Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन २६, २०७६
- इतिहास, विमर्शका लागि
A A
0
अगस्टो पिनोसेको सैनिक तानाशाहीद्वारा चिलीका नागरिकहरूको दमन, १९७३

अगस्टो पिनोसेको सैनिक तानाशाहीद्वारा चिलीका नागरिकहरूको दमन, १९७३

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इतिहास

    सि आई ए वर्ल्ड फ्याक्टबुक वेबसाइटमा राखिएका लेखहरू मध्ये चिली सम्बन्धी लेख निःसन्देह सबैभन्दा घीनलाग्दो छन् । लेख नोक्सानी नगर्ने हिसाबले सुरु गर्दै चिली बारे यसरी वर्णन गर्दछः

    १६ औं शताब्दीमा स्पेनीहरूको आगमन अगाडि इन्काहरूले उत्तरी चिलीमा शासन गर्दथे जबकि मध्य र दक्षिण क्षेत्रमा मापुचेहरूको बसोबास थियो । चिली सन् १८१० मा स्वतन्त्र घोषित भएता पनि सन् १९१८ मा मात्र उसले स्पेनीहरूमाथि निर्णायक विजय प्राप्त गर्‍यो । प्रशान्तको ९१८७९–८३० युद्धमा चिलीले पेरु र बोलिभियालाई हराएर हालको चिलीको उत्तरी क्षेत्र जित्यो । सन् १८८० मा मात्र मापुचेहरूलाई केन्द्रीय सरकारको अधीनमा ल्याइयो ।

    तर लेखले थेत्तरो वा दुर्नामी घुम्ती लिन्छ त्यसबेला लिन्छ जब सि आई ए समर्थित सैनिक कु द्वारा प्रजातान्त्रिक रूपले निर्वाचित मार्क्सवादी राष्ट्रपति साल्भाडोर एलेन्डेलाई विस्थापित गरी तानाशाह अगष्टो पिनोसेलाई स्थापित गरेको घटनाको ब्याख्या गर्छः
    कैयौं निर्वाचित सरकारहरू पछि ३ वर्ष शासन गरिसकेको मार्क्सवादी साल्भाडोर एलेन्डेको सरकारलाई सन् १९७३ मा जेनेरल अगष्टो पिनोसेको नेतृत्वको सैनिक कु द्वारा विस्थापित गर्‍यो र पिनोसेले सन् १९९० मा स्वतन्त्र निर्वाचनद्वारा निर्वाचित राष्ट्रपति स्थापित हुँदासम्म शासन गरे ।

    एलेन्डे चिलीमा जीवनभर राजनीतिज्ञ रहे जसले सन् १९५२, १९५८ र १९६४ राष्ट्रपतिको निर्वाचन हारे । सन् १९७० मा उनी राष्ट्रपतिमा निर्वाचित भए र लगत्तै राष्ट्रियकरण र सामुहिकीकरणको थालनी गरे । विभाजित कङ्ग्रेसले एलेन्डेका मार्क्सवादी नीतिहरू मन पराएन । एलेन्डे विरुद्ध अहाअभियोग लगाउने आन्दोलन चलाइयो तर त्यस्ता प्रयासले लामो समय लिन्थे । सेप्टेम्बर ११, १९७३ का दिन सि आई ए द्वारा प्रायोजित सैनिक कु गरियो र राष्ट्रपति निवासमा पूर्ण (कसैलाई जिउँदो नछोड्ने गरी) आक्रमण गरियो । एलेन्डे आफूले आत्मसमर्पण नगर्ने घोषणा गर्दै जुन शब्दहरू बोले ती शब्दहरू उनको चिहान माथि कुँदिने अक्षर बन्न पुगेः यी मेरा अन्तिम शब्दहरू हुन्, र म निश्चिन्त छु मेरो बलिदान त्यसै खेर जानेछैन, म विश्वस्त छु कम्तीमा पनि मेरो बलिदानले कसुर, कायरता र धोकालाई सजाय अवश्य दिनेछ ।

    सिआईए हस्तक्षेप

    जब एलेन्डे यश प्राप्तिको मार्गमा अगाडि बढ्न दृढ देखिन्थे, सि आई ए भने राष्ट्रपति पद सम्हाले देखि नै उनललाई अपदस्त गर्ने योजना बुन्दै थियो । फेरि पनि पिटर कोर्नब्लुहले जर्ज वासिङ्टन विश्वविद्यालयले अनलाइनमा राखेको दस्तावेजहरूको भण्डारसम्म पुर्‍याएका छन् । ती दस्तावेजहरूमध्ये सुरुका दस्तावेजहरू ५ देखि २२ सेप्टेम्बर बीचका कुटनीतिक सूचनाहरूले भरिएका छन् । तत्कालीन राजदुत एडवार्डद्वारा प्रेषित ती सूचनाहरू दुःखी र आशावादी दुवै छन् । अचम्म लाग्ने कुरा त के छ भने यी सबै सूचनाहरूमा ठाडो भाषा प्रयोग गरिएको छ । कोरीले स्थितिलाई यसरी आलोचना गरेका छन्, ‘केवल एक तिहाई जनताको समर्थनमा चिलीले कम्युनिजमको मार्ग अपनायो, तर यो अपरिवर्तनीय तथ्य हो’। एलेन्डे सम्बन्धी निक्सनका नीतिहरू निमार्णमा यी सूचनाहरूको महत्वपूर्ण भुमिका रहेको छ ।

    सि आई ए का डाइरेक्टर रिचार्ड हेल्म्सले राष्ट्रपति निक्सनसँगको बैठकमा टिपेको १५ सेप्टेम्बर, १९७० को एउटा हस्तलिखित टिपोट उपलब्ध छ । हेल्म्स लेख्छन्ः
    ‘सम्भवतः १० मध्ये १ अवसर, तर चिलीलाई बचाउन खर्च गर्न योग्य सरोकार राख्दैन दुतावास संलग्न हुने छैन १ कराेड डलर उपलब्ध छ, आवश्यक भए थप प्राप्त हुनेछ पूर्णकालीन काम–हामीसँग भएका सर्वोत्कृष्ट मानिस खेल योजना अर्थतन्त्रलाई  ध्वस्त बनाउने कार्य योजनाको लागि ४८ घण्टा’।

    यो बैठकको विवरण एक सि आई ए अफिसरद्वारा टिपिएको थियो तर भोलिपल्टको रिर्पोटमा उनको नाम सम्पादन गरिएको थियो । ‘राष्टपतिले एजेन्सीलाई एलेन्डेलाई राष्टपति हुनबाट रोक्न । यदि बनिहाले हटाउन आग्रह गरेको’ भन्दै हेल्म्सले योजनाको कार्यान्वयनको अन्तिम मिति १८ सेप्टेम्बरलाई तोके । मिसनको नाम ‘प्रोजेक्ट फुबेल्ट Project FUBELT’ राखियो ।

    एक महिना बित्यो र उच्च स्तरीय मन्त्रीमण्डलका सदस्यहरू माझ थप योजनाहरू माथि छलफल गर्न थुप्रै बैठक बसे, योजना चिलीका जेनेरल रोबर्टो भिआउक्स वरिपरी बुनिएको थियो । ट्रयाक टु  Track II का साथै “असफल कु का कारण चिलीमा र अन्तर्राष्ट्रिय जगतमा भएको दुर्भाग्यपूर्ण प्रतिक्रियाबारे पनि छलफल भएको थियो” । यस बिन्दुसम्ममा दक्षिण अमेरिकामा भएका कु हरूमा अमेरिकाको सम्लग्नतामा पनि परिवर्तन आइरहेको थियो, फलस्वरूप निक्सनको नेतृत्वमा आक्रामकका साथै ब्यवहारिक दृष्टिकोण अपनाइयो । यो कुरा त्यसको अर्को दिन, अक्टोबर २४, १९७० को दस्तावेजमा देखिएको छ । दस्तावेजले ट्रयाक टु Track II बाट योजना छानेर एलेन्डेलाई अक्टोबर २४ सम्ममा सत्ताच्युत गर्न आह्वान गरेको छ । राजदुत कोरीलाई यस फन्दाबाट बाहिरै राखिएको छ । तर दुई दिन पछि सि आई ए सँगै चिलीमा काम गरिरहेको समुहले जेनेरल रेने स्नाइडरको हत्या गरिदियो र सारा चिली एलेन्डे वरिपरि एकजुट भयो, फलस्वरूप योजना असफल भयो ।

    नोभेम्बर ३ देखि ४ डिसेम्बर, १९७० बीचका श्रृङ्खलाबद्ध दस्तावेजमा स्नाइडरको हत्या र एलेण्डेको राष्ट्रपतिको रूपमा उदयका बीचको सङ्केतहरू भएका ब्यापक छलफलहरू समेटिएको छ । “तेस्रो विकल्प option C— एलेण्डे प्रति चिसो दृष्टिकोण कायम राख्ने र गोप्य रूपमा उनलाई अपदस्त गर्नको लागि काम गर्ने— निक्सनले राष्ट्रिय सुरक्षा परिषदको बैठकमा चयन गरे । ३ दिन पछि हेल्म्सले पहिलो असफल कु मा सि आई ए को भुमिकालाई लुकाउदै राष्ट्रिय सुरक्षा परिषद समक्ष चिलीमा सञ्चालन भइरहेको कार्ययोजना बारे ब्रिफ (brief) गरे । चिलीको सरकारमा रुसको भुमिका बारे छलफल हुन्छ तर अन्त्यमा त्यसलाई अस्वीकार गरिन्छ, किनभने हेल्म्स  ‘रुससँग नजिकको सम्बन्ध राख्ने कुरामा एलेण्डेले संयम अपनाउने छन्’ भन्ने विश्वास गर्दथे । यो दृष्टिकोण नोभेम्बर ९ मा राष्ट्रपतिको चिसो सम्बन्ध राख्ने योजना सरकारी नीति बनाउने क्रममा पनि दोहोर्‍याइएको छ । अन्ततः सि आई ए अधिकृत operative जोन ह्यु क्रिमिन्सले सि आई ए ले विश्व बैङ्क र अन्य ब्यापारिक संस्थाहरूको  सहयोगमा एलेण्डे प्रशासन माथि दवाव हाल्ने कदम चालेको विवरण टिपेका छन् । उक्त दस्तावेजले अमेरिकी राज्यहरूको संगठनबाट चिलीलाई निष्कासन गर्ने कदम चाल्न माग गरेको छ ।

    आफ्नो प्रत्यक्ष सम्लग्नतामा एलेण्डेलाई खतम गर्ने प्रयासहरू बारे सन् १९७३ अगाडि कुनै दस्तावेज तयार गरिएन । यो युगको पहिलो दस्तावेज हाल विगठित डिफेन्स इन्टिलिजेन्स एजेन्सीले तयार गरेको थियो जसमा राष्ट्रपति एलेन्डेलाई विस्थापित गर्ने कु को नेता अगस्टो पिनोसेको जीवनी कोरिएको थियो । उक्त दस्तावेज धेरै सम्पादन गरिएको छ र पनि चिलीको इतिहासमा सबैभन्दा क्रुर तानाशाहको पृष्ठभुमिका केही झलक हेर्न सकिन्छ । १ अक्टोबर १९७३ मा जलसेना सहचारी प्याट्रिक रायनले रक्षा विभाग समक्ष पिनोसे र एलेण्डेलाई हटाउने कु को रङ्गिन विवरण पेस गरे । रायन अनुसार, ‘चिली सैनिक कु लगभग सर्वोत्तम रह्यो’ ।

    यस बिन्दुमा आइपुग्दा पिनोसेको कु स्थापित भइसकेको थियो । सेप्टेम्बर १२ मा एलेण्डेको मृत्युको घोषणा गरियो । रिपोर्टहरूमा एलण्डेले आत्महत्या गरे वा पिनोसेका सैनिकद्वारा हत्या गरिए भन्ने विषयमा मत बाझिएको थियो । अनिष्टकारी समाचारहरु आउने सङ्केत स्वरूप गार्जीयनका रिपोर्टर रिचार्ड गट लेख्छनः

    एलेण्डे सरकारको समर्थन गर्ने सबै रेडियो स्टेसनहरू कब्जा गरिएको छ, कम्युनिष्ट पार्टीको हेड्क्वार्टर माथि छापा मारिएको छ, र एलेण्डेलाई समर्थन गर्ने पपुलर युनिटी कोलेसनका ४० प्रमुख नेताहरूलाई थुन्ने आदेश दिइसकिएको छ ।

    अर्को दिन गट स्थितिको थप कहालीलाग्दो चित्र पेस गर्छन, जब पिनोसे र उनको गुटले आदेशका भरमा शासन चलाउने निर्णय गर्छन र चिली कङ्ग्रेसको विगठन गर्छन । यसै बिन्दुमा एलेण्डेका दृढ समर्थकहरूको आमहत्या सुरु हुन्छ र धेरै जसो प्रजातान्त्रिक अधिकारहरू खोसिन्छः

    प्रेसमाथि कडा सेन्सर लादिएको छ, चिलीका सबैभन्दा शक्तिशाली र धनी उद्योगी अगष्टिन एड्वार्डसद्वारा सञ्चालित केवल दुई समाचार पत्रलाई मात्र चलाउने अनुमति दिइएको छ । ठूलो सङ्ख्यामा त्यहाँ रहेका बोलिभियाली शरणार्थीहरूलाई चिली छोड्ने आदेश दिइयो र निसन्देह ब्राजिलीहरूको ठूलो समुहले पनि छोड्नु पर्नेछ ।

    समाजवादी एलेण्डेलाई सत्ताच्युत गर्न अति उत्सुक अमेरिकाले तुरून्तै पिनोसेको सरकारलाई मान्यता दियो र आउदा २० वर्ष भन्दा बढी समय त्यहाँको सैनिक तानाशाहसँग नजिकको सम्बन्ध कायम गर्‍यो ।

    त्यसपछि

    अध्ययन गरिएका ४ देशहरू मध्ये चिलीको सबैभन्दा धेरै कु पछिको अवस्था सम्बन्धी दस्तावेजहरूको डाटावेस उपलब्ध छ । जर्ज वासिङ्टन वेवसाइटमा कु पछिको चिलीको स्थितिको बारेमा ८ वटा दस्तावेजहरू छन्, जसभित्र पिनोसे सरकारले गरेका मनपरी हत्या(चाडो चाडो गरिने हत्या), चिलीका अधिकारीहरू द्वारा अमेरिकी नागरिकहरूको हत्या, र पिनोसेको भयावह ‘गोप्य पुलिस’, डिना (DINA) बिस्तारका विवरण । तर यी दस्तावेजहरू मध्ये सबैभन्दा डरलाग्दो चिलीका वामपन्थी जर्ज इसाक फुएन्टेसको गिरफ्तारी र उनलाई दिइएको यातना सम्बन्धी विवरणले भरिएको दस्तावेज छ । अपरेसन कन्डको उत्पादन, उक्त अनुसन्धानबाट प्राप्त सूचनालाई चिलीमा हिंसात्मक दमनको संस्कृति अघि बढाउन प्रयोग गरियो जसमार्फत स्वयं फुएन्टेस सहित हजारौं मानिसलाई ‘बेपत्ता’ पारियो ।

    सन् १९७७ मा यु एन मा UPI एक संक्षिप्त विषय बाहेक अमेरिकाले पिनोसको क्रुर सत्तालाई शक्तिमा ल्याएको विषयमा कुनै औपचारिक माफी मागेको छैन । करिब ४ हजार मानिसको हत्या गरियो, थप ३० हजार लाई यातना दिइयो र १ हजार ५ सय जना हराए । त्यस बाहेक २ लाख मानिस पिनोसेको क्रुर शासनबाट देश छोडी भागे । अहिले समाजवादी राष्ट्रपति मिसेल बाचेलेटले चिलीको नेतृत्व गरिरहेका छन्, जसले चिलीको राजनीतिमा वामपन्थी नीतिहरू फिर्ता ल्याउन धेरै काम गरेका छन् ।

    अगस्टो पिनोसेको सैनिक तानाशाहीद्वारा चिलीका नागरिकहरूको दमन, १९७३

    निष्कर्ष

    सि आई ए को हस्तक्षेपले यी देशहरूमा निर्वाचित वामपन्थी नेताहरूलाई छोटो समयका लागि सत्ताच्युत गरेको भएता पनि ती मध्ये धेरै देशहरू पहिलेका भन्दा नरम वामपन्थी विचारको धारमा फर्किएका छन् । माथि उल्लेखित चिली, ब्राजिल र बोलिभिया बाहेक प्रजातान्त्रिक गणतन्त्र कोङ्गो (राष्ट्रपति जोसेफ कबिला कबाङ्गे) र निकारागुवा (राष्ट्रपति डेनियल ओर्टेगाको नेतृत्व)मा सि आई ए हस्तक्षेप पछिको समयले वामपन्थी राजनीतिज्ञहरूलाई शक्तिमा फर्काएको छ । यसले के देखाउँछ भने वामपन्थी विचारधारा दबाइएको भएता पनि सि आई ए ले दबाउन चाहेका समाजवादी विचारबाट प्रेरित राजनीतिज्ञहरू निर्वाचनमा योग्य मात्र छैनन् देशका जनताहरूबाट पनि रुचाइएका छन् ।

    तर सि आई ए का अझ ठूला हार त ती देशहरूमा भएको छ जुन देशहरूमा आधारभूत परिवर्तनको प्रारम्भ सि आई ए ले थालेको थिएन । टड्कारो देखिने असफलता उत्तर कोरिया, भियतनाम र क्युवामा देख्न सकिन्छ । तर यहाँ ध्यान दिनु पर्ने एउटा कुरा के हो भने इरानमा बर्बर धार्मिक अन्धता स्थापना गर्ने, इराकमा सद्धाम हुसेनले नेतृत्व गरेको बाथ पार्टी सत्तामा ल्याउने र अफगानिस्तानमा ९/११ को योजनाकार ओसामा विन लादेनलाई लुकाएर राख्ने, तालिबान जन्माउने प्रतिक्रिया जन्माउन सि आई ए का गतिविधिहरू पनि जिम्मेवार थिए । यी प्रत्येक देश सि आई ए ले स्थापना गरेका क्रुर शासकका शासन पछि हाल सम्म पनि सामान्य अवस्थामा फर्कन सकेका छैनन् । यसो हुन नसक्नुका विभिन्न कारण छन् तर यी शासकहरूले गरेका मानवअधिकार उल्लङ्घनका घटनाले ती भन्दा पूर्ववर्ती वामपन्थी सरकारहरूले अपनाएका नियन्त्रणकारी दमनका घटनाहरूलाई धेरै उछिनेका छन् ।

    कु हरूमा अमेरिकी ब्यापारिक स्वार्थहरूका आकांक्षाको प्रभावलाई नजरअन्दाज गर्न सकिंदैन । यहाँ उल्लेख गरिएका सबै सत्ता परिवर्तनहरूमा युनाइटेड फ्रन्ट्सले भुमिका खेलेको छ र त्यस्ता सबै सत्ता परिवर्तनहरूले अमेरिकी ब्यापारिक स्वार्थहरू प्रति मित्रवत व्यवहार गर्ने तानाशाहीहरूलाई सत्तामा स्थापित गरेका छन् । सम्भवतः क्युवामा हात लागेको असफलताका कारणले होला अमेरिका प्रत्येक हस्तक्षेप पछि सबैभन्दा माथि, त्यस देशका जनता भन्दा पनि माथि अमेरिकी ब्यापारका अधिकारहरू सुरक्षित बनाउन उद्दत रह्यो ।

    मेरो विचारमा सि आई ए आफ्ना कम्युनिष्ट विरोधी भावनाका बाबजुद मध्य र दक्षिण अमेरिकालाई पूँजीवाद विरोधी विचारबाट जोगाउने लक्ष्यमा असफल रह्यो । तर मेरो विचारमा असहमति जनाउने विचारहरू पनि छन् । त्यस्ता एक ब्यक्ति प्रोफेसर रेडक्रो पनि हुन् । उनको दृष्टिकोणले जति नै सि आइ लाई उडाए (निचा देखाए) पनि र बोलिभियाका मोरालेसको जति प्रशंसा गरेता पनि, उनले सि आई ए प्रेरित विद्रोहले छोएका अन्य राष्ट्रहरूको निरासाजनक चित्र प्रस्तुत गरेका छन्ः

    निरासा लाग्दो कुरा के छ भने ल्याटिन अमेरिकाको भौतिक अवस्था जसका विरुद्ध चे ग्वेभाराले लडेका थिए, हाल आएर उनी मारिएको समयको भन्दा खराब भएको छ । कैयौं सरकारहरूको नेतृत्व प्रजातान्त्रिक समाजवादीहरूले गरिरहेका भएता पनि पूँजीवादलाई विस्थापन गर्ने संरचनागत परिवर्तनहरू गरिएका छैनन्, न त कुनै सरकारले अमेरिका समर्थित कु को भय रहित त्यस्तो प्रयत्न गर्न सक्छन् । चे ग्वेभारा मारिनु केही घण्टा अगाडि उनका लागि एक बटुका सुप ल्याइदिने विद्यालयका शिक्षिकालाई उनले आफूलाई बन्दी बनाइएको माटोका जीर्ण विध्यालयमा ती शिक्षिकाले ‘कसरी आफ्ना बालबालिकाहरूलाई पढाउन सक्छिन’ भनेर सोधेका थिए । दुःखद तर सत्य ब्राजिलमा जहाँ त्यहाँका धनीहरू अफिसबाट अग्लो स्थानमा रहेको आफ्नो बासस्थान जान हेलिकप्टरको प्रयोग गर्छन्, त्यहीं नै माथि बताइएको अवस्था अहिले पनि विद्यमान छ । तर कुनै गुरिल्ला सेनाले उक्त अवस्था बारे केही गर्न सक्ने सम्भावना अझै टाढाको विषय बनेको छ ।

    प्रोफेसर रेडक्रोका मध्य र दक्षिण अमेरिका सम्बन्धी दृष्टिकोण प्रति विनयपूर्वक असहमत भए पनि म के कुरामा सहमत छु भने शीतयुद्धको समयमा त्यस क्षेत्रमा फैलिएको वामपन्थी राजनीति भन्दा अहिलेको वामपन्थी राजनीति धेरै नरम छ । यति भनिसकेपछि भेनेजुयलाकाे मदुरो सरकार (जसले प्रत्येक दिन जसो अमेरिकाको नाक सामु औंला ठड्याउछ) सहित वामपन्थी सरकारहरूको आगमन मार्क्सवादी आदर्श (नैतिकता)मा विश्वास गर्नेहरूका लागि सकारात्मक लक्षणका रूपमा हेर्न सकिन्छ । जति समय अघि बढ्दै जानेछ म सि आई समर्थित अमेरिकी साम्राज्यवादका अनेकन योजना र स्किमहरूका बाबजुद यी देशका सरकारहरू थप अझ बढी वामपन्थी बन्दै जानेछन् भन्ने देख्दछु ।

    यो पनि पढ्नुहोस् – 

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला) 

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

    ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

    (एम अर्ल स्मिथको अनुसन्धानात्मक आलेखको आधारमा कस्मोनट सम्पादक मण्डलले तयार पारेको यो रिपोर्ट नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.