Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमाउने हतारो र पशुजन्य प्रोटिनको भोक : कोरोनालगायत भाइरसहरूका कारक

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख २२, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोभिड महामारीले अमेरिका, युरोप र दक्षिण अमेरिकाका देशहरूपछि अहिले भारतमा आतङ्क मच्चाइरहेको छ। यसपटक कोरोना नियन्त्रणका लागि भारत लगायत विश्वलाई अमेरिका, युरोप र चीनले जस्तै ‘खोप’ दिनुपर्ने हुन्छ। तर भाइरसले आफ्नो रूप परिवर्तन गरेर पहिलेको तुलनामा तेज र व्यापक रूपमा फैलिरहेकाले नियन्त्रणका लागि अझै मुश्किल छ।

    भाइरसमा आइरहेको परिवर्तनलाई देखेर वैज्ञानिकहरूले मानिसहरूलाई महामारीबाट बचाइराख्नका लागि एक वर्षभित्र अर्को खोप लगाउनुपर्ने हुनसक्ने बताएका छन्। केही वैज्ञानिकहरूले यस्तोसम्म भनेका छन् कि यस महामारीबाट बचिरहनका लागि रुघाखोकीको भाइरसका लागि जस्तै शायद हरेक वर्ष खोप लगाउनुपर्ने हुनसक्छ। अहिलेको खोप प्रभावहिन हुन सक्छ र अरु नयाँ खोप बनाउनुपर्ने पनि हुन सक्छ।

    प्राय: सबै भाइरस जनावरबाट

    यसकारण वैज्ञानिकहरू अब विस्तारै– विस्तारै यो निष्कर्षमा पुगे कि खोपबाट पनि धेरै समय बचाउन नसकिने हुनसक्छ। कोरोना भाइरसबाट बच्नका लागि हामीले केही कारकहरूको बाटो छेक्नु पर्ने हुन्छ जसबाट यो भाइरस फैलिरहेको छ। सन् १९१८ को स्पेनी फ्लुदेखि लिएर आजको कोरोना भाइरससम्म हेर्दा महामारी फैलाउने लगभग सबै भाइरस जंगली या घरपालुवा जनावरबाटै भइरहेको छ।

    स्पेनी भाइरस सुंगुरबाट मानिसमा सरेको भाइरसबाट सर्वत्र फैलिएको मानिएको छ। र, यसको सुरुवात ओरिकाको केन्सस राज्यको एक सैनिक शिविरबाट भएको थियो। एच.आई.भी. अफ्रिकाको बाँदरबाट फैलिन सुरु भएको थियो। सन् २००२ को सार्स भाइरस चीनको ग्वाङडोङ प्रान्तको जंगली जनावरहरूको मासुबजारबाट फैलिएको थियो। बर्ड फ्लु चीनको कलहंस र हङकङको कुखुरा फार्मबाट फैलिएको थियो।

    सन् २००९ मा एशिया तथा मेक्सिकोबाट फैलिएको स्वाइन फ्लु सुंगुर फार्मबाट फैलिएको थियो र सन् २०१४ मा पश्चिम अफ्रिकाका केही देशहरूमा आतंक फैलाएको इबोला चमेरा तथा बाँदरबाट फैलिएको थियो। कोरोना भाइरसका बारेमा पनि चीनियाँ शहर वुहानको मासु बजारमा बेचिने जंगली चमेरा या सालकजस्ता जनावरहरूबाट फैलिएको भनेदैंछ।

    जनावरलाई दिइने यातनाबाट पनि भाइरस

    जनावरहरूको कारखानाको रूप लिँदै गरेका फार्महरूमा हाँस, बट्टाई र कुखुराजस्ता पंक्षीहरूलाई साँघुरो पिंजडामा पालिन्छ र त्यसैमा हुर्काइन्छ। यसैगरी सुंगुर, गाई र भैँसीलाई पनि साँघुरो खोरमा पालिन्छ र तिनको दोहन गरिन्छ। आजका चर्चित विचारक प्रोफेसर युवाल नोहा हारारीले आफ्नो प्रसिद्ध पुस्तक ‘सेपियन्स’मा हाम्रो यस निर्ममतालाई ‘क्रान्तिको शिकार’ अध्यायमा अत्यन्त मार्मिक ढंगले चित्रण गरेका छन्।

    हजारौं–लाखौंको संख्यामा पशुपंक्षीहरू साँघुरो ठाउँमा कष्टकर बासमा छटपटाउँदै र आफ्नो मल–मूत्रमा लटपटिंदै गर्दा यी जनावरहरूको शरीरमा घातक हर्मोन बन्छ, जो अन्ततः ती जनावरको दूध र मासु खानेवालाहरूको शरीरमा जाने गर्छ। योभन्दा पनि खतरनाक के छ भने यातनाका कारण यी जनावरहरूको शरीर भाइरसको अड्डा बन्ने गर्छ, जहाँ भाइरस सजिलोसँग यसको आसपास काम गर्ने मानिसहरूमा सर्ने गर्छ।

    जनावरबाट मानसिहरूमा सर्ने घातक भाइरसको चक्र त्यतिबेलादेखि चल्दै आएको छ, जबदेखि हामीले जनावरहरूलाई प्रोटिनको कारखानाका रूपमा पाल्न र यिनीहरूको दोहन गर्न सुरु गर्‍यौं। भाइरसबाट बच्नका लागि खोप त जरुर बन्यो, तर हाम्रो मुनाफा र प्रोटीनको बढ्दो भोकका कारण भाइरसको फैलावट खोपको भन्दा बढी तेज गतीमा भइरहेको छ। यो चक्र नतोडेसम्म यसको रोकथाम सम्भव छैन।

    समाधान

    विज्ञानले हाम्रा लागि एउटा नयाँ बाटो खोलेको छ। यदि हामी चाहन्छौँ भने जनावरलाई नसताइकन र उनको सम्पर्कमा नआइकन पनि प्रोटीन बनाउन सक्छौँ। कृत्रिम बुद्धिबाट यस्ता मेसिनहरू बनाइएका छन्, जसले वनस्पतिलाई नै सिधै दुध, अन्डा र मासुमा बदल्न सक्छ। गुगलको फिल्म श्रृंखला ‘दि एज अफ एआइ (कृत्रिम बुद्धिको युग)’ मा चिलीको एक कम्पनी ‘नोट्को’ को विस्तृत रुपमा चर्चा गरिएको छ। यो कम्पनीले वनस्पतिबाट दुध, अण्डा र मासु बेच्छ, जुन स्वाद, गन्ध र बनावटमा असली दुध,अण्डा र मासुजस्तै हुन्छ।

    वनस्पतिबाट दुध र मासु बनाउने र बेच्ने कम्पनी ब्राजिल र अमेरिकामा पनि प्रशस्त खुल्दैछन्। यस्ता रेस्टुरेन्ट पनि छन् जहाँ तपाईं वनस्पतिबाटै बनेका ‘दुग्ध पदार्थ र मासुका पकवान’ खान सक्नुहुन्छ। नझुक्किनुस्, ती वनस्पतिबाटै बनाइएका दुध र मासु हुन्। अहिले यी वस्तुहरू तुलनात्मक रूपमा महङ्गा छन्, तर यिनको माग बढ्न थाल्यो भने वास्तविक दुध र मासुको मूल्यभन्दा यिनको मूल्य सस्तो हुन सक्नेछ।

    हामीले बुझ्नुपर्ने कुरा के हो भने जनावरहरूले पनि वनस्पति खाएर नै दुध, अण्डा र मासु बनाउने हो। यदि जनावरको काम सिधै कृत्रिम बुद्धिको मेसिनले गरिरहेको छ भने जनावरहरूको पनि भलो हुन्छ र हामीहरू पनि जनावरबाट लाग्ने भाइरसबाट बच्ने छौँ।

    वनस्पतिबाट बनाइने दुग्ध उत्पादन तथा मासुबाट पर्यावरणलाई बचाउन पनि मद्दत पुग्छ। जनावरहरूको दुध र मासुबाट बन्ने भोजन बनाउनका लागि शाकाहारी भोजनको तुलनामा ८ गुणा बढी पानी र अरु प्राकृतिक स्रोत र सामग्रीको खर्च हुन्छ।

    अब यहाँ सवाल रहन्छ, हाम्रो मानसिकता र डेरी तथा मासु उद्योगसँग जोडिएका किसानहरू र व्यापारीको स्वार्थको। किसानको तागत दुनियाँमा कति मजबुत हुन्छ भन्ने कुराको अनुमान भारतमा चलिरहेको किसान आन्दोलनबाट लगाउन सकिन्छ। चुरोट उद्योगले धुम्रपानबाट हुने हानीलाई औझेल पारेको छ, यसकारण ५० वर्षसम्म यसका विरुद्ध अभियान चलिरहँदा पनि धुम्रपानमा कुनै पावन्दि लगाउन सकिएको छैन।

    यसैगरी पेट्रोलियम पदार्थ र त्यसको उद्योगबाट पर्यावरणमा हुने नोक्सानलाई ढाकिएको छ। दुनियाँले चाहेर पनि पछिल्लो ४० वर्षदेखि केही हुन पाएको छैन। यसकारण के पशुपालन तथा डेरी उद्योगले मानिसहरूलाई वनस्पतिबाट बन्नेवाला डेरी उत्पादन र मासुतर्फ जान देला, प्रेरित गर्ला? यदि हामीले यस कुरालाई राम्ररी बुझ्न सकिएन भने यो भाइरसलाई नियन्त्रण गर्नुभन्दा पहिले नै अर्को कुनैपनि खतरनाक भाइरसको सामना गर्न पनि हामी तम्तयार हुनु पर्नेछ।

    आम उपभोक्ताका रूपमा हामीले पनि पशुलाई आहारा गर्न छोड्ने हो भने यस्ता पशु उद्योगहरू विस्तारै कम हुँदै जान्थे कि? त्यसतर्फ सर्वसाधारण उपभोक्ताले पनि सोच्ने कि?

    (सत्यहिन्दीबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.