Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाँच लोक कथा : टुटफुटले विनास, एकताले बल

ठूलो कम्युनिष्ट जनमत भएको नेपालमा आजका दिनमा कम्युनिष्ट पार्टीहरू टुट र फुट तथा आपसी गालीगलौज र निन्दामा संलग्न छन्। एकले अर्कोलाई सिध्याउने मिसनमा बिल्कुलै फरक विचार र दर्शन भएकाहरूसँग घाँटी जोडिरहेका छन्। यस्तो अवस्थामा एकतासम्बन्धी पुराना कथाहरूले समान विचार र आदर्श भएकाहरूबीच सकारात्मक प्रभाव पर्ला कि भन्ने उदेश्यका साथ यी कथाहरू यहाँ प्रस्तुत गरिएको छ :

nepal_readers nepal_readers
चैत्र २२, २०७८
- विमर्शका लागि, सामयिक, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसारका हरेक समाज र संस्कृतिमा अनेकौँ लोककथाहरू छन्। कतिपय त्यस्ता कथाहरूमा जनावर र चराहरूसमेत मान्छेजस्तै बोल्छन्। उनीहरू पनि मान्छेकै झैँ राजा या सेनापतिद्वारा शासित हुन्छन्, षड्यन्त्र र छलछाम गर्छन्। त्यस्ता कथाहरूमा जनावरहरू पनि मान्छेजस्तै समाज बसाउँछन्। त्यस्तै, यस्ता कथाहरूमा मान्छे पात्रहरू पनि चराजस्तै आकाशमा भुरुरु उड्छन् र आकाश तथा पातालमा समेत गएर दरबार बनाउँछन् र घरबार बसाउँछन्। यस्ता असम्भव र अतिशयोक्तिपूर्ण कथाहरूमा कहिलेकाहिँ जीवनोपयोगी सन्देशहरू पनि समेटिएका हुन्छन्।

    रुमल्लिएका र दिग्भ्रमित भएका मान्छेहरूलाई शिक्षा दिन या सबक सिकाउनका लागि मानव पुर्खाहरूले यस्ता कथाहरूको रचना गरेजस्तो लाग्छ। ठूलो कम्युनिष्ट जनमत भएको नेपालमा आजका दिनमा कम्युनिष्ट पार्टीहरू टुट र फुट तथा आपसी गालीगलौज र निन्दामा संलग्न छन्। एकले अर्कोलाई सिध्याउने मिसनमा बिल्कुलै फरक विचार र दर्शन भएकाहरूसँग घाँटी जोडिरहेका छन्। यस्तो अवस्थामा एकतासम्बन्धी पुराना कथाहरूले समान विचार र आदर्श भएकाहरूबीच सकारात्मक प्रभाव पर्ला कि भन्ने उदेश्यका साथ यी कथाहरू यहाँ प्रस्तुत गरिएको छ :

    १. आगो र एकता

    तराईको कुनै गाउँमा एउटा किसान बस्थ्यो। घरसँगै जोडिएको उसको खेतमा अचानक आगो लाग्यो। चैत्रको रापमा लागेको आगोले भित्र्याउने बेलाको गौँबाली डढाउन थाल्यो। त्यो देखेर घरका चारै छोरा तथा चारै बुहारीहरू आगो निभाउनका लागि कस्सिए। घरनजिकैको इनारबाट बाल्टिनबाट पानी उभाएर बारीतर्फ ल्याउँदै उनीहरूले आगो निभाउन थाले। पानी बोकेर दौडँदा परिवारको एउटा सदस्य लड्न लाग्दा तत्कालै अर्काले उठाए। त्यसो हुँदा बाल्टीको पानी सबै पोखिन पाउँदैनथ्यो। एकिकृत भएर काम गर्दा उनीहरूले आफ्नो फसलमा लागेको आगो सहजै निभाउन सके। परालले छाएको आफ्नो घरलाई आगोबाट जोगाउन पनि सके। तर आधाजति फसल भने आगोले डढाएका कारण ‘यो सालका लागि अन्न पुग्ला कि नपुग्ला’ भनेर उनीहरू चिन्तित थिए।

    तर पनि किसानका श्रीमान श्रीमती समझदार थिए। उनीहरूले आफ्ना परिवारका सबै सदस्यहरूलाई बोलाएर छलफल गरे र भने, ‘यो साल अत्यन्त किफायतीका साथ अन्नको उपभोग गरौँ। खेतको एक गेडा अन्न पनि खेर नजाने गरी सँगालौँ। गाईवस्तुलाई अन्नभन्दा धेरै घाँसपानी खुवाउँ। अनि यो साल अल्लि छिटो नै खेती लगाऔँ। त्यसो भएपछि हामीलाई अन्न पुग्नेछ र हामी भोकमरीमा पर्नेछैनौँ। विवेकशील बाआमाको सो सुझाव कार्यान्वयन गर्न सबै छोराछारीहरू कस्सिएर र एकतावद्ध भएर लागे। नभन्दै नयाँ फसल आउनेबेलासम्म परिवारलाई खाने अन्न पनि पुग्यो। परिवारले भोकमरी झेल्नु परेन।

    तर सधैँ एउटै अवस्था रहेन। बाआमाको मृत्युपछि छोराहरू पनि भिन्नाभिन्नै भए र पारिवारिक एकताको सन्देश भुल्दै गए। चारैतर्फ ढोका फर्काएर चारवटा छाप्राहरू बनाइए। पहिलेको इनारमा पानी लिन जाँदा आपसमै उनीहरूको कलह पर्न थाल्यो। उनीहरूले ‘इनारकै कारण कलह बढेको’ भन्ने ठानी कुवा पनि भत्काए र छिमेकीका कुवामा पानी लिन जान थाले। पहिले आफ्नै साझा इनारमा ढुक्कले पानी भर्न पाउने उनीहरू परायाको इनारमा गएर रुँगेर पानी भर्न थाले। तर आफ्नो इनार भत्काएपछि पनि उनीहरूको द्वन्द्व हल हुनेवाला थिएन, किनकि उनीहरू एउटै विरासतका थिए।

    त्यस्तैमा फेरि चैत्र आयो। चर्को धुपमा कताबाट जेठो दाइको घरमा आगो सल्क्यो। आकाशमा धुवाँ पुत्ताएको देख्दा अरु भाइहरूले आफ्नो घरमै आगो लाग्यो कि भनेर नियाले। ‘आफ्नो घरमा आगो नलागेको भए किन चिन्ता गर्नु?’ भन्दै उनीहरू छाप्रामा पसेर सुते। र, एक्कैछिनमा ठूलो दाइको घरलाई आगोले सक्यायो। दोस्रो भाइको घरमा पनि सोही अवस्था आयो र उसको घर पनि आगोले सकियो। दोस्रोको घरसमेत डढेपछि पनि जेठो छोराले सचेतता अपनायो र ‘कमसेकम एउटा भाइको घर बँच्दा मात्रै पनि ओत लाग्ने ठाउँ बाँकी रहनेछ नत्र खुला आकाशमा बस्नुपर्नेछ’ भन्दै सबै भाइका परिवारहरूलाई जुटेर आगो निभाउन आग्रह गरे।

    तर दुःखको कुरो, बाउको पालामा जस्तो अहिले आफ्नै घरनजिक पानीको कुवासमेत थिएन। पहिलेको इनार पुरिएको थियो। त्यसो हुँदा टाढाको छिमेकीको इनारमा पुगेर पानी लिएर आएर आगो निभाउन यस पटक धेरै गार्हो भयो। तरैपनि, अन्तिम समयमा सबै भाइहरू मिलेका कारण बाँकी भाईका छाप्राहरूलाई आगोबाट बचाउन सकियो। कमसेकम अन्तिम समयमा लिएको समझदारपूर्ण निर्णयले उनीहरूले आफू बस्ने सानो छाप्रो बस्न सके।

    २.  लठ्ठी र मुठा

    एक जना वृद्धा आफ्नो जीवनको अन्तिम अवस्थामा थिइन्। तर आफ्ना छोराछोरीहरूबीच सधै हुने फुट र झगडाका कारण उनी दुखी थिइन्। तर जीवनको अन्तिम अवस्थामा आफूले भनेका कुरा छोराछोरीहरूले मान्लान् भन्ने ठान्दै उनले सबै छोराछोरीहरूलाई आफ्ना समिप बोलाइन् र भनिन्, ‘छोराछोरीहरू हो, मेरो मर्ने बेला भयो। मर्नुअघि कमसेकम मैले भनेको मान। बनमा गएर लौरो लिएर आउ।’ आमाको आदेश मान्दै सबै छोराछोरीहरूले बन गएर झटपट सबैले एकएक ओटा लौरो लिएर आए।

    अनि आमाले सबैले ल्याएको लौराहरूलाई सँगालेर मुठो बनाएर दिन्छिन् र भन्छिन्, ‘यो लौराको मुठो कसले भाँच्न सक्छ?’ सबैले लौराको मुठो भाँच्ने प्रयास गर्छन् तर सक्दैनन्, हार खान्छन्। यसपछि आमाले मुठो फुकाएर सबैलाई एकएक वटा लौरा दिन्छिन् र भन्छिन्, ‘ल अब भाँच।’ यस पटकचाहिँ सबैले लौरो भाँच्न सफल हुन्छन्। यही उदाहरण पेश गर्दै आमाले सबै सन्तानलाई भन्छिन्, ‘हेर एकताको बल, सबै लठ्ठी एकै ठाउँमा राख्दा यिनलाई भाँच्न सकिएन। तर अहिले भने भाँचिए।’ यसको अर्थ हो, हामी जुट्दा हामी कसैलाई पनि परायाले फुटाउन सक्दैन। तर हामी फुट्दा भने हामी झनै कमजोर हुन्छौँ र हामीलाई अरुले शासन गर्न सक्छन्। अत जना मिलेर बस्ने गर्नु।’ आमाले दिएको उदाहरणबाट उनीहरू प्रभावित भए र परिवारमा मिलेर बस्न थाले।

    ३.  बज्जिकाको एकता

    उ जमानाको कुरा हो, सिद्धार्थ बुद्ध मगध राज्यको राजधानी राजगृहनजिकै गृधकूट पर्वतमा रहेका थिए। त्यति नै खेर मगधका राजा अजात शत्रुले बज्जीहरूमाथि आक्रमणंंको योजना बुनिरहेका थिए। तर बुद्धको सुझाव लिएर मात्रै अजात सत्रुले युद्धबारे अन्तिम निर्णय लिने सोच बनाए र उनले आफ्ना प्रधानमन्त्री वर्षाकारलाई बोलाउँदै भने, ‘वर्षाकार! तिमी बुद्धकहाँ गएर हामीले बज्जीहरूमाथि आक्रमण गर्ने सोच बनाएका छौँ। तपाईँको के राय छ?’ भनेर सोध्नु। बुद्धले जे राय दिन्छन्, सोबारे मलाई जस्ताको तस्तै फेहरिस्त सुनाउनु।’ अजातसत्रुले भनेझैँ वर्षाकार बुद्धकहाँ गए र अजातसत्रुको सन्देश सुनाए। तब बुद्धले आफ्ना चेला आनन्दलाई बज्जीहरूका बारे सोध्न लागे। उनले भने,

    ‘आनन्द ! मैले बज्जीहरुलाई उ बेला सम्झाएको थिएँ कि तिमीहरू बेला मौकामा बैठक बस। बिना दाउपेंच र बिना दवाव खुलस्त छलफल गर। सामुहिक निर्णय लेऊ र कार्यान्वयन गर। आनन्द ! के तिनीहरूले मेरो उपदेश अनुशरण गरीरहेका छन् त ?’ तब आनन्दले भने, ‘भगवान ! उनीहरूले तपाईँको उपदेश पालन गरिरहेका छन्।’

    ‘आनन्द ! मैले उनीहरूलाई ‘कुनै पनि युवतीलाई जोर जवरजस्ती कुलवधु बनाउने काम नगर्नु र महिलाहरूको सम्मान गर्नु’ भनेको थिएँ। उनीहरूले त्यस उपदेशको उल्लङ्घन त गरेका छैनन् नि?’ आनन्दले भने, ‘तपाईँको उपदेश आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन्।’

    ‘आनन्द! मैले बज्जीहरुलाई यो पनि सम्झाएको थिएँ कि पाका, वरिष्ठ र जेष्ठहरूको आदर र मानमनितो राख्नु। उनीहरूका आवश्यकताबारे ख्याल राखी राख्नु ताकि उनमा असन्तुष्टी न आओस्। यसमा तल बितल त भएको छैन नि?’ आनन्दले प्रत्युत्तरमा भने, ‘भगवान ! मलाई सूचना छ कि हजुरको उपदेश उनीहरू आजसम्म जस्ताको तस्तै तामिल गरिरहेका छन्।’

    ‘आनन्द! मैले बज्जीहरुलाई सम्झाएको थिएँ कि राज्यका सच्चा सन्त र विद्वानहरूको खातिरदारी गर्नु ताकि समाजमा नैतिक आधार बलियो बनाउन सकियोस्, ज्ञान फैलाउन सकियोस्। के बज्जीहरू यसै गरिरहेका छन्?’ भगवानले उनीहरूलाई जस्तो उपदेश भएको थियो। त्यो आजसम्म जस्ताकोतस्तै तामिल भएको मलाई सूचना छ।

    आनन्दले दिएका सबै सूचना सुनेर अजातसत्रुका प्रतिनिधि तथा प्रधानमन्त्रीतर्फ फर्केर वर्षाकारलाई बुद्धले भने, ‘त्यसो हो भने बज्जीहरूको अग्रगमनमा कसैले भाँजो हाल्न सक्दैन। तिनका विरुद्ध कसैले आक्रमण गर्न सक्दैनन्।’ बज्जिकाहरू आपसमा एकिकृत भएको तथा विधि र नियममा बसेका हुनाले उनीहरूलाई कसैगरी पनि हराउन सकिँदैन भन्ने निचोड बुद्धले सुनाएपछि वर्षाकारले पनि यही सन्देश अजातसत्रुलाई सुनाउँछन्। र, अजातशत्रुले बज्जिकाहरूमाथि आक्रमण गर्ने सोच त्यागिदिन्छन्।

    ४.  परेवाको एकता

    एउटा जंगलमा परेवाको एउटा हुल मिलेर बसेका थिए। परेवाका राजारानी पनि थिए। उनीहरू टाढाटाढासम्म पुगेर आफ्ना चहारा बटुल्ने गर्थे। एक दिनको कुरा हो, उनीहरू चहारा खोज्न कतै जाँदा थिए। धेरै टाढा पनि उनीहरूले चाहरा भेटिरहेका थिएनन्। यत्तिकैमा राजा–परेवाले जंगलकोे बीचमा सेता दानाहरू छरिएको देख्यो र आफ्नो हुललाई त्यसतर्फ उत्रन भन्यो। जतिखेर चराहरू चाहरा टिप्न भुईँमा उत्रिए, तब व्याधाले परेवाको हुलमाथि केहि परबाट जालि फ्याँक्यो। परेवाहरू एक्कासी ठूलो संकटमा परे, जालमा फसे।

    तर यी परेवाहरू सधैँ सामूहिक छलफलबाट निर्णय लिने गर्थे। यहाँ पनि परेवाहरूले यस विपत्तिको समाधान कसरी गर्ने भनेर हत्तपत्त छलफल चलाए। सबै परेवाहरूले हतारमै भएपनि महत्वपूर्ण निर्णय लिए, ‘तत्कालै जालिसहित परेवाहरू उडेर अर्को डाँडामा जाने।’ निर्णय गरेझैँ सबैले साहस गरेर जालिसहित जब उडे, तब व्याधा अचम्भित भयो। जालि र परेवाहरू उडेको दिशातर्फ चिच्याउँदै उ दगुर्न थाल्यो। तर परेवाहरूसँग व्याधाको केही लागेन। परेवाहरू अर्को डाँडामा पुगेर जालिसहित उत्रे। त्यहाँ पुगेपछि राजा–परेवाले त्यस पहाडको मुसो–राजालाई आफ्नै आवाजमा चिच्याएर बोलायो। राजा परेवा र राजा मुसोको पहिलेदेखि नै मित्रता थियो। पक्कै पनि राजा परेवालाई कुनै संकट परेको छ भन्ने ठान्दै मुसा त्यहाँ आइपुग्यो। परेवाहरूको संकट के हो भन्ने कुरा जाल देखेरै उसले चाल पाइहाल्यो र तत्कालै जाल काटेर त्यहाँबाट परेवाहरूलाई मुक्त गर्न सहयोग गरिदियो।

    ५.  हुँडारको चाल, गोरुको काल

    एउटा जंगलमा चारवटा बयल (साँढे)हरू रहने गर्थे। उनीहरू निकै बलिया, गँठिला, फुर्तिला र जवानसमेत थिए। उनीहरू एक आपसमा अति नै मिलेर बसेका थिए। हरियो जंगलमा उनीहरूको जोडी साँच्चै जमेको थियो। सँगै चर्थे, सँगै खोलामा पुगेर पानी पिउँथे। त्यही बनमा बस्ने एउटा सिंहलाई भने यिनीहरूको बीचको मिलाप फिटिक्कै मन परेको थिएन। किनभने यी गोरूहरु यति एकिकृत थिए कि यिनीहरूको शिकार गर्न सिंहका लागि सम्भव भइरहेको थिएन। डाँडापारि बसेर उ सलक्क परेका गोरुहरूलाई नियाल्थो र घुटुक्क थुक निल्थ्यो। तर यिनीहरूको शिकार गर्ने सामर्थ्य उसमा थिएन, किनभने उनीहरू एकिकृत भएर प्रतिकार गर्ने गर्थे।

    यस्तो अवस्थामा ‘गोरुको मासु चाखेरै छाड्ने धोको कसरी पूरा गर्ने होला’ भनेर उ घाँसे चौरमा पल्टेर सोच्ने गर्थ्यो। अन्ततः उसले त्यसै बनको अर्को शिकारी जनावर हुँडारसँग यसबारे सल्लाह गर्ने निधो गर्यो। हुँडार पनि ‘कुन दिन सिंहले गोरु मार्ला र म पनि हाडखोर र रहलपहल चाखुँला’ भनेर त्यस बनमा डुलिबसेको थियो। यस्तोमा सिंहले हुँडारलाई बोलाएर भन्यो, ‘हुँडार भाइ, कुन उपायले यी बयलहरूको सिकार गर्न सकिएला? यिनीहरूको एकता भत्काउने कुनै उपाय छ त तिमीसँग?’

    तब हुँडारले भन्यो, ‘सिंह दाजु, यिनीहरू सबैलाई एकअर्कामा चुक्ली लगाइदिनुपर्छ। एक अर्काविरुद्ध भड्काउने र उक्साउने गर्नुपर्छ। तब यिनीहरू अहिलेजस्तो एकिकृत भएर रहँदैनन्, एउटा अर्को डाँडो र अर्को पल्लो डाँडामा पुगेर चर्न थाल्छन्। त्यही मौकामा तपाईँले यिनीहरूलाई सिकार गर्न सक्नुहून्छ। र, कान फुक्ने कामचाहिँ मैले गर्न सक्छु। तर यसमा मेरो एउटा सर्त छ।’ सिंहले उत्तर दियो, ‘जस्तोसुकै सर्त भएपनि म मान्न तयार छु। मेरो जिभ्रो रसाइसक्यो।’ तब हुँडारले भन्यो, ‘सबै गोरुको रोजा मासुचाहिँ मैले चाख्न पाउनुपर्छ। त्यसो भएमा मात्रै म यिनीहरूको कान फुक्न सक्छु। हाडखोरमात्रै दिने भए म खतरा मोल्नेवाला छैन।’

    सिंहले आफ्नो कुनै सर्त नभएको बतायो। सम्झौतापछि हुँडार गोरुहरू चरिरहेको चौरतर्फ गयो र एउटा गोरुको नजिकै पुगेर कान फुकेकोझैँ गर्यो। त्यो देखेपछि अरु तीन वटा गोरुहरू पहिलो गोरुसँग तर्किएर आफ्नो समूहभन्दा अल्ल पर गए। यही मौकामा हुँडारले पहिलो गोरुसँग भन्यो, ‘हेर गोरुजी, यी तीनवटा गोरु मिलेर तिमीलाई छक्याउँदै छन्। यिनीहरू आफू खुसुखुसु राम्रोराम्रो ठाउँको कलिलो घाँस खान्छन्,तिमीलाई चाहिँ भन्दैनन्।’ पहिलो गोरुले पहिले त त्यस गोरुले हुँडारका कुरा पत्याएन तर जब हुँडारले मिठो स्वरमा फुलबुट्टा भरेर कथा भन्दै गयो, तब गोरुले हुँडारको कुरा पत्याउन थाल्यो।

    हुँडारले झनै थप्यो, ‘हेर अरु गोरुहरूले तिमीलाई अपठ्यारो पर्दाको समयमा समेत तिमीलाई सहयोग गर्ने छैनन्। अन्य बाघ र सिंहहरूले आक्रमण गर्न खोज्दा आफ्नो सम्पूर्ण बल लगाएर तिम्रो रक्षा गर्न खोज्दैनन् यिनीहरू। आफूमात्रै बच्न खोज्छन्। यिनीहरूले तिमीलाई बेवकुफ बनाइरहेका छन्।’

    यसो भनेपछि गोरु झस्क्यो। तर त्यसबारे सबै गोरुसँग बसेर उसले गोरुले छलफल गर्ने विचारै गरेन। दिन बित्दै जाँदा हुँडारले सबै गोरुहरूको कान उसैगरी फुकिदियो। एकअर्कामा झुटा कुराहरू लगाइदियो। गोरुहरूले हुँडारको कुरा सुने र त्यसैमा विश्वास गरे। अनि छिन्नभिन्न भएर गोरुहरू चर्न थाले। यति सजिलो वातावरण बनेपछि सिंहले एक एक गरेर सबै गोरुहरूलाई मार्यो र खायो। रहलपहल हुँडारलाई पनि खुवायो। आपसी एकताको अभावमा गोरुहरूको सर्वनास भयो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.