Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कर्णालीको सिञ्जा सभ्यताको अध्ययनः जीवनकै महत्वपूर्ण क्षण

सत्यमोहन जोशी सत्यमोहन जोशी
भदौ १७, २०७६
- यो हप्ता, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्यमोहन जोशी। वि.सं. २०२६ सालतिर नेपाल राजकीय प्रतिष्ठानको संरचनागत परिवर्तन भयो। त्योभन्दा पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संरक्षक र कुलपति दुवै पदमा राजा महेन्द्रवीरविक्रम शाह थिए। त्यो बेलाका उप–कुलपति भइरहेका व्यक्ति बालचन्द्र शर्माको निधन भएपछि बालकृष्ण समलाई कायम मुकायम उप–कुलपति नियुक्त गरियो। त्यसबेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा राजाले आश्चर्यजनक ढङ्गले आफूले कुलपति पद परित्याग गरी सिधै कसैले पत्याउनै नसक्ने गरी केदारमान व्यथितलाई कुलपतिमा नियुक्त गरे। राजा महेन्द्रले कार्यकारी कुलपति पद केदारमान व्यथितलाई छोडेर आफू संरक्षकका रूपमा मात्र कायम भई राखे, तर कायममुकायम उप–कुलपति भएका नाताले पालो त बालकृष्ण समकै थियो। कुलपति हुनका लागि प्रतिस्प्रर्धामा सूर्यविक्रम ज्ञवाली, भवानी भिक्षु, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत थुप्रै क्षमतावान व्यक्तित्वहरू हुनुहुन्थ्यो। तर एकै चोटि बीचबाट राजाले प्राज्ञ समेत नभएका व्यक्ति केदारमान व्यथितलाई कुलपतिमा नियुक्त गरेपछि भित्रभित्र सनसनी मच्चियो। तर पनि राजाले गरेको निर्णय भएकाले बाहिर कसैले चुइक्क बोल्न सक्ने अवस्था थिएन। केदामान व्यथित आफू कुलपति भइसकेपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउन नयाँ अभियान चलाए। नियुक्त भएको केही समयमा नै व्यथितले ८ जना सह–प्राज्ञहरू नियुक्त गरेपछि उनको कार्यशैलीले अर्कै रूप लियो । नयाँ नियुक्त गरिएका सह–प्राज्ञहरूलाई पनि काम दिनु पर्ने भयो। हुनतः त्यहाँ प्राज्ञहरूको काम अलिअलि लेख्ने, कहीँ कतै गएर भाषण गर्ने मात्र थियो ।

    त्यही बेला कुलपति व्यथितले एकदिन संस्कृतिसँग सम्बन्ध भएका प्राज्ञहरूलाई प्रश्न गरे। उनले हामीहरूको संस्कृतिका बारेमा तपाईँहरू कुन तरिकाले काम गर्नु हुन्छ भनी सोधे। सूर्यविक्रम ज्ञवालीले हेर्नुहोस् कुलपतिज्यू संस्कृति बन्नलाई इतिहास नभइकन हुँदैन, देशको इतिहास चाहिन्छ, राष्ट्रको इतिहास चाहिन्छ, ऐतिहासिक पृष्ठभूमि चाहिन्छ इतिहास नै छैन भने संस्कृति भनेर केहीँ हुदैन भने। कुनै पनि संस्कृतिलाई इतिहासले सम्वोधन गर्ने गर्दछ। कुनै ठाउँको संस्कृति बुझ्नका लागि त्यो ठाउँको इतिहास चाहिन्छ। मलाई अनुमति दिनु भयो भने नेपालको इतिहास तयार गर्छु भन्नु भयो। कुलपतिले यो त ज्यादै राम्रो कुरा हो भनी तपाईँ इतिहासमा नै काम गर्नुहोस् भन्नुभयो। त्यसपछि उनी संस्कृतिमा आधारित भएको नेपालको राष्ट्रिय इतिहास लेखन कार्यमा अगाडि बढे। तर सूर्यविक्रम ज्ञवालीको कार्यावधि सकियो। त्यो काम अधुरो र अपुरो रह्यो। आजसम्म पनि राष्ट्रिय इतिहास लेखनको काम हुन सकेको छैन। अलिकति गोरखाको, अलिकति काठमाडौं उपत्यकाका मल्लको, अलिकति पाल्पाका सेनको इतिहास त लेखियो तर मेचीदेखि महाकालीसम्म जोड्ने राष्ट्रिय इतिहास बन्न सकेन। हुनतः त्रिभुवन विश्वविद्यालयमा पनि इतिहास पढाइन्छ, इतिहासको विभाग छ तर वास्तविक इतिहास लेखिन नै बाँकी छ।

    नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति केदारमान व्यथितले ८ जना जसलाई सह–प्राज्ञहरू नियुक्त गरेका थिए। कुलपतिले ती मध्येका एक जना प्राध्यापक चुँडानाथ भट्टराईलाई तपाईँ के गर्नु हुन्छ भनी सोधे। जवाफमा भट्टराईले भने–“संस्कृतिलाई त दर्शन चाहिन्छ कुलपतिज्यू। दर्शन नै भएन भने के गर्ने ? हामी पशुपतिनाथलाई दर्शन गर्दछौं। पुशपतिनाथको दर्शन के हो भन्दा पाश्पात्य दर्शन हो। दर्शन नभईकन पूजाआजा मात्र गरेर हुन्छ ? कुनै पनि कुराको दर्शन त चाहियो नि!” कुलपति व्यथितले तपाईँले पनि निकै राम्रो कुरा गर्नुभयो, ती कुरामा आजैदेखि लाग्नुहोस् भने। त्यहीबेला धर्मराज थापा पनि सह–प्राज्ञ थिए। उनलाई पनि तपाई के गर्नु हुन्छ धर्मराजजी भनेर कुलपतिले सोधे। पञ्चायतकाल भएकाले राजालाई रिझाउनु पर्ने अवस्था थियो। धर्मराज थापाले भने–“म मेरो पोखरा बाटुलेचौरका गाइनेहरूलाई बोलाई गीत सिकाउँछु र गाउँघरमा पञ्चायतको प्रचार गर्ने तथा गाउँघरको लोकगीतहरूको सङ्कलन गरेर ल्याऊ भन्छ । त्यो काम गरियो भने पञ्चायती शासन व्यवस्थाका लागि र संस्कृतिको जगेर्ना गर्ने दुवै कामका लागि राम्रो हुन्छ भनी जवाफ दिए।” यो पनि निकै राम्रो काम हो भन्दै धर्मराज थापालाई यस कामको लागि कुलपतिले जिम्मेवारी दिए। म पनि त्यसबेला सह–प्राज्ञमा नियुक्त भएको थिएँ र मलाई कुलपति व्यथितले जोशीजी तपाईँ के गर्नु हुन्छ त भनी सोधे । इतिहास र दर्शनको सूर्यविक्रम ज्ञवाली र चुँडानाथ भट्टराईले लिइसकेका थिए भने लोकगीत तथा लोकफाँटको धर्मराजले लिइसकेका थिए। मैले भने– हुन त म पनि लोकगीत र लोकफाँटबाट साहित्यमा आएको हुँ अहिले धर्मराज थापाले काम गर्ने इच्छा जनाई सक्नु भएको छ। त्यही काममा मैले चाँसो राख्दा दोहोरिन जान्छ। धर्मराजजी पोखराको गाउँमा बस्ने र म सहरबासी भएकाले आफूलाई गाह्रो–अप्ठ्यारो पनि पर्छ । म सोचेर केही दिनपछि मात्र जवाफ दिन्छु भने।” केही दिनपछि कुलपति व्यथितले तपाईँले के गर्ने निर्णय लिनु भयो भनी फेरि सोधे। जवाफमा मैले भने–“यो दुर्गम क्षेत्रमा पनि महा दुर्गम क्षेत्र कर्णाली अञ्चलको सिञ्जा खोला उपत्यका नेपाली भाषाको व्युत्पत्ति थलो पनि हो। त्यहीँबाट सबैभन्दा पहिले हाम्रो भाषा र संस्कृतिको उत्पत्ति भएको भनिन्छ। म त्यहीँ गएर काम गर्न पाएको भए त्यहाँको लोकजीवन, इतिहास, संस्कृति, चाडवाड, रीतिरिवाज, सामाजिक एवम् आर्थिक व्यवस्थालगायतका महत्वपूर्ण विषयहरू जान्न पाइन्थ्यो भने।” त्यसपछि कुलपतिलगायत सबैजना गलल्ल हाँसे। यस्तो पनि काम गर्छन्? तपाईँ सर्वज्ञ हो र? त्यति दुर्गम ठाउँ जहाँ हवाईजहाज ओर्लन त गाह्रो हुन्छ, विमानस्थल त कच्ची छ। त्यस्तो ठाउँमा मर्न जाने हो र? अरू सजिलो काम गर्नुहोस्। कविता लेख्नुहोस्, नियात्रा लेख्नुहोस्, निबन्ध लेख्नुहोस् जे गरे पनि हुन्छ। त्यहाँ गएर पनि काम गर्न सकिन्छ? आजसम्म कसैले पनि नगरेको अनौठो खालको काम के आट्नु भएको भने। फेरि मैले जवाफमा भने–“मनमा लागेको त्यही एउटा काम हो। काम गरेपछि राम्रै काम गर्न पाए हुन्थ्यो भन्ने सोचेको हुँ। यहाँ बसेर के काम गर्नु? लोकगीतको गरौं भने धर्मराजले बाटुलेचौरको जम्मै गाइनेहरूलाई गन्धर्व भनेर धुमधाम गरी गाउँघरतिर पठाउने सुर गरिसके। मैले त अरू काम के गर्नु भने।” यो मान्छे साह्रै करायो, ढिपी कस्यो। ल अब कसरी जाने हो, के गर्ने हो प्रस्तावना बनाएर ल्याउनुहोस् भनी कुलपतिले भने। त्यसबेलासम्म बाहिर क्षेत्रगत अध्ययन गर्ने अरू विद्वान्हरू त कोही पनि थिएनन्। प्रायः प्राज्ञहरू कार्यालयमा आयो, प्राज्ञहरूले हाजिर पनि गर्नु पर्दैनथ्यो, साहित्यिक गफगाफ गरेर बस्ने गर्दथे। कर्णालीमा विज्ञ मानिसहरू पाउन गाह्रो हुने भएकाले एक जना मानवशास्त्री नभई काम हुँदैन भन्ने सोचें। त्यो बेला गृह मन्त्रालयमा अमेरिकामा सांस्कृतिक मानवशास्त्र पढेर आएका विहारीकृष्ण श्रेष्ठ थिए। उनी त्यसबेला झापाको विर्तामोडमा रहेको प्रशिक्षण केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत थिए। उनलाई भेटेर मेरो यस्तो योजना छ तपाईँ आइदिनु भयो भने जाती हुन्थ्यो। तपाईँ त अमेरिकामा पढेर आएको मानवशास्त्री। मैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट हिजो मात्रै योजना बनाएँ भनेँ। विहारीकृष्ण श्रेष्ठले हुन्छ म आइदिन्छु नौलो काम हुन्छ। यहाँ त पठनपाठन गर्ने र पठाउने काम हो। यो काम त अरू साथीहरूले पनि गर्लान् नि! भनेर मेरो योजनामा साथ दिए।

    त्यसपछि त्रिभुवन विश्वविद्यालयमा गएँ। तपाईँ त भाषा पढाउनु हुन्छ एम. ए.मा। नेपाली भाषाको व्युत्पत्ति थलो सिञ्जा खोलामा म जान लागिरहेको छु। तपाईँले मलाई एक जना भाषाविद् दिनुहोस् न भनी सोधें। तपाईँ यतिका शास्त्र पठाउने मान्छेले भाषाको उत्पत्ति थलोका बारेमा केही नगरेर हुन्छ भने। हामीले गर्नु पर्ने काम तपाईँले गर्न लाग्नु भएछ भनी चूडामणि बन्धुलाई त्यस कामका निम्ति खटाइयो। त्यसपछि योजना आयोगमा गएर तपाईँहरूले भाषाका निमित्त, संस्कृतिका निमित्त पनि पञ्चवर्षीय योजना बनाउनु पर्‍यो, भौतिक विकासको मात्र कुरा गरेर हुन्छ भनेँ। तपाईँहरूकोमा भूगोलविद् हुनुहुन्छ भने एक जनालाई काजमा खटाई दिनुहोस् भनेँ। त्यसपछि योजना आयोगमा कार्यरत बझाङका शाखा अधिकृत स्थिर जङ्गबहादुर सिंहलाई खटाइयो।

    त्यसपछि अर्को एक जना गीत पनि गाउने, लोक साहित्यमा रुचि भएका चल्तापुर्जा व्यक्ति प्रदीप रिमाल सहित ५ जनाको टोलीलाई अभिमुखीकरण गराउन विज्ञहरूलाई बोलाएर छलफल गरियो। त्यस छलफलमा बम्बैबाट समाजशास्त्र पढेर आएका मोहम्मद मोहसिन, वनवारीलाल मित्तललगायतका विद्वान् व्यक्तिहरू थिए। उक्त छलफलमा डोरबहादुर विष्ट पनि थिए। कार्यक्षेत्रमा के–कस्ता कुरामा ध्यान दिने, कसरी काम गर्ने, समुदायमा कसरी घुलमिल हुने भन्ने विषयमा राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिलगायत विज्ञहरूसँग पनि छलफल भएको थियो। त्यसपछि प्रश्नावलीहरू बनाई वि.सं. २०२७ सालको जेठतिर जुम्ला पुग्यौं। जुम्ला पुगेपछि त्यहाँका बडा हाकिम वा अञ्चलाधीश बद्रिविक्रम थापा रहेछन्। अञ्चलाधीशले किन दलबलसहित आउनु भयो त जोशीजी भनेर सोधे। मैले कामको विस्तृत जानकारी स–विस्तार दिएँ। यहाँ पनि यस्तो काम हुन्छ भन्दै “गयो डोटी खायो रोटी फर्किने बेला धोती न टोपी” यस्तो उखान छ भने। यस्ता ५–५ जना विद्वान्हरू किन आउनु भएको होला भने। हामीले यहाँसम्म आई पुगिहालियो मद्दत गर्नु पर्‍यो भन्यौं। दुई चार दिन बस्नु हुन्छ भने खुवाउने बसाउने बन्दोबस्त गरिदिन्छु भने। अञ्चलाधीशले तपाईँहरू कहाँ जाने हो भनी सोधे। हामीले सिञ्जा खोला उपत्यका जाने हो भन्यौं। सिञ्जा खोला उपत्यका जाने हो भने तपाईँहरूलाई १ जना पियन दिन्छौं भने। दुईचार दिन जुम्लामा बसाईपछि बाटो देखाउनका लागि अञ्चलाधीशका पियन लिएर सिञ्जा खोलातर्फ गयौं। जुम्लाबाट सिञ्जा खोला जाँदा एक दिन बास बस्नु पर्‍यो। सिञ्जा खोलामा जाँदाखेरि ५ जना मान्छेलाई देखेपछि यिनीहरू कति पैसा ल्याएर आएका छन्, के छन्, कस्ता छन् भनी छामछुम त गरे। भए जति पैसा त उनीहरूकोमा पोख्नु पर्ने भयो र पछि उनीहरूले यी मानिसहरू घुस खान आएको पनि होइनन्, हामीलाई केही नराम्रो काम गर्न आएको पनि होइनन्, बरू यिनीहरू राम्रै काम गर्न आएका हुन् भन्ने कुरा थाह पाए। पछि स्थानीयबासीहरूले यिनीहरूलाई हामीले मद्दत गर्नु पर्दछ भन्ने ठानेर हाम्रो टोलीलाई भित्री मनैदेखि निःस्वार्थ ढङ्गले सघाउ पुर्‍याए। त्यसपछि मैले सिञ्जा खोला उपत्यकामा बसी कर्णाली अञ्चलको Historical impact on culture भन्ने विषयमा केश अध्ययन गरेँ। इतिहासले संस्कृतिमा कसरी प्रभाव पार्दछ भन्ने विषयमा गहन अध्ययन गरें। भूगोलविद्ले त्यहाँको हावापानी, वनजङ्गल, खेतीपातीको अवस्थाको बारेमा अध्ययन गरे। त्यस्तै सांस्कृतिक मानवशास्त्रीले जन्मदेखि नमरूञ्जेलसम्मको सामाजिक, आर्थिकलगायत सम्पूर्ण जीवनमा कुन तरिकाले के कस्तो प्रभाव हुन्छ भन्ने विषयमा अध्ययन गरे। भाषाविद् चूडामणि बन्धुले पहिलाको भाषा कस्तो थियो अहिलेको भाषा कस्तो छ भनी तुलनात्मक रूपमा भाषाको वैज्ञानिक ढङ्गले अध्ययन गरे। प्रदीप रिमालले मष्टो सम्प्रदायका बारेमा धर्म, संस्कृति, लोककथा, लोकगीत, चाडवाडको अध्ययन गरे। यसरी ५ जनाको ५ फरक फरक विषयमा गहन अध्ययन कार्य गरियो।

    एउटै थलो एउटै गाउँ सिञ्जा खोलामा चार–पाँच महिना बसेर जति लिन सक्ने हो लिएर फर्कियौं। साथै जुम्लाको अन्य भूभागमा पनि घुम्यौँ। क्षेत्रगत अध्ययनपछि ४ जना काजमा आएका थिए काजमै गए। म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सह–प्राज्ञ पनि भएको हुनाले ५ जनाकै क्षेत्रगत अध्ययनलाई सम्पादन गरी ५ वटै भाग किताब प्रकाशन गरेँ। पहिलो भाग मैले, दोस्रो भाग स्थीर जङ्गबहादुर सिंहले, तेस्रो भाग विहारीकृष्ण श्रेष्ठले, चौथो भाग चूडामणि बन्धुले र पाँचौं भाग प्रदीप रिमालले तयार गर्‍यौं। वि.सं. २०२८ सालमा हामी ५ जनालाई नै बोलाएर ज्यादै राम्रो काम गरेको भनी मदन पुरस्कार दिइएको थियो। यी ५ वटा कृतिको लागि प्रतिस्पर्धा नै भएन। दुःख पनि पाइयो जीवनमा खोज अनुसन्धानका क्षेत्रमा केही काम गरेको जस्तो महसुस हुन्छ। तर म एक्लैले गरेको होइन। मैले मात्र के जानेको थिएँ र! मलाई त संस्कृति पनि थाह थिएन। गाउँघरमा गीतसित गाउने कुरा मात्र संस्कृति हो जस्तो लाग्थ्यो। मानवशास्त्रीका हिसावले, भाषाका हिसावले, भूगोलविद्का हिसावले, लोक संस्कृतिका हिसावले उनीहरू ४ जना नै काम गरिरहेको विज्ञहरू थिए। सामूहिक प्रयासबाट काम भएकाले निकै राम्रो भयो। त्यो स्तरको काम अहिलेसम्म कसैले गरेको पनि छैन। यी ४ जनाले जोशीले हामीलाई फँसायो, दुःख दियो भन्लान् भन्ने ठानेर उनीहरूका लागि खाना पकाउने काम पनि गरेँ। कुन तरिकाले हुन्छ उनीहरूलाई खुसी राख्ने प्रयास गरेँ। जीवनमा सबैभन्दा ठुलो काम गरेको पनि त्यही हो। संस्कृति भन्ने थाह पाएको पनि त्यहीँबाट हो। वैज्ञानिक रूपमा संस्कृति ऐतिहासिक प्रभाव नभइकन बन्दैन भन्ने कुराको ज्ञान त्यही अध्ययनबाट भएको हो। कर्णाली अञ्चल भन्नु नै सेती, भेरी र रापतीसँग पनि मिल्छ, केही शैलीहरू फरक होलान् मूल कुरा एउटै हो। त्यसैले म भन्छु हाम्रोजस्तो सांस्कृतिक, भाषिक विविधता भएको देशमा समावेसी प्रणाली लागू गर्नका निम्ति राजनीतिक रूपमा समावेसी गरेर हुँदैन सांस्कृतिक रूपमा समावेशी बनाउनु पर्दछ। सांस्कृतिक रूपमा समावेश गर्न सकेमा एकताको भावना, नेपालीको भावना पैदा हुन्छ। त्यसैले कर्णाली महिमाको बयान गर्दै Josef Tuchi ले भनेका छन् ‘Nepal of the Sinja Khola ruler is greater than my country Italy.’

    यो कार्यको पहलकदमी मैले लिए पनि क्षेत्रगत अध्ययनबाट सिकेको ज्ञानलाई व्यावहारिक रूपमा आमा समूह, वन उपभोक्ता समूह बनाई विहारीकृष्ण श्रेष्ठले लागू गरे। सोसल साइन्स वहाःलाई मात्र विहारीकृष्ण श्रेष्ठले ५० लाख दान गरे।

    यो लेख रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क “मान्नमी” बाट साभार गरिएको हो।

    यो पनि –

    जचौरी कुलो : कर्णाली सभ्यताको महत्वपूर्ण धरोहर 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सत्यमोहन जोशी

      सत्यमोहन जोशी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.