Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मानव मुक्ति मार्क्स र बुद्धको समान लक्ष्य थियो : टंक कार्की

बुद्ध र मार्क्समा के भिन्नता छ भने बुद्ध व्यक्तिलाई मुक्त बनाएर समाजलाई मुक्त बनाउन चाहन्थे। मार्क्सको मान्यता समाजलाई पहिले मुक्त पार अनि व्यक्ति मुक्त हुन्छ भन्ने रह्यो।

टंक कार्की टंक कार्की
बैशाख २२, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मे ५, २०२१ मंगलबारका दिन चिन्तक कार्ल मार्क्सको २०३ औँ जन्मजयन्ती हो। यसै सन्दर्भमा नेकपा एमालेका अध्ययनशील नेता टंक कार्कीसँग हामीले मार्क्सका बारेमा केन्द्रित रहेर छोटो कुराकानी गरेका छौँ:

    कार्ल मार्क्सलाई किन सम्झनुपर्छ? उनका विचार किन आज पनि पच्छ्याउन योग्य छ?
    वर्गीय रूपमा विभाजित समाज र त्यसले उत्पन्न गरेका समस्याहरूको समाधानको जुन प्रेस्क्रिप्सन मार्क्सले अगाडि सारेका छन्, त्यत्तिको कारगर, त्यत्तिको प्रभावकारी उपायहरू आजसम्म अरू कसैले पनि प्रस्तुत गर्न सकेका छैनन्।

    समाजका दिनदुखी, उत्पीडित र शोषित समुदाय जो, समाजको अत्यधिक बहुमतमा छ, तिनीहरूको उन्मुक्ति र मुक्तिको प्रश्नमा यति गहिरो गरेर घोत्लिने र उपायहरू सुझाउने चिन्तक, अर्को कुनै व्यक्ति मानवजातिको इतिहासमा अहिलेसम्म देखा परेका छैनन्।

    यद्यपि, खासगरी धार्मिक क्षेत्रका मान्छेहरूले मुक्तिका प्रयत्नहरू पनि गरेका हुन्, मुक्तिका केही विषय उठाएका हुन्। तर ती सबै प्रयत्नहरू,सामुहिक मुक्तिको लागि नभएर वैयक्तिक मुक्तिमा केन्द्रित थिए। समग्र समाजलाई नै कसरी मुक्ति गर्ने भन्ने सवालहरूमा यति धेरै कारगर रूपमा कसैले चिन्तन गरेको पाइँदैन। मार्क्समात्रै पहिलो मान्छे हुन्, जसले समाज मुक्तिका अत्यन्त तार्किक, वैज्ञानिक र व्यवहारिक उपायहरू सुझाए।

    उत्पीडनमा परेकाहरूका लागि मार्क्सवाद नै मुक्तिको उपाय हो। पुराना चिन्तक र दार्शनिकहरूले मुक्तिको बाटो सुझाउँदा खेरी सामाजिक मुक्तिका बारेमा सोचेनन्, खालि वैयक्तिक मुक्तिमा केन्द्रित रहे। अझ उनीहरूले त खासगरी समाजको तल्लो तहमा रहेकाहरूको हकमा त ‘आजको जीवन सबै भाग्यको लेखा हो’ भनेर परिभाषित गरिदिए। पूर्वजन्मका कर्महरूसँग यो जन्मको सम्बन्ध रहेको भन्दै पूर्व जन्ममा सत्कर्म नगरेका कारण यो जन्ममा दुःख भोग्नुपरेको जस्ता मिथ्या तर्क र भाष्यहरूको निर्माण गरे।

    तर प्रचलित समाजिक प्रणालीमा विभेदको जुन संरचना छ, त्यो मानवीय सिर्जना हो भन्ने ढंगको व्याख्या पहिले गरिएको थिएन। त्यसमा मार्क्सले करेक्सन गरे। यो दुःख जुन पाइएको छ, त्यसका कारणहरू मानवीय नै हुन्, अलौकिक होइन र त्यसका उपायहरू पनि यही समाज भित्र छन्।

    र, यही समाजभित्रकै संरचनाहरूले, हाम्रा प्रणालीहरूले उत्पीडन र शोषणलाई उत्सर्जन गर्ने काम गरेको छ भन्ने बताउने उनैमात्र पहिलो मान्छे हुन्। यसर्थ, मार्क्स पच्छ्याउन र अध्ययन गर्न योग्य व्यक्ति रहिरहेका हुन्। मार्क्सवाद मानव मुक्तिको दर्शन हो।

    कार्ल मार्क्स र वुद्धलाई तपाईं बेलाबेला जोड्नुहुन्छ। उस्तै देखाउने प्रयास गर्नुहुन्छ, कार्ल मार्क्स र वुद्धमा केके समानता छन्?
    यी दुबै चिन्तकहरू आधुनिक मानव जातिको इतिहासका भोतिकवादी चिन्तकहरू हुन्। यद्यपि मार्क्स र वुद्धको जमानाबीच आनको तान फरक थियो। बुद्धको जमानालाई सामाजिक विकाशको इतिहासमा हेर्ने हो भने करिब करिब दासयुगिन समाज थियो त्यो। सिम्पल प्रटेक्सनको चरणमा थियो मानव समाज। यसबीच थुप्रै सामाजिक युगहरू बितेका छन्। तर यी दुबैको चिन्तन प्रणाली भौतिकवादी छ।

    यी दुबैले दुःखको कारणलाई परालौकिक शक्ति या अलौकिक कारणहरूमा खोजेनन्। मानवीय संरचना र कारणहरूभित्र नै उनीहरूले दुःखका कारण खोजे। खाली बुद्ध र मार्क्समा के भिन्नता छ भने बुद्ध व्यक्तिलाई मुक्त बनाएर समाजलाई मुक्त बनाउन चाहन्थे। बुद्धको जमाना ‘सिम्पल सोसाइटी’को हो। समाज साधारण भएको हुनाले पनि त्यस समयमा बुद्धले त्यसरी बेग्लै ढंगले सोचे।

    तर मार्क्सको समय धेरै जटिल भइसकेको थियो। सामाजिक संरचनाका कोणबाट पनि जटिल भइसकेको थियो। यस्तो जटिल समयमा व्यक्ति व्यक्तिलाई मुक्त पार्ने होइन कि समाजलाई पहिले मुक्त पार अनि व्यक्ति मुक्त हुन्छ भन्ने मार्क्सको मान्यता बन्ने नै भयो। तर दुबैेका लक्ष्य समान देखिन्छन्, त्यो भनेको मानव मुक्ति हो।

    मान्छेलाई दुखको भवसागरबाट पार लगाउनुपर्छ बुद्धले दुःखबाट निवारणको बाटो भने, मार्क्सले शोषण र उत्पीडनबाट मुक्तिको बाटो भने। दुबैको अन्तर्य चाहिँ आखिर मानव मुक्ति नै हो ।मार्क्स विशुद्ध भौतिकवादी थिए, नास्तिक थिए। वुद्धलाई पनि नास्तिकका रूपमा केही धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

    तर समयक्रममा वुद्धलाई पनि पारलौकिक देवताका रूपमा उभ्याइयो। र, उनका विचारहरूमा अनेक थप मतहरू स्थापित भए। थप पन्थहरू विकसित भए। मार्क्सलाई शनैः शनैः देवत्वकरण गर्नेतर्फ मार्क्सवादीहरू नै उद्धत देखिए। यस्तो किन हुन्छ?
    समाजमा एउटा तह हुन्छ। त्यो तह समाज र इतिहासका प्रतिष्ठित व्यक्तिहरूको सिरानी हालेर आफ्ना स्वार्थसिद्धी गर्न चाहन्छ। बुद्धलाई वौद्धसंघभित्र सुरुमा त आदरसम्मानका दृष्टिकोणले नै हेरियो। अलि पछि गएर संस्कार र धर्मका रूपमा वुद्ध दर्शनलाई रूपान्तरण गरेर वुद्धलाई समेत अलौकिक दैवी शक्तिका रूपमा मान्न थालियो।

    त्यसमा चाहिँ अलि पछिल्लो कालखण्ड, महायानी युगको आगमन पछाडि त वुद्धभन्दा अगाडिका आदिवुद्धहरूको समेत खोजी गर्न थालियो। वुद्ध आफैँ आत्मा छैन भन्थे। अनात्माको दर्शन मान्थे, उनलाई नै अवतारका रूपमा हेर्न थालियो। हुँदाहुँदा अहिले पनि अनात्माको दर्शन मान्ने वुद्धको संघभित्र औतारी लामाहरू समेत जन्मिएका छन्।

    वुद्धलाई सिरानी नहालिकन सामाजिक पहिचान नपाइने हुनाले, त्यो सामाजिक पहिचान प्राप्त गर्ने लोभले पनि उनको सिरानी हालेर आफ्ना किसिमका भाष्यहरू बनाइयो र तिनलाई वुद्धको नाममा बेच्ने काम भए। त्यसैगरी मार्क्सको नाममा पनि यस्तै कर्म सुरू भए। मार्क्सले के भने भन्दा पनि, उनको दर्शनको अन्तर्यभन्दा पनि आफ्नो भाष्य मार्क्सको नाममा पस्कन थाले मान्छेहरूले। यो काम हामीकहाँ पनि अलि पछिल्लो कालखण्डमा भएका छन्। आजपनि कतिपय साथीहरूका त्यस्ता भाष्य र व्याख्याहरू पढ्न र सुन्न सकिन्छ।

    मार्क्सलाई केवल पुजेर, मार्क्सको ‘मन्दिर’ बनाएर र मन्दिरको पुजारी बनेर आम जनतालाई शोषण गर्ने काम गरियो, होइन? झुक्याउने काम भयो, होइन?
    मार्क्स आफैँले त डब्लु एस ग्रसलाई चीठी लेखेर भनेका छन् कि उनी र एंगेल्सलाई वैयक्तिक प्रतिष्ठाको बारेमा परालको त्यान्द्रोजत्ति पनि हामीलाई परवाह थिएन। त्यसमा उनले प्रमाण पनि दिएका छन्।

    पहिलो प्रमाण थियो: जतिखेर मार्क्स र एंगेल्सलाई कम्युनिष्ट लिगमा भर्ति हुन या सामेल हुन भनियो, त्यसो भनिँदा मार्क्स र एंगेल्सले के सर्त राखे भने कम्युनिष्ट लिगको विधानमा रहेको व्यक्तिपूजाका प्रावधानहरूलाई नहटाएसम्म कम्युनिष्ट लिगमा उनीहरू सामेल हुनेछैनन्।

    अर्को प्रमाण: जबजब यी दुई चिन्तकका बारेमा प्रशस्तिका गीतहरू बाहिरतिर गाउन थालिए, त्यतिखेरै मार्क्सले तत्तत् ठाउँमा प्रशस्ति गाउने मानिसहरूलाई तिनका अभिव्यक्तिहरू सच्याउनका लागि भने। मार्क्सले प्रतिवाद गरे।

    अर्को, मार्क्सले फर्स्ट इन्टरनेसनलको अध्यक्षता गर्न आग्रह गरिँदा उनले त्यो मानेनन्। नमान्दानमान्दै पनि उनलाई कतिपय प्रतिनिधिहरूले उनकै नाममा समेत भोट हाले। एङ्गेल्सलाई पनि फर्स्ट इन्टरनेसनलको कोषाध्यक्ष बस्न भनियो तर उनी श्रमजिवी वर्गकै मान्छेलाई जिम्मेवारी दिनुपर्छ भनेर तर्के, मानेनन्। यसरी मार्क्स र एङ्गेल्स पद र प्रतिष्ठाको खोजीमा नलागेका दशीहरू पाइन्छन्। तर पछिल्ला समयका मानिसहरू सामाजिक मिसनको ध्येयले भन्दा पनि सत्ता र सुविधा प्राप्तिको ध्येयले संगठनलाई भर्‍याङ बनाएर कम्युनिष्ट आन्दोलनमा छिरे।

    र, तिनीहरूले कम्युनिष्ट आन्दोलनका असल आदर्शलाई, मार्क्स र एंगेल्सले अघि सारेका आदर्शलाई ‘डिरेल’ गरिदिए। उनका तथाकथित अनुयायी भनाउने मानिसहरूले त्यसो गरे। तथाकथित अनुयायीहरूमा रहेको कपटले त्यसो गरेको हो। उनीहरूले आफ्नो कपट गरीबहरूको टालोमा बाँधेर हिँडे। देखाउनलाई गरीबको टालो देखाए तर त्यो टालोभित्र पोको पारेर उनीहरूको निहित र घृणित स्वार्थ लुकाइएको थियो।

    विज्ञानसम्मत दृष्टिकोण राख्नेहरूमा प्रशस्त आलोचनात्मक चेत हुनु आवश्यक छ। तर कतिपय मार्क्सवादीहरू मार्क्सका बारेमा त प्रश्नै सोध्नुहुन्न भन्ने आग्रह राख्छन्। मार्क्सका निजी कमजोरीहरूका बारेमा मार्क्सवादीले प्रश्न उठाउन हुन्छ कि हुन्न?

    मान्छेका गल्ती हुन्छन्। समाज विकाशक्रममा मान्छेले गल्तीहरू गर्दछ। सानो बच्चामा हामीले कट्टु नलगाई हिँड्यौँ होला। तर हिजो यो मान्छेले अन्डरवेयर लगाएको थिएन भनेर चर्चा गर्नुचाहिँ वान्छनीय नहोला। खुद्रामसिना विषयहरूलाई प्राथमिकतामा राखेर मार्क्सले गरेको योगदानलाई नै ओझल पार्ने प्रयत्न हुनुचाहिँ ठीक होइन। तर मार्क्सले सानातिना गल्तीहरू नगरेका होइनन्। तर उनको सारा जीवनले के कुरा प्रमाणित गरेको छ भने उनी आफ्नो लक्ष्यको निम्ति समर्पित मानिस हुन्।

    तर उनका कमीहरूका बारेमा उछाल्नुचाहिँ सही होइन। मार्क्सका मित्रहरूले मार्क्सले गरेको योगदानमा केन्द्रित हुने हो। हाम्रा सामाजिक सम्बन्धहरुमा नै हेर्ने हो भने तपाईं हाम्रा कतिपय कमजोरीहरू छन्। तर तथाकथित भौतिकवादीका नाममा, द्वन्द्ववादीका नाममा सबै कमीकमजोरीहरू उदाङ्गै बनाउँदा मात्रै न्याय गर्न सकिन्छ भन्ने मलाई लाग्दैन।

    मार्क्सलाई सम्झँदै गर्दा उनले समाज विकाशका केही चरणहरू उल्लेख गरेका छन्। यतिखेर समग्र विश्व पूँजिवादको चरणबाट गुज्रिरहेको छ। हामीले अब के गर्ने हो? सच्चा मार्क्सवादीले पूँजिवादलाई न्यायोचित बनाउँदै समाजवादतर्फ अग्रसर हुने हो?
    मार्क्सको जमानाको पूँजीवाद साम्राज्यवादमा परिणत भइसकेको थिएन। यति विभत्स रूपको पूँजिवाद त्यतिखेर विकास भइसकेको थिएन। अर्को कुरा, पूँजिवादका प्रभावक्षेत्र त्यस समयमा आजजस्तो विश्वव्यापी भइसकेको थिएन। मूलतः युरोप र एसियाका केही देशहरूमा मात्रै त्यो सीमित थियो। तर आज त्यसले विश्वव्यापी रूप लिइसकेको छ। र, त्यो विकृत र घृणित स्वरूपमा परिणत भएको छ।

    त्यसले गर्दा खेरि यसले एउटा अवसर पनि सिर्जना गरेको छ। त्यो के भने विश्वव्यापी रूपमा साझा ढंगले पूँजिवादको विरुद्धमा उस्तै शक्तिहरूलाई संगठित गर्ने एउटा परिवेश पनि तयार भएको छ आज। अर्को कुरा, हिजोको भन्दा आज हर हिसाबले आफूलाई संगठित र, विज्ञानका कतिपय प्रविधिलाई प्रयोग गरेर आफ्नो सुरक्षा घेरालाई पूँजिवादले आफूलाई थप बलियो पनि बनाएको छ।

    त्यसका वावजुद पनि विश्वव्यापी रूपमा सामाजिक विभेदको खाडल गहिरो हुँदै गएको छ र पूँजीवादका दुस्कर्मबाट, एकपछाडि अर्को गर्दै मान्छेहरू जागृत र संगठित भएका छन्। त्यसले गर्दा अबको दुनियाँले पूँजिवादविरुद्ध लड्दै, जुध्दै र समाजवादतर्फ अघि बढ्दै, त्यसका अघिल्ला बाटाहरूमा हाम्रा अहिलेका कार्यक्रमहरूसँग तालमेल मिलाउने हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.