Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामीचाहिँ तालिबानी नबन्ने कि !

'इस्लामिक इमिरात अफ अफगानिस्तान' भन्नु र 'हिन्दूराष्ट्र नेपाल' भन्ने अवधारणा एकै हो। राज्यको मुखै हुँदैन, कहाँ दारी पाल्नु? राज्य यति जटिल भुगोलमा बनेको हुन्छ कि बुर्का कहाँनिर झुन्ड्याउनु? कहाँनिर जनै झुण्ड्याउनु? राज्यको टाउको भए पो टुप्पी पाल्नु!

प्रकाश अजात प्रकाश अजात
भदौ ७, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्लो पटक अफगानिस्तानमा त्यहाँका कट्टरपन्थी तालिबानीहरूले सत्ता कब्जा गरेपछि संसारभर तिनीहरूबारे अनेक खालका चर्चा चुलिएको छ। र, विगत २५ वर्षयता जुनसुकै धर्म सम्प्रदायमा भएको कट्टरताको उदाहरण दिनुपर्दा पनि विश्वभर ‘तालिबानी’ बिम्बको प्रयोग उत्तिकै चलेको छ। खासगरी, छिमेकी भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सत्तामा आएपछि त्यहाँका अल्पशंख्यकहरूले बहुशंख्यक हिन्दूहरूको धार्मिक पवित्रताका मानकहरू भत्काएको आरोपमा बेलाबेला मब् लिन्चिङ (भीडले मान्छे कुटेर मार्ने काम) हुनेगरेको छ। र, यस्ता बर्बर अपराधमा संलग्न हुने अतिवादीहरूलाई पनि जाबेद अख्तरलगायतका त्यहाँका प्रगतिशील विचारक/टिप्पणीकारहरूले ‘हिन्दू तालिबानी’को संज्ञा दिने गरेका छन्।

    सातौँ शताव्दीमा स्थापित इस्लाम धर्मका कठोर विधानहरूलाई आज पनि उस्तै रूपमा लागू पर्ने ठान्दछन् तालिबानीहरू। उतिखेर अनेकौँ सम्प्रदाय, जाति र धार्मिक मतमा बाँडिएर प्रायजसो सधैँ हिंसा र द्वन्द्वमा जकडिएका उतिखेरका अरबका कबिलाहरूलाई एकिकृत गराएर, त्यसको सट्टामा शान्तिपूर्ण एकताको प्रयासस्वरूप आजको साउदी अरेबियामा पैगम्बर मोहम्मदले इस्लाम धर्मको प्रवर्तन गरेका थिए। कमसेकम त्यो समयमा द्वन्द्व अन्त्य गराउने उनको पहललाई आजको दृष्टिमा सकारात्मक मान्नैपर्छ तर छैठौँ शताव्दीमा जारी गरिएका धर्मको पवित्रताका कठोर मानकहरू यो युग सुहाउँदो छैन।

    महिलाद्वेष

    इस्लाममात्रै होइन, संसारका प्रायः सबैजसो धर्महरू महिलाद्वेषी छन्। पुरुषहरूद्वारा नै ‘धर्म’ प्रवर्दित हुनु, प्रायः पुरुषहरूमात्रै धर्मगुरु, धर्माधिकारी र राज्यसंचालक हुनुका कारण यसो हुन गएको हो। एकाध प्रसंग र श्लोकमा महिलाको महिमामण्डन गरिएको भएपनि महिलालाई दोस्रो दर्जाको र ‘पापयोनी’का रूपमा प्राय सबै धर्मग्रन्थहरूमा चर्चा गरिएको छ। र, सबै धर्मले अरुलाई आफूजस्तै हुनका लागि निर्देश गर्छन्। आफ्नै मूल्य, मान्यता र तथाकथित नैतिकताको सीमाभित्र बाँधिएर बस्न आदेश गर्छन्, आफ्नो धर्म नमान्नेलाई उनीहरू काफिर, धर्मद्वेसी, समाजभाँडा या नास्तिक भन्दै हत्या गर्छन्, चारपाटा काटेर डाँडा कटाउँछन् या सामाजिक बहिस्कार गर्छन्।

    ३ वर्षअघि भारतमा त्यहाँका कांग्रेस आईका नेता तथा अध्येता ससी थरुरले त्यहाँको भारतीय जनता पार्टीले धर्मको नाममा राजनीति गर्दै भारतलाई ‘हिन्दू पाकिस्तान’ बनाउन खोजेको आरोप लगाएका थिए। ससी थरुरजस्ता लिबरल हिन्दूहरू धार्मिक राज्यको खिलाफमा उभिएका छन्, उभिन्छन्। ‘म किन हिन्दू हुँ’ नामको चर्चायोग्य कितबासमेत लेखेका उनले भनेका छन्, ‘आज हिन्दूभित्र तालिबान जन्मिरहेको छ। बिजेपीले भनको जस्तो हिन्दू राष्ट्र हुने हो भने त्यो सार्है खतनाक हुन्छ। त्यसले हाम्रो देश ध्वस्त पार्न सक्छ।’ थरुरको चेतावनी हाम्रो हकमा पनि काम लाग्छ।

    धर्मको जडताले तालिबानतिरै पुगिन्छ

    धर्म त्यतिन्जेलसम्म ठीकै हुन्छ, जतिखेरसम्म त्यसलाई मनोरन्जन, चाडपर्व र उत्सव मनाउनका लागि उपयोग गरिन्छ। एकता र सामाजिक सद्भाव विस्तारका लागि त्यसको उपयोग गरिन्छ। तर जब धर्मको नाममा, ‘फलानो धर्म गलत र मेरो धर्म सही’ भन्ने जिरह गर्न थालिन्छ र त्यसलाई लाद्ने प्रयास गरिन्छ, तब सबै धर्मले विस्तारै विस्तारै तालिबानी रूप लिन्छन्। धर्मले आफूलाई लचक बनाउँदा त्यसले लोकको हितै गर्छ, तर जब धर्मले आफूलाई कट्टर र रुढ बनाउँछ, तब त्यो तालिबान, बोकोहराम, अलकायदा, आरएसएस, श्रीराम सेना, बजरंग दल र आइएसआई हुन्छ।

    प्राचिन समयमा धर्मले नै कानुनको काम गर्थ्यो। ईश्वरको त्रास देखाउनु आवश्यक पनि थियो होला। धार्मिक आदेशहरूले समाज व्यवस्था कायम राख्न सहयोग पुर्याउँथ्यो। तर आज चेतान, ज्ञान, विज्ञानले इश्वरको सार्थकता कम हँुदै गएका कारण हिजोका धार्मिक सत्ताहरु ढलेका छन्, धार्मिक सत्ताका संरक्षकहरू, वंशमा आधारित राजसंस्थाहरू फालिएका छन्। हिजो सत्ता जोगाउन बहुशंख्यक जाति वा कबिलाहरूको साथ लिइन्थ्यो, तिनलाई खुसी पारिन्थ्यो र अल्पशंख्यकहरूलाई दबाइन्थ्यो या हत्या गरिन्थ्यो। तर संयुक्त राष्ट्रसंघले सन् १९४८ मा विश्वव्यापी मानव अधिकारको घोषणा गरेपछि सबै अल्पशंख्यहरूको समेत आत्मसम्मान र बाँच्ने अधिकारको सुरक्षाका कुरा स्थापित हुँदैछन्।

    धर्म निरिपेक्षता र पवित्रताका मानक

    धर्मविस्तार वा शासनको डरलाग्दो दण्ड मृत्युदण्ड थियो, राजतन्त्रतात्मक र तानाशाही शासन व्यवस्था भएका मुुलुकमा समेत त्यसकोे प्रयोग घट्दो छ। सैन्य वा प्रशासनिक दमन छाडेर राज्य सबैको हो भन्ने भावना विकास गर्ने यथेष्ट चेष्टा सर्वत्र भइरहेछन्। र, मृत्युदण्ड संसारबाट विस्तारै विस्तारै विस्थापित हुँदैछ। र, यस्ता मृत्युदण्डका कथाहरू त प्रायः हामी धार्मिक पुस्तकहरूमै पढ्दछौँ। हाम्रा शक्तिशाली भनिएका देवता वा इश्वरले उतिखेर पनि आफ्ना बिरोधीहरूको अस्तित्व सक्याउन हत्याको सहारा लिएको देखिन्छ। तर भौतिक विज्ञान र दर्शनको विस्तार हुँदै जादा आज त पुराना कथाहरूमा वर्णित इश्वर स्वयं संकटमा छन्। यो कुराहरूलाई युरोपियनहरूले अलि छिटै बुझे र त्यहाँ धर्म र राजनीति (शासन)लाई अलग राख्ने माग हुन थाल्यो। त्यो नै धर्म निरिपेक्षताको कुरा हो। त्यसले सबै धर्म र पन्थलाई राज्यले निरिपेक्ष व्यवहार गर्नुपर्ने माग गर्छन्।

    प्रायः सबै धर्मले आफ्ना आदर्श र पवित्रताका मानकहरू तोकेको हुन्छ : जस्तो कि यो शुद, यो अशुद्ध, यो पवित्र, त्यो अपवित्र। महिलाले यसो गनुहुन्छ, यसो गर्नुहुन्न। यो जात ठूलो, फलानो सानो। यो खाना खानुहुन्छ, त्यो खाना खानुहुन्न। पुरुषको काम यो, महिलाको जिम्मेवारी त्यो। मोहम्मद र मनुलगायत संसारका धेरै आदिम धर्मप्रवर्तक/धर्मगुरुहरूले त्यस्ता संहिताहरू बनाएका थिए। प्रहरी, व्यवस्थित प्रशासन र लिखित अन्य कानून व्यवस्था नभएका प्राचिन समाजलाई व्यवस्थित, सुखी र निरोगी राख्न रक्सी नखान, परस्त्री या परपुरुष गमन नगर्न, अज्ञात जंगली फलफूल या च्याउ नखान निर्देश गर्ने कुराहरू सही मान्न सकिए पनि आजको आलोकमा हिजाका कतिपय निर्देशहरू बकवास लाग्छन्, असुहाउँदो र त्याज्य ठहर्छन्।

    महिलाका ढाड र भ्यालेन्टाइन्स डे

    जस्तो कि भारतमा बजरंग दल, श्रीराम सेना र आरएसएसका स्वघोषित ‘मोरल पुलिस’हरू बेलाबेला फिल्मका पोस्टरमा महिलाहरूको खुला ढाड देखिएको, हिन्दू महिला र मुसलमान पुरुषले हात समाएर हिँडेको या प्रेम गरेकै विषयमा लफडा गर्छन्। मान्छेको नित्तान्त प्राकृतिक र स्वभाविक प्रेम गर्ने अधिकारमाथि धावा बोल्छन्। तिनीहरू पश्चिमा पर्व मनाएको भन्दै भ्यालेन्टाइन्स डेका दिन बन्दुक र खुकुरी लिएर पार्कमा डुलिरहेका प्रेमिल जोडीहरूलाई आतंकित पार्छन्। र, यस्तै दक्षिपन्थीहरूबाट प्रभावित ‘खुद्रा सेना’हरुले नेपालमा पनि बेलाबेला चटक देखाउने गरेका छन्। यिनीहरू राज्यमा एउटा धर्मको दबदबा चाहन्छन्।

    धर्म नाश भएर देश विधर्मीहरूको हातमा परेको यिनीहरूको ठहर छ। बाहिर राष्ट्रियता, भातृत्व र शान्तिका कुरा गर्ने यिनीहरू सारमा पुरातन मान्यताहरू फर्काउन चाहन्छन्। आजका दिनमा कमल थापा, रुक्मांगद कटवाल, रवीन्द्र मिश्र, सौरभ, मनिसा कोइराला, भुषण दाहाल र टिकाराम यात्रीलगायतका ‘सेलिब्रिटी’हरू यो या त्यो नाममा, प्रतक्ष्य या परोक्ष विगत आधा दशकदेखि धार्मिक राज्यको वकालत गरिरहेकै छन्। शशांक कोइराला र कमल थापाहरू त वित लामो समयदेखि लागिरहेकै थिए, पछिल्लो पटक आफूलाई कम्युनिष्ट बताउने खड्गप्रसाद ओली पनि भोट र शक्ति आर्जनका लागि यही अभियानमा खटेका छन्।

    ‘इस्लामिक इमिरात अफ अफगानिस्तान’ भन्नु र ‘हिन्दूराष्ट्र नेपाल’ भन्ने अवधारणा एकै हो। राज्यको मुखै हुँदैन, कहाँ दारी पाल्नु? राज्य यति जटिल भुगोलमा बनेको हुन्छ कि कहाँ बुर्कानिर झुन्ड्याउनु? कहाँनिर जनै झुण्ड्याउनु? राज्यको टाउको भए पो टुप्पी पाल्नु! अत : राज्यले धर्म मान्नुपर्दैन। धर्मका नियम राज्यले मान्नै सक्दैन। र, मान्नुपर्छ भनेर जिद्धि गर्नु मुर्खतापूर्ण हुनजान्छ। धर्म नित्तान्त व्यक्तिगत कुरो हो, यसलाई राज्यले संरक्षण गर्ने या मान्ने काम त्यस राज्यका अनेक मतहरूको अपमान हो। आधुनिक वैज्ञानिक सोँचप्रतिको प्रहार हो।

    भ्रमहरू

    हामीले धार्मिक राज्यको वकालत गर्दैगर्दा के भुल्नुहुन्न भने आज पनि इजरायली यहुदी र प्यालेस्टाइनी मुसलमानको द्वन्द्वले त्यहाँको शान्तिकामी जनताको जिन्दगी विथोलिएको छ। धर्मकै कारण विभाजित युगोस्लाभिया, भारत–पाकिस्तान, नाइजेरीयाबाट हामीले सिक्नुपर्छ। एकै सिरियामा एउटै इस्लाम धर्मभित्रका दुई मत सिया र सुन्नीबीचकै द्वन्दलाई हेर्दा पनि धर्मको झगडाको गहिराई बुझिन्छ।

    कतिपय मान्छेहरू नेपाललाई धर्म निरिपेक्ष राज्य बनाएपछि यहाँ धर्मान्तरण बढेको तर्क गर्छन् जबकि मुलुकी अपराध संहिता २०७४ ले धर्म रुपान्तरमा सख्त बन्देज लगाएको छ। यो राजा फालेपछि मुलुकले बनाएको कानून हो। धर्मान्तरणलाई अपराध मान्दै त्यस कानूनले पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। र, अर्को कुरा, धर्म र तथाकथित पवित्रता बिल्कुलै व्यक्तिगत विषय हो। तपाईँलाई घिन लाग्ने विषय अर्कोलाई मिठो लाग्न सक्छ। तपाईँलाई अपमानपूर्ण लाग्ने कुरा अर्कोलाई सम्मानपूर्ण लाग्न सक्छ।

    तपाईँका लागि तपाईँलाई बाल्यकालदेखि सिकाइएको वा पढाइएको धर्म उत्पातकै लाग्नु स्वभाविकै हो, जसरी ऐनाअगाडि उभिँदा तपाईँ आफूलाई समकालिन चलचित्र नायक वा नायिकाभन्दा कम नलाग्ला। तपाईँलाई आफ्नो इतिहास, पुर्खा, जात, थर, गोत्रमा पनि अति गर्व होला, तर ती सबै आत्मपरक कुरा हुन्। तपाईँलाई अनैतिक लाग्ने कुरा अर्कोलाई नैतिक पनि लाग्न सक्छ। यसर्थ, यो व्यक्ति स्वयंले फैसला गर्ने विषय हो। यस्ता आत्मपरक कुरामा आजका दिनमा राज्यलाई सहभागी बनाउनु आवश्यक छैन।

    मुक्ति

    अफगानिस्तानको काबुल कब्जा गरिसकेपछि तालिबानका प्रवक्ता जबिउलाह मुजाहिदले अघिल्लो मंगलबार धम्क्याउने शैलीमा भनेका थिए, ‘हाम्रा आइमाईहरू मुसलमान हुन्, उनीहरूले सरियतअनुसार रहनुपर्छ। तर अरुहरूले हाम्रो धर्मको चिन्ता नगरकै बेस।’ यसो भन्दै गर्दा यी तालिबानीहरू के कुरा भुल्नेगर्छन् भने सरियतका कडा प्रावधानहरूबाट सबैभन्दा पीडित त्यहाँका महिलाहरू हुन्।

    सबै धर्मबाटै संसारमै पीडित कोही छन् भने ती महिला हुन्। हिन्दू धर्मभित्र भएका अन्धविश्वास, महिला विभेद, जातिभेद र पशुबलिललगायतका कुरामा रुपान्तरण र सुधारका कुराहरू उठाउँदा हाम्रा धर्मका ठेकेदारहरू पनि करिब त्यस्तै कुरा गर्छन्। सुधारका कुरा गर्नेहरूलाई उनीहरू बाहिरिया र पश्चिमा देशका धर्म रूपान्तरणका एजेन्ट ठान्ने गर्छन्।

    तर आजको कटु सत्य के हो भने शिक्षा, इन्टरनेट र प्रविधिमाथि जति नै प्रतिवन्ध लगाउँदा पनि मान्छेहरू मानवीय गरीमा र स्वतन्त्रताका बारेमा विश्वमै पहिलोपटक तिब्र रूपमा जागरूक हुँदैछन्। तालिबानी र सरियत कानुनलाई कडाइका साथ लागू गराउनुपर्छ भन्नेहरू महिलाको कुमारित्व र ‘डिग्नीटि’लाई प्रमुख ठान्छन्। हामी पनि महिलाहरूको महिलाहरूको योनी, स्तन, उनीहरूको नाङगो भुँडी र गुप्ताङ्गमा उनीहरू र सिंगो परिवारको ‘इज्जत’ देख्ने गर्छौँ।

    यसो किन हुनेगर्छ भने हामीहरू पनि हुन नसकेका तालिबनी नै हौँ। ओठे प्रतिवद्धता मात्रै किन नहोस्, ‘हामी महिलाहरूको स्वतन्बताको सम्मान गर्नेछौँ’ भनेर तालिबानीहरू समेत माइकका अगाडि भट्याउन वाध्य भएको यो समयमा हामी पनि धार्मिक जडता र रुढताहरूबाट मुक्त हुने कि! तालिबानीहरूले समेत आधुनिक संसारसँग मिसिन ‘तालिबानी मान्यता’ ताड्दै गर्दा हामीचाहिँ तालिबानी नबन्ने कि !

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.