Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा

nepal_readers nepal_readers
मंसिर ११, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “एकातिर नागरिक अधिकार लिई छोड्छौं” भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको शुरुमा राणा सरकारले घोषणा गर्‍यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानून, नियमावली जारी भयो। यो घोषणा हाम्रा ती वीर शहीदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो, जसले आफ्ना दाज्यूभाइ, दिदी–बहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने स्वतन्त्रता पाउनेछन् भनी हाँसीहाँसी दुश्मनको गोली छातीमा थापेका थिए, हाँसीहाँसी फाँसीको तख्तामा झुलेका थिए। फेरि यो घोषणा नेपालका ती सपूतहरूको निम्ति ठूलो अपमानको कुरा हो, जो सभा–संगठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् ।

    साथै यो घोषणा हामी हजारौं नेपाली नर–नारीको निम्ति एउटा हाँक हो, चुनौति हो, जसले राणाशाहीको अगाडि घुडा टेक्नुभन्दा अनेक किसिमका यातना सहनु, देश निकालिनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं। अतएव हामी प्रत्येक नेपाली नर–नारीले यस घोषणा–पत्रलाई लत्याई ‘कोतपर्व’ होइन, क्रान्तिकारी तरीकाले राणाशाहीको तख्ता उलट्नेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नु पर्दछ ।

    राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ। घोषणामा भनिएको छ– “राणाशाहीको हुकुम प्रमाङ्गीविना कुनै किसिमको सभा संगठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छैन। राणाशाहीका कर्मचारीहरू (नोकरशाही)ले जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्दछन्, चाहे त्यो सभा भरखरै शुरु भएको होस् अथवा आधा लम्किसकेको होस्।”

    राणाशाहीको स्वीकृतिविना क्लब, मजदूर सभा (ट्रेड युनियन), किसान सभा इत्यादि कुनै किसिमको संगठन पनि खोल्ने अधिकार यस घोषणा–पत्रले अस्वीकार गरेको छ। यसकारण यस घोषणा–पत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दाराखी जनताको विरोधमा खडा हुने, संगठित हुने र बोल्ने अधिकार पनि पाएका छन्।

    हुँदाहुँदा यस घोषणाले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन। यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ। औषधिमुलोको पसल, संघ इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरू यस घोषणा–पत्रले राखेको छ। राणाशाहीको चीले–आँखा यस्ताहरूबाट पनि ओझेल भएको छैन। यस्तो तिन न तेह्रको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुश्कील छ।

    राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरूलाई जतिपटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ। नेपाली जनतालाई संयुक्त तरीकाले शोषण गर्नका निम्ति भारतीय धन–कुवेर टाटा बिडला, सिहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छा मुताविक भेट्न सक्छन्। करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नको निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन्।

    तर हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोरबजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन। हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने संगठित हुने अधिकार पनि पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमति विना नै नेपाललाई विश्वयुद्धको वीउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कारित नव–साम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नव–प्रजातन्त्रहरू आजाद चीन र समस्त एशियाको स्वतन्त्रता–आन्दोलनको विरूद्ध यौटा फौजी अखडा कायम गर्नको निम्ति नेपाललाई बेचेको छ।

    वास्तवमा राणाशाही नागरिक स्वतन्त्रतादेखि यस्तरी काँपेका किन ?

    किनभने राणाहरूलाई यस कुराको पूर्णरूपले ज्ञान छ कि द्वितीय विश्वयुद्धको फलस्वरूप समाजवादी संसारको मान, प्रतिष्ठा र घेरा बढ्दै गएको छ। र नेपाल यस नयाँ संसारबाट कसै पनि अलग रहने छैन। यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबल रूपले चलेको छ भन्ने कुरा राणालाई पूर्णरूपले बोध छ। हामीहरूले प्रजातन्त्रीय अधिकारका धेरै लडाइँहरूमा हिस्सा लिएका छौं, प्रजातन्त्रीय अधिकारको निम्ति लडेका छौं र यस दौरानमा (बीचमा) राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौं।

    किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अति निर्दयी शोषणको, जसमा जमिन्दार, साहुकार, पूँजीपतिहरूको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुञ्जयमान गर्नेछौं भन्ने कुरा राणाशाहीलाई पूर्णरूपले थाहा छ। हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरूलाई साम्राज्यवादीहरूले मलाया हिन्दुस्तान, पाकिस्तान र दक्षिण–पूर्व एशियाका मुलुकहरूमा आज बन्दुकको जुन चारा बनाइराखेका छन् त्यसको विरोध गर्नेछौं ।

    किनभने राणाहरू यो कुरा राम्ररी बुझ्दछन् कि यदि हामीले संगठित हुने अधिकार पायौँ भने हामीहरूले मजदूर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय–मनधारी नरनारीहरूलाई संगठित गर्नेछौं र सामन्ती र साम्राज्यवादी डाँकाहरूले नेपालको धन जनमा गरिरहेको शोषणलाई बन्द गर्नेछौं। नेपालको श्रमिक वर्गलाई संगठित गरी हाम्रो जन–धनको मालिक हामी हुनेछौं; हाम्रो प्यारो मातृभूमिको तैनाथ हामी गर्नेछौं; न कि सामन्ती साम्राज्यवादी डाँकाहरू ।

    यी सबै कुराहरू राणाहरूको गिदीमा तस्वीर छ, यसकारण नागरिक स्वतन्त्रताको नामैले उनीहरू काँप्दछन्, थाप्लो रिंगाउछ, मुटु ढुकढुकाउँछ। यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रा दुश्मनको मुटु कँपाए कँपाओस्, मुटुको चालै बन्द भए होस्, तर क्रान्तिकारी नेपालले निम्नलिखित युद्धनाद फुक्नै पर्दछ।

    – मजदूरलाई आफ्नो रोटी र तलब बढाउन र महंगी भत्ता बढाउनको निम्ति लड्नु पर्छ यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ।
    – किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बाली–नाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन (अँधियामा उचित भाग पाउन) र जमीनका हकको निम्ति लड्नु पर्दछ। यसकारण किसानहरू नागरिक स्वतन्त्रता चाहन्छन्।
    – विद्यार्थीलाई विना फिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नु पर्दछ। यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ।
    – नारी (महिला)लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नु पर्छ। यसकारण नारीहरू नागरिक स्वतन्त्रता चाहन्छन्।

    यसकारण सबै जनता एक भै नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नु पर्दछ। यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरूको नेतृत्वमा चल्ने र अरू सबै कांग्रेसी नेताहरूको मेलमिलाप बाटो त्यागी अविराम युद्धनीति अपनाउनु पर्दछ। यी समाजवादी लगामे (भारतीय समाजवादी कठपुतली) कांग्रेसी नेताहरू राणाहरूका मात्र विश्वासपात्र र दलाल होइनन् अपितु टाटा, विडला र नेहरूका पनि हुन्।

    यी समाजवादी लगामी कांग्रेसी नेताहरू नेपाललाई त्यस नेहरू सरकारको फौजमा भर्ति अड्डा मात्र गराउन चाहन्छन्, जुन नेहरू सरकारले भारतमा समेत नर–हत्या गरिरहेको छ, जुन नेहरू सरकारले हाम्रा नेपाली भाइहरूलाई मलायामा लैजाने सुविधा अंग्रेजलाई दिएको छ। किनभने उनीहरू आफ्नो प्रभु नेहरूलाई खुसी तुल्याई आशीर्वाद प्राप्त गर्ने ताकमा छन्।

    यसकारण उनीहरूले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदूरको रोटीको लडाइँका विरूद्ध नेहरू सरकारको नादिरशाही नीतिलाई समर्थन गरी आफूलाई विश्व मजदूर वर्गका विरोधी सावित गरे। जो अरू मुलुकका जनताको पक्ष लिदैनन्, विरोधमा जान्छन्, उनीहरू आफ्नो देशका जनताको पक्ष लिन सक्दैनन्, विरोधमा नै जान्छन्, गैनैरहेका छन्।

    उनीहरूको सत्याग्रहको धम्की राणासँग मेलमिलाप गर्ने नीति मात्र हो। जनताको बढ्दो अशान्तिको ज्वालाको डर देखाई राणालाई मेलगर्न दवाव दिने नीति मात्र हो। आजसम्मका उनीहरूको कार्यमा राणाशाहीका अगाडि उनीहरूले मुन्टो निहुयाएका छन् र मेलमिलापको निम्ति दवाव दिनु सिवाय अरू कुनै बाटो देखाएका छैनन्। अतएव नेपाली जनताले यस्ता “राणासँग मेलमिलापको नीति” को भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ। यी जनतासँग हात मिलाउने सुरमा छैनन्, राणाको लात चाट्ने ताकमा छन् – खबरदार ! ! !
    नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो। यसकारण यो लडाइँ अहिंसात्मकसम्म मात्र सीमित हुनु हुँदैन। हरेक टोल, हरेक शहर, हरेक गाउँ, हरेक जिल्ला, हरेक स्कूल र कलेज, हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ।

    राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला बहिष्कार गर। आफ्नो ऐन कानून जारी गर । ठाउँ–ठाउँमा कब्जा गर। सभा प्रदर्शन गर। यी समितिहरूद्वारा मजदूर किसान र अरू श्रमजीवीहरूको माग उठाऊ। नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरूले भासिएर (अण्डरग्राउण्ड) काम गर्ने तरीकाहरू र पुलिस हमला रोक्ने चालहरू एवम् ती क्रान्तिकारी जनताको मागलाई, –जसलाई समाजवादी लगामे र अरू कांग्रेसी नेताहरूले आँखामा छारो हालिराखेका छन्ः दुश्मनको विरुद्ध लडाइँमा एकताबद्ध गर्ने उपायहरू पनि राम्ररी संझनु–बुझ्नु पर्दछ।

    नेपालमा जति संगठन छन् ती सबैलाई क्रान्तिकारी लाल झण्डाको मुनि सामेल गराउनु पर्दछ। वास्तवमा नेपालका यस्ता समस्त प्रजातान्त्रीय शक्तिहरूलाई एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरूमा हुनुपर्दछ, जो राणाशाहीलाई ध्वंस गरेर पनि अविराम गतिले समाजवादी क्रान्तितिर लम्कोस्।

    राणाशाही वास्तवमा त्यतिको बलियो छैन जतिको देख्दा बलियो जस्तो भान पर्दछ। राणाशाहीसँग जनतालाई दबाउने ताकत छैन। अतएव जनतालाई दबाउनको निम्ति राणाशाहीले आंग्ल–अमेरिकन साम्राज्यवादी र नेहरू सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसेआफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खराइरहेका छन्। यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन्। अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरू सोभियत युनियनको नेतत्वमा प्रतिक्रियावादीहरूलाई हाँक दिदै च्याङकाइ–सेक मार्फत् आफ्नो मुट्ठीमा राख्न सकेनन्।

    चिनी जनता कम्युनिष्ट पार्टीको अगाडि बढिरहेका छन्। प्रतिक्रियावादीहरूको प्रत्येक जालसाजीलाई चक्नाचुर पार्दैछन्। लाखौं अरबौं डलर (अमेरिकाको मुद्रा) ले पनि चिनी जनतालाई अमेरिकन डाँकाहरूले नेतृत्वमा नै विजयी सावित भए। चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ।

    यही क्रान्ति हाम्रो देशको संघारमा आइपुगेको छ। बर्मा, मलाया, इण्डोचाइना, इण्डोनेशिया र भारतवर्षको मुटु तेलांगनामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ । क्रान्तिकारी जनताको राज छ, ऐन कानून लागू छ। यी क्रान्तिकारी जनताहरू पाइला पाइला चाली हातमा हात मिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेका छन्। अरूको त कुरै छाडौं, एटम बमले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन
    नेपालका छोराछोरी हो…

    तिमीहरू पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौ । तिमीहरूले पनि आफूमा लुकेको साहस र वीरत्व वैरी–विरोधी संग्राममा देखाइसकेका छौ। राणाशाहीले तिम्रो छातिमा सोझ्याएका बन्दुकको मोहरी त्यतै फर्काउने कोशिस तिमीले गर्नुछ। राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर !

    – पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ – जिन्दावाद !
    – लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार – जिन्दावाद !
    – नेपाली मजदूरको तलब वा ज्याला बढाउने लडाइँ –जिन्दावाद !
    – नेपालका किसानको “फसल भाउ बढाऊ, ज्याला बढाऊ ! उचित अँधिया बालीको” लडाइँ–जिन्दावाद !
    – एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइँको चारा बन्न दिने छैनौं। चाहे मलाया होस्, चाहे हिन्दुस्तान, वीर नेपाली भाइ हो ! तिम्रो हातमा भएको बन्दुकले साम्राज्यवादी डाँकाहरूको सीना ताक, देशका प्रत्येक देशको गरीब भाइ मजदूर किसानसँग गला मिलाऊ!
    – सोभियत युनियन, नव–प्रजातन्त्रहरू, आजाद चीन, वर्गको आन्दोलन र विश्वको कम्युनिष्ट आन्दोलनसँग हाम्रो एकता –जिन्दावाद !
    – नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरू – जिन्दावाद !

    यादगर!
    क्रान्तिको समयमा शोषक वर्ग क्रान्ति रोक्न धेरै चालबाजी गर्दछ। नेपालमा यही चालबाजी हुन लागेको छ। राणा शब्दमा नै जनताको घृणा छ। यसको प्रत्यक्ष प्रमाण नेपाल प्रजातन्त्र कांग्रेस छ। यसको संचालक निश्काशित राणाहरू हुन्। यसका मुख्य कार्यकर्ताहरूले राणाको हुकुम बजाई जनतालाई मनग्गे शोषण गरेका छन्। उदाहरण भक्तमान सिंह, गोवरधन मास्के इत्यादि।

    यसकारण भूलमा परेका र आफ्नो उल्लू सिधा गर्न चाहने कार्यकर्ताहरू राजीनामा दिदैछन्। यस्तो कांग्रेसलाई दलाल बनाउँदा तुरुन्त काम फतह नहुने हुनाले भारतीय धनी वर्गका नेता नेहरू अर्कैलाई दलाल बनाउने ताकमा छन्। नेहरूलाई भारतमा क्रान्ति विरोधी कार्यका मुख्य आड सोशलिष्ट जय प्रकास र लोहिया जस्ता देशद्रोही व्यक्तिहरू भैरहेका हुनाले नेपालमा पनि उनैका चेला चापटीलाई (ने.रा. कांग्रेस दल समाजवादी लगामे) नेताहरूले आफ्नो दलाल बनाउने निश्चय गरेको बुझन्छ।

    समस्त दक्षिण पूर्व एशियामा झैं नेपालमा पनि क्रान्तिको लहर चलिरहेको छ। नेहरु, साम्राज्यवादीहरू र राणाहरूलाई यसको राम्रो बोध छ। यस निम्ति नेहरुले क्रान्तिको विरोधमा रुस र आजाद चीनको विरोधमा नेपालमा साम्राज्यवादीहरूको फौजी अड्डा कायम गर्न सुविधा दिए।

    कांग्रेसीहरू पनि यो कुरा राम्ररी जान्दछन्। यसकारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै यी कांग्रेसीहरू तछाडमछाड गर्दै कम्युनिष्टको डर देखाई राणसँग सम्झौता गर्न अगाडि बढे। यो सबै कुरा जनतालाई थाहा छ।

    विशवेश्वर कोइरालाले काठमाडौँमा गई प्रधानमन्त्री मोहनलाई यही व्यहोराको बिन्तीपत्र चढाए। यस्तासँग एकदम सावधान ! यादगर, सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध बकुला भगते नेताहरू नेपालको शासन मा छानिएर जनताको दुःख र कष्ट कम हुँदैन। यो त क्रान्तिकारी जनतालाई भूलमा पार्ने तरिका मात्र हो। अतयवः हाम्रो नारा हुनुपर्दछः राणासँग सम्झौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!!

    सामन्तवादी शासन व्यवस्थालाई चकनाचूर गर। विदेशी साम्राज्यवाद र भारतीय पूँजीवादको घेरा र प्रभावदेखि अलग होऊ। मजदूर किसानको शासन खडा गर। यस शासनमा धनी, साम्राज्यवादी र प्रतिक्रियावादीहरूका दलालहरूबाहेक सबै शोषित जनतालाई हिस्सादेऊ। सोभियत रुस, दिक्षण पूर्व युरोपका नव प्रजातन्त्रहरू र आजाद चीनसँग राजनीतिक सम्बन्ध खडा गर। समाजवादको लक्ष्य राखी शासन चलाऊ।

    यसैलाई नव प्रजातन्त्री (न्यू डेमोक्रेसी) भन्दछन्। दक्षिण पूर्वी युरोप र आजाद चीनमा यस्तै शासन छ। हामीलाई पनि यही गर्नुछ। अतयवः
    नवप्रजातन्त्र जिन्दावाद !
    नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद !
    पर्चा नं. १ क

    संगठक समिति
    नेपाल कम्युनिष्ट पार्टी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.