Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाल, भारत र चीनबीचको सहकार्यबारे उपेन्द्र यादवको दृष्टिकोण

उपेन्द्र यादव उपेन्द्र यादव
असार २, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्रिदेशीय सहकार्यको बारेमा छलफल गरिँदा सबभन्दा पहिला नेपालको आन्तरिक राजनैतिक अवस्थालाई अरु मुलुकसँग जोडेर पन्छाउने गरिनु हुँदैन। त्यसले कुनै मुलुकसँगको सहकार्यलाई न त शुरु हुुन दिन्छ न त अघि बढ्न दिन्छ।  

    हाल,नेपालको तराइमा समस्या छ। राजनीतिक, आर्थिक र समाजिक समस्याहरु छन्। त्यसमा पनि धेरै चाहिँ राजनीतिक र साँस्कृतिक छन्। पहाडमा पनि छ। नेपालको तराइमा समस्या छ। राजनीतिक, आर्थिक र समाजिक समस्याहरु छन्। त्यसमा पनि धेरै चाहिँ राजनीतिक र साँस्कृतिक छन्।

    यो काठमाडौंको घटना मात्रै नेपालको इतिहास होइन। यो काठमाडौं बनाउने पनि त बाहिरबाटै ल्याइएको हो। तिनीहरुका पनि त इतिहास थियाे नि! चाहे त्यो मिथिला होस्, चाहे त्यो कोचिला होस्, या त्यो कोलीयाको होस्।

    पहाडमा पनि छन्। म अस्ति लिम्बुवानमा गएकाे थिए। त्यहाँ लिम्बुवानका केही नेताहरूले उदाहरण दिदैँ भने कि– हामीहरुलाई ठगठाग गरेर जसरी हाम्राे जमीन हडपियो र यस्ताे दुर्दशामा पुर्‍याइयो, अब किन हामी आफ्ना लागि नबोल्ने? किन नलड्ने। यस्ता भावना त्यहाँ विकसित भएको छ।

    त्यस्तै सोलुमा जादाँ त्यहा शेर्पाहरुको ठूलो जमात भेट्न आए। उनीहरुले के भने भन्दा– होइन कहाँ तराइ र पहाडमा मात्रै विभेदको कुरा छ र ? हामीलाई त यो भोटे, तिब्बतियन भनेर नागरिकता लगायत अरु कुराबाट समेत बञ्चित गरेर राखिएको छ।

    पश्चिम खसानतिरका खसहरु दाजुभाईहरुको पनि भनाइ यसै रहेछ– हामीले त सबैकुरा गुमाइसकेका छौं जब कि काठमाडौंमा हाम्रै नामले राज्य गर्छन् भन्ने उहाँहरुकाे कुरा थियाे।

    त्यसकारण यस्ता प्रश्नहरु नेपालमा छन् र त्यसलाई नेपालले समाधान गर्नुपर्छ। यसरी भोटेहरु तिब्बतियन भइदिने, मधेशीहरु भारतीय हुने, त्यो उता यो यता भनेर गयौं भने हामी समाधानमा पुग्न सक्दैनौ।

    र, अर्काे कुरा के भने खासगरि यो काठमाडौंमा बस्ने साथीहरुको लागि मैले भन्र खाेजेकाे हाे–यो काठमाडौंको घटना मात्रै नेपालको इतिहास होइन। यो काठमाडौं बनाउने पनि त बाहिरबाटै ल्याइएको हो। तिनीहरुका पनि त इतिहास थिए नि! चाहे त्यो मिथिला होस्, चाहे त्यो कोचिला होस्, या त्यो कोलीयाको होस्। धेरै साँस्कृतिक पक्षहरू अत्यन्त प्राचीन र अत्यन्त समृद्ध सभ्यतासँग सम्बन्धित रहेका छन्। तिनलाई पनि हामीले नेपालकै इतिहासको रुपमा लिन सक्यौं भने मात्र त्यसले एउटा उदार र फराकिलो भावना ल्याउँछ। त्यसैले नेपालको इतिहास काठमाडौं मात्रै होइन।

    मल्लकालकै कुरा गर्नु  हुन्छ भने मल्ल को थिए ? हरिसिंह देव मल्ल कहाँबाट आएका थिए ? उनका सन्तानहरु को थिए ? मनमा राख्नुहोस् कि ती सिमरौनगढबाट नै आएका थिए। यी इतिहासका विषयहरु छन्। अहिले यतातिर धेरै नजाऔं।

    अब अर्को कुरा आयो, सम्बन्धको कुरा । यसमा दृष्टिकोण पनि राम्रो छ र भावना पनि राम्रो छ।

    आजको युग भनेको सहकार्यको युग हो। मर्कासुरको ल्याटिन अमेरिकामा, अरबहरुको अरबलीग वा युरोप, त्यत्रो काटमारको इतिहास भएको ठाउँमा एउटै मुद्रा चल्दैछ। खुल्ला सिमाना छ, कुन बेला कुन देशमा छिरियो थाहा नै हुदैन। त्यसरी उनीहरु क्षेत्रीय सहकार्यमा अगाडि बढिरहेका छन्। तर हामी कहाँ त्यस्ताे प्रयासकाे विकास भएन।

    राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा बखतबखतमा सार्कको कुरा उठ्ने गर्दछ।  त्यसमा युरोपियन युनियन देखि विभिन्न क्षेत्रिय एलाइन्सका कुरा हुने गर्छन्। हामीले पनि ती जस्तै क्षेत्रीय सहकार्य गर्न सकिने गरी सार्कलाई किन विकास नगर्ने ? त्यो सम्भव छ। यसरी सार्कको बिस्तार गर्ने र बिस्तार गर्दा चीनलाई पनि समेटौं भन्ने कुरा आयो। जसले द्विदेशीय, त्रिदेशीय र बहुदेशीय सम्बन्ध अझ बलियो भएर जान्छ भन्ने कुरा थियो। तर मेरो विचारमा, यो सार्क पनि घाँडो नै भएको हो कि? भलै त्यस्तो नहोला। सार्कको बिस्तार गर्ने र बिस्तार गर्दा चीनलाई पनि समेटौं भन्ने कुरा आयो। जसले द्विदेशीय, त्रिदेशीय र बहुदेशीय सम्बन्ध अझ बलियो भएर जान्छ भन्ने कुरा थियो।

    त्यसको विकल्प हेर्ने हो भने बिमस्टेकको कुरा थियो, त्यसमा पाकिस्तानलाई अलग राखेर सजिलो हुन्छ कि भनेर तयार गरियाे तर त्यो पनि भएन, फेल भयो।

    हाम्रो क्षेत्रीय सहकार्यमा धेरै अप्ठ्यारो छ, भौगोलिक र आर्थिक कारणले गर्दा पनि। तरपनि जुन यो त्रिदेशीय सहकार्यको कुरा छ, यसमा भारत, नेपाल र चीन, यो भौगोलिक रुपले जोडिएको छ। भुगोलका साथै लामो इतिहास सँगसँगै जोडिएको छ। अलिकति चीनको पुरानो होला अरु सँगसँगै जोडिएको छ। 

    चाहे राजा–महाराजा, चाहे काङ्ग्रेस वा कम्युनिष्ट पार्टी नै हुन् सबैकाे क्रियाकलापमा के देखियो भने नेपालको राजनीतिलाई नै भारतीयकरण गरिएको छ। सम्पुर्ण राजनीतिलाई। पार्टीको अध्यक्ष बन्न पर्यो भने उतै दौडने।

    एक जमाना थियो, तिब्बत, काठमाडौं हुदै पाटलीपुत्र पुग्ने ठुलो व्यापारिक मार्ग थियो। आवत–जावत गर्ने ठुलो आर्थिक बेल्ट नै थियो। अब त्यो समयको आर्थिक अवस्था र अहिलेको औद्योगीकरणलाई तुलना गर्न सकिदैन। यो युग नै परिवर्तन भइसक्यो तर त्यो एकदमै फाइदाजनक र सहकार्य पनि थियो। चन्द्रगुप्त मौर्यको कालमा पनि यो सहकार्य महत्वका साथ बढेको थियो। र अहिले पनि यो महत्वपूर्ण छ। यो सहकार्य शान्ति, स्थायित्व सँगसँगै आर्थिक विकासको लागि पनि महत्वपूर्ण छ।

    अबको बदलिँदो युग भनेको एसियन युग भनेर जसरी भनिरहेका छौं, यसमा चीन, जापान, कोरिया, भारत जसरी विकास हुँदै आएको छ र यो फैलँदो अवस्थामा पनि छ। मलेसियाले ठाँउ लिँदैछ। सिङ्गापुर अगाडि आइसक्यो। बिस्तारै बिस्तारै भियतनाम अगाडि आउदैछ, त्यहाँ दुई अङ्कमा आर्थिक विकास छ। कम्बोडिया, जो ध्वस्त भएको देशको अहिले दुई अङ्कमा आर्थिक विकास भइरहेको छ।

    यस्तो समयमा हाम्रो आर्थिक विकास भने ०.७ प्रतिशत मात्र छ। कुनै समयमा ७ प्रतिशतसम्म थियो। गिरिजाप्रसाद कोइराला प्रथम पटक प्रधानमन्त्री हुदाँ झन्डैझन्डै ८ छुनै लागेको थियो। त्यो घटेर अहिले १ भन्दा तल झरेको छ। तर यही समयमा भारत, चीन निकै अगाडि र अन्य राष्ट्रहरु, आफुभन्दा पछाडिका, युद्धमा ध्वस्त भएका मंगोलिया जस्ता देशहरु पनि अहिले अगाडि छन्। तर हामी न कहिले त्यस्तो युद्धमा परेको न त कुनै ठुलो समस्या झेलेको देश आज यति पछाडि पर्‌याे । यसको कारण पनि खाली विदेशीलाई मात्रै दाेष दिने हो भने कहिले पनि समस्याको हल हुदैन।

    दोस्रो कुरा के छ भने, अल्पविकसित मुलुकहरुको पीडा संसारभर बेग्लै छ। चाहे त्यो नेपाल चाहे अफगानिस्तान होस् वा अन्य कुनै। उनको आफ्नै संसार र पीडा छ। ऊ अलिकति बलियोबाट नराम्रोसँग प्रभावित नै छ। तर पनि नेपालमा एउटा विशेषता छ। त्यो के चाहे राजा–महाराजा, चाहे काङ्ग्रेस वा कम्युनिष्ट पार्टी नै हुन् सबैकाे क्रियाकलापमा के देखियो भने नेपालको राजनीतिलाई नै भारतीयकरण गरिएको छ। सम्पुर्ण राजनीतिलाई। पार्टीको अध्यक्ष बन्न पर्यो भने उतै दौडने। प्रधानमन्त्री बन्न उतै दौडने । पार्टी, पद्धति, संघ, संस्था सम्पूर्णलाई भारतीयकरण गरिदिएको छ।

    अझ, नागरिक समाजका केही क्षेत्रहरु जहाँ उसलाई नसोधेर यहाँ केही पनि हुँदैन। उताको आशिर्वाद नभए यता केही पनि नहुने, सरुवा, बढुवा, मन्त्री, प्रधानमन्त्री बन्न पनि नपाइने उतैबाट सूची पनि आउछ कि क्या हो ! यो कसरी भयो त ?

    कसले गर्‌याे ? हाम्रो राजनीति यतिसम्म भयो कि यसको ससङ्कित उत्तर पनि छ, हाम्रो आफ्नो राजनीतिक गतिविधिबाट।

    अर्को कुरा, चीन र भारतको जसरी आर्थिक अवस्था बढेको छ, शक्ति बढ्दै गइरहेको छ । यस्तै उनका दुईवटा कुरामा त्यत्तिकै रुचि पनि बढिरहेको छ, जुन पहिला थिएन, त्यो हो आर्थिक र सुरक्षा। जसरी आर्थिक वृद्धि र बिस्तार बढेको छ त्यत्ति नै सुरक्षाको विषयपनि सघन भएर गएको छ।

    भनिन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा न सिद्धान्त हुन्छ न त नैतिकता नै यसमा त
    खाली स्वार्थ मात्र हुन्छ।

    सुरक्षाको हिसाबमा दुवैको एउटा बिन्दु नेपाल पनि हो। कसरी भने, नेपालको सुरक्षा अवस्था एकदम कमजोर छ भन्ने छ, पछिल्लो समय सारा धन्दा गर्नेहरु नेपालमै आश्रय लिइरहेका छन् भन्ने छ, त्यस्ताहरु यहाँ फेला परेका पनि छन्। पक्रेको पनि घटना छ।

    दोस्रो , चीनका लागि तिब्बतियनको विषयको चिन्ता छ। नेपालको अस्थिर राजनीतिले गर्दा कतै पश्चिमा र तिब्बतियनहरुको कारणले हामीलाई दुख दिने त होइन ? भन्ने सन्देह उसको मनमा छ। भारतका लागि, अपराधी, नक्कली नोट कारोबारी, आतंककारी, कहिले झुटो पनि होला, कहिले साँचो पनि होला तर सबथोक यही छ।

    भारतको लागि खुल्ला सिमाना चुनौतीकै रुपमा समेत छ, तर त्यसलाई व्यवस्थापन गर्नुपर्ने अनिवार्यता छ। 

    यी सबलाई हल नगरिकन यो त्रिदेशीय सहकार्य सँगसँगै अगाडि बढ्ला र? भारत र चीनको सँगसँगै हामी अगाडि बढौंला त? त्यस्ताे सम्भावना देखिन्न। किनकि भारतको पनि सुरक्षा पहिलो त्यसपछि बाँकी कुराहरु प्राथमिकतामा पर्दछन्।

    हुन त, भनिन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा न सिद्धान्त हुन्छ न त नैतिकता नै यसमा त खाली स्वार्थ मात्र हुन्छ। भारतको स्वार्थ आर्थिक र सुरक्षा हो। भनिन्छ, अन्तर्राष्ट्रिय सम्बन्धमा न सिद्धान्त हुन्छ न त नैतिकता नै यसमा खाली स्वार्थ मात्र हुन्छ। भारतको स्वार्थ आर्थिक र सुरक्षा हो। त्यसमध्येमा पनि सुरक्षा पहिलो हाे।

    यी कुराहरूलाई सन्दर्भ राख्दा नै नेपालको असल परराष्ट्र नीति बन्न नसकेकाे बारे बुझ्न सकिन्छ। यसका लागि हामीले केही कुराहरुमा अब छलफल गरिनु पर्छ।

    एक, वैदेशिक नीति कुनै पार्टी वा कुनै नेताको हुदैन यो त राष्ट्रको हुन्छ। त्यसलाई लागु गर्ने तरिका फरक होला तर राष्ट्रको वैदेशिक नीति एउटै हुन्छ, हुनुपर्छ। 

    दोस्रो, हाम्रो सुरक्षा नीति र तेस्रो आर्थिक विकास कसरी गर्ने? यो नीति भएन। हामीले मुलुकको नै नीति बनाउन सकेनौं। मुलुक भित्रको मूल समस्या भनेको नै यही हो।

    तेस्रो, छिमेकी मुलुकहरूकाे अविश्वास हो। अहिलेको अवस्था पनि नेपालप्रति न भारतकाे विश्वास छ न त चीनकाे नै। छिमेकी हुन्, दुखमा साथ दिन्छन् तर नेपालले विश्वास जित्न सकेको छैन। हामी ठुला ठुला कुरा गर्छौ। आश्वासन दिन्छौं तर काम गर्दैनौं। अहिलेको नेपालको अवस्था भनेको भारत र चीनको सन्दर्भमा विश्वास आर्जन गर्न नसकेको अवस्था हाे।

    चौथो, चीन र भारतबीच सन् ६० को जस्तो  सम्वन्ध छैन। अहिले लगातार भ्रमण, छलफल र वार्ताहरु कुटनीतिक तहमा, मन्त्री स्तरीय, प्रधानमन्त्री स्तरीय तहमा छलफल र वार्ता भइरहेका छन्। कैयन कुराहरूमा सहकार्य भइरहेको छ। ६० को दशकमा लगभग ४० मिलियन डलर बराबरको व्यापार हुन्थ्यो । अहिले ९० बिलियन भन्दा बढीको छ। र अबको चार पाँच बर्षमा अझै धेरै बढ्नेछ। दुई देशको सम्बन्ध धेरै अगाडि बढिसकेको छ।

    तर अहिले पनि यहाँ के प्रयत्न भइरहेकाे छ भने राजा महेन्द्रको जस्तो कार्ड प्रयोग गर्ने, कहिले चाइना कार्ड, कहिले इण्डिया कार्ड खेल्न खाेज्ने। यसले त अझ विश्वासनीयता गुमाउँछ र त्यो सफल हुन्न। चीन र भारतको धेरै क्षेत्रमा, सन् ६२ भन्दा अगाडि चाउ एन लाई भारतमा आउँदा र नेहरु चीन जाँदा जनस्तरमा ‘हिन्द–चीन भाइभाई’ भन्ने नारा लागेको थियो। तर ६२ को त्यो घटनालाई दुवै देशले दुर्भाग्य भनेका छन्। त्यो कुरा बाहेक उनीहरु बीचमा बाँकी सबै कुरा अगाडि बढेको छ।

    त्यसकारण हामीले विश्वास जित्दै सहकार्य गर्नु पर्छ। भारत र चीनको सहकार्य धेरै फराकिलो छ। यस समयमा दुवैको विश्वास जितेर हामीले विकास गर्नुपर्छ। उनीहरुको आर्थिक र प्राविधिक विकास मार्फत हामीले पनि फाइदा लिने स्थान बनाउनुपर्छ र सफल भइन्छ। यसको सम्भाव्यता राम्रो छ। उनीहरुको आर्थिक र प्राविधिक विकास मार्फत हामीले पनि फाइदा लिने स्थान बनाउनुपर्छ र सफल भइन्छ। यस्ताे सम्भाव्यता राम्रो छ। र धेरै अवसरहरु पनि छन्।

    कुनै एक भारतीय नेताले चीन र भारतको सम्बन्धको बारेमा भनेका थिए– भुगोलले हामीलाई छिमेकी बनायो, इतिहासले मित्र बनायो र अब अर्थतन्त्रले साझेदार बनाउनु पर्छ। यो अवस्थामा अब नेपालले गर्नुपर्ने कुराहरू के छन् भने

    पहिलो– आन्तरिक राजनीतिलाई मजबुत बनाउने,

    दोस्रो– आफ्नो देशको वैदेशिक नीति प्रष्ट बनाउने,

    तेस्रो– विश्वासनीय वातारण बनाउने।
    तर अहिले नेपाललाई उत्तर र दक्षिण दुबैले विश्वास गर्न सकेका छैनन्। यो अवस्थालाई अन्त्य गर्ने हो भने नेपाल, भारत र चीनको बीचको सहकार्यलाई सहज बनाउन सकिन्छ।

    कुनै पनि मुलुक सानो र ठूलो भन्ने कुराले अर्थ राख्दैन बरु त्यो देशको नीति र नेतृत्वको क्षमताले तय गर्ने कुरा हो। भविष्यमा यो सहकार्य बढ्छ। मैले राम्रो भविष्य देख्छु। त्यसमा हामी नेपाल र नेपालीले नै धेरै काम गर्नुपर्ने अवस्था छ।

    (नेपाल अध्ययन केन्द्रले ०७३ कात्तिक २६ गते आयोजना गरेको ‘नेपाल, भारत र चीन बीच त्रिदेशीय सहकार्य’ कार्यक्रममा उपेन्द्र यादवद्वारा प्रस्तुत विचारको सम्पादित अंश)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      उपेन्द्र यादव

      उपेन्द्र यादव

      उपेन्द्र यादव संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष हुन्। ‘मधेश आन्दोलन’का मुख्य नेताका रुपमा नेपाली राजनीतिमा उदाएका उनी नेपालको उपप्रधान तथा परराष्ट्रमन्त्री रहिसकेका छन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.