Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के छ बोउवारको ‘द सेकेण्ड सेक्स’मा?

‘धर्म त वास्तवमा महिलालाई शासन गर्नका लागि पुरुषद्वारा बनाइएको हो।’

सोनाली खत्री सोनाली खत्री
भदौ २९, २०७८
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वव्यापी नारीवादी आन्दोलनमा सधैं सम्झिरहने एउटा पात्रको नाम हो–सिमोन द बोउवार। बोउवारको जन्म ९ जनवरी १९०८ मा पेरिसको एउटा सम्पन्न परिवारमा भएको थियो। उनकी एक बहिनी थिइन्।

    प्रथम विश्वयुद्धपछि उनको घरको आर्थिक अवस्था ज्यादै नै कमजोर भएको थियो। जसले गर्दा एउटा बैंकरको छोरी हुनुका बावजुद उनकी आमाले आफ्नो घरको काम आफैं गर्न सुरु गरिन्। त्यसअघि उनका सहयोगीहरू हुने गर्थे। उनले सिलाईको काम पनि सुरु गरिन्।

    धर्म, संस्कार र महिला
    बोउवारको पढाई एक कैथोलिक स्कुमा भएको थियो। सुरुवातको धेरै लामो समयसम्म उनले नन (भिक्षुणी) बन्ने सपना देखेकी थिइन्। समयसँगै उनले आफ्नो सपना बदलिन् र उनी नास्तिक बन्न पुगिन्। साथमा उनले धेरै पढ्ने, चिन्तन र विश्लेषण गर्ने क्षमतापनि बढाउदै गइन्। उनको यस विक्षण प्रतिभाका बारेमा उनका शिक्षकहरू र स्वयम् बोउवारलाई धेरै पहिले नै आभास भइसकेको थियो। उनको यो प्रतिभा उनको उपन्यास, कथासंग्रह, आत्मकथा, निबन्ध या अन्य पुस्तकहरूबाट उजागर हुन थाल्यो।

    उनका धेरै लेख तथा पुस्तकहरू छन्, तर उनलाई सबैभन्दा बढी ‘द सेकेण्ड सेक्स’ले चिनायो। यो पुस्तक उनको जीवनका निजी अनुभवहरूमा आधारित छ। यस पुस्तकको एउटा भनाइ सबैभन्दा बढी शक्तिशाली छ, ‘महिला पैदा हुँदैनन्, बरु समाजले महिला बनाउँछ।’ पुस्तकमा उनले हाम्रो धर्म, संस्कृति र समाजले महिलालाई ‘महिला’ बन्नका लागि बाध्य बनाउने कुरालाई बारम्बार जोड दिएकी छिन्। यही कारण उनी आजीवन नास्तिक बनिन्। कतिपय धर्म र संस्कारमा महिलाको पूजा गर्ने गरिएपनि त्यसले समाजमा महिलाको अवस्थामा कुनै फरक नपार्ने उनी बताउँछिन्। उनको भनाई छ, ‘धर्म त वास्तवमा महिलालाई शासन गर्नका लागि पुरुषद्वारा बनाइएको हो।’

    बराबरी कि समानता?
    बोउवारले आफ्नो पुस्तकमा प्लेटोमाथि पनि प्रहार गरेकी छिन्। महिला र पुरुष दुवै योग्य वर्गको सदस्य बन्न सक्ने, तर त्यसका लागि महिलाले आफूलाई एउटा पुरुषले जस्तै प्रशिक्षित गर्नुपर्छ भन्ने प्लेटोको भनाईलाई उनले खण्डन गरेकी छिन्। बोउवारका अनुसार यो लैंगिक भेदभाव हो।

    प्लेटो भन्छन्, ‘शासन उसले गर्न सक्छ, जो पुरुष होस् वा पुरुषले जस्तै व्यवहार गर्छ।’ बोउवार बराबरी हुनका लागि महिलाले पुरुषको जस्तै व्यवहार गर्नुपर्ने वा त्यसरी प्रशिक्षित हुनु नपर्ने तर्क गर्छिन्। पुरुष र महिलाबीच जैविक अन्तर हुनुका बावजुद महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने उनी बताउँछिन्। उनका अनुसार समान व्यवहार प्राप्त गर्नका लागि महिलाहरूलाई पुरुषको जस्तै व्यवहार गर्न कुनै जरुरी छैन। उनी अगाडि भन्छिन्, ‘बराबरी र समानता एक होइन।’

    सिमोन द बोउवारको समयकालमा महिला र पुरुष कि बराबर छन् कि अलग–अलग छन् भन्ने गरिन्थ्यो। मुख्य रुपमा पुरुषसँग बराबर हुनका लागि वा समान व्यवहार पाउनका लागि महिलालाई पुरुष जस्तै भएर बाँच्नका लागि बाध्य बनाउने गरिन्थ्यो। यसविरुद्ध सिमोन आफ्नो किताब ‘द सेकेण्ड सेक्स’ मा महिलाहरूको बराबरीको कुरा गर्ने क्रममा महिला र पुरुषको जैविक अन्तरको वास्तवकितालाई नजरअन्दाज गर्न नहुने उल्लेख गर्छिन्। उनी भन्छिन् ‘महिला र पुरुष बीचमा जुन जैविक अन्तर छ यसको आधारमा महिलाहरूलाई दबाउनु धेरै अन्यायपूर्ण र अनैतिक कार्य हो।’

    किन महिला पुरुष भन्दा कमजोर मानिन्छन्?
    बोउवारका अनुसार सांस्कृतिक मान्यताको आधारमा महिलाहरूले आफ्नो शरीरको बारेमा केही धारणाहरू बनाउँछन्, जसले महिलालाई आफ्नो शरीरको सम्भावनाहरूबाट टाढा धकेलिदिन्छ। उदाहरणका लागि महिलाहरू पुरुषको तुलनामा कमजोर मानिन्छन्। यस मान्यताको कारणका बारेमा उनी प्रश्न गर्छिन् – ‘यो मान्यता कुन लिंगले निर्धारण गर्‍यो ? यसको मापदण्ड के हो ? उचाइ बढी हुनुलाई किन बढी शक्तिशाली मानिन्छ? किन ठूलो र फराकिलो छातीलाई शक्तिको संकेत मानिन्छ?’

    उनको प्रश्न छ, ‘को कतिसम्म बाँच्न सक्छ भन्ने आधारमा किन फैसला गरिँदैन कि कुन लिंगको मानिस बढी शक्तिशाली छ ?’ यदि यसलाई आधार बनाउने हो भने पुरुषको तुलनामा महिलाहरू बढी शक्तिशाली हुने मान्यता रहन्थ्यो।

    सारमा भन्नुपर्दा बोउवार यी उदाहरण प्रस्तुत गरेर शक्तिको मापदण्डमाथि औँला उठाउँदै यी सबै मापदण्ड पुरुषको हितलाई पूरा गर्नका लागि बनाइएको बताउँछिन्। यदि हामी यी मापदण्डलाई परिवर्तन गर्छौ भने महिलाका विषयमा स्थापित मान्यतामाथि नै प्रश्न उठ्ने छन्। बोउवार यिनै मान्यता र यिनै पूर्वाग्रहमाथि सवाल उठाउन बारम्बार आग्रह गर्छिन्।

    बोउवार दार्शनिक पनि
    ‘द सेकेण्ड सेक्स’ को अतिरिक्त उनको एक उपन्यास ‘द मैन्डरिन’ का लागि उनी फ्रेन्च साहित्यिक पुरस्कार ‘द प्रिक्स गोंकोर्ट’बाट सम्मानित भएकी थिइन्। फ्रेन्च लेखक ज्याँ पॉल सात्रसँगको सम्बन्धका कारण पनि उनी चिनिएकी थिइन्। सिमोन एक नारीवादीका साथै दार्शनिक पनि थिइन्। उनी महिलामा आफ्नो लागि ‘रोज्ने वा छनौट गर्ने स्वतन्त्रता’ हुनुपर्छ भन्ने मान्यता राख्थिन्। हरेक मानिस एउटा कारणका लागि जन्मन्छ भन्ने उनको बुझाइ थियो।

    बोउवार र ज्याँ पॉल सात्र बीचको दार्शनिक असहमति सन् १९४० मा प्रकाशित भएको थियो। त्यस समयसम्म दुवैजना आफ्नो विचारका लागि फ्रान्समा धेरै प्रसिद्ध भइसकेका थिए। यस दौरान बोउवारले नीति शास्त्रको बारेमा पनि आफ्नो केही विचार बनाइसकेकी थिइन्। नीति शास्त्रको बारेमा उनको विचार अगाडि बढ्दै गएर ‘द सेकेण्ड सेक्स’ को आधार पनि बन्यो।

    अस्तित्वको औचित्य
    ‘मेरो अस्तित्वको केही मतलब छ’ भन्ने कुराले जसरी महिलालाई प्रभावित गरिरहेको हुन्छ त्यसरी नै पुरुषलाई गर्दैन भन्ने उनको भनाई थियो। महिलालाई आफ्नो अस्तित्वको औचित्य साबित गर्नका लागि अरुलाई माया गर्नु नै पर्छ र अरुको बारेमा चिन्ता गर्नुपर्छ भन्ने मान्यता राखिन्छ। तब मात्रै हाम्रो समाजले एउटी महिलाको जीवनलाई सार्थक मान्छ। उनी यो पनि भन्छिन्, ‘समाज, इतिहास, मनोविश्लेषण, जीवविज्ञान सबै एक महिलालाई ‘उत्तम स्त्री’ को मापदण्डमाथि खरो उत्रिनका लागि यति बाध्य गर्छन् कि एक महिला ‘मुक्त र गल्ति गर्ने मानिस’को रुपमा आफैंलाई कहिले देख्न नै पाउँदिनन्।’

    सन् १९४९ मा उनका आलोचकहरूले उनलाई महिला विरोधी, मातृ विरोधी र विवाह विरोधी भएको आरोप लगाए। तर बोउवार महिलाले विवाह गर्न नहुने र आमा बन्न नहुने धारणा राख्दैनथिन्।

    महिला आफैंलाई किन धिक्कार्छिन्?
    आर्थिक आत्मनिर्भरताले महिलालाई आवश्यक सहयोग गर्छ तर यसले मात्रै महिलालाई स्वतन्त्र नबनाउने उनको बुझाइ थियो। उनका अनुसार विवाह वा मातृत्वले मात्रैले पनि महिलालाई स्वतन्त्र गर्दैन। यसकारण उनी आफ्नो किताब ‘द सेकेण्ड सेक्स’को माध्यमबाट महिलालाई आफ्नो स्वतन्त्रताको मूल्य बुझाउनका लागि उनीभित्रको आत्मविश्वास जगाउन चाहन्थिन्।

    महिलाले महिलाका लागि बनेका मिथकहरूका बारेमा र यी किन बनाइए भन्ने विषयमा पनि पहुँच राख्दिनन्। जसका कारण उनी आफैंलाई कमजोर सम्झिन्छिन् भन्ने बोउवारको भनाइ छ। महिला आफूबाट अरुले गर्ने अपेक्षाहरूलाई पूरा गर्न नसकेकै कारण आफूलाई धिक्कार्छिन्। यी सबैको विरुद्ध बोउवारले ‘द सेकेण्ड सेक्स’ लेखेकी हुन्।

    उनले १४ अप्रिल १९८६ मा आफ्नो अन्तिम सास लिइन्। विश्वभरका मानिसले उनलाई महिलाको अधिकारका लागि संघर्षशील, अस्तित्ववादी दार्शनिक, सामाजिक सिद्धान्तकार, बुद्धिजीवी र राजनीतिक अभियान्ताको रुपमा सम्झिन्छन् र सम्झिरहनेछन्। खासगरी नारीवादी अस्तित्ववाद र नारीवादी सिद्धान्तको बारेमा उनको विचारको सधैं एक अलग्गै स्थान रहनेछ। उनी बिना नारीवादमाथिको बुझाइ सधैं अपूरो रहनेछ।

    फेमिनिजम् इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सोनाली खत्री

      सोनाली खत्री

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.