Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गरिवी किन हुन्छ ? पूँजिवादले कसरी गरिवी बढाउँछ?

बिडम्बना के छ भने युवावर्गका लागि पर्याप्त रोजगारी छैन। जबकि पाँच वर्षदेखि १४ वर्षसम्मका २०करोड बालबच्चाहरूले भने मजदुरी गर्नु परिरहेको छ। २० करोडमध्ये धेरैले फुल टाइम काम गर्ने गर्छन्। जसका कारण ती बालबालिकाहरू स्कुल जानसमेत पाउँदैनन् अथवा आफ्नो बाल्यकालकको मज्जा लिन पाउँदैनन्। स्कुल जान नपाउनुको अर्थ हो, गरिबीको यो कहालिलाग्दो दुस्चक्रबाट कहिल्यै निस्कन नपाउनु।

nepal_readers nepal_readers
साउन २५, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो गरिवी। आजका दिनमा करोडौँ मान्छेहरूले स्रोत साधन, अवसर पाएका छैनन्। जसका कारण उनीहरू बहिष्करणमा परेका छन्, उनीहरूको सामाजिक तथा व्यक्तिगत तन्दुरुस्तीमा त्यसले गम्भीर समस्या खडा गरेको छ। र, अहिले तीब्र रूपमा धनी र गरीबबीचको दुरी बढ्दो छ। त्यसको मारमा खासगरी युवा र महिलाहरू बढी परेका छन्। अचेल गरिवी प्रायः अदृश्य हुन्छ। फ्याट्टै देखिन्न।

    किनकि जो गरिवीमा बाँचिरहेका छन्, उनीहरू यसबारेमा कुरा गर्न रुचाउँदैनन्। जसका कारणले गर्दा गरीवहरूको आवाज सुनिने सम्भावना एकदमै कम हुन्छ। तर सत्य कुरा के हो भने गरिवी गरीवले निर्माण गरेका होइनन्। गरिवीका लागि कुनै एक व्यक्तिलाई दोषी ठहराउन मिल्दैन। पूँजिवादी संरचनाको संरक्षक मूलरूपमा धनी र शक्तिशाली हुन् जो यो असमानता र गरिवीकै कारण सधै लाभ हासिल गर्नेमा पर्छन्।

    एकातिर धनी हुँदा अन्यत्र गरीव

    यस सन्दर्भमा आइएफएम एसइआईले बनाएको एक डकुमेन्ट्रीमा कुराकानी गर्ने क्रममा डेनिस नागरिक कोन्नीले भछन्, ‘डेनमार्कमा हामीसँग पर्याप्त पैसा छ। यसको अर्थ विश्वको अर्को कुनै कुनामा कसैलाई गरीब बन्न वाध्य पारिएको छ। यही कुरा म राम्ररी बुझ्दिनँ।’ गरीव सर्वत्र छ। अनेकौँ ठाउँमा यसका अनेकौँ रूपहरू छन्।

    धनी र शक्तिशालीहरूको साम्राज्यलाई दुरुस्त राख्ने योजनासहित पूँजिवादले बहुसंख्यक विश्वका मान्छेहरूलाई अनन्तः श्रम र थोरै अधिकारसहित दास बनाएको छ। पूँजिवादलाई कायम राख्न असमान व्यापार पनि जारी राख्नुपर्छ। पूँजिवाद बच्नका लागि साधनस्रोतमा मान्छेहरूको असमान पहुँच हुनुपर्छ तथा शैक्षिक र आर्थिक संयन्त्रमा पूँजिपतिहरूको नियन्त्रण हुनुपर्छ।

    डकुमेन्ट्रीमा कोलम्बियाकी लुसी पूँजिवाद र गरिवीका सम्बन्धमा भन्छिन्ः मान्छेहरू किन गरीव हुन्छन् भन्नेबारे समाजमा रहेको पूर्वाग्रह हटाउनु नै गरिवी हटाउनका लागि हामीले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। अधिकांश मान्छेहरू, धेरैजसो गरीव समुदायकै मान्छेहरू पनि सोच्छन् कि मान्छे गरीव हुनुको मूख्य कारण अल्छिपना हो। यो कुनै एकका लागि केही सत्यता हुनसक्छ, तर मान्छे किन अल्छि र निष्क्रिय हुन्छ? किनकि वाल्यकालमा उनीहरूका लागि उचित संरचनाहरू हुँदैनन्।

    यदि उनीहरूलाई बाल्यकालमा स्कुल जाने वातावरण हुन्न भने, उनीहरूले कसरी शिक्षाको मूल्य बुझ्न सक्छन्? गरिवीविरुद्धको लडाइँ राम्रो वाल्यकाल र राम्रो शिक्षाबाट शुरु हुन्छ। अर्को कुरा, गरीवहरू अल्छि हुन्छन् भन्ने भाष्यले शक्तिमा रहेका मान्छेहरूलाई गरिवी कम गर्नबाट पछि हट्नका लागि बाटो खाली गरिदिन्छ। जिम्मेवारीबाट भाग्ने मौका खोलिदिन्छ यस्ता हचुवा तर्कहरूले।

    गरिवी र देशको ऋण

    गरिवीबारेको अर्को तथ्य के हो भने टिक्नका लागि प्रायः सबैजसो देशले ऋण लिने गर्दछन्। विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट अनेकौँ देशहरूले ऋण लिने गरेका छन्। तर गरीव देशहरूका हकमा भने ऋणको भारी विषमतापूर्ण छ। कतिपय देशले आफूले प्रतिवर्ष उत्पादन गर्ने लाभभन्दा बढी ऋण तिरिरहनुपरेको छ। जसको कारणले गर्दा त्यस देशका जनताको जीवनमा नकारात्मक प्रभाव पर्न जाने गरेको छ। यस्तो भएपछि गरीव सरकारहरू विद्यालय, स्वास्थ्यसेवा र सामाजिक विकासमा खर्च गर्नुको साटो आफ्नो खर्च ऋण तिर्नमै लगाउन वाध्य हुन्छन्।

    यस्ता ऋण चुक्ता गर्नेबारेका शर्तहरू पनि अनुचित हुन्छन्। जस्तो कि ऋणसम्बन्धी सम्झौताहरू डलरमा गर्ने गरिन्छ। जसका कारण मुद्राको उतारचढावका कारण कमजोर देशहरूलाई घाटा पर्न जाने खतरा बढी हुन्छ। त्यसमाथि ब्याजदरहरू असमानुपातिक रूपमा बढी हुने गर्छन्, जसका कारण ऋणको मात्रा थपिँदै जान्छ। जसका कारणले गरिवी निवारणमा उपयोग हुनसक्ने पैसा ऋण तिर्नमै खर्च हुनेगर्छ।

    यसरी, विदेशी ऋणले कतिपय देशलाई झनै गरीव र कमजोर पारिरहेको छ। अनि धनी देश र ठूला कर्पोरेसनहरू भने झनै नाफामा चलिरहेका छन्। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि युरोपियन देश र त्यहाँका नागरिकहरू पनि ऋणको जालोमा फसे। बैंकिङ सिस्टमको विफलताको सामना गर्न त्यहाँका सरकारहरूले वाद्य भएर लिएको ऋणका कारण, पहिले नै कमजोर रहेको सार्वजनिक खर्चमा झनै कटौती गर्न ती देशहरू वाध्य भए। जसका कारण युरोपमा अति गरिवीमा रहनेहरूको संख्या तीव्र रूपमा बढ्न गयो।

    साधनस्रोतको पहुँच : गरिवीको कारण

    यस सन्दर्भमा बेल्जियमका डेल्फाइन ओग्सेयोग भन्छन्, ‘मलाई लाग्छ, साधनस्रोतमा सबैको समान पहुँच हुनुपर्छ। जबसम्म कसैले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक लाभहरू प्राप्त गर्ने र अरुलाई प्राप्त नहुने क्रम चलिरहन्छ, समाजमा त्यतिन्जेलसम्म गरिवी जारी रहन्छ। तर यदि सबैलाई बराबर अवसर दिइयो भनेचाहिँ परिर्वतन अवश्य सम्भव छ। गरिवी कुनै व्यक्तिगत विषय होइन। अरु सबैजना गरीव छन् तर म धनी छु भने पनि त्यसले कुनै अर्थ राख्दैन।’

    धेरै एनजिओहरू, आइएफएम, एसइआईले विश्वका अति गरीब देशहरूका ऋण खारेज गर्नुपर्ने माग राख्छन् र त्यसको वकालती गर्छन्। गरीव देशलाई झनै कंगाल बनाउने यस्ता ऋणहरूको खारेजी नै गरिवी हटाउने पूर्व शर्त हो।

    आर्थिक प्रणाली

    बजारले पूँजिवादी प्रणालीमा ठूलो भूमिका खेल्छ। किन्ने र बेच्नेसम्बन्धी जटिल र अपारदर्शी बन्धन र मुद्राहरू, अड्कलबाजीमा चल्ने मुद्रा विनिमय दर र अन्य साधनहरूका कारण अहिले जोसँग पैसा छ, उसैले मात्रै धेरै पैसा कमाउन सक्छ। र, रोचक के छ भने सामान्य मान्छेहरूलाई दिने सेवा बैंक र वित्तीय सेवाको सानो अंश मात्रै हो। बैंकहरूको धेरै शक्ति अड्कलबाजीवाला आर्थिक कारोबारहरूमै लाग्नेगर्छ। अत्यन्त जोखिमपूर्ण अड्कलबाजीका लागि तिनीहरूको ट्याक्स संकलनको पैसा प्रयोग गरिन्छ, जो आफ्नै पैसा कसरी प्रयोग हुन्छ भन्नेबारेमा निर्णय लिन पाउँदैनन्।

    यस्ता जोखिमपूर्ण अडकलबाजीका कारण आकस्मिक रूपमा वास्तविक सामानहरू (चामल, गहुँ, भटमास)को मूल्य व्यापक रूपमा बढ्न जान्छ र खाद्य संकटको समेत सिर्जना हुनजान्छ। यस्ता बैंकिङ आर्थिक कारोबारहरूमा यदि कर लगाइदिने हो भने त्यसले प्रणालिमाथि नियन्त्रण गर्नेथियो र यस्ता कारोबारहरूबाट प्राप्त आम्दानीमा सामान्य मान्छे पनि सहभागी हुन पाउँथे। यस्ता करहरूबाट अड्कलबाजहरूले गरेको क्षतिका लागि उनीहरू स्वयं तिर्नसमेत वाध्य हुन्थे।

    धेरैजसोले गर्ने तर्क के हो भने रोजगारी नै गरिवी निवारणको सिधा बाटो हो। रोजगारीमार्फत तपाईं सिधै पैसा कमाउनुहुन्छ, त्यसो हुँदा तपाईँलाई आफ्नो मूल्यांकन भएझैँ लाग्छ। समूहमा काम गर्ने कुरा र सक्रिय जीवन बिताउने कुरा राम्रो हो। र, यदि काम गर्न सक्ने मान्छेहरू सबै रोजगार भइदिएको भए गजब हुनेथियो। तर के त्यस्तो अवस्थामा गरिवी पूर्ण रूपमा हट्थ्यो होला त?

    अर्थ प्रणाली नै खराब

    आज जसरी अर्थ प्रणाली चलाइएको छ, त्यसले गर्दा बेरोजगारी उच्च दरमा छ। विश्वका सबैजसो क्षेत्रको यस्तै हालत छ। र, खासगरी युवाहरू बेरोजगारीबाट सबैभन्दा बढी पीडित छन्। जस्तो कि क्यामरूनमा बेरोजगारीको दर ३० देखि ७० प्रतिशतसम्म छ। स्पेनमा १५ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत युवाहरू बेरोजगार छन्। जब तपाईं भन्नुहुन्छ कि ‘काम गर्न चाहनेहरूका लागि त पर्याप्त काम छँदैछ नि’, त्यस्तो अवस्थामा यो संख्या अझै धेरै हुनसक्छ।

    दुर्भाग्यको कुरा, हाम्रो आर्थिक प्रणाली यसरी बनाइएको छ कि ठूलो परिमाणका कामहरू बच्चाहरूबाटै गराइन्छ। निशुल्क रूपमा ‘इन्टर्न’(कामको अनुभवमात्र संगाल्न आएका व्यक्तिहरू) बाट गराइन्छ, अथवा कम पारिश्रमिकमा काम गराइन्छ। जस्तो कि बच्चा हेर्ने काम वा बुढाबुढी स्याहार्ने काम। त्यस्ता कामहरू समाजको हितका लागि आवश्यक छन्। तर यस्ता विषयमा कसैले पनि लगानी गर्न चाहँदैनन् किनभने यस्ता कामहरूबाट मौद्रिक लाभ हुन जाँदैन। र, अर्को तथ्य के हो भने धेरै पढेकाले रोजगारी पाउने सम्भवना बढी नै हुनजान्छ। बिचैमा स्कुल छाडेर हिँड्न बाध्य व्यक्तिले भन्दा ठूला र महंगा स्कुलहरूमा पढेकाले जागिर र अवसर पाउने सम्भावना जहिल्यै बढी हुनेगर्छ।

    इको नामका बेलायती युवा गरिवीका सन्दर्भमा भन्छन्, ‘पूँजिवाद, भ्रष्टाचार, युद्ध, प्राकृतिक प्रकोप र लैंगिक असमानता नै गरिवीका कारण हुन् जस्तो लाग्छ। पूँजिवादको संस्कृतिका रूपमा उदाएको उपभोक्तावाद र व्यक्तिवादविरुद्धको लडाइँ, भ्रष्टाचारविरुद्धको लडाइँ, प्राकृतिक प्रकोपविरुद्धको लडाइँ र शान्ति र माया नै गरिवी विरुद्ध लड्ने हतियार हो झैँ लाग्छ मलाई। तर यस्ता कुरा एकदमै सक्रिय रूपमा गरिनुपर्छ, निस्क्रिय रूपमा होइन। मलाई युवाहरूको जोसमा विश्वास छ किनकि युवाहरू नै सर्वत्र परिवर्तनका संवाहक हुन्।

    रोजगारी मात्र भएर हुन्न

    रोजगारी हुनु एउटा कुरा हो, तर यसले उपलब्ध गराउने तलबबाट बाँच्न सक्नु अर्को कुरा हो। धेरै मान्छेहरू फुलटाइम काम गर्छन् अथवा त्योभन्दा धेरै समय अनेकौँ कामहरूमा व्यस्त रहन्छन्। तर उनीहरूको आम्दानी उक्त देशको आधिकारिक गरिवी रेखाभन्दा पनि तल हुनेगर्छ। यसको अर्थ यो पनि होइन कि गरिवीको रेखाभन्दा माथि रहनेको जीवनचाहिँ सुखमय छ। न्युनतम् तलवले आधारभूत खाना र कोठाभाडा तिर्न पनि कठिन हुनेगरेको तथ्य हामी सामू छँदैछ।

    ‘न्युनतम् र अधिकतम् ज्याला’ तोकिइने हो भने मात्रै पनि समाजमा समता र साधनस्रोतको सही वितरण हुनेथियो। तर दुर्भाग्यको कुरो, अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका हकमा त्यस्ता ‘न्युनतम र अधिकतम ज्याला’ले पनि फाइदा गर्नेछैन। किनभने उनीहरूले काम गर्ने अनौपचारिक क्षेत्र करको दायरामा आएका हुन्नन् र सरकारले अनुगमन गर्न सक्ने खालको पनि हुन्न। त्यसो हुँदा यस क्षेत्रमा काम गर्ने मानिसहरूले कुनै पनि खालका साामाजिक सुरक्षा समेत प्राप्त गर्दैनन्।

    श्रमिकको अधिकार

    काम गर्दा पनि पर्याप्त नकमाउने समस्या त छँदैछ, श्रमिकहरू एकदमै खराब र असुरक्षित अवस्थामा काम गरिरहेका छन्। बाँच्नका लागि रोजागारी नै चाहिने र बेरोजगारी दर उच्च भएको अहिलेको विश्वमा श्रमिकका अधिकारहरूलाई प्रायः वेवास्ता गर्ने गरिन्छ। जतिसुकै कम ज्यालामा पनि काम गर्न तयार मान्छेहरू भएको अवस्थामा कम्पनीहरूले किन श्रमिकको सुरक्षा, तिनको ब्रेक टाइम र अतिरिक्त सुरक्षाका लागि चिन्ता गरुन् या खर्च गरुन्? यस्तो अवस्थामा ट्रेड युनियनहरू वास्तवमा कम्पनीकै लागि चुनौती हुन्।

    यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा श्रमिकहरूको न्युनतम तलब नतोकिएको, अधिकारको ग्यारेन्टी नभएको र सुरक्षा नदिइने देशहरूका फ्याक्ट्रीमा आफ्ना काम गराउन चाहन्छन्। आखिर, उत्पादन चेनको अन्त्यमा उपभोक्ताहरूले सामान वा वस्तुको मुल्य हेर्ने हो। र, उत्पादनको प्रारम्भमा श्रमिकहरूलाई अनेक खालका सुरक्षा र ‘न्युनतम जायज ज्याला’ नतिरेको हकमा उत्पादनको मुल्य कम पर्न जान्थ्यो। रोचक कुरो, उत्पादनमा जति नै कम खर्च गरे पनि उत्पादक कम्पनीहरूले सम्भव भएसम्म ग्राहकबाट पनि पैसा धुत्ने प्रयास गरेकै हुन्छन्। उत्पादनमा पैसा खर्च गरेको छ भन्दैमा मालिकहरूले नाफा नखाने भन्ने त हुन्न।

    श्रममा २० करोड बालबच्चा

    बिडम्बना के छ भने युवावर्गका लागि पर्याप्त रोजगारी छैन। जबकि पाँच वर्षदेखि १४ वर्षसम्मका २० करोड बालबच्चाहरूले भने मजदुरी गर्नु परिरहेको छ। २० करोडमध्ये धेरैले फुल टाइम काम गर्ने गर्छन्। जसका कारण ती बालबालिकाहरू स्कुल जानसमेत पाउँदैनन् अथवा आफ्नो बाल्यकालकको मज्जा लिन पाउँदैनन्। स्कुल जान नपाउनुको अर्थ हो, गरिवीको यो कहालिलाग्दो दुस्चक्रबाट कहिल्यै निस्कन नपाउनु।

    एकदमै डरलाग्दो अवस्थामा काम गर्नुपर्दा उनीहरूले घातक स्वास्थ्य समस्या पनि झेल्नुपर्ने हुन्छ। उनीहरूले गह्रौङ्गो भारीहरू बोक्नुपर्ने हुन्छ। कुनै सुरक्षा कवचविना नै विषालु केमिकलहरूसँग खेल्नुपर्ने हुन्छ। कतिपय बालबच्चाहरू त घरेलु दासका रूपमा प्रयोग गरिन्छन्। कतिपय अवस्थामा ती देहव्यापार र लागुऔषध ओसारपसारका लागि प्रयोग गरिन्छन्। तर सबै प्रकारका बालश्रमहरू खराबै हुन्छन् भन्ने होइन, आफ्नो घरमा या पारिवारिक व्यवसायमा आफ्नो स्कुलपछिको फुर्सदिलो समयमा बाआमा वा परिवारलाई सहयोग गर्ने एउटा कुरा हो। सकारात्मक अनुभव हो। तर वयस्कले गर्ने काम आधा कम पैसा लगाएर बच्चालाई शोषण गर्ने कुरा साह्रै खराब हो।

    त्यसो हुँदा गरिवीको अन्त्यका लागि पूँजिवादको अन्त्य हुनुपर्छ। र, हामीलाई लाग्छ, गरिवीबिरुद्ध लड्नका लागि संरचनात्मक परिवर्तन अत्यावश्यक छ। त्यसका लागि गरिवीको खास कारण के हो भनेर सबैले बुझ्नु आवश्यक छ। ‘मेरो पुर्वजन्मको पापले म गरीव भएको हुँ’ अथवा ‘मान्छेहरू अल्छी भएका कारण तिनीहरू गरीव भएका हुन्’ भन्ने धारणा भत्किनु जरुरी छ। र, जबसम्म नाफा र तथाकथित आर्थिक समृद्धिभन्दा एकता, मित्रता र बाँच्नका लागि राम्रो अवस्थालाई प्राथमिकतामा राखिँदैन, तबसम्म गरिवी अन्त्य सम्भव छैन। मान्छेभन्दा पहिले नाफा भन्ने अवधारणा र मान्छेलाई केवल मानवीय पूँजि ठान्ने अवधारणा अन्त्य नभएसम्म समाजमा गरिवी रहिरहन्छ।

    आइएफएमएसइआइडटओरजीबाट प्रकाश अजातको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.