Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » फासिवादका ३१ लक्षणहरू

फासिवादका ३१ लक्षणहरू

लक्षणहरुलाई एक–एक गरी हेरिएमा राजनीतिक क्षेत्रमा जहिलेपनि देखिरहेका हुन्छन्।

पल स्ट्रीट by पल स्ट्रीट
February 2, 2021
- विमर्शका लागि, सामयिक
A A
1.7k
VIEWS
Share on FacebookShare on Twitter
पल स्ट्रीट

मैले चिनेका “वामपन्थीहरु” का भुमिगत कार्यकताहरु र अन्य वामपन्थीहरुले ट्रम्प र उनका पिछलग्गुलाई फोहोरी शब्दहरु र फासीवादी भन्दै वर्णन गर्छन्। के ट्रम्पहरु फासीवादी हुन्? यदि हामीले युक्तिसंगत परिभाषा दिने हो भने यसो भन्न सकिन्छ।“फासिवाद एकल, सजिलै पहिचान हुने सिद्धान्त होइन, यसलाई (मनोविज्ञानमा झैं) विभिन्न लक्षणहरुबाट अभिव्यक्त राजनीतिक कारण र असरका रुपमा बुझ्नु पर्छ।

नेवर्ट भन्छन्– लक्षणहरुलाई एक–एक गरी हेरिएमा ” ती मध्ये धेरैजसो लक्षणहरु अतिनै साधारण लाग्छन्। तिनीहरू मध्ये केही … राजनीतिक क्षेत्रमा जहिलेपनि देखिरहिएका हुन्छन्। यदि सबै लक्षणहरुलाई एकै स्थानमा राखेर हेर्ने हो भने एउटा सफा तस्वीर देखिने छ।” त्यो तस्वीर नै फासीवाद हो। यो परिभाषा डेभिड नेवर्टको हो। जुन उनको २००९ मा प्रकासित “सहांरवादीहरुः घृणायुक्त बोलीचालीले कसरी अमेरिकी दक्षिणपन्थीलाई कट्टरपन्थी बनायो“ नामक एक गहन पुस्तकभित्र छ। त्यसमा उनले फासीवादको प्रष्ट तस्वीर उतारेका छन्।

अब हामीलाई लाग्न सक्छ– फासीवादको तस्वीरलाई राम्ररी केलाउँदा केकस्ता लक्षणहरु होलान्? यहाँ मैले ती फासीवादका ३१ वटा प्रमुख लक्षणहरू उल्लेख गर्दैछु। तथापी यी लक्षणहरुसम्बन्धी अवधारणा र भनाइमा मबाट उपज भएको मेरो दावी छैन।

१. उदारवादका लम्पट विरोधीहरुको समाजवाद /साम्यवादका लम्पट विरोधी र पुरातनवाद विरोधीहरुसँगको गठबन्धन बनेको हुनु। यस्तो गठबन्धन फासीवादीहरु अन्य क्षेत्रहरुसँग, विशेषगरि पुरातनवादी पक्षसँग मिलेर अनुक्रिया गर्न इच्छुक हुन्छन् भन्ने बुझाई अनुसार बन्ने गर्दछ।

२. गम्भीर राष्ट्रिय र सामाजिक संकटहरु छन् जसको उदारवादी र पुरातनवादीका परम्परावादी उपायबाट प्रभावकारी सामना गर्न सकिँदैन भन्ने धारणा हुनु।

३. गौरवशाली राष्ट्रिय विगतलाई दुष्ट उदारवादी र कम्युनिष्ट सम्भ्रान्तहरुले धोका दिए- ” पिठ्युँमा छुरा घोपे” भन्ने मिथक कथ्नु र बदलापुर्ण भावना लिनु। राष्ट्रिय र/वा एक समयको प्रभुत्वशाली जातीय वा धार्मिक समूहको शक्तिमाथि उदारवादी र कम्युनिष्ट सम्भ्रान्तका कारणले भएका वर्गसंघर्ष, आमुल परिवर्तनकारी, उदार ब्यक्तिवाद, बहु-संस्कृतिवाद र बाह्य/ विदेशी प्रभावका ध्वंसात्मक असर परेको विश्वास हुनु।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

May 12, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022

४.” राष्ट्रको पुनर्जन्ममा विश्वास गर्ने उग्रराष्ट्रवाद” का आधारमा राष्ट्रिय पुनर्जन्म हुने विस्वास गर्नु। यसलाई इतिहासकार रजर ग्रिफिनले ” राष्ट्रिय अपनत्व वा राष्ट्रिय पहिचानको उच्च भावनामा आधारित भएर देशको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनको पुनर्उत्थान गर्ने”  अभियान भनेका छन्।

५.आफ्नो विगतको प्रभुत्वशाली राष्ट्रिय, जातीय र/वा धार्मिक समूहलाई अन्यायपुर्वक पिडित बनाइएको प्रगाढ विश्वास हुनु।

६.आफ्नो राष्ट्रिय, जातीय र/वा धार्मिक समूहका विरुद्ध घरेलु वा बाह्य शत्रुहरुले खडा गरेका चुनौतिहरुलाई निर्मूल पार्न कानुनी वा नैतिक सिमा नाघेर जेसुकै कामकार्वाही गरे हुन्छ भन्ने विश्वाससहित आफ्नो समूहको अन्धभक्त हुनु।

७.”हामी र तिनीहरू” भनी विभाजन गर्नमा अति नै पूर्वाग्रही हुनु। जसको कारण ठूलो हानि पुर्‍याएको दोषारोपण गर्दै दानविकृत गरिएका “तिनीहरू” लाई बलिको बोको बनाउने निरन्तर प्रयाश गर्नु।

८.नश्लीय, जातीय, धार्मिक र सांस्कृतिक अन्यहरु (“तिनीहरु”) र राजनीतिक शत्रुहरुको अमानवीयकरण गर्नु। यो दानवीकरण गरिएका “तिनीहरु” र शत्रुहरुले खडा गरेका चुनौतिहरु निर्मुल पार्न विगतका कानुनी र नैतिक मान्यताहरु त्याग्न उद्धत रहने तत्परतासँग घनिष्ट सम्बन्ध राख्ने काम हो।

९.असल र “चुनिन्दा” ठानिने मानिसहरुले खराब भनिएका “तिनीहरु” का मानिसहरुलाई दवाउने “अधिकार” हुन्छ भन्ने मान्यता फैलाउनु। उक्त “अधिकार” डार्बिनवादी र नैतिक श्रेष्ठता प्रदत्त अधिकार हो भन्ने ठान्नु।

१०.समाजवाद र वामपन्थको उग्र र उत्ताउलो विरोध गर्नु। जुन समाजवादी, कम्युनिष्ट र/वा वामपन्थी अराजकतावादी क्रान्तिको वास्तविक वा कथित त्रासको अविरल खेति हो।

११.उदारवादीहरु र “वामपन्थको” ठिमाहा विचारसहित उदारवादीहरुका काल्पनिक कमजोरीहरुको प्रलापपूर्ण प्रचार गर्नु र उग्र वामपन्थीहरुलाई “देश कब्जा गर्नबाट रोक्न” उदारवादीहरु ज्यादै कमजोर छन् भन्ने निरन्तर आरोप लगाइरहनु।

१२.विश्वस्तरीय महानगरहरुलाई दानवीकृत “तिनीहरु”को दुर्गन्धित गर्भगृह ठान्दै तिनीहरु प्रति त्रसित हुनु, शंका गर्नु र घृणा गर्नु: “तिनीहरु” भनेका नश्लीय र जातीय अल्पसंख्यक, प्राज्ञिक, उदारवादी, वामपन्थी, महिलावादी, श्रमिक सकृयकर्मीहरु , नागरिक र मानव अधिकार आन्दोलनहरु, ” यौन अल्पसंख्यकहरु” र जातीय समिश्रणकर्ताहरु हुन्।

१३.देशीविदेशी गोप्यरुपमा मुलुक र घटनाहरुलाई नियन्त्रण गर्छन् भन्ने जस्ता सनकी, आक्रामक र खतरनाक षड्यन्त्रका सिद्धान्तहरु चौतर्फी फैलाउनु।

१४.प्राज्ञिकहरु, विज्ञहरु र तार्किक सार्वजनिक छलफलहरु माथि निरन्तर आक्रमण गर्नु ।

१५.सत्य विरुद्ध निरन्तररुपमा सांस्कृतिक र भ्रामक प्रचार युद्ध छेड्नु: जनताको वास्तविकता बुझ्ने क्षमता माथि निरन्तर प्रहार गरिराख्नु।

१६.पहिले सामान्य मानिएको बुर्जुवा स्वतन्त्र संचार (प्रेस) लाई “(उच्च नश्लका) जनताको शत्रु करार गर्दै दानवीकरण र अपमानित गर्नु। र सूचनालाई “उदारवादी” र “परिवर्तनकारी वामपन्थी” को टाढा र पहुँच बाहिर पुर्‍याउन फासीवादीहरुको आधारसम्म सजिलै पुग्ने प्रोपागान्डा र सत्य विरोधी समाचार र उद्घोषण गर्ने छुट्टै संचार–अखाडा बनाउनु।

१७.क्रान्तिकारी र रुपान्तरणकारीको कलेवरमा परम्परागत सामाजिक र राजनीतिक पदको खुड्किला बनाउनु र महिमा गान गाउनु।।

१८.”परम्परागत” दमनकारी लैङ्गिक भूमिका, महिलामाथिको हेपाई र महिला अधिकार माथि आक्रमण गर्नका लागि उग्र–पुरुषवादी पुरुष प्रधानतालाई बढावा दिनु।

१९.कानुनी राजमाथि अविश्रान्त आक्रमण साथै कानुन र ब्यवस्था कायम गर्ने नाममा प्रहरी र सैनिक राज्य कायम गर्नु: कानुन र ब्यवस्थाको नाममा कानुनको उपहास गर्नु।

२०.संवैधानिक र संसदीय नियन्त्रण तथा सन्तुलन अस्वीकार गर्नु र एक दलीय शासन ब्यवस्था कायम गर्ने चाहना राख्नु।

२१. विजय कि हार, वृद्धि कि असफलता, सामर्थ कि दुर्बलता र “महानता” कि लघुताभाष जस्ता सवालमा चित या पोट जस्तै एक पक्षमा सामेल हुनैपर्ने सामाजिक डार्विनवादीको जस्तो अडान लिनु ।

२२.अश्वेतहरु सहित बृद्ध, अपाङ्ग र दुर्वलहरुलाई खिज्याउनु र “तिनीहरु”लाई “कमजोर” र चाँडो मृत्यु स्वभाविक ठान्नु।

२३.धोका दिइएको र पिडित राष्ट्र/ चुनिएका जनताको महानता पुनस्थापना गर्न सक्ने जन्मजात, सदा पुरुष नेता हुनुपर्ने मान्यतालाई सम्झदै महामानवका रुपमा कसैलाई चित्रित गर्नु।

२४.तर्क र बौद्धिक छलफल भन्दा अन्त:प्रेरणा र इच्छाशक्ति श्रेष्ठ हुनेमा विश्वास गर्नु र अरुको सहज ज्ञान र अमूर्त तर्कको तुलनामा नेताको सहज ज्ञान र इच्छाशक्ति उत्तम हुन्छ भन्ने विश्वास गर्नु।

२५.आपत्तियोग्य निरङ्कुशता, जातिवाद, सैनिकवाद, साम्प्रदायिक, यौनभेदवादी लक्ष्यहरुलाई पर्दाले ढाक्न लोकतन्त्र (“जन चाहना”) र सामाजिक सद्भाव जस्ता बहुसंख्यकले स्वीकारेका आदर्शहरुको निरन्तर रट लगाइरहनु।

२६. सेना, अति सैनिकिकरणको जयजयकार गर्नु  र हिंसालाई प्रश्रय दिनु।

२७. राजनीतिक प्रतिद्वन्द्वीहरु र आलोचकहरु विरुद्ध हिंश्रक हुनु।

२८. अभिनयात्मक तामझाम, नाटकीय भेला, बारम्बार भइरहने रिस उठ्दा घृणा जुलुसहरु आयोजना गर्नु। यसैगरी राष्ट्र र/वा आफ्ना भाटहरु र पिडित मानिएका नश्लीय, जातीय, राष्ट्रिय र/वा धार्मिक समुहहरुप्रति महानताको भाव प्रदर्शन गर्न विशाल तामझामहरु गर्न लालायित हुनु।

२९. मन परेका/ चुनिएका राष्ट्र/ समुहहरुको प्रतिरक्षामा र दानवीकरण गरिएका “तिनीहरु” र ” जनताका शत्रुहरु” को भर्त्सना गर्न भावनात्मक रुपले ( “सदा सर्बश्रेष्ठ”, ” सर्वथा खराब”, “गजब” डरलाग्दो , घिनलाग्दो, यस्तै यस्तै भाषामा)  अतिरञ्जित र उग्र बक्तब्यवाजी गर्नु। ।

३०. महान नेता र उनको पार्टी प्रति इमान्दार नरहेका ठानिकाहरुको बारम्बार पजनी गर्नु ।

३१. झुठो पपुलिष्ट आवरणमा गुप्तरुपमा पुँजीवादी सम्भ्रान्तहरु र पुँजीवादको सेवा गर्नु र उनीहरुसँग साँठगाँठ गर्नु।

कमरेडहरु, ! यिनै हुन् फासीवादीका ३१ लक्षणहरु।

अन्तमा तपाईहरुसँग मेरो अनुरोध छ–सामाजिक न्याय, लोकतन्त्र, र पर्यावरणीय दिगोपनाको लागि  गरिने आफ्ना आन्दोलनहरु र फासीवादी राष्ट्रवादबिचको  भिन्नता छुट्याउन सिक्नुहोस्। यसो गर्न मेरो सूची उपयोगी हुनसक्छ हरदम सँगै राख्नुहोस्। यी ३१ वटा लक्षणहरु सबैलाई पहिचान गर्न र त्याग्न हरदम तयार हुनुहोस्; तर ग्रहण कहिल्यै नगर्नु होस्।

जनवरी २९, २०२१ मा काउञ्टर पञ्चमा प्रसारित को अंश अनुवाद ।

पल स्ट्रीट The Hollow Resistance: Obama, Trump, and Politics of Appeasement का लेखक हुन्।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पल स्ट्रीट

पल स्ट्रीट

पल स्ट्रीट The Hollow Resistance: Obama, Trump, and Politics of Appeasement का लेखक हुन्।

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

मुलुक दुई दलीयतातिर होइन, यिनीहरुका विरुद्ध नयाँ एलाइन्स या मुभमेन्ट खोज्दैछ

by सरिता तिवारी
May 12, 2022

हाम्रो राजनीतिमा एउटा वामपन्थ, अर्को दक्षिणपन्थ पक्ष तथा वाम र दक्षिणपन्थीबीचको अर्को पक्ष छ। समाजलाई प्रगतिशील बनाउनका लागि फरक शक्तिहरूबीच...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

by nepal_readers
May 6, 2022

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

Leave Comment

Recommended

अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगपत्रमा के छ?

अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगपत्रमा के छ?

3 years ago
दश हजार जनालाई मार्क्सवादको अध्ययन गराइने

दश हजार जनालाई मार्क्सवादको अध्ययन गराइने

5 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In