Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

कम्युनिष्ट विचलन : हामी कहाँ–कहाँ चुक्यौँ? (२)

टंक कार्की टंक कार्की
चैत्र १७, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जसरी बुद्ध दर्शनको अष्टमार्गको सार भनेको प्रज्ञा, शील र समाधिलाई एकिकृत गर्नु हो, त्यस्तै, हाम्रो आन्दोलनमा पनि सिद्धान्त, संघर्ष र आचारलाई एकिकरण गर्नुपर्छ। पण्डितले मात्रै क्रान्ति गर्दैन। उसँग प्रज्ञा होला। तर उसँग न समाधि छ न शील। मैले यसअगाडि पनि चर्चा गरिसकेको छु, २०४६ सालपछि कम्युनिष्ट पार्टी सैद्धान्तिक रुपमा स्खलित हुँदै आयो र पार्टीमा सबैभन्दा बढी प्राथमिकताको विषय नेतृत्वको चाकरी भइदियो। सैद्धान्तिक र वैचारिक प्रष्टता कमजोर बन्न थाले।

    सामूहिकता र अलौकिक शक्ति

    पूँजीवादले ज्ञानका आधारहरू विस्तार गर्‍यो। सामन्तवादी समाजमा अन्धविश्वास र अलौकिक शक्तिमा भर गर्ने गरिन्छ। चेतना फराकिलो भएको हुँदैन। सामन्तवादी समाज सुसंगठित होइन । सामन्तवादी समाज भनेको व्यक्तिवादी समाज पनि हो। यस्तो समाजमा उत्पादन र उत्पादनको प्रक्रियामा सामाजिकीकरण भएको हुँदैन । मान्छे–मान्छेबीचको सहकार्य हुँदैन। मान्छे मान्छेबीच सहकार्य नहुँदा व्यक्ति चाहिँ निरिह हुन्छ। सानो स्केलको उत्पादान र गुजारामुखी अर्थतन्त्र त्यसको झाँकी | त्यसकारण उ अलौकिक शक्ति र भाग्यमा विश्वास गर्छ । यो सामन्तवादी समाजको चरित्र हो।

    पूँजीवादी समाजमा आइसकेपछि उत्पादनका सम्बन्धहरूले बाँध्न थाल्छन्। कारखाना वा संस्थामा काम गर्नेहरूको सहकर्मी र साथीभाईहरूसँग विभिन्न कुराको आदानप्रदान हुन्छ। तर एउटा किसान खेतमा एक्लै जोतिन्छ । उसका लागि अरु व्यक्तिहरूसँग छलफल गर्ने वातावरण हुँदैन।

    अहिले हाम्रो समाज सामन्तवादबाट परिवर्तन भएर पूँजीवादतर्फ जादैछ। पूँजीवादी समाज भनेको जटिल समाज हो। यससँग जुध्नका लागि सामूहिकता मात्रै शक्ति हो। बिपी कोइरालाले सामूहिकताले नै पार्टी चल्छ भन्दै आफूपछिको नेतृत्व त्रय नेतालाई दिए। उनले आफ्ना भाईलाई वा गणेशमान सिंह वा किसुनजीलाई मात्रै छोडिदिएको भए पनि त हुन्थ्यो। तर त्यसो गरेनन्। अथवा, आफ्ना छोरा शशांकलाई उत्तराधिकारी तोकेर नेतृत्व दिएको भए पनि त हुन्थ्यो। कम्युनिष्टहरूले त गरेका छन्। तर पनि बिपीले त्यसो गरेनन् र सामूहिक नेतृत्वलाई प्राथकिता दिँदै त्रय नेतालाई जिम्मा दिए।

    तर कांग्रेसले पनि बिपीको भावना बुझ्न सकेन। सत्ताको नजिक पुगिसकेपछि पहिला गणेशमानलाई र पछि किसुनजीलाई ‘फायर’ गरियो र गिरिजाप्रसाद कोइरालाले एकछत्र डण्डाबाट कांग्रेस चलाउन थाले। कांग्रेस तहसनहस भयो।

    हामीभित्र जब सामूहिक आधारहरू फराकिलो थिए, हामी सामूहिकता र प्रणालीभित्र बाँधिएका थियौँ। निर्णय प्रक्रियालाई कमसेकम कमिटीभित्र लिएर आउने कोशिस गरिन्थ्यो र त्यसो गर्दा तुलनात्मक रुपले कम घाटा हुन्थ्यो। तर अहिले सारा शक्ति एउटा व्यक्तिमा केन्द्रित भयो। अब हुँदाहुँदा बैठक नचाहिने भयो, व्यक्तिले दिएको उर्दी नै निर्णय भयो, न विधिविधान चाहियो। यस्तो ढंगले चलेपछि त्यसबाट भएको क्षति भयावह हुने नै भयो । अहिले जति घाटा भएको छ, यो बीचमा नेपाली कम्युनिष्ट आन्दोलनमा यति ठूलो घाटा अरु कुनै कालमा भएको थिएन।

    आफूले बनाएको पार्टी भए पो माया !

    ०४६ सालपछि हामी तथाकथित सत्ता राजनीतिमा प्रवेश गर्‍यौँ। यो भनेको चुनावदेखि चुनावसम्मको राजनीति हो। हामीले भोटर मात्रै हेर्न थाल्यौँ। एउटा भोटरको मोहनचन्द्र अधिकारीलाई किन विशेष प्राथमिकता दिनु? किन इतिहास हेर्नुपर्‍यो? मोहनचन्द्र भन्दा कोमल वलीले १० भोट बढी ल्याउछिन भने नेतृत्व उनलाई प्राथमिकता दिनतिर लाग्छ। जसको थैली ठूलो छ, उसतिर हेर्न थालियो। गोजीमा पैसा नभएका व्यक्तिलाई लिने कामलाई भार सम्झिन थाले।

    खासमा यो पार्टी इतिहासले निर्माण गरेको हो। एकजना व्यक्तिले बनाएको होइन। अहिले हाम्रा सार्थीहरू सबै आफैंले बनाएको जस्तो गरिहेका हुन्छन्। माओवादीमा पनि यो समस्या छ। तर पार्टी भनेको एउटा व्यक्तिले मात्रै बनाउँदैन। साना ठूला यो पार्टीमा सबै व्यक्तिको रगत पसिना मिसिएको छ। हामी सबैको रगत पसिनाको साझा सह उत्पादन हो पार्टी भनेर बुझ्न थालेपछि मात्रै कसले बढी रगत पसिना बगाएको छ भनेर सोच्ने कुरो हुन्छ। तर यहाँ उल्टो भइदियो।

    भिडियो भाग-१

    केपी ओलीकै कुरा गरौँ, उनले संगठन बनाएको होइन। झापा संघर्षलगत्तै उनी बाहिरिए। त्यसपछाडि जेलमा बसे। जेलमा १४ वर्ष बिताएर फर्किँदा भिमकाय संगठन भइसकेको थियो। उनमा यो पार्टीप्रति त्यति मोह छैन। पछिल्लो घटनाक्रमप्रति पार्टीका तल्लो तहका व्यक्तिहरू चिन्तित छन्। किनकी उनीहरूले रगत पसिना बगाएका छन् र पार्टीको माया छ। यो मानव चरित्र हो। तर यिनीहरुलाई पार्टीको माया नै छैन। आफूले बनाएको भए पो माया हुन्छ ?!

    संरचनागत समस्या छ

    कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखिएको समस्या एकाध समयमा आउँछन्। त्यसैले अब हामीले सांगोपांगो आत्मसमीक्षा गर्नुपर्छ। कम्युनिष्ट आन्दोलनका आदर्शलाई कसरी बुझियो, अब कसरी लिएर जानुपर्छ र हामी कहाँ कहाँ चुक्यौँ भनेर समीक्षा गर्ने बेला आएको छ। अर्को कुरा, सामूहिक नेतृत्व र सामूहिक विचार पद्धतिबाट यो पार्टीलाई हाँकिनुपर्छ । अब जखमले नेताको खोजी गरेर यो आन्दोलनलाई पार लगाउने कोशिस प्रत्यक्ष या अप्रत्यक्ष रुपमा किन नहोस्, गरिनु हुँदैन। जस्तोसुकै गतिलो किन नहोस्, एकजना व्यक्तिको करिष्मा यो आन्दोलन चलन सक्दैन।

    सामूहिक नेतृत्व र विचार पद्धतिभित्र कम्युनिष्ट आदर्श र मिसनलाई आजको सन्दर्भमा हेरिनुपर्छ जस्तो लाग्छ। र, यसो भनिरहदा मैले देखेको छु, हाम्रो आन्दोलनभित्रको एउटा समस्या भनेको संरचनागत समस्या हो। हामीले सामुहिक नेतृत्वलाई विस्तार गर्न सकेनौँ। संस्थागत समस्या पनि छन् ।

    नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय थियो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय भन्दा दुई गुणा ठूलो हाम्रो केन्द्रीय कमिटी छ। कुनै यस्तो जिल्ला कमिटी या जनवर्गीय संगठन छैन, जसको सदस्यहरूको संख्या २ सय भन्दा तलको होस्। जो निर्णय गर्न बस्न सक्दैन।

    निर्णय गर्ने परिपार्टी नै छैन। खाली उर्दीबाटै चल्ने संरचनाहरू छन्। बसेर सामुहिक निर्णय गर्ने पारिपार्टी होइन। सदस्यहरूलाई कसले र कसरी निर्णय गर्छ भन्ने थाहा नै छैन। निर्णयको केन्द्रिकरण र संस्था भिमकाय छ। हामीमा संस्थागत रुपले यो खालको संरचनाको समस्या छ।

    मदन भण्डारीसँग इमानदार भएनन्

    अर्को कुरा, म नै सबैथोक हो भन्ने संस्कारलाई हटाउनुपर्छ। सामूहिकता र सामाजिकतालाई प्राथमिता दिने संस्कार लिएर जानुपर्छ। यी संरचनागत र सांस्कृतिक समस्याका अतिरिक्त विचारमा पनि स्खलन आयो। कतिसम्म भने जो साथीहरू आज जबज भनिरहेका छन् तिनीहरूले के भाष्य बाँडे ?! तिनको जबजको भाष्य भनेको आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्षी, कानुनी राज्य र शक्ति पृथकिकरण, यिनै पाँच सातवटा कुरा होइनन्? त्यो भन्दा पर तिनीहरूले के सिकाए?

    उनीहरू स्वयं मदन भण्डारीसँग इमानदार भएनन्। मदन भण्डारीको विचारलाई पनि यिनीहरूले फालिदिए। मदन भण्डारीको सारकुरा भनेको उनकै भाषामा भन्नुपर्दा जनसत्ताको सुदृढिकरण हो, मिश्रित अर्थ व्यवस्थाको विकास हो । आज उनका अनुचर हौँ भन्नेहरुले मदन भण्डारी आफैले रुप मात्र भनेका कुरालाई सारको रुपमा प्रस्तुत गर्दै ल्याएका छन् | जनसत्ता भनेको हामी जुन वर्गको प्रतिनिधित्व गर्‍यौँ, त्यो वर्गलाई सत्तामा सामेल गराउने भनेको हो। सत्तामा उनीहरूका पहुँचलाई सुदृढ गर्दै लिएर जाने हो। तर हामी सत्तामा कस्ता मान्छे राख्दैछौँ? मदन भण्डारीको जन सत्ता सुदृढिकरण भन्ने कुरामा हामी इमानदार भएनौँ।

    मदन भण्डारीले मिश्रित अर्थतन्त्रका कुराकानी गरे। तर हाम्रा साथीहरू कस्तो सामाजिक अर्थतन्त्र अवलम्बन गर्दैछन् ? अहिले त्यही नवउदारवादी आर्थिक–सामाजिक नीतिलाई प्रोमोट गरिएको छ। युवराज खतिवडा र रामशरण महतको भर्सनमा के फरक पर्‍यो र? हाम्रा साथीहरूले हाम्रो समाजवाद उन्मुख त्यस्ता कतिपय धारणालाई पहिले आक्रमण गरे तर नारामा ‘हरे राम हरे कृष्ण’ मात्रै भन्न न थाकेका हुन् ।

    साथीहरु जेलाई जबज भनिरहेका छन् त्यो त बुर्जुवा प्रजातन्त्र वा उदारवादी प्रजातन्त्रमा के भिन्नता छ र? पहिले त यिनीहरूले विचारलाई कमजोर बनाए। यिनीहरूले आफूलाई प्रजातन्त्रको पूँजीवादी भाष्यसँग एडजस्ट गरेर लगे। समाजवादी अभिमुखीकरण र जनवादी अभिमुखीकरणलाई भित्र भित्रै तोड्दै लगे।

    खास रंगप्रति पूर्वाग्राही बन्यौँ

    मैले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली, अशोक राई र सुवास नेम्वाङ समेत भएको बैठकमा भनेको थिएँ ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी बनिसकेको छैन।’ राष्ट्रिय पार्टी बन्नका लागि त देशभित्र रहेका सबै रंगहरूको समायोजन पनि हो। यदि त्यस कोणबाट हेर्ने हो भने हामी नजानिदो ढंगले एकांगी बनिरहेका छौँ। हामी एउटा खास रंगप्रति पूर्वाग्राही बन्यौँ।

    १ सय २६ भन्दा बढी जातजाति रहेको हाम्रो सामाजिक विविधतालाई एकैचोटी बराबरी रुपमा सम्बोधन गर्न सकिदैनथियो होला। हरेकको विकासको स्तर भिन्न छ। तर योजनाबद्ध ढंगले काम गर्ने हो भने आगामी २०/२५ वर्ष भित्र राउटे, चेपाङ, मुसहर जस्ता जातिका व्यक्तिलाई पनि माथिल्लो तहमा राख्न सकिन्छ। मैले जबरजस्ति सुनपानी छर्किएर वा राजा मिदासले जस्तो हात राखिदिएर बनाउनुपर्छ भन्न खोजेको होइन।

    उनीहरूलाई शिक्षित गर्दै संघर्ष र विचारमा सामेल गरेर राख्न सकिन्छ। हाम्रो राष्ट्रिय गानले भने जस्तै हामी सबै जातजाति एउटा मालामा उनिएका छौँ। यदि त्यस कोणबाट हेर्ने हो भने अझै पनि हाम्रो राष्ट्रका केही आयामहरू छन्, जसलाई हामीले नियाल्नुपर्छ।
    त्यसलाई हामीले विचार गरेका छैनौं । यसबारेमा हामीले गम्भीर रुपमा सोच्नु पर्छ। यदि यो काम गर्न सकेनौँ भने देशभित्र र बाहिर रहेका नेपालको आन्तरिक एकतालाई विभाजित गर्न चाहने स्वार्थि शक्तिलाई खुदो पल्टन्छ । त्यसकारण विशेष गरी कम्युनिष्ट पार्टीहरूले हाम्रो जातीय विविधतालाई संगठित गर्ने काम गर्न जरुरी छ। यो काम राष्ट्रलाई आन्तरिक रुपमा खँदिलो बनाउने काम हो |

    खासगरी युरोप, सोभियत संघ र चीनलाई मात्रै हेरेर हुँदैन हामीले। हामीभित्रको विशिष्टतालाई पनि हेर्नुपर्‍यो। किनभने उनीहरूले हाम्रो जस्तो जातीय विविधतालाई झेल्नुपरेन। सोभियत संघमा ९० प्रतिशत त रसियनहरू मात्रै थिए। युरोप भनेको क्रिश्चियन सोसाइटी हो, त्यहाँ विविधता थिएन। चीनमा त ९१ प्रतिशत हान जाति छन् । बाँकी ९ प्रतिशतका लागि यो त्यति ठूलो कुरा भएन। हामीकहाँ वर्णव्यवस्था र यतिका धरै जातजाति छन्। हिमाल, पहाड र मधेशका शक्तिहरूलाई समेट्ने कि नसमेट्ने?

    सामाजिक आन्दोलनसँग गाँसिनपर्‍यो

    हाम्रो इतिहासमा क्षेत्रीले शासन चलाउने, बाहुनले न्याय र व्यवस्थापिकाको काम गर्ने र अरुले अरु – कृषि तथा व्यापार हेर्ने चलन थियो। २००७ सालको परिवर्तनपछि सबैलाई सबे ढोका खुला भयो । आज यहाँ सम्म आईपुग्दा यसले सबैलाई सबै क्षेत्रमा पहुँच पुर्‍याउने भन्दापनि यो कता कता एकांगी त भइरहेको छैन भनेर सोच्नुपर्छ। राजनीतिज्ञले समाजको असन्तुलनलाई पनि मिलाउन जान्नुपर्छ।

    हामी संघियतामै जानुको कारण हिजो राजनीतिक प्रक्रियाबाट बहिस्करणमा परेका शक्तिलाई ल्याउनका लागि र मुलुकमा भई रहेको असमान विकासलाई सच्याउन पनि हो। यी केही आधारभूत कुराकानी छन्, यिनलाई गम्भीर भएर सोच्ने र यो ढंगले आन्दोलनलाई पुनर्निर्देशन गर्न जरुरी छ।

    त्यसका लागि सबैभन्दा ठूलो काम भनेको सामाजिक आन्दोलनको लक्ष्यसँग गाँसिनुपर्‍यो। हामीले व्यक्तिलाई स्वम्भु बनाउने संरचना खोजेको होइन। एउटा व्यक्तिलाई नेता बनाउन हामीले पार्टी खोलेको हो र?

    पार्टी त सामाजिक मिसनलाई प्राप्त गर्ने उपकरण पो हो।। त्यहाँ व्यक्तिको स्थान नै छैन भनेको होइन, व्यक्तिविना समूहको परिकल्पना गरेको होइन। तर व्यक्ति र समाजमा कसको बढी प्राथमिकता छ भन्ने कुरामा शंकै छैन। समाज, समूह, दल र संगठनको मातहतमा व्यक्ति हुन्छ।

    तर आज हाम्रै आन्दोलनभित्र अहिलेको अवस्थामा हेर्नुभयो भने ‘ओली भर्सेज पार्टी’ जस्तो देखिन्छ। यस अवस्थालाई करेक्सन गरेर जानुपर्छ ताकि भोलि कसैले पनि व्यक्तिवादी चरित्र देखाउने हिम्मत नगरोस्। दुई चार वर्ष तल बितल होला। तर आन्दोलन फेरि हुन्छ।

    हाम्रा समाजिक मुद्दाले नै पार्टीलाई बनाउने र भत्काउने काम गर्ने हो। हामी आफ्नो सामाजिक दायित्व र आफैंले गरेको घोषणासँग इमानदार भएनौँ भने विचलन आउँछ। अहिले हाम्रो आन्दोलनमा जुन समस्या आएको छ, यो कम्युनिष्टभित्र नहुनुपर्ने हो। हामी साँच्चै कम्युनिष्ट हुने हो भने यसको आदर्श, वर्गको हित र आंकाक्षालाई पछ्याउन सक्नुपर्छ।

    भिडियो भाग-२

    यो पनि पढ्नुहोस् –

    (नेपाल रिडर्सका लागि नेता कार्कीसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित । तस्वीर : महेश पाण्डेय)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.