Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

दीर्घकालीन असफलताहरूः सिआईए र ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूको अस्थिरता (विस्थापन, ध्वंसको संक्षिप्त इतिहास) ब्राजिल इतिहास

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २३, २०७६
- इतिहास, विमर्शका लागि, समाज
A A
0
रियो दे जेनेरियो सिर्काका सडकमा विद्यार्थीको विरोध प्रदर्शन, १९७९

रियो दे जेनेरियो सिर्काका सडकमा विद्यार्थीको विरोध प्रदर्शन, १९७९

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सि आई ए वर्ल्ड फ्याक्टबुक अनुसार सन् १८२२ मा स्वतन्त्रता प्राप्त गर्न अगाडि ३ शताब्दीसम्म ब्राजिलले औपनिवेसिक शासन सामना गर्‍यो । देश स्थापना कालमा ब्राजिलमा राजतन्त्र थियो र दास प्रथा सन १८८८ मा उन्मुलन गरियो । उक्त लेखले १९३० मा वामपन्थी राजनीतिज्ञहरूको उदय अगाडिका नेतृत्वहरू उल्लेख गर्दै  ‘सन् १९३० मा पपुलिस्ट नेता गेटुलियो भर्गास शक्तिमा आउनु अगाडिसम्म ब्राजिली राजनीति कफी निर्यातकर्ताहरूको हातमा थियो’ भनी लेख्दछ । लेखले के उल्लेख गर्न छुटाएको छ भने पपुलिस्टको रूपमा हेरिए ता पनि भर्गास वैधानिक चुनाबबाट सत्तामा पुगेका थिएनन् । भर्गासका केही नीतिहरू मजदुरहरूको पक्षमा भएता पनि उनी कट्टर कम्युनिष्ट विरोधी थिए । अतः शीतयुद्धको प्रारम्भ हुने समयसम्म उनलाई अमेरिकाले सम्पत्तिको रूपमा हेर्दथ्यो । सि आई ए ले ग्वाटेमालामा गरे जस्तै ब्राजिललाई पनि अस्थिर बनाउनमा आफ्नो संलग्नताबारे ढाकछोप गरेको छ र उक्त समयबारे यसरी उल्लेख गरेको छः
    दक्षिण अमेरिकाको सबैभन्दा ठूलो । सबैभन्दा धेरै जनसङ्ख्या भएको देश ब्राजिल सन् १९८५ सम्म आधा शताब्दी पपुलिस्ट र सैनिक शासन अन्तरगत रह्यो, जब सैनिक सत्ताले नागरिक शासकहरूलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्‍यो (सि आई ए वर्ल्ड फ्याक्टबुक)।

    अनेकौं पारामिलिटरी र पद्धतिगत कदम पछि अन्ततः वामपन्थी राष्ट्रपति जोआवो गौलार्ट राष्ट्रपति बन्न तयार भए र सन् १९६३ मा बने पनि । हुन त गौलार्ट बढी मध्यपन्थी थिए तर पनि उनको चीनसँगको हिमचिमलाई अमेरिकाले कम्युनिजम फैलने सङ्केत ठान्यो र गौलार्टलाई राष्ट्रपतिबाट हटाउने योजना बुन्न थाल्यो । ३१ मार्च १९६४ ब्राजिलियन सेनाका दक्षिणपन्थी तत्वहरूको सैनिक गठबन्धनले सत्ता हातमा लिन पाइला चाले । तिनलाई केही पक्षमा अमेरिका र सि आई ए को साथ थियो।

    अमेरिकी साम्राज्यवादः ल्याटिन अमेरिकी सर्वहाराको जाति दुस्मन

    सि आई ए हस्तक्षेप

    सि आई ए ले १९६४ को कु मा आफ्नो भुमिका बारे ज्यादै थोरै मात्र बाहिर ल्याएको छ । ग्वाटेमालामा अमेरिकाको भुमिकाका विषयमा दस्तावेजहरूको अभिलेख राख्ने काम उत्तम ढंगले गरेका जर्ज वासिङ्टन विश्वविद्यालयका पिटर कोर्नब्लुहले ब्राजिलमा अमेरिकी हस्तक्षेप स्पष्ट बनाउने तथ्यहरू संकलन गर्ने, तिनको अभिलेख राख्ने काम पनि राम्ररी गरेका छन् ।

    २७ मार्च १९६४ का दिन ब्राजिलको रियो दे जेनेरियोबाट स्टेट डिपार्टमेन्ट, वासिङ्टन डि सि मा एउटा आकाशवाणी आयो । उक्त आकाशवाणी ब्राजिलका लागि अमेरिकी राजदुत लिङ्कन गोर्डनले पठाएका थिए जसमा जेनेरल कास्टेल्लो ब्लाङ्कोद्वारा सैनिक कु गर्न तयारी बारेमा विस्तृत वर्णन गरिएको छ । त्यस लगत्तै गोर्डन राष्ट्रपति गौलार्टले ब्राजिलको कम्युनिष्ट पार्टीसँग गठजोड गरिसकेका छन् भनेर लेख्छन्ः
    मेरो सुविचारित निष्कर्षमा गौलार्टले ब्राजिली कम्युनिष्ट पार्टी र अन्य वामपन्थी क्रान्तिकारीहरूसँगको सहकार्यमा ब्राजिलमा तानाशाही शासन लाद्ने अभियान सुरु गरिसकेका छन् । यदि उनी सफल भए भने पछि गएर उनले आफ्नै सहकर्मी कम्युनिस्टहरू विरुद्ध पेरोन मोडलमा दमनमा उत्रन चाहेका भए तापनि ब्राजिल कम्युनिस्टहरूको पूर्ण नियन्त्रणमा जानेछ ।

    गोर्डनको टिप्पणी विभिन्न तहमा कौतुहलपूर्ण, रोचक छः पहिलो, अमेरिकी चासोमा पर्ने कम्युनिष्ट पार्टीमात्र एक्लो वामपन्थी तत्व होइन । दोस्रो, गौलार्टले राख्न चाहेको नियन्त्रण अर्जेन्टिनाको पेरोन परिवारको नियन्त्रणको तहको थियो, एउटा यस्तो तानाशाही ब्यवस्था जसले मार्क्सवादी आदर्शबाट सापटी त लिन्थ्यो तर त्यस बखतका कम्युनिष्ट पार्टीहरूको दाँजोमा गम्भीर विचलन थियो । अन्तमा गोर्डन गौलार्ट एउटा निर्वाचित अधिकारीको रूपमा ब्राजिलको सत्तामा आएका हुन् र त्यस देशको राष्ट्रपति भएर काम गर्न पाउनु उनको अधिकार हो भन्ने तथ्य बिर्सदै उनलाई सत्ताच्युत गर्ने एउटा अभियान अस्तित्वमा रहेको कुरा गर्छन ।

    उक्त दस्तावेजले कसरी सन् १९५४ को ग्वाटेमालान क्रान्तिको समय देखि नै अमेरिकी हस्तक्षेपको रणनीति विकसित हुँदै थियो भनेर देखाउँछ । क्रान्तिपछि विभिन्न कु(सत्ता विप्लव)हरूका कारण ग्वाटेमाला दुर्वव्यवस्था र भद्रगोलमा फसेको देखेर गोर्डन अमेरिकाले ‘विलम्ब नगरी दोस्रो चरणमा भैपरिआउने(आकस्मिकता) अवस्थाको निम्ती खुला हस्तक्षेपको अविलम्ब तयारी थाल्नुपर्छ’ भनेर सल्लाह दिन्छन् । यसको अर्थ एउटा वामपन्थी नेतृत्वलाई सत्ताच्युत गर्नासाथ गौलार्टले खाली गरेको स्थानमा अर्को वामपन्थी तत्व सत्तामा आउन सक्ने अमेरिकी आँकलन आफैमा रोचक छ ।

    मार्च २९ मा गोर्डनले थाती रहेको कु को विषयमा अर्को कुटनीतिक आकाशवाणी पठाए । त्यसमा उनले गौलार्ट प्रशासनको एउटा उच्च पदमा एकजना वामपन्थी जलसेनाध्यक्षको नियुक्तिले ब्राजिली सेनामा रहेका कम्युनिष्ट विरोधीहरूलाई बर्खास्त गरिनेछ भनेका छन र अमेरिकी सरकारलाई आफ्नो शक्ति देखाउन र गौलार्ट सरकार विरुद्धको विद्रोहलाई यथासम्भव चाँडो सघाउन अपील गर्दै आफ्नो याचना यसरी टुङ्ग्याएका छन्ः
    अहिले हाम्रो आवश्यकता भनेको त्यहाँको कम्युनिष्ट क्रान्तिलाई अमेरिकी सरकारले वेवास्ता गरेको छैन बरु गौलार्टले अनावश्यक हस्तक्षेप भयो भन्ने आरोप लगाउन नसक्ने अवस्थाको तयारीमा जुटेको छ भनेर ठूलो सङ्ख्यामा रहेका ब्राजिली प्रजातन्त्रवादीहरूलाई आश्वस्त तुल्याउनु हो ।

    यो रणनीति सि आई ए र कार्यकारी शाखाले २० औं शताब्दीको उत्तरार्ध भरि हस्तक्षेपका कार्ययोजनाहरूमा अपनाएको रणनीतिसँग समान छः मनासिव अस्वीकारोक्ती । यस प्रकारको योजनाले अमेरिकालाई विद्यमान विद्रोहहरूलाई प्रभाव पार्ने अवसर मात्र प्रदान गरेन, बरु अगाडि छलफल गरे जस्तै सत्ताबाट अपदस्त गरिएको स्थानमा कुन सरकार स्थापित गर्ने भनेर योजना बनाउने अवसर पनि प्रदान गर्‍यो ।

    मार्च ३, १९६४ मा कु प्रारम्भ भयो । देशको सबैभन्दा ठूलो शहर कब्जा गरिएको अवस्थामा देशको भित्री भागमा रहेको राजधानी ब्रासिलियामा रहेको सरकार विरुद्ध आफूलाई फाइदा हुने ठानेर विभिन्न रेजिमेन्टका सैनिक टुकडीहरू रियो दे जेनेरियो तर्फ अघि बढे । बन्दरगाह शहर भएकाले रियोको की नेभीले सहयोग सामाग्री उतार्न सक्थ्यो । जब यो सूचना राष्ट्रपति लिण्डन जन्सनलाई दिइयो तब उनी हौसिए(मात्तिए)जस्ता भए । स्टेट अन्डर सेक्रेटरी जर्ज दलसँगको अभिलिखित वार्तालापमा जोन्सन ‘हामीले सक्ने जति सबै कदम चाल्नुपर्छ, हामी आफूले गर्नै पर्ने सबै काम गर्न तयार रहनुपर्छ’ भन्दै विद्रोहलाई सक्रिय सहयोग गर्नमा जोड दिन्छन् । तर सि आई ए को हस्तक्षेपका बाबजुद जोन्सनले बललाई ‘हामी यसबाट पार पाउन सक्दैनौं’ भन्दै कडा प्रतिरोधको अपेक्षा गरेका थिए । अन्तमा ‘म शिखरमा पुग्नेछु र घाँटी अलिकति तन्काउनेछु’ भन्दै विद्रोहलाई हरसम्भव उपायले सहयोग गर्न बललाई ठाडो निर्देशन दिए ।

    अर्को दिन, अप्रिल १ दिन जे जस्तो आइपर्छ सबै गर्न अमेरिका तयार भएर सुरु भयो अर्थात गौलार्टलाई सत्ताबाट हटाउने एक किसिमको आक्रमण । उक्त कु सम्बन्धी सि आई ए ले सार्वजनिक गरेका थोरै दस्तावेजहरू मध्ये एकमा स्टेट डिपार्टमेन्ट, रक्षा विभाग, जोन्सनको मन्त्रीमण्डल र सि आई ए का प्रतिनिधिहरू बीच ह्वाइट हाउसमा बसेको एउटा बैठकको अभिलेख राखिएको छ । सचिवहरू रस्क र बल कु को प्रगति देखेर अति खुसी हुन्छन् र यस्तो अवस्थामा कु लाई निर्णायक बिन्दुमा पुर्‍याउन अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गनुपर्ने राय प्रकट गर्छन् ।

    दस्तावेज पनामा र क्युवाको अवस्था जस्ता अन्य मुद्दाहरूमा अगाडि बढेर अन्त्यमा कु को सहयोगार्थ बन्दोबस्तीको सामान ब्राजिलमा उतार्ने योजना बारे छलफल गर्दै बैठक टुङ्गिन्छ ।

    त्यसको अर्को दिन अप्रिल २ मा सि आई ए बाट एउटा आकाशवाणी प्राप्त भयो । केवल एक पेजको उक्त स‌‌‌‌‌क्षिप्त दस्तावेजमा शरणका लागि गौलार्ट उरुग्वे प्रस्थान गरेको घोषणा गरिएको छ । एक सैनिक सरकारले सत्ता हत्यायो र अमेरिकाको सहयोगमा उसले सन् १९८५ मा निर्वाचन नहुन्जेल शासन चलायो ।

    त्यसपछि

    ग्वाटेमालाको विद्रोह विपरित ब्राजिलको विद्रोहमा धेरै कम हिंसाका वारदात भए । तर फाइदाको ठूलो हिस्सा अमेरिकी स्वार्थहरूको हातमा गयो । उदाहरण स्वरूप पल एल विलियम्सले सैनिक सरकारको ‘रचनात्मक दिवालियापनकाे टाट पल्टनु’ को नीति माथि प्रकाश पारेका छन् । उक्त नीति अनुसार राज्यको स्वामित्वमा रहेका उद्योगहरू यतिसम्म स्रोत विहीन बनाइयो कि तिनले आफ्नो जायजेथा (सम्पत्ति) निजी अथवा विदेशी(मुख्यतः अमेरिकी) स्वार्थहरूलाई बेच्नु परोस वा ती उद्योग पूर्ण रूपमा सत्यानाश होउन् र सरकारले बाँकी बचेको सम्पति कौडीको मोलमा बेचोस । र १९७१ सम्ममा ब्राजिलका २७ प्रमुख उद्योगहरू मध्ये १४ उद्योगहरू विदेशी ब्यापारिक स्वार्थहरूको अधीनमा पुगे ।

    यद्यपी अमेरिका ब्राजिल सम्बन्ध उतार–चढावपूर्ण रहेको छ । प्रजातान्त्रिक विधिले निर्वाचित राष्टपतिलाई अपदस्त गर्न आफूले खेलेको भूमिका बारे अमेरिकाले कहिल्यै औपचारिक माफी मागेको छैन । तर लाग्छ अमेरिका फेरि पनि ब्राजिलको आन्तरिक मामिलामा जासुसी गर्ने र हस्तक्षेप गर्ने अवसरको खोजीमा छ । सन् २०१३ मा  एड्वार्ड स्नोडेनले बाहिर ल्याएका दस्तावेजहरूले राष्ट्रिय सुरक्षा प्रशासनले ब्राजिली राष्ट्रपति डिल्मा रुसोफका ईमेल, फोन कल र टेक्स्टहरूको जासुसी गरिरहेको खुलासा गरेकाछन् । अन्तर्राष्ट्रिय कानुनको निर्लज्ज उल्लङ्घनका बाबजुद पनि अमेरिका अझै माफी माग्न तयार छैन, जस्तो कि ६१ वर्ष अगाडि गौलार्टलाई सत्ताबाट हटाएकोमा उसले माफी मागेको छैन ।

    रियो दे जेनेरियो सिर्काका सडकमा विद्यार्थीको विरोध प्रदर्शन, १९७९

    यो पनि पढ्नुहोस् – 

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला) 

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

    (एम अर्ल स्मिथको अनुसन्धानात्मक आलेखको आधारमा कस्मोनट सम्पादक मण्डलले तयार पारेको यो रिपोर्ट नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.