Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमालेभित्रका एकता पक्षधरहरुलाई झम्टेर कसलाई सहयोग पुग्छ? 

टंक कार्की टंक कार्की
भदौ २५, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एमाले पार्टी फुट्दा पनि एमाले नेता ओलीका अहंकारहरू अहिले पनि प्रकट भइरहेका छन्। र, यस्तो अवस्थामा पार्टीमा अन्तरसंघर्ष कसरी कामयावी हुनसक्छ भन्ने प्रश्न पनि उठेको छ। एउटा सन्दर्भ जोडौँ, भनिन्छ, चाउ एनलाई र ख्रुश्चेभको भेट भयो । ख्रुश्चेभले चाउ एनलाईलाई भनेछन्, ‘तपाईँ त धनी वर्ग या शोसक वर्गबाट आएको मान्छे। चाउ एनलाइले प्रतिउत्तरमा भनेछन्, ‘हो, म धनी वर्गबाटै आएको हुँ। तर एउटा यथार्थ के पनि  हो भने तपाईँ र मैले, हामी दुबैले आ-आफ्ना वर्गलाई धोका दियौँ।’ ख्रुश्चेभ श्रमजिवी वर्गबाटै आएका मान्छे थिए।

    हामीकहाँ खासगरी २०४६ सालको परिवर्तनपछि श्रमजिवी वर्गका आस्थाहरूप्रति इमान्दार हुने र त्यसप्रति निष्ठावान रहने भन्दा पनि विस्तारै–विस्तारै धोका दिनेहरूको तप्का चाहिँ बढ्दै गयो। त्यसका दुस्परिणामहरूअवश्य पनि छन्। तर त्यसो हुँदैमा आफ्नो पार्टीको औचित्य नै सकियो भन्ने होइन। समस्या भयो भने पार्टीभित्र रहिराखेका श्रमजिवी वर्ग या त्यसको हितको पक्षमा बोल्नेहरूले थप आवाज उठाउने हो, त्यो वर्ग थप संगठित हुने हो। पार्टीभित्रको संरचना सुधार गर्ने बेला पनि हो यो । पार्टीभित्र विकृतिहरू आउँदा नेतृत्वलाई समेत ठेगान लगाउने र सुधार गर्ने काम उनीहरूको हो।

    र, अब माथिबाट बनाइदिएर, ट्रिकल डाउनमार्फत बनाइने संगठन र त्यस्तो जमानालाई अब तिलान्जली दिनुपर्छ। तलदेखि माथिसम्म हामीले यसबारेमा मन्थन गर्नुपर्छ। र, आफ्नो मन मुटु छामेर पार्टीलाई बनाउने बेला यही हो। पार्टीभित्र बसेपछि केबल आक्रोशमात्र पोखेर हुँदैन। एउटा व्यक्ति त पन्छन सक्छ तर संगठनमा बसेर सामूहिक र सांगठनिक जीवन बिताएका मान्छेहरूले समस्या आइपर्दा सामूहिक रूपले नै करेक्सनको कोसिस गर्नुपर्छ। यसलाई वैयक्तिक विषयमात्रै बनाइनु हुँदैन।

    वल्लो घरको नरे पल्ल घर सरे!
    नयाँ सरकारमा किसान श्रेष्ठ र प्रेम आलेहरू अब नयाँ सरकार मन्त्री बन्दैछन् र नयाँ पार्टीमा लाग्नेहरूलाई राजनीतिक नियुक्तिका लोभ देखाइयो भन्ने सुनियो। यदि त्यसो हो भने त्यो गलत हो।

    विद्रोह केबल केही व्यक्तिको शक्ति र सत्ता प्राप्तिका लागि हो र? एउटा विकृतिको ठाउँमा अर्को विकृति त हामीले खोजेको होइन नि! उस्तै प्रवृत्तिहरू पच्छयाउने हो भने त ‘वल्लो घरको नरे, पल्ला घरमा सरे’भन्दा केही पनि अलग भएन नि ?!

    हामीले त सुधार, परिवर्तन र पुर्नजीवन पो खोजेको हो। उही यताको नक्कल उता गर्नुको के अर्थ? कतिपय ठूलाठूला क्रान्तिहरूमा पनि क्रान्ति पछाडि पुरानो समयका राम्रा कुराहरू नियमित भएनन् र, क्रान्तिका बेला नगर्ने भनिएका गलत कामहरूलाई चाहिँ निरन्तरता दिइयो। जुन गर्नुपर्ने कुरा थिए, तिनलाई निरन्तरता दिइएन।आखिर विद्रोहको अघि र पछि के नै भिन्नता भयो र ?! माधवजी पनि ‘मैले नै हो सबैथोक बनाएको, म छँदैछुनि,  म नेता छँदैछु, तिमीहरू त कार्यकर्ता भइहाल्यौ’ भन्दै पूरानै नेतृत्व–मोडलमा पार्टीलाई लैजाँदै हुनुहुन्छ भनेत्यसको के अर्थ ?!

    उहाँ पनि ‘म जखमले नेता छँदैछु, तिमीहरू कारिन्दा भइहाल्यौ। त्यसो भएपछि पार्टी त चम्किहाल्छ’ भन्नेमा ढुक्क हुनुहुन्छ जस्तो देखिन्छ।

    संरचनात्मक प्रणालीको दोस
    खासमा अहिले समस्या देखिनुको कारण हाम्रो प्रणालीगत संरचनाको दोष पनि हो। जतिखेर पुष्पलाललाई डिथ्रोन गर्न खोजियो, जसरी उनलाई महासचिवबाट पार्टीबाट हटाइयो, त्यही प्रवृत्तिको निरन्तरता हो आजका समस्या। जुन प्रवृत्तिले हिजो पुष्पलाललाई हटायो, आजको कम्युनिष्ट आन्दोलनमा त्यही प्रवृत्ति प्रभावशाली रहावी छ। आजै पनि यिनीहरूले के बुझेनन् भने हिजो केशरजंग रायमाझीको कालमा समेत अलिकति वैचारिकर सैद्धान्तिक बहसको वातावरण थियो। हिजोका दिनमा, सत्र सालताका पनि बहस र छलफलका अभ्यासहरूहुने गरेका थिए।

    २०१७ सालमा राजाले चालेको कदमकै विषयमा पनि भिन्नाभिन्नै कोणबाट छलफलहरू चलाइए, त्यसो हुँदाहुँदै पनि कम्युनिष्ट पार्टीभित्र शत्रुता थिएन एक आपसमा। अहिले पार्टीभित्रको विवादले दुईपक्षको सम्बन्ध जारजारबीचको झगडाजस्तो हुन पुगेको छ। चरित्रमा आज जस्तो उ बेला यति धेरै स्खलन भइसकेको थिएन। अहिले त हाम्रो छवि बिग्रिसकेको छ। आम मानिसहरूले ‘यिनीहरूको त वाणीमात्रै हो, व्यवहारचाहिँ दक्षिणपन्थी छ’ भनेर बुझ्न थालेका छन्। त्यस छविलाई हामीले सुधार गर्नुपर्छ।

    यस्तो अशिष्ट र अपसंस्कृत सम्बन्ध पनि हुन्छ एउटा पार्टीभित्र?! भिन्नता छ भने अलग भएर जान मिल्यो, फरक बाटो रोज्न पाइयो। तर यहाँ त कुण्ठा, ज्वलन, ईर्ष्या र सत्ताको छटपटि मात्रै देखिन्छ। र, आज हामी यी सबै कुराहरूलाई रिभ्यु गर्ने एउटा चरणमा आइपुगेका छौँ। यो समस्यालाई पहिचान गरेर उम्कनका निम्ति हामी कति प्रभावकारी हुनसक्छौँ ?! जसरी आर्थिक मन्दी पूर्वका अर्थ संचालनका उपाय, तौर तरिका, नीति तथाकार्यक्रम आर्थिक मन्दीलाई डिल गर्न निस्प्रभावी हुन्छन्  राजनीतिमा पनि ठ्याक्कै त्यस्तै हुन्छ।

    एमाले यो अवसादबाट मुक्त हुनका लागि, यो पार्टीलाई पुनर्जीवन दिन नयाँ तरिका, नयाँ विचार, नयाँ शैली रनयाँ संरचना आवश्यक छ।नेपालजस्तो ३ करोड जनशंख्या भएको मुलुकको पार्टीको केन्द्रीय कमिटीचाहिँ १ अर्ब ४४ करोड जनसंख्या भएको चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीभन्दा दुई गुणा ठूलो संरचना कहीँहुन्छ?

    कारिन्दाहरूको कमिटी
    अहिले त गाउँ कमिटी नै ६० जना भन्दा कमको छैन होला। यस्ता कमिटीहरू विचार निर्माण गर्ने कमिटीहोइनन्, कार्यकारी कमिटी होइनन् । केबल कार्यान्वयन गर्ने कारिन्दाहरूको कमिटी हुन् त्यस्ता कमिटी, थपडी बजाउनेहरूको कमिटी हो। निर्णय गर्नेचाहिँ अँध्यारो कोठामा बस्ने २–३ जना मान्छेहरू गर्ने । कमिटी त चुस्तदुरुस्त र कार्यकारी पो हुनुपर्छ |

    जति नै विवाद र झगडा गरे पनि मूल रूपमा सबै कम्युनिष्ट पार्टीहरूबीच एकता त आवश्यक छ नि?! ढिलो चाँडो त्यो ठाउँमा नआएर त धरै छैन नि ! दसवटा कम्युनिष्ट पार्टी त चल्ने नै छैन नि! जेन्युन कम्युनिष्ट शक्तिहरू कम्युनिष्ट आन्दोलनका आदर्शभित्र त्यसका मूल्य र प्रस्तावना भित्र नआइकन त धरै छैन।

    यो विभाजन भनेको त कम्युनिष्ट आन्दोलनलाई थप कमजोर बनाउने कुरा मात्रै हो। आज जुन नेकपादेखि नेकपा एमालेको विवाद र विभाजन छ, त्यसभित्रको गाँठी कुरा दुइटा  छन् : एक, आफैँभित्र उत्पन्न भएका विकृतिहरूको विस्फोट हो यो। दुई, सामाजिक आधारमा कम्युनिष्टहरुको विस्तृत उपस्थितिबाट रुष्ट भएका  भित्री र बाहिरी शक्तिहरू कम्युनिष्ट पार्टीभित्रको विवादमा धुर पसेर पनि  विवाद  र विभाजनमा यो फसेको छ।

    भिडियोमा हेर्नुहोस्

    हिजोको एमाले/माले विभाजन र आजको एमाले/समाजवादी विभाजनमा केबल हाम्रा आन्तरिक कारणहरूमात्रै जिम्मेवार छैनन्। त्यसमा बाहिरी कारणहरू पनि जिम्मेवार छन्। जबजब पार्टीभित्रका विवादहरू चर्कन्छन्,  ‘सडकमा राजा आउ, देश बचाउ’ भन्नेहरू कुर्लेका देखिन्छन्। दोस्रो, ‘नेपालका कम्युनिष्ट र कम्युनिष्ट नेताहरू कसैलाई पनि विश्वास गर्न हुँदैन, तिनीहरू हाम्रा हितहरूलाई नेपालमा विस्तार गर्ने सन्दर्भमा सबैभन्दा ठूला वाधक हुन्’ भनेर खुलेआम बाहिर बोलिएका छन्। त्यसका रिपर्कसनहरू छैनन् र यहाँभित्र ?! यसर्थ, हामी कम्युनिष्टहरूले अर्को कम्युनिष्ट–घरलाई आगो सल्काइदिएर ‘मचाहिँ सुरक्षित हुन्छु’ भन्नु शठबुद्धि हो | जसले यस्तो सोचिरहेका छन् तिनीहरु संकीर्ण र तात्कालिक लाभ मात्रै सोची रहेका छन्, आफ्नै पनि खाडलखनिराखेका छन्।

    सुधारका पक्षधरहरूलाई प्रहार किन?
    एमाले सत्यानास हुँदाखेरी माओवादीचाहिँ सल्यात्त माथि उठ्ने त अवश्य होइन। ‘जिरोसम गेम’ हुँदैन त्यो।  बरुपरस्परका विकृतिहरूलाई करेक्सन गराउनका लागि भरथेग गरुन्, प्रत्येक कम्युनिष्ट पार्टीभित्रका असल शक्तिहरू अन्य कम्युनिष्ट पार्टीको हित  पनि सोचुन् , भद्रतापुर्वक सल्लाह सुझाव दिउन् । एमालेभित्र सुधारका पक्षमा रहेका शक्तिहरूलाई झम्टेर केही साथीहरू कसलाई सहयोग पुर्‍यारहेका छन्? यसो गरेर विसंगती र विकृतिलाई नै बढाइरहेका शक्तिलाई टेकोपुँडो त दिइराखेका छैनन् साथीहरूले ?! अनिष्टकारी अभिष्ट बोकेरआएका शक्तिहरूलाई नै नजानिँदो ढंगले बल पुर्याइरहेका छैनन्?!

    अहिले प्रहारको केन्द्र बनेको छ यो संविधान र प्रणाली। जो आउँदैछ, उसले पनि यो संविधानको मर्मलाई नैचिथोर्न पुगेका छन्। संविधानका आधारभूत मान्यतालाई डिरेल गरेर, निष्क्रिय बनाएर, संविधान र व्यवस्थाढालेर अर्को के ल्याउने हो ? भित्री र बाहिरी शक्तिहरू अहिले यसै भन्दैछन्। कतै हामी त्यस्तै डिजाइनतिर तधकेलिइराखेका छैनौँ?! हाम्रा महत्वाकांक्षा र सत्तालिप्साभित्र हामीलाई यो हारालुछमा उकासेर कतै अर्कैव्यवस्था त लदाउन खोजिएको छैन?!

    संविधानले राजनीतिक स्थिरताका निम्ति दलहरूलाई बलियो बनाउने संवैधानिक व्यवस्था गरेको थियो। पार्टीफुट्नु नै पर्दा ४० प्रतिसत प्रतिनिधि संसदमा र ४० प्रतिसत पार्टीको केन्द्रीय कमिटी सदस्य हुँदाखेरि मात्र पार्टी फुटाउन मिल्ने व्यवस्था थियो। ओलीको पालामा अध्यादेश ल्याउँदाखेरि उहाँले एउटा चुइनो खुस्काइदिनुभयो। दल या संसदमा ४० प्रतिसत हुँदा पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउनु भयो, तर त्यो कार्यन्वयनमाआउनु अघि नै निरस्त भयो।

    ५ प्रतिसत थ्रेसोल्डमा पार्टी फुटाइन्न भन्ने ग्यारेन्टी छ?

    पछि,  प्रतिगमनको बिरोधको नाममा, कहाँ पुर्याइयो ?!  ‘मसँग यति सदस्य र सांसद छन्’ भनेर टुंगो लागेपछि पार्टी विभाजनको संवैधानिक  थ्रेसहोल्डलाई अझ घटाएर कुनै दल या संसदमा केबल २० प्रतिसत संख्या पुर्याउँदापनि पार्टी फुटाउन मिल्ने अध्यादेश  ल्याइयो।र, नेकपा एमाले र जसपालाई फुटाउइयो | यो फुटको प्रक्रियासकेपछि त्यसलाई हटाउने या सिथिल बनाउने कुरा छ भन्ने समेत सुनेको छु। यतिसम्म लाजमर्दो हर्कत हुनपुगेको छ।

    अहिले काल पल्कियो भन्ने चिन्ता हो। आज उहाँहरूलाई सर पर्यो, भोलि अर्को जखमले आएर त्यस्तै अध्यादेश ल्याएर अर्को पार्टी फुटाउन थ्रेसोल्डको सीमाचाहिँ ५ प्रतिशतमा झार्दैन भन्ने के ग्यारेन्टी छ? कांग्रेस, माओवादी र माधव कुमार नेपालको पार्टीलाई भोलि फुटाउँदैन भन्ने के ग्यारेन्टी छ? तपाईँ आफैँले बनाएकोनजिरमा टेकेर भोलि तपाईँकै पार्टी भत्काइँदैन भन्ने के निश्चित छ ?  हाम्रा आफ्नै कदमले, हाम्रो क्षणिक आत्मरति र सुविधाको निम्ति राजनीतिलाई, मुलुकलाई अस्थिरताको गर्तमा धकेली रहेका छौं |

    अर्को कुरा, तपाईँलाई अलग पार्टी नै बनाउनु छ भने विधिवत संसदीय मान्यता प्राप्त पार्टी नै किन चाहियो? के माओवादी त्यस्तो वैधता लिएर बनेको पार्टी हो र? नेकपा एमाले र कांग्रेस पनि प्रारम्भमा त्यस्तो वैधता लिएर बनेका पार्टी हुन् र ? यदि तपाईँमा विचारप्रति त्यस्तो निष्ठा, अडान र हिम्मत छ भने त संसद बाहिर रहेर पनिपार्टी बनाउँदा भइहाल्थ्यो नि ! तर यसो न गरेर अनन्त : विभाजनमा राजनीतिक पार्टीहरूलाई लैजाने काम भएको छ। र, यो नेपाली र नेपाली राजनीतिको आवाज यो हो जस्तो मलाई लाग्दैन।

    यो पनि पढ्नुहोस् –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.