभएको भए दुई वर्ष पछाडि हुन्थ्यो। किनभने व्यक्तिवादी प्रवृत्ति जम्दै गएको थियो र आज यो अवस्था आएको हो।

    त्यसकारण समस्या कहाँ भनेर कम्युनिष्ट आन्दोलनलाई हेर्दा यो आन्दोलनमा नेतृत्वले माक्र्स, लेनिन र एंगेल्सबाट होइन, स्टालिनबाट धेरै कुरो सिक्यो। यो नेतृत्वले स्टालिनलाई सिरानी लगायो। उनले जुन ढाँचामा संगठन चलाए त्यही कुराको सिको गरियो। माक्र्सले कम्युनिष्ट संगठनलाई उच्च प्रजातान्त्रिक ढंगले चलाएका थिए। कतिसम्म भने उनले व्यक्ति पूजाका प्रावधानलाई नहटाउन्जेलसम्म कम्युनिष्ट लिगमा सामेल नहुने बताएका थिए। यस्तै पहिलो अन्तराष्ट्रिय अर्थात् अन्तराष्ट्रिय श्रमिक संघ गठन हुँदा माक्र्सलाई अध्यक्षता ग्रहण गर्न भनियो। तर उनी मानेनन् र पनि मतदानमा उनलाई कतिपयले त भोट पनि हाले भयो।

    एंगेल्सलाई पनि कोषाध्यक्ष बन्न भनिएको थियो। तर उनले श्रमिक वर्गकै मान्छेलाई कोषाध्यक्ष बनाउन अडान लिए। तर आज हामीकहाँ हारालुछ र तानातान छ । कम्युनिष्ट आदर्श यस्तो हुन्छ र? नेतृत्वविहिन अराजकहरूको भिड हुनुपर्छ पनि भनेको होइन। त्यहाँ त बराबरीमा जिम्मेवारीको बाँडाचुड न हो।

    तर आज हाम्रो आन्दोलनभित्र भइरहेको नेतृत्वको लुछाचुँडी निम्न पूँजीवादी चरित्र हो। संगठनको माथिल्लो तहमा हेर्नुभयो भने नियो क्लास छ। र, सामाजिक आधारमा तल्लो तहमा हेर्नुभयो भने निम्न पूँजीवादी चरित्र छ। यसले गर्दा माथिल्लो तह आफ्नो पावर दिगो बनाउन चाहन्छ, तल चाहिँ व्यक्तिवादी हुन्छ।

    त्यो वर्गलाई आधार बनाएर आएपछि आज विकृति झाँगिने नै भयो। हुँदाहुँदै हिजो पार्टीमा समर्पण गरेका व्यक्ति भन्दापनि राजनीतिक इन्टिग्रिटीमा प्रश्न भएका मान्छेलाई रेड कार्पेट ओछ्याइएको छ। मोहनचन्द्र अधिकारी जस्ता मान्छेलाई हामी राष्ट्रिय सभामा राख्न सक्दैनौँ, सम्मान गर्न सकेनौँ।

    यदि कसैले मलाई अगाडि राख्ने कि मोहनचन्द्रलाई भनेर सोध्छ भने मैले मोहनचन्द्र छान्न सक्नु पर्दछ । हामी भन्दा अब्बल इतिहास भएका र समर्पण गरेका व्यक्तिलाई साक्षी राखेर कम्युनिष्ट आन्दोलनको पक्षमा छौँ भन्ने सन्देश दिन किन नसक्ने?

    भिडियो–

    (नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.