Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

श्रमिक र उत्पीडित जनताहरूको पराराष्ट्रिय सहकार्य – गठबन्धनको प्रयाश

समीर अमीन र फिरोज मञ्जी समीर अमीन र फिरोज मञ्जी
भदौ २२, २०७६
- यो हप्ता, राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     समीर अमीन र फिरोज मञ्जी । समीर अमीनले आफ्नो मृत्युभन्दा केही समय अगाडि ब्यापक प्रसार हुने विश्वासका साथ फिरोज मञ्जीसँग मिलेर एउटा दस्तावेज तयार पारेका थिए । उनले मौलिक र विविध परिप्रेक्षलाई प्रश्रय दिने एउटा पराराष्ट्रिय सहकार्य– गठबन्धन निर्माणको लक्ष्य लिएका थिए। त्यसै उद्देश्यकालागि उनका साथिहरूले एउटा अन्तरराष्ट्रिय सम्मेलनको प्रारम्भ गरेका थिए। यस नवजात आयोजनालाई अघि बढाउन र दशकौंसम्म उनले मन्थ्ली रिभ्यूलाई पुर्‍याएको अमूल्य योगदानको कदरसमेत गर्न हामी हाम्रा कमरेड समिर अमिनका अन्तिम लिखित शब्दहरू प्रस्तुत गर्दछौं। –सम्पादक मण्डल, मन्थ्ली रिभ्यू।

    वितेका तीस बर्षमा, विश्व–ब्यवस्था प्रणालीका सबै स्थानीय र अन्तरराष्ट्रिय, आर्थिक र सैनिक, सामाजिक र सांस्कृतिक आयामहरुमा शक्तिको अति केन्द्रीकरण हुँदै गुज्रिएकोछ।

    यसबीचमा केही हजार ठूला कर्पोरेसनहरू र केही सय वित्तीय संस्थाहरूले आफूहरू माझ एउटा कार्टेल निर्माण गरेकाछन्, जसले राष्ट्रिय र विश्वब्यापी उत्पादन ब्यवस्थालाई उपठेकेदारहरु हैसियतमा झारिदिएकाछन्। यसप्रकारले, वित्तीय संसारका केही मुठ्ठीभरले श्रमबाट उत्पादित नाफाको बढ्दो हिस्सा र रेन्ट उठाउन रूपान्तरण गरिएका कम्पनीहरूबाट विशुद्ध आफ्नैलागि मात्र फाइदा उठाउछन्।

    यी मुठ्ठीभर  कुलिनहरुले दक्षिणपन्थी र वामपन्थी पार्टीहरूका साथै युनियनहरू र तथाकथित नागरिक समाजका संगठनहरूलाई पाल्तु बनाइसकेका छन् र यिनीहरु अब राजनीतिक अधिकारलाई एकलौटी उपभोग गर्छन्। मिडियालाई पनि आफू मातहत ल्याएका  छन् र जनमतलाई अराजनीतीकरण गर्न आवश्यक गलत सूचना उत्पादन गर्न र प्रवाह गर्न लगाउछन्। यी मुठ्ठीभर कुलिनहरुले बहुल पार्टीवादलाई ध्वस्त पारेर त्यसको साटो पूँजी नियन्त्रित एक दलीय ब्यवस्था स्थापना गरेकाछन्। यसरी प्रतिनिधिमूलक लोकतन्त्रले आफ्नो महत्वका साथै वैधानिकता पनि गुमाएको छ।

    पछिल्लो समकालिन पूँजीवाद एउटा पूर्णरूपले बन्द व्यवस्था बन्न पुगेको छ, जसले तानाशाही ब्यवस्थाका सबै मापदण्ड पूरा गरेको छ तर त्यसै नामबाट नपुकारियोस् भनी होस पुर्‍याएकोछ। यो तानाशाही अझै पनि नरम नै देखिन्छ। तर पीडितहरू-बहुसंख्यक श्रमिकहरू र उत्पीडित जनताहरू-विद्रोहमा उत्रिए भने हिंसाको बाटो समात्न सदा तम्तयार रहेकोछ। तथाकथित आधुनिकीकरणका अङ्गको रूपमा रहेका यी सबै परिवर्तनहरूलाई अग्रगामी विश्लेषणको प्रकाशमा हेरिनुपर्छ। अतः हामी भयङ्कर पर्यावरणीय चुनौतिहरूको सामना गरिरहेका छौं र विशेषगरि जलवायु परिवर्तनलाई समाधान गर्न पूँजीवाद असमर्थ छ। सन १९१५ डिसेम्बरको पेरिस सम्झौता त केवल त्यसलाई छोप्ने तुँवालोमात्र भयो। हामी सूचना प्रविधिसहितको वैज्ञानिक विकास र प्राविधिक नविनताहरू साक्षात्कार गरिरहेकाछौं तर तितनीहरुलाई पनि एकाधिकारहरूको वित्तीय नाफा सुनिश्चित गर्न कठोरताका साथ कज्याइएकोछ। किर्तिमय बनाइएका प्रतिस्पर्धाको भावना र बजारको स्वतन्त्रतालाई नागरिक समाजको स्वतन्त्रता र प्रभावकारिताको ग्यारेन्टी हुन् भनेर तिनीहरूले काबूमा राखेका मिडियाले प्रस्तुत गर्छन्, जो वास्तवमा मौजुदा अवस्थाको ठ्याक्कै उल्टो कुरा हो। वास्तवमा यो अवस्था विद्यमान मुठ्ठीभर कुलिनहरूका समूहहरू बीचका हिंसात्मक द्वन्द्वहरूका कारण धुजाधुजा भएको छ र यो सबै उनीहरूको शासन प्रणालीको ध्वंशात्मक प्रभावको प्रतिफल हो।

    २

    समकालीन पूँजीवाद जहिले पनि भूमण्डलीकरणको उही साम्राज्यवादी तर्कको अनुसरण गर्दछ जुन यसको उत्पत्तिदेखि नै यसको विशेषता भएको छ (उन्नाइसौं शताब्दीको उपनिवेश स्पष्ट रूपमा भूमण्डलीकरणको एक रूप थियो)। समकालीन भूमण्डलीकरण पनि यस तर्कबाट उम्कन सक्दैन; यो  साम्राज्यवादी भूमण्डलीकरण पनि  नयाँ रूप बाहेक अरू केहि होइन। प्रायः कुनै परिभाषा बिना प्रयोग गरिएको, यो भूमण्डलीकरण शब्दले, एक महत्त्वपूर्ण तथ्यलाई लुकाउँदछ: ऐतिहासिक साम्राज्यवादी शक्तिहरू (संयुक्त राज्य, पश्चिमी तथा मध्य यूरोपीय देशहरू, र जापान, जसलाई हामी ट्राइड भनौं) द्वारा विकसित प्रणालीगत रणनीतिहरू तयार गरेर दक्षिणी विश्वका स्रोतहरूको लुट र अस्थानीयकरण उपठेकेदारीसँग सम्बन्धित श्रमको चरम शोषणलाई निरन्तरता दिइरहेकाछन्। यी शक्तिहरू आफ्नो ऐतिहासिक विशेष सुविधा कायम राख्न र अन्य राष्ट्रहरूलाई अधिनस्थ र परिधि बाहिरको क्षेत्रको हैसियतबाट मुक्त हुनबाट रोक्न चाहन्छन्। पछिल्लो शताब्दीको इतिहास वास्तवमा विश्वका परिधि बाहिरको क्षेत्रका जनताले गरेका विद्रोहको इतिहास हो। ती जो पूँजीबाट मुक्त समाजवादी  वा राष्ट्रिय मुक्तिसँग सम्बन्धित थिए। हाल त्यो इतिहासका पन्ना उल्ट्याइएका छन्। हालको पुनऔपनिवेसीकरण प्रकृयाको कुनै वैधता छैन अतः यो निर्धो वा कमजोर छ।

    यस कारणले गर्दा, ट्रायडको ऐतिहासिक साम्राज्यवादी शक्तिहरूले संयुक्त राज्य अमेरिकाद्वारा निर्देशित विश्वमा सामूहिक सैन्य नियन्त्रण प्रणाली स्थापना गरेका छन्। उत्तर एट्लान्टिक सन्धि संगठन (जो छुट्याउनै नसकिने गरी युरोपको निर्माणसँग जोडिएको छ) को सदस्यता र जापानको सैनिकीकरण गर्ने कामहरुले यस्तो नयाँ सामुहिक साम्राज्यवादको आवश्यकता देखाएकोछ। वितेका दिनमा निरन्तर तथा हिंसात्मक द्वन्द्वमा अल्झिरहने साम्राज्यवादहरू (अमेरिका, बेलायत, जापान, जर्मनी, फ्रान्स र केही अन्य) ले राष्ट्रिय साम्राज्यवादलाई  काबूमा राखेकाछन्।

    यी अवस्थाहरूमा समकालीन साम्राज्यवादी पूँजीवादको प्रसारलाई रोक्नको लागि संघर्ष गर्ने प्रमुख उद्देश्य सम्पूर्ण विश्वका श्रमीक र उत्पीडित जनताको  परार्राष्ट्रिय गठबन्धनको निर्माण गर्नु हो।

    ३

    यस्तो विशाल चुनैतिको अगाडि ब्यवस्थाका पीडितहरूले सञ्चालन गरेका संघर्षहरूका अपर्याप्तता प्रष्ट देखिन्छ। यी संघर्षहरूका कमजोरीहरू विभिन्न प्रकारका छन्, तिनलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छः

    (क) स्थानीय तहमा वा विश्व स्तरमा अति नै खण्डिकृत भएका संघर्षहरु सदैव स्थानीय तहमा र एकल मुद्दा (जस्तो कि पर्यावरण, महिला अधिकार, समाज सेवा आवास) मा सिमित छन्। राष्ट्रिय वा अन्तरराष्ट्रिय रूपमा यदाकदा भएका एकल- मुद्दा केन्द्रित अभियानहरूको सत्ताका नीतिहरुलाई कुनै उल्लेखनीय परिवर्तन ल्याउन सक्ने बल नहुँदा तिनीहरुले अर्थपूर्ण परिवर्तन ल्याउने सफलता पाएका छैनन्।  यस्ता धेरै संघर्षहरूलाई प्रणालीले यो सुधारको विषय हो भन्ने भ्रम छरेर सामसुम र समाहित गर्ने गर्दछ।

    यति हुँदा हुँदै पनि, आमरुपमा सर्वहाराकरणको प्रक्रिया द्रुत बनेको छ। केन्द्रीय पूँजीवादी देशहरूका लगभग पुरै जनसंख्या ज्यालादारी श्रमिक बनेका छन्, जसले आफ्नो श्रमशक्ति बेच्दछन्। दक्षिणी गोलार्ध्दका औद्योगीकरण गरिएका क्षेत्रहरूले श्रमिक सर्वहाराहरू (जसको ठुलो हिस्सा अनिश्चितकालिन काममा छन् वा धेरैजसो स्थायीरूपमा बेरोजगार छन्) उत्पादन गरिरहेका छन्, कृषिकर्म पूर्णरूपले बजार प्रणालीसँग एकाकार भइसकेको छ भने तलवी मध्यम वर्ग पनि देखा परेका छन्। शक्तिशालीहरूले कार्यान्वयन गरेका रणनीतिहरूले यति विशाल सर्वहारालाई प्रायश: एक आपसमा द्वन्द्वरत विभिन्न टुक्राहरूमा टुक्रयाएका छन्। यो अन्तरविरोधलाई समाधान गरिनु पर्छ।

    (ख)  ट्रायडका देशहरूका जनताले साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय एकबद्धता त्यागिसकेका छन् जस्तो लाग्छ र त्यसको ठाउँमा एकाधिकारहरूको पूँजीद्वारा नियन्त्रित तथाकथित मानवतावादी अभियानहरू र सहयोग आयोजनाहरू अपनाएका छन् विरासतमा वामपन्थी परम्परा प्राप्त गरेका युरोपेली राजनीतिक शक्तिहरू आज विद्यमान भूमण्डलीकरणको साम्राज्यवादी दुरदृष्टिको समर्थन गरिरहेका छन्।

    (ग) एउटा नयाँ दक्षिणपन्थी विचारधाराले जनसमर्थन प्राप्त गरेको छ।

    उत्तरमा साम्राज्यवाद विरोधी वर्ग संघर्षलाई वामपन्थले त्यागेको छ या कुनै विशेष अधिकारको रक्षालाई पूँजीवाद विरोधी आम लडाईबाट अलग्याउने पार्टनर संस्कृति वा समुदायवादद्वारा (communitarianism) परिभाषित वामपन्थको परिभाषामा सिमित गरेको छ ।

    दक्षिणका केही देशहरूमा साम्राज्यवाद विरोधी आन्दोलनलाई सामाजिक प्रगतिसँग जोड्ने आन्दोलनहरूलाई त्यागेर त्यसको ठाउँमा धर्म र मिथ्या नैतिक संहितामा ब्यक्त हुने प्रतिक्रियावादी पश्चगामीभ्रमलाई अपनाइएको छ। विगतका केही दशकमा आर्थिक बृद्धिलाई गति दिन सफल दक्षिणका अरू मुलुकहरूले भूमण्डलीकरण स्वरूप दिन आफ्नो सक्रिय सहभागिता लाद्न सक्ने विकसित राष्ट्रिय पूँजीवाद निर्माण गर्न सकिन्छ भन्ने भ्रम छरिरहेकाछन्।

    ४

    समकालिन साम्राज्यवादीहरूका मुठ्ठीभरको कुलिनतन्त्रलाई ट्रायडका देशहरूमा र विश्वस्तर (इतिहासको अन्त्य) मै पनि तोड्न असंभव जस्तो देखिन्छ। जनमत अपराधी, राष्ट्रवादी वा तानाशाही निरङ्कुसता जस्ता घिनलाग्दा उपनामहरूले सिंगारिएको यसको विगतको प्रतिद्वन्दी समाजवादको साटो— यसको छद्मरूप बजार लोकतन्त्रमा विश्वास गर्छ ।

    तथापी धेरै कारणहरूले गर्दा यो प्रणाली धानिन सक्दैन

    (क)  समकालीन पूँजीवादलाई आलोचना र सुधारका लागि खुला, नविन र सहनशील छ जस्तो गरी पेस गरिन्छ। कसै कसैले अनियन्त्रित वित्तीय पूँजी र यसका साथै आउने खर्च नियन्त्रणका (austerity) नीतिहरूका दुरब्यवहारहरूको अन्त्य गर्न— र पूँजीवादलाई स्वयमबाट बचाउन सकिन्छ भनी दावी गर्छन्। तर यस्ता दावीहरू बेकार हुन् किनभने हालका पूँजीवादी अभ्यासहरूले ट्रायडका केही मुठ्ठीभर कुलिनहरूको मात्र स्वार्थ रक्षा गर्छ किनभने उनीहरूले देश र जनता गाँज्ने आर्थिक ठहरावको अवस्थामा पनि सम्पत्तिको निरन्तर वृद्धिको ग्यारेन्टी गर्न सक्छन्।

    (ख)  युरोपेली उपप्रणाली—युरोपियन युनियन साम्राज्यवादी भूमण्डलीकरण अभिन्न अङ्ग हो। यसको रचना नै समाजवाद विरोधी र साम्राज्यवाद पक्षीय चेतकासाथ अमेरिकी सेनाको आदेश मातहत रहने गरी गरिएको थियो। यसभित्र जर्मनीले विशेषतः युरोजोनको फ्रेमवर्क भित्र र पूर्वी युरोपमाथि आफ्नो प्रभुत्व लाद्छ र अभ्यास गर्छ, जसलाई अमेरिकाले ल्याटिन अमेरिकालाई कज्याए जस्तै गरी कज्याउँछ। जर्मन युरोपले जर्मनको मुठ्ठीभर कुलिनतन्त्रको राष्ट्रिय स्वार्थको सेवा गर्छ जो अहंकारका साथ ब्यक्त हुन्छ। यो युरोप धानिन सक्दैन र यसको विस्फोटन देखिन थालिसकेको छ।

    (ग) ट्रायडभित्र पर्ने देशहरूको बृद्धिविकासमा देखापरेको गतिहिनताको दाँजोमा भूमण्डलीकरणबाट फाइदा लिन सफल दक्षिणको बृद्धि गतिमान छ। यसको केन्द्र (गुरुत्वाकर्षण केन्द्र) आन्ध्रमहासागर पश्चिमका देशहरूबाट दक्षिण, विशेषगरी एसियामा सरिरहेका भए तापनि पूँजीवाद जिउँदो र चलायमान छ भनी हतारमा निष्कर्ष निकालिएको छ। वास्तवमा सत्य के हो भने यो ‍ एतिहासिक सुधारात्मक गति वा आन्दोलनलाई अघि बढाउन रोक्ने बाधाहरु चाँडो नै हिंसात्मक बन्ने छ,  जसमा सैनिक आक्रमणमेत हुनसक्छ। साम्राज्यवादी शक्तिहरू परिधि बाहिरको ठुलो वा  सानो कुनै पनि मुलुकहरुलाई आफ्नो अधिनबाट मुक्त हुन दिने चाहना राख्दैनन्।

    (घ) पूँजीवादको फैलावटसँग जोडिएको पर्यावरणीय विनासले पनि यो प्रणाली किन धानिन सक्दैन भन्ने तथ्यलाई थप बल पुर्‍याउँछ ।

    हाल हामी पूँजीवादलाई सबल तुल्याउने जनता र समाजवादी परिप्रेक्षको बसन्त ऋतु बिनाको पूँजीवादको शरद ऋतुको चरणमा छौं। पूँजीवादको वर्तमान चरणमा प्रगतिशील सुधारको सम्भावना केवल मिथ्या हो। समाजवादी अग्रगमनको कल्पनामात्र गर्ने होइन त्यसलाई कार्यान्वयन गर्नसक्ने अन्तरराष्ट्रिय जण्ड वामपन्थको नवीनीकरण गर्नु बाहेक अर्को विकल्प छैन। पूँजीवादका संकटको अन्त्य गर्ने कोशिस गर्नुभन्दा यस्तो संकटग्रस्त पूँजीवादकै अन्त्य गर्न आवश्यक छ।

    माथि उल्लिखित चार परिकल्पनाहरूमध्ये पहिलो कल्पनामा आधारित ट्रायड मुलुकका, विशेषगरी युरोपका जनताहरूको साम्राज्यवादी विकल्पलाई कुनै निर्णायक तत्व वा घटनाले प्रभाव पार्न  सक्दैन। विश्व प्रणालीका पीडितहरूले युरोपेली आयोजनाले तयार पारेको मार्गबाट पहिले ध्वंश गरी अर्को दुरदृष्टिद्वारा (vision) पुननिर्माण गर्ने गरी उम्कने उपाय सोच्न असक्षम छन्। ग्रिसको सिरिजा, स्पेनको पोडेमोस र फ्रान्सको इन्सोमाइसेका अनुभवहरू, जर्मन दी लिङ्केको हिचकिचाहट र अन्यले उत्तल चुनौतिको विस्तार र जटिलतालाई उजगार गर्छन्। युरोप सम्बन्धमा आलोचनात्मक सोच राख्नेहरू विरुद्ध लगाइने राष्ट्रवादको सजिलो आरोपमा कुनै दम छैन। युरोपेली आयोजना जर्मनीको बुर्जुवा राष्ट्रवाद हो भन्ने कुरा दिन प्रति दिन स्पष्ट हुँदैछ । अन्यत्र जस्तै युरोपमा पनि राष्ट्रिय, लोकप्रिय र लोकतान्त्रिक आयोजनाको (बुर्जवा होइन, निश्चय नै बुर्जुवा विरोधी) विकल्प छैन जसले साम्राज्यवादी भूमण्डलीकरणबाट छुटकारा पाउने मार्ग प्रशस्त गर्नेछ। प्रणालीसँग  जोडिएको सम्पत्ति र शक्तिको अति केन्द्रीकरण भङ्ग हुनु आवश्यक छ।

    यस कल्पनाअनुसार, सबैभन्दा सम्भाब्य नतिजा वा उपलव्धि भनेको बिसौं शताब्दीको सुधारिएको पुनःनिर्माण होः  प्रणालीको केही परिधि बाहिरका क्षेत्रहरुमा  विशेषरुपमा गरिएका  प्रगतिहरु। । तर यी  प्रगतिहरु पनि विगतका प्रगतिहरु त्यस समयकै जस्तै  र त्यस बेलाकै जस्तै साम्राज्यवादी शक्ति केन्द्रहरुले तिनीहरू विरुद्ध चलाएको स्थायी युद्धका कारणले  कमजोर हुनेछन् र धेरै हदसम्म प्रगतिहरु कै सीमाहरु र विचलनहरुका कारण  भर पर्नेछन्। श्रमिक तथा जनताको अन्तरराष्ट्रियवादले आवश्यक र संभव क्रमिक विकासको मार्ग प्रशस्त गर्नेछ।

    यी उपायहरूमध्ये पहिलो उपाय “सभ्यताको अवनति”  मा निर्भर छ । यसको अगाडि बढ्ने मार्ग कसैको दिमागी उपज हुनु पर्दैन बरु क्षयीकरणको प्रकृयामा उत्पन्न हुने स्थितिले थोपरेको अवस्थाहरूको सम्बोधनमा गोरेटाहरू कोरिनुपर्छ। यद्यपि हाम्रो युगमा पर्यावरणीय र सैनिक विध्वंशका शक्तिहरू र त्यस्ता शक्तिहरू उपयोग गर्ने तजविजी अधिकार प्राप्त गरेको अवस्थामा, आफ्नो जमानामा मार्क्सले निन्दा गरेको जोखिम भनेको यस्तो लडाईले एक अर्काको विरोध गर्ने सबै पक्षहरूको विनास गर्नसक्ने वास्तविक सम्भावना हो ।

    यसको विपरित दोस्रो उपाय भनेको श्रमिकहरू र सबै जनताहरूको पराराष्ट्रिय मञ्चको स्पष्ट र संगठित हस्तक्षेप हो ।

    वर्तमान विश्वव्यापी साम्राज्यवादी पूँजीवादी व्यवस्थाको विकराल स्वभावको बारेमा विश्वस्त यथार्थवादी लडाकूहरूका लागिश्रमिक र उत्पीडित जनताहरूको  नयाँ परार्राष्ट्रिय गठबन्धनको निर्माण गर्नु हाम्रो  मुख्य उद्देश्य हुनुपर्दछ। यो गहन जिम्मेवारी हो र  कुनै पनि ठोस परिणामहरू प्राप्त गर्नका लागि धेरै वर्षहरू काम गर्नु आवश्यक पर्छ।

    हाम्रो हकमा हामी निम्न प्रस्तावहरू अघि सार्दछौं:

    (क) लक्ष्य  संगठनको रूपमा विकसित हुने सहकार्य गठबन्धन निर्माण गर्ने हुनुपर्छ, आन्दोलन मात्र होइन। यसको अर्थ छलफल गर्ने फोरमको अवधारणा भन्दा अघि बढ्नु हो। यसमा आन्दोलनहरू तेर्सो (horizontal) हुन्छन् र स्वभावैले लोकतन्त्र विरोधी हुन्छन् भनिने तथाकथित ठाडो (vertical) संगठनहरू प्रति शत्रुवत हुन्छन् भन्ने प्रचलित मान्यताका अपूर्णताहरूको विश्लेषण गर्नु पनि पर्दछ। संगठन वास्तवमा कामकारवाहीको परिणाम हो जसले स्वयम् नेताहरू उत्पन्न गर्छ। ठाडो (vertical) संगठनहरूले आन्दोलनलाई  वशमा राख्ने मात्र होइन, हेराफेरी पनि गर्ने आकांक्षा राख्न सक्छन्। तर उपयुक्त विधानद्वारा यो खतराबाट जोगिन पनि सम्भव छ। यसमाथि छलफल चलाईनु पर्छ।

    (ख) विगत कै भए पनि, श्रमिक अन्तरराष्ट्रियहरू (Worker Internationals)  स‌गठनको अनुभवहरूको गम्भीरतापूर्वक अभ्ययन गरिनुपर्छ। यसो गर्नु तिनीहरू मध्येबाट सबैभन्दा उपयुक्त नमूना (मोडल) छान्नलाई होइन बरु समकालिन अवस्थाहरूका लागि सबैभन्दा उपयुक्त नमूना (मोडल) तयार गर्नु हो ।

    (ग) राम्रो संख्यामा लडाकु पार्टीहरू र संगठनहरूलाई निमन्त्रण गर्नुपर्छ। सर्वप्रथम यो आयोजना थालनी गर्न एउटा कमिटि निर्माण गर्नुपर्छ।

    (घ) यो कमिटी निर्माण विगतका दोस्रो, तेस्रो र चौथो अन्तरराष्ट्रियको पुन:निर्माण होइन। यस्तो संगठन अन्यका साथै नयाँ सिद्धान्तहरुका आधारमा गठन गरिनुपर्छः  यस स‌गठनमा सेवा क्षेत्रका तलवी व्यक्तिहरु, किसानहरु, ग्रामीण कृषकहरु र आधुनिक पूँजीवादद्वारा उत्पीडित जनताहरूसहित विश्वका सबै श्रमीक जनताको सहकार्य–गठबन्धन हो । हेक्का रहोस् कि सर्वहारा (यो परिभाषा स्वयम पनि छलफलको विषय हो भन्ने तथ्यलाइ मनन गरिनु पर्छ)को प्रतिनिधि हुन योग्य ठानिएकाहरूको मात्र होइन। यस्तो सहकार्य–गठबन्धन पार्टीहरू, ट्रेड युनियनहरू वा संघर्षमा संलग्न अन्य लोकपृय स‌‌गठनहरूमा विद्यमान विविधतालाई मान्यता र सम्मान दिँदै र उनीहरूको वास्तविक स्वतन्त्रताको ग्यारेन्टी गर्दै गरी निर्माण गरिनुपर्छ ।

    अतः श्रमिक र उत्पीडित जनताहरूको नयाँ पराराष्ट्रिय सहकार्य–गठबन्धन निर्माणलाई ध्यानमा राखेर हामी एउटा बैठकको आयोजना गर्ने सुझाव दिन्छौं। उक्त बैठकमा प्रत्येक क्षेत्रबाट आफ्नो क्षेत्रमा पूँजीवादको आक्रमण विरुद्ध जनताका सरोकारहरूको रक्षा गर्ने प्रतिबद्धताका कारण स्थापित र सम्मानित र सम्भव भएसम्म उनीहरूका आफ्नै संगठनद्वारा आफ्नो प्रतिनिधि चुनेका सक्रियकर्मीहरुको (activists) हुनेछ। राज्यसँग द्वन्द्वरत समुदायहरू र राज्यविहिन समुदायहरूका आवाजहरूको पनि प्रतिनिधित्व हुनुपर्छ। अतः विगतका अन्तरराष्ट्रियहरूको विपरित विविधताको सम्मान गर्दै एउटै देशबाट थुप्रै संगठनहरूले प्रतिनिधित्व गर्नेछन्। त्यस्ता संगठनहरूले हामीलाई के कुराले टुक्रयाउछ भन्ने होइन, हामीलाई के कुराले एकताबद्ध बनाउँछ भन्ने तथ्यलाई स्वीकार गर्न  आवश्यक हुनेछ। अन्त्यमा बैठकले दिर्घकालका साथै अल्पकालिन भविष्यका संघर्षहरूका साझा लक्ष्यहरु पहिचान गर्नुपर्नेछ।

    कमरेडहरू ! हामी तपाईंहरूलाई ऐतिहासिक जिम्मेवारीबोध गर्न आह्वान गर्दछौं। यस बैठकले नयाँ क्रान्तिकारी समाजवादी प्रगति (विगतका क्रान्तिका अनुभवहरूबाट पाठ सिक्दै) अवस्था वा आधारहरू पहिचान गर्न मद्दत पुर्‍याउन सक्छ। यस्तो प्रगतिको अभावमा पृथ्वीमाथि भद्रगोल, क्रुर अभ्यासहरूको शासनले निरन्तरता पाउनेछ र पृथ्वीको ध्वंश हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      समीर अमीन र फिरोज मञ्जी

      समीर अमीन र फिरोज मञ्जी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.