Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ऋषि पञ्चमीको कथा भन्छ: जन्मैले महिलाहरू पापी हुन्

पञ्चमी व्रतमा महिलाहरूले सातवटा ऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि,वशिष्ठ र विश्वामित्र) तथा पतिव्रता पौराणिक पात्र अरुन्धतीको पुजा अर्चना गर्ने, ३६५ वटा दतिवनका टुक्राहरू टोक्ने, १०८ पटक नदीमा चोपलिएर नुहाउने र आफ्नो यौनाङ्ग १०८ पटक पखालेर पापको प्रायश्चित गर्नेलगायतका प्रावाधानहरू छन्।

प्रकाश अजात प्रकाश अजात
भदौ २३, २०७८
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महिलाहरूले विशेष रूपले मनाउने तीज पर्वका अन्य पक्षहरू पनि छन् तर नेपालमा पञ्चमी पूजालाई विशेष महत्व दिइएको देखिन्छ। ब्रम्हाण्ड पुराणअनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि-पञ्चमी भनिन्छ। र, यो पञ्चमीलाई अन्य पञ्चमीभन्दा विशेष ढंगले मनाइन्छ। ऋषि पञ्चमीमा सप्तऋषिहरूको पुजा अर्चना गरिन्छ। ऋषिपञ्चमी किन मनाइन्छ भन्ने बारेमा केही कथाहरू प्रचलित छन्, जसमध्ये भविष्योत्तर पुराणको यो कथा उल्लेख्य छ:

    कथा १: हत्यारा इन्द्र, दण्ड महिलालाई

    त्वष्टा ऋषिका छोरा थिए वृत्तासुर। देवताहरूका पनि राजा मानिने इन्द्रले एउटा द्वन्द्वमा वृत्तासुरलाई मारे। इन्द्रले वृत्तासुरको हत्याको पाप भोग्नुपर्ने भयो। तर ब्रम्हाले सो पापबाट इन्द्रलाई छुटकारा दिलाउन अरुलाई नै पापको भारी बोकाइदिए। जसअनुसार आगोको ज्वालाले धुवाँको पाप, नदीहरूमा फीँजको पाप, पहाडपर्वतका रुखमा ऐंजेरु तथा त्यहाँ रहेका ढुंगामा लेउको पाप र महिलामा रजस्वलाको पाप थोपरियो। इन्द्रले वृत्तासुरको हत्या गरे तर इन्द्रको पापका कारण यसअघि ‘मिन्स’ नहुने गरेका पृथ्वीभरका महिलाले मासिक रूपमा अब ‘मिन्स’ हुनुपर्ने भयो। त्यस कथालाई पत्याइदिने हो यसअघि संसारका महिलाहरूमा रजस्वला हुन्थेन र वृत्तासुरको वधपछिमात्रै संसारमा महिलाहरू रजोवती हुनथाले। अर्थात् इन्द्रले गरेको पापको दण्ड महिलालाई बोकाइयो। यसो भनौँ, रामेले श्यामेको हत्या गर्‍यो तर जेल गयो हरि। र, वृत्तासुर वधको इन्द्रको पाप भुक्तान गरिदिनका लागि अथवा सो पापबाट आफू बच्नका लागि त्यसपछि प्रत्येक वर्ष महिलाहरू ऋषिपञ्चमीको व्रत बस्न थाले।

    पञ्चमी व्रतमा महिलाहरूले सातवटा ऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि,वशिष्ठ र विश्वामित्र) तथा पतिव्रता पौराणिक पात्र अरुन्धतीको पुजा अर्चना गर्ने, ३६५ वटा दतिवनका टुक्राहरू टोक्ने, १०८ पटक नदीमा चोपलिएर नुहाउने र आफ्नो यौनाङ्ग १०८ पटक पखालेर पापको प्रायश्चित गर्नेलगायतका प्रावाधानहरू छन्। यो व्रत मुख्य रूपमा नेपालमा मनाइन्छ। अर्को कथा पनि करिब यस्तै छ। जसअनुसार इन्द्रले आफ्ना गुरु विश्वरूपको हत्या गरेपछि सो पाप अघिल्लो कथामाझैँ स्त्रीलगायत अरूहरूलाई नै बोकाइदिए। महिलाले चाहिँ मासिक रूपमा रजोवती भएर इन्द्रको पाप भुक्तान
    गरिदिनुपर्‍यो।

    ‘रजस्वला (मिन्स) पाप हो’
    ‘मासिक धर्म’, ‘रजस्वला’, ‘नछुने’ या ‘छुइ’को पुरानो कथाको दण्ड दक्षिण एसियाका हिन्दू महिलाहरूले अहिले पनि भोगिरहेका छन्। एउटा सामान्य जैविक शारिरीक प्रक्रियालाई नबुझेर महिलाहरू आत्मग्लानी र पश्चातापमा बाँचिरहेका छन्। नेपालमा खसआर्यन् समाजमाबाहेक अन्य समुदायमा रजस्वलाकै आधारमा महिलामाथि विभेदपूर्ण व्यवहार छैन तर ती समुदायहरुमा यदाकदा छोइछिटो हुने गरेको पाइन्छ। रजस्वलालाई लिएर विश्वका कतिपय समुदाय र देशमा महिलालाई अझै पनि गलत व्यवहार भने गरिने गरेको छ।

    नेपाली र भारतीय हिन्दू समाजमा रजस्वला हुँदा भाँडा छुन नहुने, निश्चित प्रकारका काम गर्न नहुने, मन्दिरमा जान नहुने, सजिएर हिँड्न नहुने, उत्सव र धार्मिक कार्यहरूमा भाग लिन नहुनेलगायतका प्रतिवन्ध छन्। ज्ञान, चेतना, हिम्मत र उत्प्रेरणाको अभावमा महिलाहरूले आफ्नै अपमानलाई जारी राखेका छन्। यदाकदा ‘यो हाम्रो गौरवपूर्ण संस्कृति हो’ भन्दै आफ्नै अपमानको बचाउ गर्ने महिलाहरू समेत देखिने गरेका छन्। र, महिनावारी हुँदा ‘प्रतिवन्धित’ कामहरू गरे अनर्थ होला, दुर्घटना या मृत्यु नै होला अथवा अर्को जन्ममा पशुयोनीमा जन्मन पर्छ भन्ने त्रासकै कारण अहिले पनि महिलाहरू आजका दिनमा महिनावारी बार्छन्। तिनका अघि विज्ञानसम्मत तर्कहरू हार्छन्। र, यसका पछाडि ‘अर्काेे जन्ममा पाप भाेग्नुपर्छ’ भन्दै यस्ता तर्साउने रद्धी कथाहरू जिम्मेवार छन्:

    कथा २: भाँडो छोएको पाप

    सत्ययुगमा उत्तरा नामका एक जना ब्राह्मण थिए र सुशीला नामकी उनकी श्रीमती थिइन्। उनकी छोरीको विवाह भयो तर उनको विवाह भएकै एक महिनामा उनको लोग्ने मर्‍यो। विधवा छोरी पनि बाआमासँगै बस्न थाली। बाउआमाले एक रात अकस्मात् छोरीका शरीरभरी किरैकिरा भरिएको देखे (कतिपय कथामा कमिलैकमिलाले शरीर ढाकेको समेत उल्लेख छ।) छोरीको शरीरभरी किरा देखेर बाउमाआ आत्तिए र कुनै ऋषिलाई त्यस घट्नाबारे बाउआमाले बताए। ऋषिले उनीहरूको छोरीले पूर्वजन्ममा रजस्वला हुँदा कुनै खाना पकाउने भाँडा छोएकी र त्यतिखेर ऋषिपञ्चमीको व्रत गर्न साथीहरूले सुझाव दिँदा पनि नमानेका कारण आज आएर यो हालत भएको वृत्तान्त सुनायाे।
    र, उक्त ऋषिले यस्तो पापबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्न सल्लाह दियो। सुझाएअनुसारको व्रत गरेपछि केटी सबै कष्ट र पापबाट मुक्त भई अर्को जन्ममा ‘सौभाग्यवती’ भएको उल्लेख छ।

    कथा ३: कुकुर्नी र गाेरूकाेे कथा

    त्यस्तै, सत्ययुगमै श्येनजित नामको राजा विदर्भनगरमा शासन गर्थे। ती राजालाई ऋषिझैँ सम्मान गरिन्थ्यो। उसको राज्यमा सुमित्र नामको एउटा किसान थियो। उसको श्रीमतीको नाम जयश्री थियो भने छोराको नाम सुचित्र। बुहारीको नाम चन्द्रवती थियो। एक दिन पानी परिरहका बखत जयश्री खेतमा काम गरिरहेकी थिइन्। काम गर्दागर्दै उनको रजश्वला भयो। तर त्यसो हुँदा पनि उनले काम गर्न छाडिनन्।

    पछि समयक्रममा यो दम्पत्तिको मृत्यु भयो। महिनावारी भएका बेला खेतमा काम गरेका कारण अर्को जन्ममा दम्पत्तिमध्ये श्रीमतीले कुकुरनीको जन्म लिई भने अघिल्लो जन्ममा श्रीमती रजश्वला हुँदाकै बखत उसँग शारिरीक सम्पर्क गरेका कारण उसको लोग्नेचाहिँ गोरु भएर जन्मियो। तर यी लोग्नेस्वास्नीलाई आफ्नो पूर्वजन्मको बारेमा सबै कुरा जानकारी भएका कारण पुत्रमोहका कारण यो जन्ममा पनि पशु हुँदासमेत आफ्नै घरमा (अहिले छोराको घर)मा आइपुगे।

    एक दिनको कुरा हो, उसको छोरा आफ्नै बाबु(अहिले गोरु)को श्राद्धमा व्यस्त थियो। घरको भान्छाकोठामा अनेक खानेकुरा बन्दै थिए। यस्तैमा, बुहारी चन्द्रावति कामका दौरान कतै गएका बखत खीरको भाँडोमा आएर एउटा विषालु साँपले बिख ओकलिदियो। सुचित्रकी आमा जो कुकुरको जुनी बाँचिरहेकी थिइ, उसले यो सबै आफ्ना अगाडि देखेकी थिइ। यदि वीष हालेको खीर ब्राम्हण र पुरोहितहरूलाई खुवाइयो भने आफ्नै छोरालाई ‘ब्राम्हणहत्या’को पाप लाग्छ भन्ने ठानेर, आफ्नो छोरालाई त्यस पापबाट बचाउन कुकरनीले केही उपाय सोची।

    र, आफ्नी बुहारी भान्छाकोठामा आएपछि कुकुरनीले खीरमा मुख डुबाई। कुकुरले खीरमा मुख डुबाएपछि त्यो खीर त अशुद्ध हुनेभयो! त्यो देखेर बुहारी चन्द्रावति खुबै रिसाई र उसले अँगेनामा बलिरहेको अगुल्टाले कुकुर्नीलाई प्रहार गरी। बलिरहेको अगुल्टोले शरीरमा लाग्दा कुकुर्नी पीडाले छटपटिई। त्यसपछि चन्द्रावतीले त्यस कुकुर्नीलाई उब्रेको फोहर र सढेगलेका खानेकुरा पनि खान दिन छाडी। खान नपाउँदा कुकुर्नी अति भोकाई। अनि उ अति दुखी हुँदै गोरुको रूपमा जन्मेको आफ्नो पूर्वजन्मको लोग्नेकहाँ गई र भनी, ‘म कसरी बाँचु? भोकले तड्पिरहेको छु।’

    तब गोरुले भन्यो, ‘हेर्, तेरै रजश्वलाको पापले गर्दा म समेत आज गोरु भएर जन्मेको छु। आज त मेरो कम्मरै भाँचिएको छ बारी जोत्दा र छोराले कुट्दा। आज त मैले पनि खाना पनि खान पाइनँ। हेर् त आज मेरै श्राद्धको दिन, मेरो छोराले आफ्नै बाउको श्राद्धलाई समेत असफल बनायो आज।’ संयोगले उनीहरू दुईबीचको कुरा उसको छोराले सुन्न पुगेछ। त्यसपछि उसले दुखी हुँदै दुबै जनावर(पूर्वजन्मका बाआमा)लाई भरपेट खाना खुवायो।

    र, दुखी हुँदै बनतिर लागेछ र बनमा सर्वतमा नामको ऋषिलाई भेटेर आफ्नो बाउआमा के कारण यस्तो गति प्राप्त गरे भने सोधेछ। सर्वतमाले सुचित्रलाई रजस्वला हुँदा उसका बाउआमाले गरेको गलत कर्मका कारण आज त्यस्तो हविगत भोग्न परेको बताउँदै ऋषिपञ्चमीको व्रत सुझाए। सुचित्र र चन्द्रावतिले सो व्रत गरेपछि सुमित्र र जयश्रीले पशुयोनिबाट मुक्ती पाएको सन्दर्भ छ।

    यी भए अनेकौँ कथामार्फत महिलाको मासिक रक्तश्रावलाई अपराधिकरण गरिएको कथा। सँगै महिलाको मासिक श्रावलाई जातिप्रथा र विभेदसँग जोडिएको छ। रजस्वलाको पहिलो दिन महिला चाण्डालिनीसमान हुने, दोस्रो दिन ब्रह्मघातिनी (ब्राम्हणको हत्यारा) समान हुने तथा तेस्रो दिन धोबिनीबराबर (लुगा धुने पेशा गर्ने एक समुदाय) अपवित्र हुने भनेर विभिन्न कथाहरूमा उल्लेख छ। रजस्वलाको चौथो दिन नुहाएपछि मात्रै महिला शुद्ध हुने प्रावधान भएका कारण आजका दिनमा पनि महिलाहरू रजस्वलाको चौथो दिन नबिर्सिकन नुहाउने गर्छन्। स्मरण रहोस्, भारतमा लास जलाउने जातका मान्छेहरूलाई चण्डाल भनिन्छ भने त्यस समुदायकी महिलालाई चण्डाल्नी भनिन्छ।

    अत: ऋषि पञ्चमीका जुनसुकै कथाले महिलाकाे घाेर अपमान गरेकाे देखिन्छ। रजस्वलाजस्ताे स्वभाविक र प्राकृतिक कृत्यलाई अपराधिकरण गरेर महिलालाई ग्लानी र अपराधबाेध गराउनु ती कथाहरूकाे ध्येय देखिन्छ। ती मनगढन्ते कथाल जन्मैले महिला “फाेहरी र पापी” करार गर्न खाेजेका छन्। यसले समाजमा प्रचलित अन्य छुवाछुत र विभेदलाई पनि जायज ठहर्‍याउन सहयाेग गरेका छन्। यस्ताे घाेर स्त्रीद्वेषी र अपमानजनक कथा पत्याउँदै तपाईं पनि आफ्नाे “पाप”काे प्रायश्चित गर्न ऋषिपञ्चमीकाे पुजा गर्नुहुन्छ? के महिलालाई जन्मैले पापी करार गर्ने यस्ता प्रचलन र कृत्य स्विकार्य छ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.