Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चारवटा पासोहरुमा पर्नसक्छ चीन

थ्युसिडाइड्स ट्रयापले बलियो आकांक्षी शक्तिहरुबाट हुने खतराहरूमा बढी ध्यान केन्द्रित गर्छ भने किन्डलबर्गर ट्रयापले विश्वव्यापी सार्वजनिक सामानहरूको न्यून–उपलव्ध भएको अन्तर्राष्ट्रिय प्रणालीको असफलतालाई।

यानझोङ् ह्वाङ् यानझोङ् ह्वाङ्
कार्तिक २२, २०८०
- विचार, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    थ्युसिडाइड्स ट्रयापले बलियो आकांक्षी शक्तिहरुबाट हुने खतराहरूमा बढी ध्यान केन्द्रित गर्छ भने किन्डलबर्गर ट्रयापले विश्वव्यापी सार्वजनिक सामानहरूको न्यून–उपलव्ध भएको अन्तर्राष्ट्रिय प्रणालीको असफलतालाई।

    राष्ट्रपति सी जिनपिङको १९औं पार्टी महाधिवेशनमा पेश गरिएको राजनीतिक प्रतिवेदनको एउटा प्रमुख विषय चीनको राष्ट्रिय कायाकल्प हो। उनको भाषणमा चीनलाई २६ पटक ‘महाशक्ति’ वा ‘सुदृढ शक्ति’ भनेर वर्णन गरिएको थियो। सीका अनुसार, यस शताब्दीको मध्यसम्ममा चीन व्यापक राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय स्थितिमा अग्रणी राष्ट्र बन्नेछ। यसले ‘नयाँ युग’ को शुरुवात गर्नेछः माओले चीनलाई स्वतन्त्र (झान क्यू लाई) बनाउनुभयो र देङले यसलाई समृद्ध (फु क्यू लाई) बनाउनुभयो । सीले यसलाई अझ सुदृढ (छ्याङ क्यू लाई)बनाउनुहुनेछ । यस सम्भावनाबाट रौसेर एक उच्च शिक्षा अधिकारीले सन् २०४९ मा चिनियाँ शिक्षाको मापदण्ड नै विश्वकै मापदण्ड बन्ने भविष्यवाणी गरेका छन्।

    प्रतिवेदनमा जोड नदिइएको कुरा के हो भने विश्व नेता बन्ने चीनको बाटो सहज हुने सम्भावना छैन। यी महत्वाकांक्षी लक्ष्यहरू पूरा गर्नको लागि, चीनले चारवटा पासो (ट्रयाप) हरू पार गर्नुपर्दछः मिडल इनकम ट्रयाप, ट्यासिटस ट्रयाप, थ्युसीडाइड्स ट्रयाप र किन्डलबर्गर ट्रयाप ।

    मिडल इनकम ट्रयाप
    यो मिडल इनकम ट्रयाप ( मध्य आय पासो) भनेको कुनै विकाशसील मुलुकको आय स्तर उन्नत अर्थतन्त्रहरूको स्तर पुग्न नपाउँदै रोकिने र अघि बढ्न नसक्ने अवस्था हो। यस चुनौतीप्रति सचेत भएर सीले सन् २०१५ मा आगामी पाँच वर्षसम्म चीनको वार्षिक वृद्धि ६.५ प्रतिशतभन्दा तल नझर्ने वाचा गरेका थिए।

    उनले १९औं पार्टी कंग्रेसमा वृद्धि दर तोकेनन्, तर चीनको प्रतिव्यक्ति जीडीपी २०,००० डलर (वर्तमान मूल्यमा) भन्दा बढी पुग्ने र सन् २०२०–२०३५ को अवधिमा कम से कम ५ प्रतिशतको वार्षिक वृद्धिदर कायम राख्ने अनुमान गरिएको छ ‘मूलतः समाजवादी आधुनिकीकरणको अनुभूति गर्न।’ यस कारणले गर्दा, जीडीपी वृद्धिलाई स्थानीय सरकारी अधिकारीहरूको कार्यसम्पादन मापन गर्ने मापदण्डको रूपमा प्रयोग गरिन सक्छ। यसैबीच, आर्थिक बृद्धिको एकल सूत्रीय खोजसँग सम्बन्धित सामाजिक लागतलाई मान्यता दिँदै, बेइजिङले वातावरण संरक्षण र गरिबी निवारणलगायत अन्य विकासका लक्ष्यहरू प्रवर्द्धन गर्न थप सक्रिय दृष्टिकोण अपनाइरहेको छ।

    केन्द्रीय नीतिमा असंगतता र विरोधाभास महसुस गर्दै, स्थानीय अधिकारीहरूले रणनीतिक अवज्ञा, डरपोकता वा नीति कार्यान्वयनमा निष्क्रियता देखाउन सक्छन्, त्यसमाथि चलिरहेको भ्रष्टाचार विरोधी अभियानले यस्तो अवस्थालाई अझ बढाउन सक्छ। परिणामतः, चीनको अर्थतन्त्र स्पष्ट मध्य आयको पासोमा परेका भनिएका मेक्सिको, ब्राजिल वा अर्जेन्टिना जस्तैमा पुग्न सक्नेछ।

    ट्यासिटस ट्रयाप
    यो पासो शब्द चिनियाँहरूले नै रचेको हो। (यसलाई नानजीङ्ग विश्वविद्यालयका प्रो. पान चि च्याङ्गले उनको पुस्तकमा प्रयोग गरेका हुन् र सन् २०१४ मा चि चिपिङ्गले प्रयोग गरेपछि हाल संचार जगतमा यो ज्यादै प्रचलित छ)। ट्यासिटस रोमन साम्राज्यका बदनाम बादशाह गल्वाको शासनकालका एक कुशल वक्ता र इतिहासकार थिए। ट्यासिटस ट्रयापले यस्तो अवस्थाको वर्णन गर्दछ, जहाँ सरकारले जे भन्यो वा गरे पनि मानिसहरूले यसलाई झूट वा खराब काम ठान्नेछन्।

    राष्ट्रपति सीले आफैंले सरकारको विश्वसनीयता कायम राख्ने आवश्यकतालाई उजागर गर्न यो शब्द प्रयोग गरेका थिए। विश्वसनीयता कायम नराख्दा ‘पार्टीको वैधता जग र शक्तिको स्थिति खतरामा पर्नेछ।’ यस ट्यासिटस पासोमा नपर्न, चिनियाँ राज्यले थप पारदर्शिता, राज्य–समाज सम्बन्धको पुनर्संरचना र यसको वैधताको आधारलाई नवीकरण गर्नु पर्ने हुन्छ। यसका लागि राजनीतिक सुधार भन्दा राजनीतिक नेताहरूले ‘हाम्रो (मुलुकले) रोजेको बाटोमा विश्वस्त हुन, हाम्रो राजनीतिक प्रणालीमा विश्वस्त हुन, हाम्रा मार्गदर्शक सिद्धान्तहरूमा विश्वस्त हुन र हाम्रो संस्कृतिमा विश्वस्त हुन पार्टीका सदस्यहरू, सरकारी अधिकारीहरू र चिनियाँ जनतालाई आह्वान गरिरहनु पर्नेछ।’

    १९औँ पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा, आधिकारिक समाचार एजेन्सीले चिनियाँ राजनीतिक प्रणालीलाई संकटग्रस्त पश्चिमी लोकतन्त्रका लागि थप भरपर्दो विकल्पको रूपमा प्रस्तुत गर्ने एक टिप्पणी प्रकाशित गर्‍यो। त्यसमा भनिएको थियो– ‘एक विवेकशील, अग्रगामी सीपीसीको नेतृत्व अन्तर्गतको, चिनियाँ– शैलीको लोकतन्त्र कहिल्यै अस्वस्थ हुन सकेको छैन र चीनले अन्य देशको असफल दलीय राजनीतिक प्रणाली आयात गर्ने कुनै आवश्यकता छैन।’

    थ्युसिडाइड्स ट्रयाप
    यो पासोले कुनै बढ्दो शक्तिले विद्यमान हेजेमोन (विश्व शक्ति) को प्रभुत्वलाई चुनौती दिने निश्चित छ, र त्यस चुनौतीलाई सामना गर्न विद्यमान हेजेमोन (विश्व शक्ति) लाई प्रतिक्रियात्मक रुपमा गतिशील बनाउँछ जसको परिणामले टकराव, युद्ध पनि निम्त्याउँछ। यसबारे चिनियाँ जवाफ छ– चीन ‘विकासको जुनसुकै चरणमा पुगे पनि’ अरू कुनै देशलाई खतरा नपार्ने र उसले कहिल्यै प्रभुत्व वा विस्तार जमाउन खोज्ने छैन। तर हार्वर्डका ग्राहम एलिसन भने यस कुरालाई अस्वीकार गर्न आग्रह गर्छन्।

    आफ्नो भर्खरै प्रकासित पुस्तक (Destined for WarM Can America and China Escape ThucydidesÚs Trap), मा, उनले तर्क गरेका छन् कि ‘जबसम्म चीन आफ्नो महत्वाकांक्षालाई कम गर्न तयार हुँदैन वा वाशिङ्ंगटन प्रशान्त क्षेत्रमा दोस्रो नम्बर बन्न तयार हुँदैन भने व्यापार द्वन्द्व, साइबर आक्रमण, वा महासागरमा हुने कुनै दुर्घटना तत्कालै पूर्णत युद्धमा रुपान्तरित हुनसक्छ। सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (CSIS) का बोनी ग्लेजर र म्याथ्यू फनाइओलले ‘पहिलो पंक्तिको शक्ति’ निर्माण गर्ने र आफ्नो अन्तर्राष्ट्रिय प्रभाव बढाउने चीनको महत्वाकांक्षी परियोजना रहेको कुरालाई दोहोर्‍याएका छन्। उनीहरुले ‘चीनले एसियामा प्रमुख शक्तिको रूपमा अमेरिकालाई विस्थापित गर्ने गहन इच्छा राखेको निष्कर्ष’ मा अति जोड दिएका छन्।

    किन्डलबर्गर ट्रयाप
    यो पासो हार्वर्डका प्रोफेसर जोसेफ न्येले रचेका हुन्। यो शव्द आर्थिक इतिहासकार स्व. चाल्स किन्डलबर्गरको नामबाट लिइएको हो। थ्युसिडाइड्स र किन्डलबर्गर ट्रयाप दुवैले शक्ति सन्तुलनमा फेरबदल भइरहँदाका निहित खतरालाई उजागर गर्दछन्। थ्युसिडाइड्स ट्रयापले बलियो आकांक्षी शक्तिहरुबाट हुने खतराहरूमा बढी ध्यान केन्द्रित गर्छ।

    किन्डलबर्गर ट्रयापले विश्वव्यापी सार्वजनिक सामानहरूको न्यून–उपलव्ध भएको अन्तर्राष्ट्रिय प्रणालीको असफलतालाई चरितार्थ गर्दछ। किन्डलबर्गरले सन् १९३०को दशकमा अराजक र विनाशकारी अवस्था सिर्जना हुनुको कारण संयुक्त राज्य अमेरिकाले ग्रेट ब्रिटेनबाट सबैभन्दा ठूलो वैश्विक शक्तिको रुपमा स्थान प्राप्त गरेको तर अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्न असफल भएकाले हो, भनेका थिए।

    वर्तमान विश्वव्यापी शासन व्यवस्थाले सामना गरिरहेका चुनौतीहरूको व्याख्या गर्न पनि यो शव्द प्रयोग गर्न सकिन्छ। जस्तो कि संयुक्त राज्य अमेरिका आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट पछि हटेको देखिन्छ, अन्तर्राष्ट्रिय समुदाय चीनतिर फर्केको छ, जसले संयुक्त राज्य अमेरिकाले छोडेको शून्यतालाई भर्न आफ्नो चासो देखाएको छ।

    तर, पनि चीनले साँचो विश्वव्यापी नेताको भूमिका निर्वाह गर्नुअघि आफ्ना क्षमताका सीमालाई नाघ्नसक्ने हुनै पर्छ जस्तो कि- यसले सानो राशीको विदेशी सहायता, सफ्ट पावरको कमी, र बढ्दो घरेलु राजनीतिक अर्थतन्त्रका चुनौतीहरूलाई पार गर्न सक्ने क्षमताको कमीहरू पार गर्नुपर्ने हुन्छ, जुनबारे मैले हालै केही हप्ताअघि एक सन्दर्भमा लेखेको थिएँ।

    चारवटा पासोहरू मध्ये, पहिलो दुईले चीनको आन्तरिक संक्रमणलाई निर्धारण गर्नेछन्, जबकि अन्य दुईले अमेरिका–चीन सम्बन्ध र विश्व प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्नेछन्। तर यी चार पासोहरु एकअर्कामा अखण्डित भने छैनन्। उदाहरणका लागि, मिडल इनकम र ट्यासिटस ट्रयाप दुवैले चीनको अन्तर्राष्ट्रिय शक्ति र प्रभावलाई प्रक्षेपण गर्ने क्षमतालाई कमजोर पार्छ, जबकि थ्युसिडाइड्स ट्रयाप र किन्डलबर्गर ट्रयाप दुवैले अन्तर्राष्ट्रिय सुरक्षा र शासनको परिदृश्यलाई आकार दिन्छ जसले चीनलाई आफ्नो घरेलु राजनीतिक तथा आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न प्रोत्साहित वा हतोत्साहित गर्दछ। अमेरिकी राष्ट्रपति (ट्रम्प) र उनको चिनियाँ विशेषज्ञ टोलीले बढ्दो आत्मविश्वास र दृढ चीनसँगको व्यवहारमा चारवटा पासोलाई मष्तिष्कमा राख्नु पर्ने हुन सक्छ।

    (सम्पादकीय टिप्पणी: यो लेख काउन्सिल अन फरेन रिलेसन्स नामक एक अमेरिकी गैससको न्यूजलेटरमा अक्टोबर ३०,२०१७ मा प्रसारित भएको थियो। हाल विश्व शक्तिमा भइरहेको परिवर्तनलाई आफ्नो पक्षमा पार्न चालु रणनीतिहरुबारे छोटकरी जानकारी दिन यो लेख सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिएको छ।)

    https://www.cfr.org/blog/four-traps-china-may-fall बाट भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      यानझोङ् ह्वाङ्

      यानझोङ् ह्वाङ्

      यानझोङ् ह्वाङ् अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.