Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवादमा पुग्ने विशिष्ट कार्यक्रम चाहिदैन्?

अब हाम्रो क्रान्तिको बाटो हिंसात्मक होइन भनेर हामीले भनिसकेका छौँ । शान्तिपूर्ण ढंगले समाजवादमा पुग्न सकिन्छ भने हामीसँग एउटा विशिष्ट कार्यक्रम चाहिन्छ कि चाहिँदैन ? आजका कम्युनिस्ट कसैले नउठाएको विषय हो यो, यो विषय उठाउनुपर्छ । निश्चित कार्यक्रम नभएकाले हाम्रो दिशा स्पष्ट भएको छैन र हामी अलमलमा छौँ । त्यसैले जो सरकारमा गए पनि उस्तै–उस्तै देखिन्छ-शेरबहादुर प्रधानमन्त्री भए पनि, प्रचण्ड प्रधानमन्त्री भए पनि, माधव नेपाल, केपी ओली आदि–इत्यादि प्रधानमन्त्री भए पनि उस्ताउस्तै जस्तो देखिन्छ ।

पृथ्वीसुब्बा गुरुङ पृथ्वीसुब्बा गुरुङ
माघ ९, २०८०
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दुईवटा कुरामा नेपालको वाम आन्दोलन अलमलमा परेकोजस्तो अहिले देखिन्छ । नेपालका सबै कम्युनिस्टहरूले मानेको के हो भने पुँजीवादी जनवादी क्रान्ति पूरा भयो । पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्दा हाम्रो क्रान्ति चाहिँ चीनको या भियतनामको, कोरियाको जस्तो हिंसात्मक संघर्षबाट सफल भएको क्रान्ति थिएन, हाम्रो क्रान्ति शान्तिपूर्ण ढंगले सफल भएको क्रान्ति थियो ।

    नेपालका कम्युनिस्टहरूले ध्यान दिनुपर्ने कुरा के थियो भने, हिंसात्मक संघर्षबाट क्रान्ति सम्पन्न भएको मुलुकमा सुपर स्ट्रक्चर (उपरी संरचना) सबै नयाँ बनिहाल्छ- न्यायालय भयो, आर्मी वा पुलिस भयो, ब्युरोक्रेसी आदि सबै नयाँ बनिहाल्छ । संसारमा हाम्रो एकल उदाहरण होला, शान्तिपूर्ण ढंगले पुँजीवादी जनवादी क्रान्ति पूरा भएको हो । यस्तो देशका नेताहरूले क्रान्ति पूरा भएपछि के गर्नुपथ्र्यो ? हाम्रो उपरी संरचनाको कुरा गर्दा— अहिलेको ब्युरोक्रेसी सामन्तवादले हुर्काएको तीन–चार सय पुरानो छ, पुलिस पनि २०१२ सालमा मुक्ति संग्राम र नेपालको प्रहरी जम्मा गरेर बनाइएको थियो, अदालतको कुरा गर्दा पुनरावेदन अदालतको ठाउँमा उच्च अदालत नाम राखियो ।

    व्यवस्था परिवर्तन भयो, राज्यको शासन–प्रशासन संरचना परिवर्तन भयो, परिवर्तन नभएको एउटा मात्रै ठाउँ थियो अदालत । हाम्रो नेपालका वामपन्थी कम्युनिस्टहरूले के गर्नुपथ्र्यो भने, मदन भण्डारीको भाषामा भन्दा यिनलाई डेमोक्रटाइज गर्नुपथ्र्यो । क्रान्तिमा जुन उपलब्धि हासिल गरेका छौँ, त्यसलाई कार्यान्वय गर्ने ढंगको टुल बनाउनुपथ्र्यो उपरिसंरचनालाई । त्यो नबनाएकाले नै आज सुशासन भएन, भ्रष्टाचार कायमै रह्यो, आदि इत्यादि कुरा आइरहेका छन् । यो कुरा अब नेपालका कम्युनिस्टहरूले गर्छौं भनेर प्रतिबद्धता जाहेर गर्नुपर्छ ।

    अर्को कुरा, एउटा क्रान्ति पूरा भएपछि अर्को क्रान्तिको चरण सुरु हुन्छ, यो सबैले जानेको कुरा हो । हाम्रो मुलुकमा पुँजीवादी जनवादी क्रान्ति पूरा भयो भनेपछि अब क्रान्तिको चरण समाजवादी क्रान्तिको चरणमा गयो । पुँजीवादी युगमा समाज प्रवेश भएपछि समाजवादी क्रान्तिको चरण आउँछ तर नेपालका राजनीतिक दलहरूले अहिलेसम्म कसैले पनि हाम्रो आम कार्यक्रम समाजवादी कार्यक्रम हो भनेका छैनन् ।

    आजको दिनमा हामीले समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि गर्नुपर्ने विशिष्ट कार्यक्रम के होलान् ? समाजवादी कार्यक्रम नै आम कार्यक्रम हो अबको चरणको । मार्क्सवादी दर्शनका हिसाबले, या ऐतिहासिक भौतिकवादका हिसाबले, या त द्वन्द्वात्मक भौतिकवादका हिसाबले हामीले बुझ्नुपर्ने के हो भने, हरेक चिजको दुइटा पक्ष हुन्छ- एउटा आम पक्ष हुन्छ, अर्को विशिष्ट पक्ष । अबको नेपाली क्रान्तिको पक्ष भनेको दुइटा पक्ष छ, एउटा समाजवादी क्रान्तिको पक्ष वा आम पक्ष । अर्को भनेको अहिले हामीले गर्नुपर्ने के हो ? अहिलेको हाम्रो अर्थनीति कस्तो हुने, कूटनीति, सामाजिक नीति, सांस्कृतिक नीति व्यापार–वाणिज्य नीति के हुने, शिक्षा र स्वास्थ्यका नीति के के हुन्छन्, सुरक्षा नीतिहरू के के हुन्छन्, यी सबैलाई सगोलमा हेरेर हामी अगाडि बढ्नुपर्नेछ । अहिले हाम्रो सामु देखापरेको बाधक शक्ति वा वर्ग दलाल पुँजीपति वर्ग नै हो, यसलाई निसाना बनाएर हामीले विशिष्ट कार्यक्रम बनाउनुपर्‍यो । एमालेले भनिराखेको छ- समृद्ध नेपाल र सुखी नेपाली हाम्रो विशिष्ट कार्यक्रम हो । त्यतिले मात्रै पुग्दैन भन्छु म । हामीले सत्तामा जानेबित्तिकै विशिष्ट कार्यक्रम यो यो हो भनेर कार्यान्वयन गर्नुपर्‍यो । त्यसो गरे मात्रै ठोस रूपमा समाजवादका आधारहरू तयार हुन्छन् । अनि मात्र सामाजिक रूपले, सांस्कृतिक रूपले, आर्थिक रूपले, राजनीतिक रूपले र भौतिक रूपले हामी समाजवादतर्फ जान सक्छौँ ।

    अब हाम्रो क्रान्तिको बाटो हिंसात्मक होइन भनेर हामीले भनिसकेका छौँ । शान्तिपूर्ण ढंगले समाजवादमा पुग्न सकिन्छ भने हामीसँग एउटा विशिष्ट कार्यक्रम चाहिन्छ कि चाहिँदैन ? आजका कम्युनिस्ट कसैले नउठाएको विषय हो यो, यो विषय उठाउनुपर्छ । निश्चित कार्यक्रम नभएकाले हाम्रो दिशा स्पष्ट भएको छैन र हामी अलमलमा छौँ । त्यसैले जो सरकारमा गए पनि उस्तै–उस्तै देखिन्छ-शेरबहादुर प्रधानमन्त्री भए पनि, प्रचण्ड प्रधानमन्त्री भए पनि, माधव नेपाल, केपी ओली आदि–इत्यादि प्रधानमन्त्री भए पनि उस्ताउस्तै जस्तो देखिन्छ ।

    आजको वामपन्थीहरूले भन्नुपर्‍यो— एउटा क्रान्ति सम्पन्न भएपछि प्रधान अन्तर्विरोधको समस्या हल भयो । हिजो नेपाली जनताको प्रधान वा मुख्य दुस्मनचाहिँ सामन्त वर्ग र दलाल नोकरशाही पुँजीपति वर्ग थियो । त्यो सामन्त वर्ग पराजित भयो, अब हाम्रो प्रमुख दुस्मन को हो भनेर किटानीका साथ भन्न सक्नुपर्छ । दलाल नोकरशाही पुँजीपति वर्ग नेपाली समाजको नेपाली जनताको मुख्य दुस्मन हो, अथवा उनीहरूसँगको अन्तर्विरोध हाम्रो मुख्य अन्तर्विरोध हो भनेर भन्नुपर्‍यो । त्यसको केन्द्रबिन्दुमा गएर त्यसलाई पराजित गरेर राष्ट्रिय पुँजीको निर्माण गर्ने कुरा आउँछ ।

    हामी आज एउटा दोबाटोमा आएर उभिएका छौँ, त्यो दोबाटोमा कांग्रेस आयो भने उदारवादको बाटो हिँड्छु भन्छ । हामी कम्युनिस्ट आएपछि राष्ट्रिय पुँजीवादको बाटो हिँडेर समाजवादको आधार तयार गर्छौं, त्यसमा दलाल तथा नोकरशाही वर्गलाई परास्त गर्दै जान्छौँ भनेर भन्नुपरेन ? यसमा पनि कम्युनिस्टहरू अलमलमा छन् । अलमलमा मात्र होइन, अझ दलाल नोकरशाही पुँजीपति वर्गको हित प्रतिनिधित्व गर्ने एउटा संस्था वा शक्तिसँग, त्यस्तो प्रवृत्ति र पार्टीसँग मिलेर हामी समाजवादको बाटोतिर लागिरहेका छौँ कि पुँजीवादको बाटोतिर ? नेपालका कम्युनिस्टहरू सबैभन्दा ठूलो अलमलमा भएको विषय यही हो । एउटा पार्टीको नेताको हैसियतले मैले यसो भन्दा आफ्नो पार्टी छैन (सरकारमा), त्यसैले भन्यो भन्ने लाग्न सक्छ, तर मेरो पार्टीले गरे पनि अर्को पार्टीले गरे पनि यो नेपालका कम्युनिस्टहरूले मुख्य वर्ग शत्रुसँग साँठगाँठ गरेर, वर्ग शत्रुसँग मिलेर उसलाई नेता मानेर यो मुलुकमा समाजवाद आउँदैन । समाजवादको आधार पनि तयार हुँदैन । राष्ट्रिय पुँजीको विकास पनि हुँदैन । हामीले चाहेको शिक्षा नीति, स्वास्थ्य नीति, परराष्ट्र नीति आदि इत्यादि पनि हुँदैन ।

    कम्युनिस्टबाहेक परिवर्तन चाहने अरु शक्ति नभएकाले हिजोको दिनमा हामीले आफूलाई वामपन्थी भन्यौँ । वामपन्थ कम्युनिस्टको पर्यायवाची शब्द बन्यो । मार्क्सवाद, लेनिनवाद नमाने पनि, समाजवादलाई आफ्नो अन्तिम रणनीतिक लक्ष्य नमाने पनि अहिले जसपाले आफूलाई वामपन्थी भन्छ । यसले गर्दा वामपन्थी भनेको के हो भन्नेमा पनि बुद्धिजीवीहरूले स्पष्ट पार्नुपर्नेछ । हामी कम्युनिस्टहरूमा धेरै अलमल र भड्काउ छ । कति धेरै आत्मसमर्पणको नीति हामीमा आइरहेको छ । कम्युनिस्ट भन्नेबित्तिकै ऊ देशभक्त हो, सबै कम्युनिस्टहरू देशभक्त हुन्, सबै देशभक्तहरू कम्युनिस्ट नहुन सक्छन् भन्ने थियो नि हिजो हाम्रो वामपन्थको परिभाषामा, आज त्यसमाथि प्रश्न उठाउने बेला भइसक्यो ।

    हाम्रो स्वाधीनताको आन्दोलन जुन अधुरो छ, भौगोलिक अखण्डताको आन्दोलन जो अधुरो छ, त्यसलाई पूरा गर्ने नेपालका कम्युनिस्टहरूले मात्रै हो, हाम्रो आजसम्मको परिभाषाले यही भन्छ । त्यसमा पनि प्रश्न उठिसकेको छ । राष्ट्रिय आत्मसमर्पणको नीति कम्युनिस्टहरूले लिए कि लिएनन् नेपालमा ? समीक्षा गर्नुपर्छ, मैले आलोचना त्यहीँनेर गर्न खोजेको हो । त्यसमा समीक्षा गरेर हामी सुध्रिएर अगाडि बढ्नुपर्छ । होइन भने समाजवाद सबैले रट्ने, सबै कम्युनिस्ट हो भन्ने, सबैले राष्ट्रिय पुँजीको विकास गर्छु भन्ने तर हिँड्नेचाहिँ दलाल पुँजीपतिको बाटो ! यसरी त राष्ट्रिय पुँजीको विकास हुँदैन ।

    अहिले झनै एकता हुनुपर्ने हो कम्युनिस्टहरूका बिचमा । हिजो हाम्रो बाटो फरक फरक थियो । कोही हिंसात्मक संघर्षको कुरा गथ्र्यौं, कोही शान्तिपूर्ण संघर्षको । हाम्रा कार्यनीति फरक फरक थिए । मार्क्सवाद र लेनिनवादको दर्शन लिए पनि, सबैको लक्ष्य साम्यवाद र समाजवाद भने पनि, सबैले नयाँ जनवादी क्रान्ति गर्छौं भने पनि हाम्रा मार्गदर्शक सिद्धान्तहरूमा केही न केही फरक थियो । कसैले मार्क्सवाद, लेनिनवाद भन्थ्यौँ । कसैले माओत्से तुङ विचारधारा वा माओवाद भन्थ्यौँ । कसैले जनताको बहुदलीय जनवाद भन्थ्यौँ तर कार्यनीतिक रूपमा ठूलो विवाद भएको हुनाले, या संयुक्त मोर्चाको सम्बन्धमा धेरै मतभिन्नता भएको हुनाले हिजो कम्युनिस्ट पार्टीहरू एउटै बनाउने कुरा धेरै गाह्रो थियो । गठबन्धन गर्ने कुरा, सहकार्य गर्ने कुरा, कार्यगत एकता गर्ने कुरा, संयुक्त मोर्चा बनाउने कुरा धेरै गाह्रो थियो । त्यो बेला पनि हामीले संयुक्त वाममोर्चा बनायौँ । संयुक्त राष्ट्रिय जनआन्दोलन बनाएर दुई धारबाट पञ्चायत फालेर यहाँसम्म आइपुगेका हौँ ।

    आज त धेरै सजिलो छ । आज हिंसात्मक संघर्षको बाटो लिने सबैले त्यसलाई छाडेका छन् । अबको बाटो शान्तिपूर्ण संघर्षको बाटो हो । अब सबैको कार्यनीति चुनावमा लड्ने, बहुमत प्राप्त गर्ने, सरकार चलाउने र नेपाली जनताको सेवा गर्ने या क्रान्तिको सेवा गर्ने, अब सबैको लक्ष्य समाजवाद प्राप्त गर्नेछ, अनि फरक केमा छ ?

    सबैको एउटै कुरा छ भने अलग अलग पार्टीमा किन लाग्ने ? नेता अलग अलग किन बनाउने ? सकिन्छ भने एकताबद्ध कम्युनिस्ट पार्टी चाहियो, त्यो एकताबद्ध कम्युनिस्ट पार्टी बनाउन सकिएन भने संयुक्त मोर्चा बनाउनुपर्‍यो । संयुक्त मोर्चा पनि नभए कमसे कम कार्यगत एकता गर्नुपर्‍यो । चुनावमा कार्यगत एकता हुन सक्छ, या सरकार चलाउन कार्यगत एकता हुन सक्छ, या अरु संघर्षका मुद्दामा कार्यगत एकता हुन सक्छ । या हाम्रो पूर्ण नक्सालाई कार्यान्वयनमा ल्याउनलाई कार्यगत एकता गरेर संयुक्त संघर्ष हुन सक्छ, त्यो बाटोमा लाग्नुपर्छ, त्योभन्दा अर्को विकल्प छैन ।

    (नेपाल अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित आजको वामपन्थ– २ (पुस १८–१९) गोष्ठीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङले राखेका विचारको सम्पादित अंश। –रातोपाटी डटकमबाट साभार। )

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पृथ्वीसुब्बा गुरुङ

      पृथ्वीसुब्बा गुरुङ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.