Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पूरानो दृष्टिकोणले अब चीनलाई बुझ्न सकिँदैन

सोभियत संघजस्तै चीनलाई रोक्ने आज अमेरिकाले जुन तरिकाले खर्च गरिरहेको छ, त्यो उसैका लागि बोझ बनिरहेको छ। उसै पनि तल्लो तहका ५० प्रतिशत अमेरिकी जनताको अवस्था ज्यादै खराब छ।‘चीनलाई जबसम्म एङ्लो सेक्सन दृष्टिकोणले हेरिन्छ, तबसम्म चीनलाई बुझ्न सकिँदैन। त्यसका लागि एक किसिमको एशियाली दृष्टि चाहिन्छ।’

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक १६, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनियाँ कम्युनिष्ट पार्टीले जुलाई महिनामा आफ्नो शताब्दी समारोहको शुरुवातसँगै अमेरिकासहित पश्चिमा देशहरूले चीनविरुद्ध दुस्प्रचार शुरु गरेका छन्। अखबार, विद्युतीय मिडिया, अनलाइन वा सामाजिक सञ्जालमा लगातार चीनविरुद्ध नकारात्मक प्रचार जारी छ। एक समय अमेरिकालगायत पश्चिमा देशहरु सोच्थे कि ‘जसरी चीनले आफ्नो अर्थव्यवस्था बाहिरी विश्वका लागि खुला गरेको छ, विदेशी पूँजी त्यहाँ आउन लागेको छ, यसैअनुसार चीनले त्यहाँ राजनीतिक सुधार गर्नुपर्छ।’ उनीहरू ठान्थे, ‘अर्थव्यवस्थामा भएको उदारीकरणको प्रभाव राजनीतिमा पनि हुनेछ र अन्ततः चीनमा पनि अमेरिकी वा अंग्रेजी तरिकाको बुर्जुवा लोकतन्त्रको जन्म हुनेछ।’

    चीनबारे पश्चिमाहरू प्रायजसो भन्ने गर्छन् – त्यहाँ पश्चिमा किसिमको लोकतन्त्र छैन। त्यहाँ एक पार्टीको तानाशाही शासन छ, जसका कारण समाज स्थीर छ। समाज अघि बढ्न पाएको छैन। तर पछिल्लो ७० बर्षको चीनको इतिहासले उक्त आलोचनालाई गलत सावित गरेको छ। सन् १९७१ देखि २०१६ सम्मको लगभग आधा शताब्दीसम्म चीन र अमेरिकाको सम्बन्ध ठिकठाक रह्यो। पश्चिमा र अमेरिकी विशेषज्ञहरू अनुमान गर्थे कि निरंकुश र तानाशाही शासनका कारण चीनका जनताबीच अशान्ति पैदा हुनेछ। तर हार्वड–केन्नडी स्कुलले सन् २००३ मा गरेको एक अध्ययनका अनुसार चीनका ८६ प्रतिशत जनता त्यहाँको कम्युनिष्ट शासनलाई समर्थन गर्छन्। दोस्रो पटक अर्थात् सन् २०१६ मा सोही स्कुलले गरेको अध्ययनमा कम्युनिष्ट शासनप्रति समर्थन घट्नुको सट्टा बढेर ९३ प्रतिशत पो पुग्यो।

    चीन सरकारप्रतिको सन्तुष्टि र खुशीको भावना ग्रामिण र दुर्गम क्षेत्रमा निकै बढेको छ। यहाँ यो संख्या ४३.६ प्रतिशतबाट बढेर ७०.२ प्रतिशत पुगेको छ। बिशेष गरेर चीनको कम आय भएका मानिसहरू बस्ने ठाउँमा यो समर्थन झनै बढी देखिन्छ। यी ठाउँहरूमा स्वास्थ्यको गुणस्तर, शिक्षा तथा सामाजिक सेवाका साथै सरकारी पदाधिकारीको तत्परता र सरकारका गतिविधिहरूका कारण जनताको सरकारप्रतिको समर्थन झनै बढेको हो। वास्तवमा चीनियाँ कम्युनिष्ट पार्टीको जरा चीनियाँ जनतामा निकै गहिरोसँग गाडिएको छ। यिनै कारणले चीन आत्मविश्वासले भरिएको मुलुक बनेको हो। तर अमेरिका वा पश्चिमा देशका लागि चीन पहेली किन बनेको छ? उनीहरूले चीनलाई किन बुझ्न सक्दैनन्? ‘ह्याज चाइना वोन’ किताव लेख्ने सिंगापुरका लेखक किशोर महबुबानीका अनुसार ‘चीनलाई जबसम्म एङ्लो सेक्सन दृष्टिकोणले हेरिन्छ, तबसम्म चीनलाई बुझ्न सकिँदैन। त्यसका लागि एक किसिमको एशियाली दृष्टि चाहिन्छ।’

    देङ सियाओ फेङद्वारा गरिएका सुधार
    सन् १९७८ मा जब देङ सियाओ फेङले चीनको सत्ता सम्हाले, उनको यो भनाइ थियो कि चीनले जुन गतिमा प्रगति गरिरहेको छ, त्यो भन्दा पनि बढी गतिमा अघि बढ्नुपर्छ। यसपछि उनले दुई त्यस्ता परिवर्तनहरू गरे, जो त्यस कालमा पुरै विश्वमा कहीँ पनि गर्न सकिएको थिएन।
    पहिलो थियो बजारको भूमिका, निजी क्षेत्रका लागि ठाउँ। उनी अर्थव्यवस्थामा राज्यको मात्र सहभागिता नहोस्, अन्य स्वरुपका योजनाहरूलाई पनि ठाउँ मिलोस् भन्ने ठान्थे।
    दोस्रो परिवर्तन, देङ सियाओ फेङले विश्वभर पहिलाभन्दा धेरै देशहरूसँग सम्बन्ध जोडे। त्यतिखेरसम्म कम्युनिष्ट पार्टीको जुन इतिहास र व्यवहार थियो, त्यसमा यी दुई उल्लेख्य परिवर्तन गर्न उति सजिलो थिएन। यी दुई परिवर्तनले चीनमा जुन प्रगति गर्‍यो, त्यसले देङलाई सही र काविल सावित गर्‍यो। यो चूनौतीपूर्ण र विविधतायुक्त निर्णय त्यही पार्टी लिन सक्थ्यो, जो जनताको बहुमत आकांक्षाको प्रतिनिधित्व गर्न सक्छ। र, त्यही जनमतले आफ्नो वैधता प्राप्त गर्छ।

    चीनबाट हरेक बर्ष १२–१३ करोड मानिसहरु बाहिर जान्छन् तर फर्कन्छन्
    अमेरिका वा युरोपका देशहरूलाई लाग्छ कि चीनमा अभिव्यक्तिको स्वतन्त्रता छैन। चीनियाँहरू आफ्नो विचार राख्न पाउँदैनन्। तर यो कुरा सत्य होइन। सन् १९८० मा चीनका मानिसहरूसँग कहाँ बस्ने, के लगाउने र के पढ्ने भन्नेबारे त्यति धेरै अवसरहरू थिएनन्। तर आज अपेक्षाअनुसार चीनमा धेरै स्वतन्त्रता छ। चीनबाट हरेक बर्ष १२ देखि १३ करोड मानिसहरू विश्वभर निक्लन्छन् तर फर्कन्छन् पनि। यदि चीनमा नराम्रो अवस्था भएको भए के यी बाहिरिएका चीनियाँहरू फेरि देश फर्किन्थे? अहिले अमेरिकाका विश्वविद्यालयमा सबैभन्दा बढी आम्दानी कसैबाट हुने गरेको छ भने त्यो हो, चीनबाट। किनभने त्यहाँ धेरै चीनियाँ विद्यार्थीहरू पढ्छन्। वास्तवमा युरोप र अमेरिकाले न त चीनलाई बुझ्न सक्छन्, न त चीनियाँ कम्युनिष्ट पार्टीलाई नै। उनीहरूको जानकारी यति सिमित छ की उनीहरूलाई चीनका धेरै कुराहरूको भान नै हुँदैन।

    चीनको मूल्याङ्कन
    पश्चिम र अमेरिका आफैँलाई दुनियाँको केन्द्र मान्छन्। उनीहरूका अनुसार बाँकी दुनियाँ पनि उनीहरुकै अनुकुल हुनपर्छ, हिँड्नुपर्छ। सन् १९४५ पछि यी तीन मापदण्डमा पश्चिमाहरूले विश्वका देशहरुको मापन शुरु गरे। ती मापदण्ड हुन्- मताधिकार, बहुदलीय लोकतन्त्र र कानूनी शाशन। अमेरिका वा पश्चिमा देश बाँकी सबैलाई यही मापदण्डको तराजुमा तौलन्छन्। उनीहरूको मापन आधारभन्दा अन्य केही मापदण्ड पनि हुन सक्छन् भन्ने कुरालाई उनीहरु स्वीकार्न चाहँदैनन्, सोच्न चाहँदैनन्। तर यदि यिनै तीन मापदण्डलाई आधार बनाउने हो भने सन् १९१८ देखि लगभग १९४५ सम्म युरोपका अधिकांश देशहरूमा लोकतन्त्र वा मताधिकार थिएन।

    इङल्याण्डमा सन् १९२८ मा आएर मात्र महिलाहरुले मताधिकार पाएका हुन्। फ्रान्समा सन् १९४५ मा सबैलाई मताधिकार लागू गरियो र संयुक्त राज्य अमेरिका, जसलाई सबैभन्दा पुरानो लोकतन्त्र भनिन्छ, त्यहाँ अश्वेत नागरिकहरूले भोटको अधिकार ६० को दशकमा मात्रै पाए। अतः जून देशहरू हालसम्म आज आफूले बनाएका मापदण्डहरू केही समयअघिसम्म समेत लागू गर्न सकेका थिएनन्, तिनै देशहरू अन्य देशहरुमा आफ्नो मापदण्ड लाद्न खोज्ने गर्छन्। चीनजस्तो ४ हजार बर्ष पुरानो सभ्यता भएको देशले अमेरिकाजस्तो २ सय ५० बर्षको कलिलो देशका मापदण्डहरू लागू गरेर कसरी सन्तुलन मिलाउला? सबैथोक उति सजिलो छैन।

    चीनियाँ विशेषज्ञ मार्टिन ज्याक भन्छन् ‘पछिल्लो ७० बर्षमा चीनमा प्रकाशको गतिमा विकास वा परिवर्तन भएको छ। चीनले विकासको यो गतिलाई सम्हाल्यो। जस्तो अमेरिका वा युरोपले आरोप लगाउँछन् कि  चीनमा एक पार्टीको निरन्तर निरंकुश शासन छ।’ आरोप लगाएझैँ निरंकुश भएको भए यो स्तरको विकास सम्भव थियो त?’

    सन् १८०० सम्म चीन एक बलियो देश थियो
    चीन या एसियाको इतिहास हेर्ने हो भने पछिल्लो २ सय बर्षदेखि यहाँ पश्चिमा देशहरूको प्रभाव र प्रभुत्व रहेको छ। यसभन्दा पहिले अर्थात् सन १८०० सम्म दुनियाँमा एशियाका देशहरू खासगरी चीन वा भारत सबैभन्दा प्रमुख देशमा गनिन्थे। मुख्य रूपमा चीन दुनियाँका सबभन्दा विकसित देशमा गनिन्थ्यो। चीनलाई जतिखेर सबैभन्दा शक्तिशाली देशमा गणना गरिन्थ्यो, त्यो समयमा उसले कुनै पनि दोस्रो मुलुकलाई दास बनाएको वा कब्जा गरेको कुनै उदाहरण छैन। ठीक यसै किसिमले लगभग एक शताब्दीको अपमानपछि चीन महाशक्ति बन्ने बाटोमा आज अग्रसर छ र आजका दिनमा पनि चीनले कुनै देशलाई आफ्नो उपनिवेश बनाउने ईच्छा वा सपना पालेको छैन।

    अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञहरू भन्छन् कि चीन विश्व रंगमञ्च सूचीमा आउनेबित्तिकै दुई सय बर्षको पश्चिमको दबदबाको समय समाप्त भयो। पछिल्ला दिनमा इङल्याण्डमा भइरहेको जी–७ देशको बैठकमा हुने चर्चा र छलफलमा चीनले जति ठाउँ ओगटेको छ, अहिले नै देशहरू डग्मगाए झैँ लाग्छन्। र, त्यस चर्चामा आउने समयको परिवर्तनका संकेतहरू पनि पढ्न सकिन्छ।

    आज चीनलाई पूर्वी एसियामा घेर्ने प्रयास गरिरहेको छ अमेरिकाले। अमेरिकाबाहेक इङल्याण्डसहित अन्य देशहरूले पनि आफ्ना युद्वस्थलहरू तयार गरेका छन्। त्यसमार्फत उनीहरूले चीनलाई नियन्त्रणमा राख्ने रणनीति अख्तियार गरेका छन्। सैन्य क्षेत्रमा अमेरिका अझै पनि चीनभन्दा धेरै अघि छ। यदि अमेरिकासँग ६ हजार न्यूक्लियर मिसाइल छन् भने चीनसँग ३ सय। तर चीनसँग आणविक अस्त्र–शस्त्र छन्। यस्तो अवस्थामा यी दुईबीच युद्ध हुँदा कुनै पनि पक्षले जित्दैनन्, बरु दुवै ध्वस्त हुन्छन्। कम्तिमा अमेरिकाका १५–२० शहर अस्तित्वहीन हुनेछन्।

    अमेरिकाले सीआईएद्वारा वित्तीय संस्था ‘नेशनल इन्डौमेन्ट फर डेमोक्रेसी’को माध्यमबाट हङकङमा तथाकथित लोकतन्त्र समर्थकहरूलाई आर्थिक सहयोग गरिरहेको छ। केही बर्षअघि यसका लागि अमेरिकाको बजेट ६ लाख डलर थियो। अहिले त्यो बढेर २० लाख डलर पुगेको छ। हङकङ, ताइवान, झिंझियाङ र लोकतन्त्रलाई मुद्दा बनाएर चीनलाई सामारिक रूपमा घेर्ने प्रयास गरिँदैछ।

    तर चीनले अहिले सेनाभन्दा पूर्वाधार विकासमा बढी जोड दिइरहेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको माध्यमबाट व्यापारको अमेरिकी मार्गको आफ्नो पुरानो निर्भरता कम गरिरहेको छ। बिआरआइमार्फत दुनियाँका अधिकांश देशसँग जोडिएपछि कारण एक आपसमा निर्भरता बढ्नेछ। चीन रणनीतिकारका अनुसार सेना र खर्चभन्दा यो उसका लागि बढी फाइदाजनक हुनेछ। त्यसै पनि चीनियाँ भनाइअनुसार सबैभन्दा राम्रो युद्ध त्यही हुन्छ, जसमा रगत नबगाएरै जित हासिल गर्न सकियोस्। सोभियत संघजस्तै चीनलाई रोक्ने आज अमेरिकाले जुन तरिकाले खर्च गरिरहेको छ, त्यो उसैका लागि बोझ बनिरहेको छ। उसै पनि तल्लो तहका ५० प्रतिशत अमेरिकी जनताको अवस्था ज्यादै खराब छ। पछिल्लो तीस बर्षमा उनीहरूको आम्दानी बढ्नुको सट्टा घट्दै गइरहेको छ। एक अर्थशास्त्रीका अनुसार ‘अमेरिकामा गोरा जातिका मजदुर वर्ग’ हरू अहिले निराशाको भुमरीमा परिरहेकाछन्।

    दोस्रोतिर, चीन भने निराशाको सट्टा आशा र उम्मिदले भरिएको देशका रूपमा गनिँदै आइरहेको छ। जस्तो कि किशोर महबूबानीका अनुसार ‘आफ्नो ४ हजार बर्षको चीनको इतिहासमा कम्युनिष्ट शासनको पछिल्लो ४० बर्षजस्तो खुशी र सन्तुष्टिको समय कहिल्यै भएन। आज चीन दुनियाँमा सबैभन्दा उम्मिदले भरिएको देश बनेको छ। जुन कम्युनिष्ट पार्टीका कारण चीनमा सम्पन्नता आएको छ, मेरो विचारमा आउने सय बर्षसम्म चीनमा कोही पनि उसको रौं पनि हल्लाउन सक्दैन।’

    अनीश अंकुरले २४ अक्टुबर २०२१मा सबलोगमा लेखेको लेख। नेपाली अनुवाद: महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.