Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अहिलेसम्म माओवादी आन्दोलन मात्रै थियो, अब ‘पार्टी’ बन्दैछ

माओवादी कमजोर भएका कारण गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र संघियता जस्ता उपलब्धिहरू कमजोर हुने डर भयो। आरक्षणको विरुद्धमा त मान्छेहरू खुलेरै बोल्न थाले। आरक्षणलाई वैज्ञानिक बनाउन सकिएको छैन। त्यो कमजोरी आफ्नो ठाउँमा छ। तर आरक्षणले गर्दा कमसेकम अहिले राई अनुहार पनि सिडिओ देखिन थालेका छन्, महिला पनि सिडिओ देखिन थाले। यदि आरक्षणको व्यवस्था थिएन भने अहिले पनि कर्मचारीमा ९० प्रतिशत बाहुन र पुरुष मात्र देखिन्थे। संघियताले शक्तिको बाँडफाड गरेको छ। केन्द्रमै सबै शक्ति नरहने कुरा गरेको छ।

टंक राई टंक राई
माघ ३, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो जन्म २०१८ साल चैत्र ७ गते खोटाङ जिल्लाको साविक जाल्पा गा वि स– ४ र अहिलेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १२, जाल्पामा भएको हो। मेरो बाल्यावस्था जस्तो समाजमा बित्यो, अहिले सम्झिँदा रोचक लाग्छ। त्यसबेलाको जीवन सरल थियो, तर सहज थिएन। मलाई याद छ, मैले १३ वर्षको उमेरमा मात्रै जुत्ता लगाएको हो।

    स्कुल सुरु गर्दा ताका स्कुलमा कोठाहरू थिएनन्, स्कुलमा जम्मा एकजना शिक्षक हुनुहुन्थ्यो। उहाँले ५ वटा कक्षालाई आफैंले एउटै कोठाभित्र पढाउनुहुन्थ्यो। हामीले धुलोमा बसेर पढेका हौँ। मैले प्रारम्भिक शिक्षा त बाजेबाटै प्राप्त गरेको हुँ। उहाँले अंगारलाई ढुंग्रीमा राखेर र बाँसको खबटामा मसिनो धुलो बनाएर, त्यसमा सिन्काले लेखेर मलाई सिकाउनुभयो। म ८ वर्षको उमेरमा स्कुल गएको हो ।

    गाउँमा एउटा प्रा.वि. थियो। त्यसमा हामी ३०/३५ जना विद्यार्थी थियौं। ५०० घरबाट ३०/३५ जना विद्यार्थी हुनुले त्यस समय शिक्षालाई कुन प्राथमिकता राखिन्थ्यो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। त्यतिबेला ‘पढीलेखी के काम, हलो जोती खायो माम’ भन्ने चलन थियो। तर त्यस बीचमा पनि मेरा अभिभावकले म लगायत दाजुभाई तथा बैनीलाई पनि पढाउनुभयो। दुर्भाग्यवशः मेरो ठूल्दिदीले पढ्न पाउनुभएन। किनभने हामी सानो हुँदा उहाँले नै रेखदेख गरेर हामीलाई हुर्काउनुभयो। उहाँले मात्रै पढ्नु पाउनुभएन। हामी अरु सबै दाजुभाई र दिदीबहिनीले पढ्ने अवसर पाएका हौँ।

    कम्युनिट आन्दोलनको सुरुवात
    म दिक्तेलमा हाइस्कुल पढ्न जान थालेपछि शिक्षक तथा साथीहरूको संगतले नै कम्युनिष्ट आन्दोलनमा लागेँ। खासगरी फणिन्द्र सैंजु नामका एकजना शिक्षक हुनुहुन्थ्यो, उहाँ पछि मेरो साथी पनि बन्नुभयो। उहाँको प्रेरणाका साथै वामपन्थी आन्दोलनमा झुकाव राख्ने मेरो जेठो दाइका कारण म यस आन्दोलनमा सामेल भएँ। दाइले माओत्सेतुङका पुस्तकहरू घरमा ल्याएर राख्नुभएको रहेछ। ती पुस्तकहरू भेट्टाएर मैले पढेँ र तिनले मलाई आकर्षित गरे।

    हामीले वि.सं.२०३२ सालमा ‘मुक्तिमार्ग’ नामक भूमिगत पत्रिका प्रकाशित गर्‍यौं। त्यसबेला म शायद १४ वर्षको थिएँ। त्यही समयदेखि म निरन्तर कम्युनिष्ट आन्दोलनमा छु।

    त्यससमय भूमिगत राजनीति गर्नुपरेकाले त्यति सहज थिएन। हामीले ‘मुक्तिमार्ग’ प्रकाशन गरेको कुरा प्रशासनले धेरै समयसम्म थाहा पाएको थिएन। आफूसँग एकदमै नजिक साथीहरूलाई मात्रै आफ्नो कुरा राख्थ्यौँ र कम्युनिष्ट आन्दोलनमा आबद्ध गराउँथ्यौं। एक–एक जना गर्दै क्रमिक रुपमा साथीहरूलाई संगठित गर्ने काम गर्थ्यौं।

    ०३६ सालअघि त आन्दोलनको कल्पना पनि गरिँदैन थियो। ०३५ सालमा नेकपा माले गठन भएपछि म पार्टीमै आवद्ध भएर काम गर्न थालेँ। सुरुमा म विद्यार्थीको प्रारम्भिक कमिटीमा कोषाध्यक्ष थिएँ, त्यसपछि विद्यार्थी संगठनकै जिल्ला कमिटीको उपाध्यक्ष र क्षेत्रीय कमिटीको सचिव भएँ। ०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यका साथै धरान नगर कमिटीको सचिव भएँ। पार्टी संगठनमा चाहिँ म वाइसिएलको सदस्य भएर हात्तिसार युनिटको सचिव थिएँ।

    हाइस्कुलको पढाई सकिएपछि एकवर्ष दिक्तेलमा शिक्षण गरेँ। मार्कसिट आउन ढिलाई भएका भएका कारण आइएसएसीमा भर्ना गर्न नसकेपछि दिक्तेलमै स्थायी शिक्षकको रुपमा कार्यरत भएँ। त्यहाँ एक वर्ष पढाएपछि मैले धरानको हात्तिसार क्याम्पसमा वि.सं. २०३६ सालदेखि अध्ययन गर्न सुरु गरेको हुँ।

    त्यसबेलाको विद्यार्थी आन्दोलन
    विद्यार्थी आन्दोलनलाई सशक्त बनाउनका लागि हामीले एउटा ‘करिकुलम’ नै विकास गरेका थियौं। सत्य र न्यायको पक्षमा उभिनुपर्छ, अरुलाई सहयोग गर्नुपर्छ र अन्याय गर्नु हुँदैन भनेर हामी प्रतिबद्ध थियौं। त्यसबेलाका विद्यार्थी नेताले एउटा सेमेस्टरको परीक्षा नै खारेज गरिदिए। चिट चोर्ने र चोराउने काम बन्द गर्नुपर्छ भन्दै त्यो परीक्षा खारेज गरिएको थियो। अहिले सम्झना छ, त्यसबेला क्लासमा प्रथम हुने अखिलकै विद्यार्थी हुन्थे, खेलकुदमा अगाडि आउने पनि अखिलकै विद्यार्थी हुन्थे। अखिलका विद्यार्थीले चन्दा उठाएर खादैनथिए, न त कसैलाई अन्याय नै गर्थे, सधैँ सत्यको पक्षमा उभिन्थे। नेपाली वामपन्थी आन्दोलन नेपाली जनताको बीचमा उभिन सफल हुनमा अखिलको पनि ठूलो योगदान छ जस्तो लाग्छ। अहिलेका धेरैजसो नेतृत्व विद्यार्थी आन्दोलनका उपज हुन्।

    ‘असामान्य अवधि’ र निलम्बन
    वि.सं. २०३९ मा आइपुग्दा नेकपा मालेको विद्यार्थी संगठनको केन्द्रीय कमिटीका अधिकांशले जिम्मेवारी त्यागे। मैले पनि छोडेँ। नयाँ नेतृत्व आयो। पार्टीभित्र पनि गढबढी भयो। त्यस घटनाले धेरै नेताको विकास गर्‍यो पनि भनिन्छ। ०४४ सालसम्म हामी भूमिकाविहिन जस्तै भयौं। पार्टीको सम्पर्कमा रहिरहे पनि सक्रिय रुपमा संलग्न थिएनौं। पार्टीलाई लेवी तिर्ने काम हुन्थ्यो, तर संगठनिक गतिविधिमा भने थिएनौं।

    ०४६ सालमा भएको पार्टीको चौथो महाधिवेशनले त्यस बीचको अवधिलाई ‘असामान्य अवधि’ भन्दै सबैलाई जिम्मेवारी दिने निर्णय गर्‍यो। त्यसपछि मैले पार्टीको खोटाङ जिल्ला कमिटी सदस्य भएर काम गरेँ। ०४८ सालको निर्वाचनमा मलाई खोटाङ १ बाट उम्मेद्वार उठ्न सिफारिस गरियो। त्यसबीचको असामान्य समयमा मैले गाउँ गएर विद्यालय स्थापना गर्ने र सञ्चालन गर्ने काम गरेको थिएँ। त्यही बीचमा बिना तलब विज्ञान शिक्षकको रुपमा काम गरेको थिएँ। शायद त्यसैले गर्दा समाजमा मेरा बारेमा सकारात्मक सन्देश गएको रहेछ। म ०४८ सालमा सांसद भएँ।

    ०४९ सालमा महाधिवेशन प्रतिनिधि भएर आएको थिएँ। पार्टीको पाँचौं महाधिवेशन अघि मलाई खासगरी कमरेड मदन भण्डारीले पार्टीका विभिन्न मुभमेन्टमा केन्द्रीय प्रतिनिधि बनाएर पठाउने गर्नुहुन्थ्यो। त्यसको मतलब केन्द्रीय कमिटीमा समावेश हुनसक्ने कुरा बुझ्न सहजै थियो। तर ०४९ सालको महाधिवेशनमा म फरक मतमा उभिएँ।

    बहुमत मै प्रस्ताव गरिएको केन्द्रीय कमिटीका सदस्यहरूको सूचीमा म पनि परेको थिएँ, तर अल्पमतमा लागेका म भन्दा केही अगुवा नेताहरूको नाम समावेश नगरिएपछि घनेन्द्र बस्नेत र मैले आफ्नो नाम काटेर ती साथीहरूको नाम राख्न प्रस्ताव गर्‍यौं। यसरी म केन्द्रीय कमिटीमा बसिनँ।

    ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि खोटाङ जिल्लाका साथीहरूले एक्लो उम्मेद्वारका रुपमा मलाई नै अगाडि सारे। मलाई केन्द्रको त्यति रुची थिएन। त्यही बीचमा हामीले जगत बोगटीलाई बागी उम्मेद्वार प्रस्ताव गरेर राष्ट्रिय सभामा सदस्य बनाएका थियौं। त्यसले गर्दा पार्टीका लागि त्यो अनुशासनहिन काम भयो। त्यसो गर्नुमा पनि हाम्रो तर्क थियो। किनभने सुदूरपश्चिमबाट पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो राय थियो। बोगटी नै नभएर अरुलाई उठाएर भएपनि त्यस क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा गर्दा नमानेपछि म प्रस्तावक र पर्शुराम नेगी समर्थक बसेर उम्मेद्वार उठायौं र जित्यौं पनि। त्यसो गर्दा मलाई १ वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरियो।

    प्रतिगमनविरुद्ध पहिलो पर्चा
    ०५१ सालको निर्वाचनमा पनि म सांसद निर्वाचित भएँ। महाकाली सन्धि राष्ट्रघाती नै हो। त्यसले अहिलेसम्म देशलाई केही पनि उपलब्धि दिएकै छैन। त्यसको विरुद्ध लाग्यौं। म मात्रै थिएँ भने त ठूलै कारबाही हुन्थ्यो होला। तर पार्टीको एउटा ठूलो पंक्तिले पार्टीको ह्विप समेत नमानेपछि स्पष्टिकरण सोध्ने काम भयो। त्यही विषयलाई लिएर ०५४ सालमा पार्टी विभाजित भयो र म नेकपा मालेतिर लागेँ। संसदमा म नेकपा मालेको प्रमुख सचेतक थिएँ।

    विभाजनपछि भएको मालेको अधिवेशनमा केन्द्रीय न्यायिक समितिको अधिवेशनले चुनेर केन्द्रीय सदस्य भएँ। ०५८ सालमा बामदेव जीहरु एमालेमा फर्किनुभयो। म मालेमै बसेँ। सिपी मैनाली, जितवीर लामा, ऋषि कट्टेल, लव प्रधान ‘मित्र’ र मसहित पाँचजना भएर मालेको संयोजन समिति बनाएर यसै पार्टीलाई अगाडि लैजाने उद्देश्यले सम्मेलनको आयोजना गर्‍यौं। सम्मेलनले मलाई पोलिटब्युरो सदस्य छान्यो। त्यसपछि हामी आन्दोलन मै रह्यौँ। अरु ५/७ वटा पार्टीसँग वाममोर्चा गरेर हामीले ०६२/६३ को आन्दोलनमा पनि सक्रियतापूर्वक भाग लियौं।

    तत्कालित राजा ज्ञानेन्द्रले २०५९, असोज १८ गते गरेको घोषणा मैले कोटेश्वर चोकमा बसेर टेलिभिजनमा हेरको थिएँ। त्यसबेला म नेकपा मालेको प्रचार विभाग प्रमुख थिएँ। त्यो घोषणा सुनेलगत्तै उक्त घोषणालाई प्रतिगमन भएको भन्दै यस असंवैधानिक कदमविरुद्ध सबै राजनीतिक शक्ति, व्यक्ति र नागरिक समाज मिलेर आन्दोलन गर्नुपर्छ भनेर एउटा पर्चा निकालेँ। यस घोषणामाथिको पहिलो प्रतिक्रिया नै नेकपा मालेको थियो। त्यसपछि अरु राजनीतिक शक्ति पनि बोले। क्रमिक रुपमा आन्दोलन भयो, धरपकड भयो। त्यस समय म दुई चोटी जेलमा जानुपर्‍यो।

    राजतन्त्रप्रति धारणा
    आन्दोलन सफल भएपछि राजतन्त्रप्रति धारणा बनाउने कुरामा सिपी जीसँग मेरो मतभेद भयो। जनआन्दोलअघि सिपी जीले माओवादी, संसदवादी दलहरू र राजा गरी तीनवटै शक्तिबीच समझदारी हुनु नै तत्कालको विकल्प भनेर गरेको प्रस्तावमा हामी सहमत थियौँ। तर जनआन्दोलनपछि गणतन्त्र नै स्थापना हुने भएपछि हामीले विगतको धारणालाई परिवर्तन गर्नुपर्ने थियो। जनताको तागत गणतन्त्र स्थापना गर्नेसम्म बढेको रहेछ, त्यसलाई हामीले ठिक ढंगले अनुमान गर्न सकेका थिएनौँ। त्यसैले हिजोको निर्णयलाई हामीले समीक्षा गर्नुपर्छ र हिजोको गल्तिलाई स्वीकार गरेर अघि बढ्नुपर्छ भन्ने मेरो कुरा रह्यो। गणतन्त्र स्थापना गर्ने परिपक्व समय आएको छैन भन्ने हाम्रो हिजोको अनुमान गलत रहेछ र अब गणतन्त्र नै आइसकेपछि यसैलाई दरिलो र संस्थागत गरेर लैजानुपर्छ भन्ने हाम्रो तर्क थियो।

    सिपी जी त्यसमा सहमत हुनुभएन। राजतन्त्रका विषयमा विगतमा जे मूल्यांकन गरियो त्यो नै ठीक छ भन्ने उहाँको तर्क थियो। राजा जरुरी छ र राजा नभए राष्ट्रियता बन्दैन भन्ने उहाँको अडानका कारण हामी ०६३ मा विभाजित भयौं।

    गणतन्त्रलाई संसदले घोषणा गर्नुअघि नै हामी विभाजित भइसकेका थियौँ। त्यसपछि रामसिंह श्रीस र सीताराम तामाङसँग मिलेर नेकपा कम्युनिष्ट पार्टी एकिकृत बनायौं र हामी पहिलो संविधानसभा चुनावमा भाग पनि लियौं। हामी हाम्रो पार्टीको तर्फबाट २ जनालाई संविधान सभा सदस्यलाई जिताउन सफल भयौं। पहिलो संविधान सभामा हाम्रो पार्टीबाट परि थापा र राधा तिमल्सिना सदस्य हुनुहुन्थ्यो। पछि गएर त्यस पार्टीभित्र पनि ठूलो संकट आयो। त्यो वैचारिक र राजनीतिक संकट नभएर प्राविधिक संकट थियो। पछि, हामीले ‘नेपाल कम्युनिष्ट पार्टी’ बनायौं। त्यसको वरिष्ठ उपाध्याक्षमा म थिएँ।

    माओवादीमा प्रवेश
    माओवादी आन्दोलनलाई म आलोचनाका साथ सकरात्मक रुपमा हेर्थे। माओवादी जनयुद्धले जुन गति लियो, त्यो जेट प्लेन उडाएजस्तो भयो। प्लेन राम्रै उडेको थियो, तर यसको ल्यान्डिङ्गमा समस्या भयो। ०६४ को निर्वाचनमा माओवादीका साथीहरूले मलाई उहाँहरूको चुनाव चिन्ह प्रयोग गरेर उठ्न प्रस्ताव गर्नुभएको थियो। तर मैले मानिनँ। त्यत्रो लडेर स्थापित भएको पार्टीमा भाग खानेबेला म गएँ भने राम्रो सन्देश जाँदैन भन्ने हिसाबले मैले त्यो प्रस्ताव अस्वीकार गरेको हुँ।

    ०७० को चुनावमा माओवादी एकदमै कमजोर देखियो। वास्तवमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र संघियताको मुद्दा त माओवादीले नै स्थापित गरेको हो। संविधानमा माओवादीले नै त्यसको अगुवाइ गरेको हो। अन्तरिम संविधान भन्दा अहिलेको संविधान पछाडि फर्किएको छ, पश्चगामी छ। अन्तरिम संविधानले दिएका सबै अधिकार यसमा संस्थागत हुन सकेनन्। त्यसको एउटै कारण माओवादी कमजोर हुनु हो।

    माओवादी कमजोर भएका कारण गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र संघियता जस्ता उपलब्धिहरू कमजोर हुने डर भयो। आरक्षणको विरुद्धमा त मान्छेहरू खुलेरै बोल्न थाले। आरक्षणलाई वैज्ञानिक बनाउन सकिएको छैन। त्यो कमजोरी आफ्नो ठाउँमा छ। तर आरक्षणले गर्दा कमसेकम अहिले राई अनुहार पनि सिडिओ देखिन थालेका छन्, महिला पनि सिडिओ देखिन थाले। यदि आरक्षणको व्यवस्था थिएन भने अहिले पनि कर्मचारीमा ९० प्रतिशत बाहुन र पुरुष मात्र देखिन्थे। संघियताले शक्तिको बाँडफाड गरेको छ। केन्द्रमै सबै शक्ति नरहने कुरा गरेको छ।

    त्यसैले आफ्नो बलबुताले भ्याएसम्म यी मुद्दालाई मजबूद बनाउन सघाउनुपर्छ भनेर आफ्नो पार्टीमा कुरा राखेँ। पार्टीको बहुमतलाई मैले सहमत गराउन सकिनँ र जे जति साथीहरू सहमत हुनुभयो उहाँहरूसहित हामी ०७२ सालमा माओवादीमा समाहित भयौं। माओवादीको सबैभन्दा माथिल्लो निकाय भनेको केन्द्रीय कार्यलय थियो। त्यसको ३४ जना सदस्य मध्येमा म पनि पर्न गए। त्यसपछि माओवादी र एमाले भएर नेकपा भयो। म पहिलो बैठकमा गएँ, हाजिर पनि गरेँ, सपथ पनि खाए। पछि म आमन्त्रित सदस्यको रुपमा थपिएँ। फेरि पार्टी फुटेपछि पछिल्लो कालमा अनुशासन आयोगको अध्यक्ष थिएँ, अनुशासन आयोगको अध्यक्ष स्थायी कमिटी सदस्यको पदेन सदस्य हुन्छ। पछिल्लो महाधिवेशनबाट पनि सर्वसम्मतिले अनुशासन आयोगकै अध्यक्षमा मलाई चुनेको छ।

    किन खस्कियो माओवादी?
    माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएको पार्टी हो। माओवादी लडाइँ लड्न एकदमै माहिर र रणनीतिक रुपमा पनि परिपक्व थियो। तर परिवर्तित सन्दर्भमा फेरिएको संघर्षको स्वरुपलाई माओवादीका नेता र कार्यकर्ताले समयमा समात्न सकेनन्। हिजो १० वर्षको अभ्यासलाई त्यागेर यसलाई समात्न सजिलो पनि थिएन। हिजोको संघर्षको स्वरुप फौजी कारवाही प्रधान थियो। त्यसैलाई अनुकूल हुने गरी पार्टी संगठनहरू निर्माण गरिएका थिए।

    अब जनपरिचालन गरेर जनसंघर्षमार्फत अगाडि बढ्ने संघर्षको मूल स्वरुप हुन गएपछि ती संगठनहरूको पुनर्निर्माण र पुनर्संरचना गर्ने काममा माओवादी चुक्यो। यही कारणले गर्दा माओवादीको जनमत खस्किएको देखिएको हो। तर आज पनि छातिमा हात राखेर भन्ने हो भने यो परिवर्तन माओवादीले गरेको हो भन्नेमा दुईमत छैन।

    तर राज्य सञ्चालन र पार्टी संगठन सञ्चालनमा कुशलता देखिएन भन्ने गुनासो अझैपनि छ। यस गुनासोलाई चिरफार गरेरै यसपटक हाम्रो पार्टीले वडा भन्दा मुनि सेल कमिटिदेखि लिएर वडा कमिटी, पालिका कमिटि, प्रदेश कमिटि र केन्द्रीय कमिटि निर्माण गरेको छ।

    ९६ प्रतिशत भन्दा बढी वडा कमिटीहरू निर्माण गरेका छौँ। ८ लाख संगठित सदस्यको नविककरण गरेका छौँ। साधारण सदस्य पनि ८/९ लाखकै हाराहारीमा छन्। ती ८ लाख व्यक्तिलाई कमिटीको कुनै न कुनै जिम्मेवारी दिनेगरी योजना निर्माण गरेर हामीले काम अगाडि बढाएका छौँ। त्यसमध्ये ७० प्रतिशतले अहिले कमिटीको जिम्मेवारी प्राप्त गरिसकेका छन्। बाँकी ३० प्रतिशतका लागि पनि विभिन्न विभाग, संयन्त्रहरू निर्माण गर्ने भनेर पार्टी विधानमा उल्लेख गरेका छौँ। हाम्रो जस्तो अविकसित देशमा मतदातालाई प्रभावित गर्ने सबैभन्दा सशक्त माध्यम भनेको नै कार्यकर्ता र संरचना नै हो। त्यो नभएर टिभी र पत्रपत्रिकामा बोलेको भरमा केही पनि हुँदैन।

    त्यसैले अब चाहिँ यसले पार्टीको आकार र रुप लिएको छ। हिजोसम्म माओवादी पार्टी थिएन, आन्दोलन मात्रै थियो। अब आन्दोलनलाई पार्टीमा रुपान्तरण गर्ने कामको सुरुवात भएको छ। र, आगामी दिनमा माओवादीले यो देशमा पहिलो पार्टी हुने विश्वास बोकेको छ।

    माओवादी केन्द्रका नेता टंक राईसँग मेनुका बस्नेतले गरेको कुराकानीको पहिलो अंश।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक राई

      टंक राई

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.