Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हाल चलिरहेको तीनवटै महामारीको ट्रम्प प्रशासन नै जिम्मेवार छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १६, २०७७
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वर्तमानका ३ महामारी
    हाल तीन वटा विश्वमहामारीहरू एकैसाथ चलिरहेका देखिन्छन्। पहिलो महामारी हो – कोरोनाभाइरस। जसले चीनलाई पहिलो पटक हिर्कायो तर संयुक्त राज्य अमेरिकालाई उठ्नै नसकिने गरी थला पार्दैछ।दोस्रो महामारी अमेरिका र बाँकी दुनियाँलाई गरेको आर्थिक असर हो। जसलाई पहिलो महामारीले उव्जाएको हो।  तेस्रो एसियाली मूलका मानिसहरुबिरूद्ध जातीय विभेदको विश्व महामारी हो जुन अहिलेसम्म थामिएको छैन।

    यी तीनवटै एकैसाथ आइलागेका विपत्तिहरू मानवताका लागि आधुनिक इतिहासमा सबभन्दा ठूलो चुनौतिका रुपमा खडा भएका छन्। यस्तो चुनौति हटाउने अचूक उपचार भनेको ट्रम्पवादको अन्त्य गर्नु हो।

    यी ३ वटै संकटहरुको बिऊ ट्रम्प प्रशासनले छर्दैछ
    सर्वप्रथम, ट्रम्प प्रशासनलाई अलगाववादले चित्रण गर्छ। जसले कुनै घटना वा चीजहरू बीचको सम्बन्ध र अन्तरनिर्भरता हेर्न असफल हुन्छ। अलगाववादले विभाजन गरी-विजय हुने ट्रम्पको वा ब्रिटिश औपनिवेशिक साम्राज्य र अमेरिकी-सोभियत संघको शीतयुद्धकालको विरासतबाट प्राप्त एकपक्षीय उपलव्धी लिने मानसिकतालाई बुझाउँछ। अमेरिकाले कोरोनाभाइरस महामारीको बिरूद्धको लडिरहेकाबेला डब्ल्यूएचओलाई सहयोग बन्द गर्नु र अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याउन लागेको वैश्विक आर्थिक संकटमोचन कार्यक्रमलाई ‘अमेरिका प्रथम’ सिद्धान्त कार्यान्वयन गर्ने नाममा रोक्यो। सो वैश्विक आर्थिक संकटमोचन कार्यक्रम अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा दस्तावेजीकरण गरिएको थियो। (जो ग्लोवल थट सम्बन्धी विषयका कोलम्बिया युनिभर्सिटीका प्रोफेसर एडाम टुजद्वारा, ‘अमेरिकाले नरोकेसम्म विश्वमहामारी उद्धार आउँदै थियो’ नामक दस्तावेज अप्रिल १७ मा फरिन पोलिसीले प्रकाशित गरेको छ)।

    ट्रम्पको कल्पनामा, सारा संसारसँगको संलग्नताको कारणले अमेरिकाको अवस्था झन् खराब हुँदै गयो भन्ने बसेको छ। यसकारण बाँकी विश्वलाई फाइदा मात्र दिइरहनु पर्ने त्रासले बाँकी विश्वसँगको संलग्नता वा सम्बन्धलाई बन्द गरियो भने अमेरिकालाई उसको स्थिति सुधार हुन्छ वा पुनः महान हुन सकिन्छ भन्ने लागेको छ।

    स्पष्ट छ, उनको कल्पना गलत सूचना वा नक्कली भ्रामक समाचारमा आधारित छ। तर त्यस्ता सूचनाहरुलाई उनका सल्लाहकार केली एनी(कन्वेले ूवैकल्पिक तथ्यहरुू भन्ने गर्छन्। यो कुनै आश्चर्यजनक कुरा होइन कि व्हाइट हाउसमा रहेको भ्रममा आधारित राष्ट्रपतिले लिएका निर्णयहरूले कोरोनाभाइरस महामारी र आर्थिक संकटलाई झन् चर्काइरहेका छन्। यी दुवै समस्याले अमेरिका र बाँकी विश्वलाई वर्तमान र भविष्यलाई अँध्यारोतिर धकेल्नेछ।

    दोस्रो, ट्रम्पले आफ्नो राष्ट्रपतिको निर्वाचन अभियानलाई प्राथमिकता दिन कोरोनाभाइरसको विश्वमहामारीलाई अमेरिकाभित्र ओझेलमा पारिदिए तथा आर्थिक गिरावटको फाइदा उठाउँदै राष्ट्रपति पदलाई अजङ्ग महत्वको बनाउन बाहिरी दुनियामा चलेको महामारीप्रति वेवास्ता गरे। र, पपुलिस्ट तथा श्वेत वर्चस्ववादीहरूलाई खुशी पार्न एशियाई मूलका मानिसहरुविरुद्ध र जातीय घृणा फैलाउन अमेरिकी मूलधारका मिडियामा व्यवस्थित प्रचार गराए।

    उदाहरणका लागि, हालसालै सार्वजनिक गरिएको सार्वजनिक प्रसारण सेवा (पीबीएस) डकुमेन्ट्री ‘कोरोनाभाइरस विश्वमहामारी’ ले वाशिंगटन राज्यमा कोरोनाभाइरसको बढ्दो सामुदायिक संक्रमणको कारण ट्रम्प प्रशासनको अज्ञानता हो भन्ने प्रशस्त प्रमाण प्रस्तुत गरेको छ। यसका प्रमाणले अमेरिकामा कोरोनाभाइरसको राष्ट्रव्यापी प्रसार किन भइरहेको छ भनेर वर्णन राम्ररी गरेको छ। पीबीएस अनुसन्धानकर्ता पत्रकार माइल ओ ब्रायनले यसलाई ‘दुई वाशिंगटनको कथा’ भनेका छन्।

    आर्थिक क्षतिपूर्तिको सन्दर्भमा न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ कि साना संघीय सरकारले दिने आकर्षक ऋणसुविधाहरु साना उद्यमीहरुबाट भिमकाय कर्पोरेटहरू को हातमा पुगेको छ जो ट्रम्पको पुनस् चुनाव अभियानका लागि दाता हुनसक्दछन्।

    तेस्रो, ट्रम्प प्रशासन सेतो वर्चस्वबादी र जातीयघृणावादी हो। ट्रम्पले कोरोनाभाइरसलाई ‘चाइना भाइरस’ वा ‘चिनियाँ भाइरस’ भनेर बोलाउनु मात्र उनको चीन विरोधी एजेन्डाले मात्र प्रेरित गरेको छैन, यो उनको चिनिया विरोधी एजेन्डा पनि हो।

    यस्तो एजेन्डा मध्यकालीन युरोपबाट शुरु भएको पूर्वी एशिया पश्चिमका लागि खतरा ठान्ने ‘पहेंलो खतरा’ भन्ने प्रस्तावना देखि नै गहिरो गरी गाडिएको छ। यही प्रस्तावनाले उत्तर अमेरिकामा ‘चिनियाँ बहिष्करण ऐन१८८२’ ल्याइयो। यसैलाई अमेरिका र पश्चिमी विश्वले २१ औं शताब्दीमा ‘चीन खतरा’ को रुपमा आधुनकि जलप दिई प्रचारप्रसारलाई निरन्तरता र विस्तार गर्दै आएका छन्।

    ट्रम्प सत्तामा आएदेखि चीनलाई “प्रतिगामीशक्ति” ९खासगरी अग्रगमनमा बाधा पुर्‍याउन प्रशान्तक्षेत्रमा शक्ति सन्तुलन खलवल्याउने भनेर चित्रित गरिएको पदावली० र “रणनीतिक प्रतिद्वन्द्वी” करार गर्दै उनको सरकारले पश्चिमी इतिहासको चौथो चिनियाँ विरोधी आन्दोलनको शुरुवात गरिसकेको छ। अमेरिका-चीन व्यापार घाटाको कारण भएको आर्थिक विफलतालाई अन्यत्र मोड्न गरिएको चीनविरुद्धको कर युद्धमा अमेरिका पराजित भएपछि, अब अमेरिकाले आफ्नो मुलुकमा कोरोनाभाइरसको राष्ट्रव्यापी प्रसार हुनुमा डब्ल्यूएचओ र चीनलाई दोषारोपण गर्दैछ।

    ट्रम्प अमेरिकी नेतृत्व मातहतका शब्दजालका माहिरहरुको सेनाको मत आधारित (विचार आधारित) लेखहरुद्वारा चिनलाई कोरोना भाइरस फैलाउने दोषी करार गर्दै र त्यसपछि निम्तिएको आर्थिक नोक्सानी विरुद्ध मुद्दा हाल्दै चिन विरुद्ध भ्रमको (गलत सूचनाको) युद्धको नेतृत्व गरिरहेका छन् ।

    गत महिनाभरि महामारीको क्रममा अमेरिकासँग सम्बन्धित एशियाली जातिवाद विरोधी १,५०० घटनाहरूबारे एक नयाँ रिपोर्ट अप्रिल २०, २०२० मा प्रकाशित भएको थियो। जसलाई एसियाली प्रशान्त नीति र योजना परिषद (A3PCON), चाइना फरफर्मेन्टिभ एक्शन (CAA) र स्यान फ्रान्सिस्को स्टेट युनिभर्सिटीमा एसियाली अमेरिकी अध्ययन विभागले गरेको थियो। ट्रम्पले मार्च १८, २०२० मा ‘चिनियाँ भाइरस’ को रूपमा कोभिड–१९ भनिरहँदा एशियनजाति विरोधीवादका घटनाहरूले राष्ट्रव्यापी रुप लियो।

    समाधान के हो?
    माथिका तथ्यहरु अनुसार ट्रम्प प्रशासनले अलगाववाद र जातीयघृणावादले अमेरिकालाई पुनः महान बनाउन सकेन, बरु यसले अमेरिकालाई राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा फेरि निचो बनाउँदैछ।

    अमेरिका र विश्व उत्तम हुनमा ट्रम्प सरकारको विचारधारा बाधक छ। यसर्थ हालका तीन महामारीपूर्ण संकटहरु अन्त्य गर्न ट्रम्प सरकारको विचारधारालाई इतिहासको टोकरीमा हाल्नु पर्छ।

    जीया वेनशान चीनको शेन्दोङ्ग विश्वविद्यालयमा एक सहायक प्राध्यापक र चैपम्यान विश्वविद्यालयको कम्युनिकेशन स्कूलका प्राध्यापक हुन्। सिजिटिएन २७ अप्रिल २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.