Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूँजीवादको कोरामिन: “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको पूँजीवाद

टंक कार्की टंक कार्की
अशोज २७, २०७६
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सोभियत संघ र पूर्वी युरोपका देशमा प्रचलित समाजवादको असफलतापछि समाजवादका शक्तिहरुलाई ठूलो धक्का पुग्न गयो। परिणामस्वरुप अन्तर्राष्ट्रिय रुपमा वर्ग शक्तिको सन्तुलन साम्राज्यवादी शक्तिको पक्षमा देखापर्न पुग्यो। यसले गर्दा समाजवाद विरोधी शक्तिहरुले विश्वस्तरमा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका दिशामा आफू अनुकुल नयाँ शिराबाट आक्रमण सुरु गरे। विगत दुई दशकमा साम्राज्यवादले वास्तवमा आफ्नो प्रभुत्वलाई सुदृढ गर्न भरमग्दुर कोसिस गरेको छ, एकल ध्रुवीय विश्व संरचना कायम गर्न लिट्टि कसेर लागेकै हो। फेरि पनि त्यसको थिचोमिचोमा परेका जनता, राष्ट र राज्यका प्रतिरोधका प्रयत्नले गर्दा त्यो चिताएजस्तो हुन सकेन र अहिले विश्व बहुध्रुवीय संरचनामा संक्रमण भई रहेको छ। यो स्थिति भनेको समाजवादका शक्तिहरुको स्थिति फराकिलो/सहज हुनु पनि हो।

    लेनिनले साम्राज्यवादलाई पूँजीवादको चरम अवस्था– ‘समाजवादी–क्रान्तिको पूर्व सन्ध्या’ भनेर परिभाषित गरेका थिए। उनले त्यसलाई “सडेगलेको”, “मरणासन्न” पनि भनेका थिए। कतिपयले लेनिनको यस प्रस्तावनालाई यान्त्रिक रुपमा ग्रहण गरे अनि के मान्यता बनाए भने समाजवाद संघारमै आई हाल्यो। परन्तु यस किसिमको उत्ताउलो निष्कर्षमा आउनु हतारो हुने कुरालाई हेक्का रखिएन। पूँजीवादले आफ्नो आयुलाई लम्व्याउन सक्ने आधार बारे मार्क्स स्वयंले अगाडि सारेका विचारलाई मार्क्सका अनुयायीहरु समेतले हेक्का राख्न सकेनन्। पुँजिवाद समसामयिक दुनियाको सर्वाधिक शक्तिशाली समाजिक आधार हो। आफनो विकास क्रममा देखापरेका तमाम सकटका वाबजुद पनि यसले आफुलाई बचाउँदै ल्याएको छ। कसरी यसले आफ्नो आयुलाइ लम्ब्याउन सक्यो? यसको उत्तर मार्क्स आफैले दिएका छन्:

    “उत्पादनका साधनहरुमा निरन्तर परिवर्तन बेगर, अनि यसको फलस्वरुप उत्पादन–सम्बन्धको साथसाथै समाजका सारा सम्बन्धहरुमा क्रान्तिकारी परिवर्तन बेगर पूँजीजीवी वर्ग बाँच्न सक्दैन ।… उत्पादन प्रणालीमा निरन्तर परिवर्तन, सबै सामाजिक सम्बन्धहरुको अनवरत उथल पुथल, सँधैको अनिश्चितता र अस्थिरताले नै पूँजीवादी युगलाई पहिलेका अरु सबै युगहरुबाट छुट्याउँछन् (Manifesto of the Communist Party)। यहाँसम्म आइपुग्दा पूँजीवादले प्राविधिक तथा सूचनाका क्षेत्रमा क्रान्तिकारी विकास गरेर तथा साम्राज्यवादी लगान र वित्तीय पूँजीको मुनाफाबाट जीवन धान्दै आएको छ।
    त्यसो त पूँजिवादले आफ्नो विकासका विभिन्न चरणमा पूँजी सञ्चय गर्न र त्यस प्रक्रियामा आइपरेका संकट मोचनको निम्ति विभिन्न रणनीति अख्तियार गर्दै आएको छ। यसले आधुनिक पूँजीवादी दुनियामा प्रवेश गरे देखि तीन शताब्दीसम्म (सन् १५०० देखि १८००) सम्म वाणिज्यवादी रणनीति अख्तियार गरेको थियो। १९औं शताब्दीको अन्त्यतिर आएर पूँजीवाद अधपतनको एउटा लामो कालखण्डमा गुज्रिन पुग्यो। यो कालखण्ड पेरिस कम्युनको लगत्तै सुरु भयो। यही बेलादेखि पूँजीवादले पूँजी संचयको विनासकारी बाटो– एकाधिकारको स्वरुप ग्रहण गदै पूर्ववर्ती शास्त्रीय, स्वतन्त्र प्रतिस्पर्धात्मक पूजिवादलाई कालातिक बनाएर विदा गर्‍यो।

    “आफ्नो उत्पादनको निम्ति बजारको निरन्तर विस्तार गर्नु पर्ने आवश्यकताले गर्दा पूँजीपति वर्ग पृथ्वीको सारा सतह चाहार्न पुग्दछ। उसले हरेक ठाउँमा गुँड लगाउनु पर्दछ, हरेक ठाउँमा डेरा डण्डा बिसाउनु पर्दछ, जताततै सम्पर्क स्थापित गर्नु पर्दछ।”

    लेनिन स्वयं पूँजीवादको यस संकटबाट समाजवादी क्रान्तिको निम्ति बढी आशावादी बनेका थिए तर त्यसपछि विकास भएको संकटलाई पनि पूँजीवादले टार्न सक्यो र यो दुईवटा विश्व युद्धको मूल्यमा सम्भव भयो। यसले रुसी तथा चिनियाँ क्रान्ति र एसिया तथा अफ्रिकी महादेशमा उपनिवेशवाद विरोधी राष्ट्रिय स्वतन्त्रता संग्रामले पुर्‍याएको धक्काबाट पनि आफूलाई जोगाउन सक्यो। सन् (१९४५–१९७५) को अवधिमा एकाधिकार पूँजीवादले छोटो पुनर्जीवन प्राप्त गर्‍यो। त्यस यता यो पूँजीवादी प्रणाली स्वयंको अर्को संरचनात्मक संकटमा फसेको छ। यस नयाँ चुनौतिलाई पूँजीवादले ‘सामान्यकृत एकाधिकारी पूँजीवाद’ मार्फत सामना गर्ने रणनीति अख्तियार गरेको छ (Samir Amin: The Trajectory of Historical capitalism and Marxism’s Tricontinental Vocation)। त्यसका लाक्षणिक विशेषता भनेको सिंगै विश्व र प्राकृतिक संशाधनलाई सैनिक नियन्त्रणमा राख्नु, एकाध एकाधिकारीहरु (Oligopoly) को प्रविधिमाथिको एकलौटी बर्चस्व र दोहनको सुरक्षा गर्नु तथा विश्व वित्तीय प्रणालीमाथि तिनका नियन्त्रणलाई रक्षा कवच प्रदान गर्नु हो।

    मार्क्स/एङ्गेल्सका माथिको भनाईबाट के पनि निष्कर्ष निकाल्न सकिन्छ भने, ऐतिहासिक रुपरेखा भित्रको कुनै पनि चरणका विभिन्न उपचरण वा अवस्थिति हुन्छन्/हुन सक्दछन्। पूँजीवाद/साम्राज्यवाद पनि यसबाट अछुतो रहने कुरा भएन। त्यस्ता उपचरणको निर्क्यौल  भने उत्पादक शक्तिको विकासमा अवलम्बन गरिने नयाँ नयाँ तरिका र पूँजी सञ्चयको समवर्ति अवस्था र तत्कालिन अवस्थाको राजनीतिक संयोगले गर्दछ।

    यो पनि पढ्नुहोस् – समाजवाद र नेपालको भावी दिशा – १

    जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

    दोस्रो विश्व युद्ध पछि अन्तर्राष्ट्रिय वर्ग शक्ति सन्तुलनको हिसाबले समाजवादको पक्षमा स्थिति अनुकुल रहेको थियो। त्यतिबेला पूँजीवाद/साम्राज्यवाद आफ्नो विशिष्ठ राजनीतिक श्रेष्ठता हासिल गर्न बेग्लै स्थितिमा प्रवेश गर्‍यो। त्यसबेला फ्रान्स र इटलीमा कम्युनिष्ट पार्टी सशक्त थिए, युरोपका कतिपय मुलुकमा मजदुर वर्गको साथ लिएर सामाजिक लोकतन्त्रवादी शक्ति सत्तामा आए। बेलायतमा विस्टन चर्चिल समेत हार्न पुगेका थिए। सोभियत संघको सहयोगमा फाँसिवाद पराजित भएको थियो, पूर्वी युरोपमा समाजवाद स्थापना भएको थियो, चीनमा जनवादी क्रान्ति भएको थियो, तेस्रो विश्वमा राष्ट्रवादको लहर आएको थियो र उपनिवेशवादको विघटन सुरु भएको थियो। यसरी समाजवादको आकर्षण र लहरलाई निस्तेज गर्न नै पूँजीवादले लोककल्याणकारी राज्यको अवधारणा आत्मसात गर्न बाध्य भएको थियो। त्यसले माग व्यवस्थापन गर्न किन्सियन पद्धति अपनाउन पुग्यो। पूँजीवादलाई व्यवस्थापन गर्न राज्यको हस्तक्षेप स्वीकार गरियो। साम्राज्यवादको यो नयाँ चरण थियो यस चरणमा पूँजीवादले अभूतपूर्व आर्थिक उत्कर्ष हासिल गर्‍यो र अन्ततः वित्तीय पूँजीको अन्तरर्राष्ट्रियकरण गरेर विपुल पूँजी सञ्चय गर्न पुग्यो। यस पछिल्लो कदमबाट साम्राज्यवाद आफ्नो विकासको अर्को वर्तमान चरणमा प्रवेश गरेको छ।

    समसामयिक परिप्रेक्षमा पूँजीवाद उत्पादनको माध्यमबाट भन्दा पनि अन्तरर्राष्ट्रिय वित्तीय पूँजीको माध्यमबाट मुनाफा अधिकतम् बनाउने रणनीतिमा जुटेको छ। साम्राज्यवादी वित्तीय पूँजीको यो भूमिका लेनिनको पालामा भन्दा विल्कुलै भिन्न छ। त्यसबेला त्यसको प्रयोजन खास राष्ट्र विशेषको खास रणनीतिक उद्देश्य हासिल गर्नु थियो भने अहिले त्यो अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट रणनैतिक उद्देश्य हासिल गर्नुमा केन्द्रित भएको छ। यसको सञ्चालन पनि त्यसबेलाको जस्तो पारस्परिक प्रतिद्वन्द्विताको आधारमा नभएर स्वार्थहरुको पारस्परिक संयोजन र मेलमिलाप भित्र, विश्व बजारलाई विखण्डन गरेर होइन एकिकृत गरेर गरिएको छ। त्यसबेलाको जस्तो अन्तराष्ट्रिय वित्तीय पूँजी विश्व उत्पादनबाट सम्बन्ध विच्छेद भएको अवस्था पनि अहिले होइन। यद्यपि यसको अर्थ साम्राज्यवादी शक्तिहरुबीच अन्तरविरोधको अस्तित्व छैन भन्ने होइन। असमान विकास सम्बन्धी आधारभूत पूँजीवादी विकासका नियमको परिप्रेक्षमा तिनीहरुबीचको अन्तरविरोध अन्ततः अरु तीव्र हुने सम्भावनालाई नकार्न सकिदैन।

    अब एकाधिकार पूँजीवादलाई आफ्नो उद्‍गमको  बेलाको जस्तो न अमेरिका हडप्ने स्थिति नै छ, न त उपनिवेश नै। अर्को कुरा विकासशील देशहरुमा आइरहेको प्रतिरोधी जागरणको सामना गर्नु त्यति सजिलो छैन भन्ने कुरा इराक, अफगानिस्तान र भूमध्यसागरीय क्षेत्रमा हालसालै भएका घटनाको शिक्षा नै पर्याप्त छ।

    पूँजीवादको समसामयिक विश्वसंकट र जारी आर्थिक मन्दीले पूँजीवाद सम्बन्धी  मार्क्सवादी विश्लेषण र मूल्याङ्कन जबर्जस्त पुनर्पुष्टि भएको छ। यस संकटले एक पटक फेरि पूँजीवादको ऐतिहासिक सीमा र यसमा अन्तरनिहित उत्पादनको सामाजिक चरित्र र स्वामित्वको निजात्मक चरित्र बीचको अन्तरविरोध समाधान हुने नसक्ने यथार्थलाई उजागर गरेको छ। यस संकटबाट बच्न पनि कुनै न कुनै टालटुल होला, कुनै न कुनै कोरामिन पाइएला तर, यो आफ्नै विकास प्रक्रियामा जीर्ण भै सकेको छ र अन्ततः अवस्यम्भावी भवितव्यबाट बच्ने कुनै उपाय छैन, आफ्नै चिहान खन्नेहरु आफैले तैयार गरिरहेको छ।

    असमान आर्थिक विकास, पूँजी र सम्पत्तिको केन्द्रीयकरण, आवधिक पूँजीवादी संकट र पूँजी सञ्चयको निम्ति अपनाइने युद्ध र सम्पत्तिहरण लगायतका शोषणका विभत्स रुप पूँजीवादकै सहउत्पादन हुन्। तिनबाट दिगो र प्रभावकारी मुक्तिको उपाय भनेको पूँजीवादको लिपापोती नभएर स्वयं त्यसबाट छुटकारा पाउनु हो।

    विश्वकीकरण

    विश्वकीकरण समसामयिक विश्व इतिहासको गतिविधिको एक प्रमुख प्रवृत्ति हो। यसले जीवनका सबैजसो क्षेत्र र गतिविधिमा, राष्ट्रहरु बीचको सम्बन्धमा तथा समस्त मानव जातिको जीवनमा प्रभाव पारेको छ।

    विज्ञान र प्रविधिमा भएको ठूलो फड्काले उत्पादक शक्तिको विकासमा तथा स्वयं विश्वकीकरणको प्रक्रियालाई थप गति दिन सहायक बन्यो। राष्ट्रहरुबीचको दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धहरु अरु सघन र विस्तृत बनेका छन्। अर्थतन्त्र, संस्कृति र वातावरणका क्षेत्रमा, अपराध नियन्त्रण, प्राकृतिक प्रकोप र महामारीको रोकथाममा त्यस्ता सम्बन्ध देख्न सकिन्छ। बहुराष्ट्रिय निगमहरु घाम जून लाग्ने संसारका सबै कुनामा पुगेका छन्, कुनै न कुनै रुपमा। मार्क्सले पूँजीको प्रस्तावित छैटौं खण्डमा पूँजीवादको विश्वकीकरणको प्रभाव बारेमा छुट्टैचर्चा गर्ने सोचेका थिए, जो अधुरै रह्यो। उनले यति सघनरुपमा भइरहेको विश्वकीकरणको प्रक्रियालाई भने त्यसबेलै देखेका थिए। उनकै शब्दमा
    विश्व बजारको दोहन गरेर पूँजीपति वर्गले प्रत्येक मुलुकको उत्पादन र उपभोगलाई सर्वव्यापी चरित्र प्रदान गरेको छ। …सम्पूर्ण पूराना राष्ट्रिय उद्योगहरु या त ध्वस्त पारिसकिएका छन् या त दिनहुँ जस्तो पारिनेछन्। नयाँ उद्योगले तिनलाई विस्थापित गरेका छन्। पुरानाका ठाउँमा नयाँ उद्योग स्थापना गर्नु समस्त सभ्य राष्ट्रहरुको निम्ति जीवन मरणको सवाल बन्न जान्छ। यी नयाँ उद्योगलाई अब स्वदेशी कच्चा पदार्थ चलाउनु पर्दैन, बरु सुदुर भन्दा सुदुर क्षेत्रका कच्चा पदार्थ ओसार्न थालिन्छ, त्यस्ता उद्योगहरुको उत्पादन स्वदेशमा मात्र होइन धर्तिको प्रत्येक कुनाकाप्चामा उपभोग गर्न थालिन्छ। स्वदेश भित्रकै उत्पादनबाट पूरा गरिने पूराना आवश्यकताका ठाउँमा नयाँ–नयाँ आवश्यकता देखापर्न थाल्ने छन् र तिनको आपूर्ति देश देशावरबाट आएका उत्पादनबाट गरिनेछ। पुरानो स्थानीय र राष्ट्रिय पृथकता र आत्मनिर्भरताको ठाउँमा राष्ट्रहरुबीच जताततै विश्वव्यापी अन्तरनिर्भरता हुनेछ। भौतिक जस्तै बौद्धिक उत्पादनमा पनि त्यस्तै हुनेछ। खास मुलुकको बौद्धिक सिर्जना साझा सम्पत्ति बन्दछ। राष्ट्रिय एक पक्षीयता र संकिर्णता झनझन असम्भव हुनेछन् र असंख्य राष्ट्रिय र स्थानीय साहित्यलाई मिलाएर विश्व साहित्य बन्नेछ।

    आफ्नो उत्पादनको निम्ति बजारको निरन्तर विस्तार गर्नु पर्ने आवश्यकताले गर्दा पूँजीपति वर्ग पृथ्वीको सारा सतह चाहार्न पुग्दछ। उसले हरेक ठाउँमा गुँड लगाउनु पर्दछ, हरेक ठाउँमा डेरा डण्डा बिसाउनु पर्दछ, जताततै सम्पर्क स्थापित गर्नु पर्दछ।

    पूँजीपति वर्गले उत्पादनका समस्त औजारको द्रुत विकास तथा सञ्चारको साधनको प्रचुर सुविधालाई उपयोग गरेर यावत राष्ट्रहरुलाई, यहाँसम्म कि “असभ्य” राष्ट्रहरुलाई समेत, सभ्यताको कोटिमा तान्नेछ। वस्तुको सस्तो मूल्य सारा चीनियाँ पर्खाल गिराउने गोला बारुद हुनेछ… यसले सारा राष्ट्रलाई … पूँजीवादी उत्पादन ढाँचा अवलम्बन गर्न बाध्य बनाउँछ। यसले आफ्नो पंक्ति भित्र जे कुरालाई सम्यता भन्छ त्यसलाई अवलम्बन गर्न अर्थात् आफैं पूँजीवादी हुन बाध्य पर्दछ।
    यान्त्रिक उपकरणको सघन उपयोग र श्रम विभाजनले गर्दा सर्वहारा वर्गको श्रमले समस्त वैयक्तिक चरित्र गुमाइसकेको छ र, परिणामतः, श्रमजीवीको निम्ति सारा आकर्षण समाप्त भएको छ। ऊ मेसिनको पुच्छर बन्दछ, र यो सारै सस्तो, सारै अनाकर्षक, र सारै सजिलै पाइने खेलौना हो। यसर्थ श्रमजीविको उत्पादन लागत पुराको पुरैजसो उसको भरण पोषणको निम्ति तथा आफ्नो जातिको प्रसारणको निम्ति लाग्ने जीवन निर्वाहका साधनमा सिमित हुन पुग्दछ। तर वस्तुको मुल्य, र यसर्थ उसको श्रमको मुल्य पनि, उत्पादन लागत बराबर हुन जान्छ। तसर्थ श्रमको अरुचिकै हाराहारीमा मजदुरी पनि घट्न पुग्दछ। भनी रहनु नपर्ला, मेसिनको उपयोग र श्रमविभाजनको बढोत्तरीकै अनुपातमा परिश्रमको बोझ पनि बढ्दछ, चाहे त्यो कार्य घण्टा बढाएर होस् या निश्चित समयमा बढी कम लगाएर या यान्त्रिक उपकरणको गतिलाई बढाएर, आदि आदि। कम्युनिष्ट घोषणापत्र मै के पनि भनिएको थियो भने “वाणिज्य स्वतन्त्रता र विश्वबजारको उन्नति, उत्पादन पद्धतिको एकरुपता र तद्अनुरुप जीवनका अवस्थाहरुमा समानताले ल्याउने पूँजीपति वर्गको विकासले गर्दा जनताहरुको राष्ट्रिय पृथकता तथा प्रतिपक्षता पनि दिनप्रतिदिन मेटिदै” जाने छ। आज यो स्थिति जीवनको कटु यथार्थ भएको छ।

    पुँजीवादको वर्तमान संकटबाट बच्न पनि कुनै न कुनै टालटुल होला, कुनै न कुनै कोरामिन पाइएला तर, यो आफ्नै  विकास प्रक्रियामा जीर्ण भै सकेको छ र अन्ततः अवस्यम्भावी भवितव्यबाट बच्ने कुनै उपाय छैन,  आफ्नै चिहान खन्नेहरु आफैले तैयार गरिरहेको छ।

    मार्क्स स्वयं क्रान्तिले विकसित पूँजीवादी केन्द्रबाट अन्यत्र स्थानान्तरण गर्न सक्ने बारे महशुस गर्न थालेका थिए र आयरल्याण्डको औपनिवेसिक शोषणसँग गाँसिएको अन्धराष्ट्रवादसँग बेलायती श्रमजीवी वर्गको मिलेमतोलाई देखेर आजित भएका मार्क्सले बेलायत भन्दा आर्थिक रुपले कम विकसित, तर राजनीतिक रुपले बढी जागृत, फ्रान्समा पहिलो समाजवादी क्रान्ति हुँदा त्यसको जोडदार समर्थन गरेका थिए।

    यो पनि पढ्नुहोस् – समाजवाद र नेपालको भावी दिशा – २

    पुँजीवादी संक्रमणको झाँकी :एउटा ठूलो पूँजीपतिले हमेसा अधिकाङ्स पूँजिपतिको घाँटी रेट्छ

    उनले जस्तै एंगेल्सले पनि अझ “पछौटे” जर्मनीले पूँजीवादी र समाजवादी क्रान्तिलाई अंतर्मिलन गराएर अघि बढ्न सक्ने आंकलन गरेका थिए। लेनिनले त पूँजीवाद साम्राज्यवादमा बदलिना साथै त्यसको प्रगतिशील भूमिका सकिएको भन्दै त्यसको “कम्जोर कडी” रुसमा क्रान्ति नै गरेर देखाई दिए। उनले क्रान्ति “पूर्वमा स्थानान्तरण भएर साम्राज्यवाद तथा पूँजीवाद विरोधी संघर्ष अंतर्मिलन हुन सक्ने” आशा राखेका थिए। पछि चीन, भियतनाम लगायतका मुलुकहरुले त्यहीँ कुरा गरेर देखाई दिए। अहिले परिस्थिति बदलिएको छ। पूँजीवाद “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको छ। त्यो अमेरिका, युरोप र जापानको त्रिपक्षीय गठबन्धनमा चलेको छ। यसको प्रभावकारी प्रतिवादको सम्भावना एसिया, अफ्रिका र लेटिन अमेरिका बीचको सहकार्य हुन सक्दछ।

    समाजवाद र नेपालको भावी दिशा – १

    पुँजीवादी संक्रमणको झाँकी :एउटा ठूलो पूँजीपतिले हमेसा अधिकाङ्स पूँजिपतिको घाँटी रेट्छ 

    समाजवाद र नेपालको भावी दिशा – २

    जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.