Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उदारवादी–लोकतन्त्रको मुकुण्डो

पश्चिमाहरूले आफूलाई लोकतान्त्रिक श्रेष्ठताको जति नै दावी गरेपनि त्यस नाजुक व्यवस्थाले युद्ध नै गर्नुपर्ने जस्तो अलोकतान्त्रिक नतिजा निकाल्छ भने त्यो लोकतन्त्र कसरी लोकतान्त्रिक हुन सक्छ?

nepal_readers nepal_readers
कार्तिक ३०, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    उदारवादी लोकतन्त्रको सन्दर्भमा कुनैबेला विन्स्टन चर्चिलले भनेका थिए, ‘कसैले पनि पूर्ण लोकतन्त्र सम्भव हुन्छ भनेर गफ दिनुपर्दैन। अन्य प्रकारका सरकारहरूबाहेक लोकतन्त्र सबैभन्दा व्यर्थको सरकार हो।’ यो कुरा उनले ब्रिटिस साम्राज्यको नेताका रूपमा भनेका थिए तर दक्षिणी विश्वका आफ्ना उपनिवेश भएका देशहरूमा कुनै पनि प्रकारको लोकतन्त्रलाई बेलायत स्वयंले स्वीकार गरेको थिएन।

    पश्चिमी विश्वको यस्तो दोहोरो मापदण्डमा आज पनि कुनै परिवर्तन आएको छैन। यदि निर्वाचकहरूले ‘गलत’लाई मतदान गरे भने अमेरिकाले उदार लोकतन्त्रको पखेटाहरू काट्छ। उदाहरणका लागि, सीआईएले चिलीको पिनोचेटलाई सत्तामा ल्यायो र भेनेजुएलामा नाकाबन्दी लगाउँदै त्यहाँको निर्वाचनलाई अमान्य र अवैध घोषित गर्‍यो। यसका अतिरिक्त निर्वाचन हुनु अघि नै अमेरिकाले गोप्य आर्थिक सहयोग र अन्य सहयोग दिँदै एनजीओहरूमार्फत विभिन्न देशहरूमा निरन्तर हस्तक्षेपसमेत गर्ने गरेको छ।

    उदारवादी जनपरिचालनको प्रभावका बारेमा चर्चा गर्दा हिलारी क्लिन्टनले भनेकी थिइन् ‘उदारवादी लोकतन्त्र नै लोकतन्त्रको एक मात्र रूप हो ।’ तर, अन्य देशमा भएका निर्वाचन र तिनका परिणामलाई संयुक्त राज्य अमेरिकाले उल्टाउने गरेको कुराले उनको यस्तो भनाइलाई स्पष्ट रूपमा अस्वीकार गर्छ। उनको त्यो कथन उदारवादी लोकतन्त्रबारे चर्चिलले सावधानीपूर्वक भनेका शब्द विपरित जस्तो लाग्छ। हिलारीको त्यस्तो कथनले कम्तिमा उदारवादी लोकतन्त्रमा बहुदलीय प्रणाली र स्वतन्त्र प्रेस परिपूर्ण छ भन्ने कुलीन वर्गको नखरालाई प्रतिनिधित्व गर्दछ।

    ९/११, २००१ को अमेरिकामा भएको हमलापछिका कैयन रक्तपातपूर्ण युद्धहरूको औचित्यताबारे पश्चिमा नागरिकहरूबीच उदार लोकतान्त्रिक पक्षधरहरूले जसरी प्रचार गरे, त्यसले नै उदारवादी लोकतन्त्रको अनुहार स्पष्ट हुन्छ। त्यसैले भनिन्छ, उदारवादी लोकतन्त्रहरू या पश्चिमी दुनियाँ आफूलाई विकासोन्मुख मुलुकहरूमा शासन गर्न सकिने अधिकतम स्वतन्त्रताहरू त्यसतर्फ निर्यात गर्न चाहन्छन्। यद्यपि, उदारवादीको आक्रमणबाट पीडित विकासोन्मुख मुलुकहरू र युद्धको पक्षमा लाग्न नहुनेमा सचेत पश्चिमा नागरिकहरू पश्चिमा उदारवादीहरूको दावीलाई खण्डन गर्नसक्ने अवस्थामा छैनन्।

    वास्तवमा अरबपतिहरूको स्वामित्वमा रहेको ‘स्वतन्त्र प्रेस’बाट प्रचार नगरी उदारवादीहरूले गर्ने युद्धहरूलाई समर्थन जुटाउन सम्भव छैन। पश्चिमाहरूले आफूलाई लोकतान्त्रिक श्रेष्ठताको जति नै दावी गरेपनि त्यस नाजुक व्यवस्थाले युद्ध नै गर्नुपर्ने जस्तो अलोकतान्त्रिक नतिजा निकाल्छ भने त्यो लोकतन्त्र कसरी लोकतान्त्रिक हुन सक्छ?

    आफूलाई उदारवादी लोकतन्त्रको ‘कमाण्डर’ दावी गर्ने अमेरिकाले घरेलु मोर्चामा पनि राम्रो उपस्थिति जनाउन सकेको छैन। उदाहरणका लागि, आफ्नो विशाल सम्पत्तिको बावजूद आवास, सुलभ शिक्षा र स्वास्थ्य सेवा जस्ता लोकतन्त्रका आधारभूत आधारहरू जनतालाई उपलव्ध गराउन सकेको छैन।

    दुर्भाग्यवश, वास्तविक लोकतान्त्रिक नतिजाहरूको विकल्पमा पश्चिमाहरूले प्रायः ‘पूर्ण’लोकतान्त्रिक प्रक्रियालाई अत्यन्त महत्व दिन्छन्, तर यस कुराले फेरि चर्चिलको भनाइ ‘कसैले पनि लोकतन्त्र पूर्ण हुन्छ भनेर गफ लगाउनु पर्दैन..’लाई अस्वीकार गर्दछ। आखिर, विवेकी दिमागले लोकतन्त्रको नतिजाहरूकै आधारमा मात्र कुनै पनि स्वास्थ्य प्रणालीको औचित्यता सावित गर्नसक्छ। उदाहरणका लागि ठूला औषधि निर्माताहरूले मुलुकका सञ्चारमाध्यमहरू र राजनीतिक दलहरूलाई आर्थिक सहयोग गरेर मिडियाा र राज्यमार्फत आफ्नो स्वार्थ पूरा गराउँछन्। यस्ता कामबाट सञ्चारमाध्यमहरू र राजनीतिक दलहरू लोकतान्त्रिक हुन सक्दैनन्।

    तसर्थ, हामी लोकतन्त्रको प्रकृयाबाट मात्र सम्मोहित भयौँ भने त्यसबाट मन्थन गरिएका जुनसुकै कुरालाई लोकतान्त्रिक मान्दै गलत कुरालाई स्वीकार गर्न बाध्य हुन्छौं। यसकारण बहुमतका लागि हानिकारक कुरालाई स्वीकार गर्नुपर्ने अवस्थामा समेत पुग्न सकिन्छ। वास्तवमा यस्तो भ्रामक वशीभूतिकरणले उदार लोकतन्त्रवाद वा पश्चिमाहरूबाट विश्वमा भएका अलोकतान्त्रिक युद्धजस्ता कदमलाई आंशिक रूपमा नै भएपनि औचित्य दिने काम हुँदै आएका छन्।

    पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता केही व्यक्तिहरू अमेरिकी निर्वाचनमा धाँधली हुने तहसम्म भ्रष्ट छ भन्ने कुरामा विश्वास गर्छन्। उनी गलत पनि हुन सक्छन्। तर उल्लिखित उदारवादी लोकतन्त्रको प्रकृतिलाई हेर्दा लोकतान्त्रिक मुलुकहरूले जसरी विकासोन्मुख मुलुकका लोकतन्त्रमाथि नृशंशतापूर्वक हस्तक्षेप गर्ने गरेका छन्। र, यी मुलुकका मुख्य प्रायोजक रहेको ‘उदारवादी पूँजि’ यस्तै हस्तक्षेपकारी रणनीतिहरूलाई आफ्नै मुलुकभित्र पनि सञ्चालन गर्न सक्षम छ।

    उदारवादी प्रणालीमा निर्वाचन हुनु अघि नै धाँधली शुरु हुन्छ। यस्तो धाँधली उदारवादी पूँजिद्वारा नियन्त्रित आमसञ्चारमाध्यम भन्दा बाहिरबाट पनि हुने गर्छ। उदारवादी पूँजिले राजनीतिक दलहरूलाई आर्थिक सहयोग गरेर कानुनी रूपमा भ्रष्टाचारलाई वैध गराइरहेको हुन्छ र बढी रकम तोक्नेलाई नै त्यसले ‘लोकतन्त्र बेचिसकेको हुन्छ। यस्ता मुलुकमा पूँजीको तुच्छ स्वार्थ पूरा गर्नका लागि निलो र रातो (डेमोक्रयाटिक र रिपव्लिकन) दुई दलबीचको प्रतिस्पर्धालाई कम गरिन्छ र यसै प्रतिस्पर्धालाई लोकतन्त्रको नाम दिएर जनतालाई बेचिन्छ। जनतालाई मूर्ख बनाइन्छ।

    फलस्वरूप, यथास्थितिमा कल्पना नै नगरिएका प्रबन्धक रोज्ने विकल्प मात्र बाँकी रहन्छ मतदाताहरूलाई। यदि मतदाताले कल्पना गरेका नै भएपनि, त्यो व्यक्ति तात्विक रूपमा लोकतान्त्रिक परिवर्तनहरू गर्न नसक्ने गरी अत्यन्त शक्तिहीन हुन्छ। भूतपूर्व राष्ट्रपति बाराक ओबामाको मन्त्रिमण्डल सदस्यहरू ‘वालस्ट्रिट ब्यांक सिटी ग्रुप’ले पहिला नै चयन गरेका थिए। र, पछि ओबामाले सबप्राइम संकटमा पूँजीको स्वार्थ रक्षा गर्न बैंकहरूलाई उन्मुक्ति दिए।

    हुन त ओबामाले अरू के पो गर्न सक्थे र? मार्क्सवादीले बारबार भन्ने गरेझैं ‘उदारवादी लोकतन्त्र पनि पूँजिवादी प्रजातान्त्रिक समाजको बहुसंख्यक हितको लागि नभई पूँजिको हितका लागि स्थापना गरिएको प्रबन्ध हो।’ यसो भन्नुको तात्पर्य राजनीतिले कुनै पनि प्रणालीगत तरिकाबाट हाम्रो भौतिक वास्तविकताको आधारभूत क्रमिकतालाई हस्तक्षेप गर्न सक्दैन।

    उदार लोकतन्त्रहरूको परिधि बाहिर रहेको र अर्थतन्त्रसहितको प्रजातान्त्रिक सम्भाब्यताको केन्द्रीय अखडामा अग्रज पश्चिमा लोकतान्त्रिक मुलुकहरू पूँजिको अनुकूलताका सामान्य मुद्दाहरूको अभिलेख राख्नमै सीमित हुन्छन्। जवकि मतदाताहरूले यदि ‘गलतलाई’ चुने भने गैर्हपश्चिमा उदार लोकतन्त्रहरूले ‘सत्ता पलट’ वा नाकाबन्दीको जोखिमको सामना गर्नुपर्ने हुन्छ/हुनसक्छ।

    आजका दिनमा उदार लोकतन्त्रमाथि किन संकट छाएको छ भन्नेबारे पश्चिमाहरू धेरै हदसम्म बेखवर छन्, तथापी उदारवादमाथि संकट आएको छ भन्ने कुरा तिनीहरूले थाहा पाउन थालेका छन्। यस कुरालाई हालैको ‘प्यू सर्वेक्षण’मा प्रतिबिम्बित भएको थियो। जसअनुसार थोरै पश्चिमाहरू मात्र उदार लोकतन्त्रलाई अन्य देशहरूमा निर्यात सकिन्छ भन्नेमा विश्वास गर्छन्।

    यस कुरालाई ध्यानमा राख्दै उदारवादी लोकतन्त्रलाई बहुमतको लागि उपयुक्त हुने गरी परिवर्तन गर्नुपर्दछ। तर, के बहुमतका लागि उपयुक्त बनाउनका लागि यसलाई प्रणालीगत रूपमा नै परिवर्तन गर्न सकिन्छ? या उदार लोकतन्त्रले जुनसुकै हालतमा पनि आफ्नो पूँजीवादी प्रकृतिलाई त्याग्नुपर्छ? यो कुरा प्रष्ट छैन। यस कुरामा स्पष्ट भएपछि यसलाई उदार लोकतन्त्रकै नाम दिएपनि केही फरक पर्दैन।

    कम्तिमा, पश्चिमाहरूले आफ्नो लोकतान्त्रिक अवमूल्यनलाई सच्याएता पनि, अब तिनीहरूले ‘गनबोट कूटनीति’जस्ता अलोकतान्त्रिक माध्यमबाट अरूमाथि यस्तो असक्षम प्रणालीलाई लागू गर्न भने सक्नेछैनन्। यसको बदलामा तिनीहरूले अन्य प्रणालीहरूका साथसाथै लोकतन्त्रबारे अरूका व्याख्याहरू समेतलाई सुन्नु र सम्मान गर्नु आवश्यक छ। यसो गरेमा पश्चिमाहरूले शासनका अन्य स्वरूपहरूलाई कसैले किन प्राथमिकता दिएका रहेछन् भन्ने बुझ्न सक्लान्।

    सिजिटिएन को ६ नोभेम्बर २०२१ मा प्रसारित सामग्रीको नेपाल रिडर्सको अनुवाद।

    (लेखक किथ ल्याम्ब चीनको अन्तर्राष्ट्रिय सम्बन्ध र “चिनियाँ विशेषताहरूसहितको समाजवाद“ बारे अध्येता तथा अनुसन्धाता हुन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.