Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

डाटा पूँजीवाद के हो?

अब प्रविधि र प्रयोगकर्ताका बीचमा तेस्रो पक्ष देखापरेको छ– त्यो हो, विज्ञापन एजेन्सी। यो नयाँ पक्ष सामेल भएपछि एउटा बजार पारिस्थितिकी प्रणाली (market ecosystem) निर्माण भएको छ। विज्ञापन एजेन्सीहरूले डाटालाई बेच्न र प्रसार गर्न सकिने वस्तु (commodity) को रूपमा लिन्छन्। अथवा, यिनलाई डाटा दलाल (data broker) को रुपमा पनि लिन सकिन्छ।

डी अलेजेन्ड्रा पाल्मेरी डी अलेजेन्ड्रा पाल्मेरी
माघ ६, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डाटा पूँजीवाद मानिसको नितान्त निजी अनुभवहरू माथिको एकतर्फी दाबी हो।  यसलाई वा आमरुपमा गोप्यता–निगरानी गर्ने पूँजीवाद (surveillance capitalism) पनि भनेर बुझिइन्छ। यस डाटा पूँजीवादले व्यवहारगत तथ्याङ्क (behavioural data) का लागि मानिसहरूका निजी अनुभवहरूलाई कच्चा मालको रुपमा निःशुल्क प्रयोग गर्छ। यो एउटा यस्तो आर्थिक प्रणाली हो, जसमा व्यक्तिका निजी तथ्याङ्कहरू (personal data) लाई नाफाका स्रोतका रुपमा लिइन्छ र तदनुरुप प्रयोग गरिन्छ। जब विज्ञापन एजेन्सीहरूले प्रयोगकर्ताहरूलाई प्रभावित पार्न व्यक्तिका नीजि तथ्याङ्कहरूको उपयोग गर्न सकिने सम्भावनाहरू बुझे, तब सर्भिलेन्स पूँजीवाद (surveillance capitalism) को उद्भव भयो र यो चुलीमा पुग्यो।

    तथ्याङ्क संकलन (Data collection) को वर्तमान विधि स्वचालित रुपमा नेटवर्क प्यारामिटरहरू समायोजन गर्ने प्रक्रिया हो, जसले गर्दा समाजका विविध आयामहरू एवं सेवाहरूलाई सक्दो बृद्धि गरी नेटवर्कको कार्यक्षमतालाई पुनः उत्कृष्ट बनाउन सकिन्छ। पूँजीवादले सामाजिक जीवनलाई तथ्याङ्क संकलन एवं तथ्याङ्क प्रशोधनमा अझ बढी सामेल गराउँदैछ र यसबाट  सिङ्गो समाज तथा आम नागरिकहरूका गोप्यताहरूमाथि नियन्त्रण गर्ने क्षमतामा अभिवृद्धि गरेको छ। यसरी पूँजीवादको काम गर्ने तरिका अझ कसिलो एवं केन्द्रित बन्दै गइरहेको छ।

    पूँजीवादको निरन्तर आर्थिक दबावका कारण अनलाइन अनुगमन (online monitoring) र डाटाको महत्व (value of data) को विस्तार भएको थियो। पूँजीवादको अन्तिम लक्ष्य मुनाफा बढाउनु र सामाजिक जीवनलाई समृद्ध बनाउने ढोका खोल्नु थियो। तर संचार र सूचना ऐतिहासिक रूपमा शक्तिको एक प्रमुख स्रोत (कास्टेल, २००७) लाई डाटा पूँजीवादले हत्यायो र यसले अरु व्यवस्थाले झैं आफ्नो पक्षमा शक्तिको वितरण गर्‍यो। यही कारण डाटामा पहुँच भएका र यसलाई सदुपयोग वा दुरुपयोग गर्नसक्ने क्षमता भएका पात्रहरूमा असमानरुपमा र बढी शक्ति वितरण गर्ने गर्‍यो।

    डाटा पूँजीवादको सानो रुपरेखा
    डाटा पूँजीवाद, यो शब्दावली अति नै आधुनिक जस्तो लाग्छ। तर यसको जरा १७ औं शताब्दीको अन्त्यतिर नै गाडिएको थियो, जुन बेला इङ्गल्याण्डले ‘राजनीतिक अंकगणित’ को अवधारणा अपनायो। यस अवधारणा अनुसार दैनिक जीवनचर्याको निगरानी गर्ने उद्देश्यले सामाजिक समस्याहरूको मूल्यांकन गरी सोही अनुसार अंक दिइने गरिन्थ्यो। यही अवधिमा डच ईस्ट इन्डिया कम्पनीले उपनीवेश राष्ट्रका जनताको सांस्कृतिक पाटोलाई बुझ्नका लागि दक्षिण पूर्व एशियाका विदेशीहरूलाई नियुक्त गरेको थियो। त्यसले संख्याका हिसावले त्यो पाटोलाई श्रेणीहरूमा निर्धारित गर्दथ्यो, जसलाई पश्चिमी उपनिवेशवादीहरूले सामाजिक नियन्त्रणका लागि उपयोग गर्न सके।

    १९ औं शताब्दीमा, कमर्शियल क्रेडिट एजेन्सीहरूले अमेरिकी व्यवसायहरूको क्रेडिटको अनुगमन तथा मूल्यांकन गर्ने साधनका रुपमा सर्भिलेन्स नेटवर्कहरू (Surveillance networks) विकसित गर्न शुरू गरे। सन् १८७० को दशकसम्ममा यी नेटवर्कहरू ऋण आवश्यक भएका व्यक्तिहरूमाथि निगरानी गर्ने विस्तृत प्रणालीको रुपमा विकसित भइसकेका थिए। (Lauer, २०१०)। यी सुरुवातका केशहरूले व्यक्तिगत डाटाको संग्रहका लागि राजनीतिक र मौद्रिक मूल्य दुवै कारक रहेको देखाएका छन्।

    डाटाबेस कम्प्यूटिङ्ग लागु भएसँगै व्यक्तिहरूका बारेमा डाटा संकलन गर्न र फाइल गर्नसक्ने गरी कर्पोरेसनहरूको क्षमतामा अत्यधिक वृद्धि भयो। सन् १९५० र १९६० को दशकमा सर्वेक्षणहरू र जनमत–सर्वेक्षणहरू प्रयोगमा भएको वृद्धिले अनुसन्धाताहरू, राजनीतिक सर्वेक्षणकर्ताहरू र बजार–निर्माणकर्ताहरूलाई युद्धपश्चात्‌को “आम समाज” लाई उपभोक्ताको रुपमा बुझाउन माग गर्‍यो (इगो, २००७)। सन् १९८० को दशकसम्ममा, उपभोक्ताको क्रेडिट खरीद कार्ड र टेलिफोन कलको रेकर्डको माध्यमबाट उपभोक्ताहरूका बारेमा डाटा संकलन गर्ने प्रक्रिया धेरै हदसम्म स्वचालित भयो।

    डाटाको आधुनिकीकरण
    इन्टरनेट व्यवसायको शुरूआतले निगरानी गरिरहने कार्यलाई नयाँ र फराकिलो स्तरमा पुर्‍यायो। यसले डाटा संकलनका अभ्यासहरू परिवर्तनकारी हुन् भन्ने पुष्टि गर्‍यो।

    अनलाइन व्यवसाय (online commerce) ले सुरुमा अनलाइन सामानहरूको बिक्रीमा ध्यान केन्द्रित गर्‍यो। यसले इन्टरनेटका अपेक्षित प्रयोगकर्ताहरूको वृद्धिबाट नाफा कमाउन खोज्यो। तथापी, यसले यी ‘डटकम कारोवारहरू’लाई नाफा दिन सकेन। यसखालको कारोवारलाई टिकाउनका लागि सुरुवात कै पूँजी लगानीमा बढी निर्भर रहनुपर्थ्यो।

    सन् १९९० को दशकको उत्तरार्धमा डटकम या टेक कम्पनीहरूले दुनियालाई आफ्नो वशमा लियो। अन्य कुनै उद्योगको तुलनामा मूल्य– निर्धारण (valuations) लाई अत्यधिक बढाउँदै यसले दुनियाँलाई आफ्नो वशमा लिएको थियो। तर, सन् २००१ मा डटकम कम्पनीहरूले दुर्घटना र कम मुनाफाको सामना गर्नु पर्‍यो।

    त्यस्तो दुर्घटनापछि नयाँ व्यापार मोडलको माग हुन थाल्यो। यस नयाँ मोडलले ई–कमर्सलाई यसरी परिवर्तन गरिदियो, जसले गर्दा वेब २.० (इन्टरनेट विकासको दोस्रो चरण) को उपयोगिताबाट लाभ उठाउन सकियो। फरेस्टर अनुसन्धान संस्थाका विश्लेषक मेरी मोदहलले वेब २.० लाई ‘पवित्र प्याला’ नै भएको घोषणा गरिन्। उनले भनिन्, “हरेक दिन, इन्टरनेटले दिमाग नै रन्थाउने गरी नयाँ डाटा उत्पादन गर्छ। प्रत्येक लग–अन, प्रत्येक क्लिक, प्रत्येक वेब साइट रजिस्ट्रेशन र प्रत्येक ई–मेलले कम्प्यूटरमा डाटाको एउटा रुपरेखा बनाउँछ। तर यस जानकारीलाई उपयोग कसरी गर्ने यसबारे कसैले पत्ता लगाएका छैनन्।…कुनै कम्पनीले इन्टरनेटबाट एकत्र गरिएका डाटामाथि काम गर्ने क्षमता चाडैं विकसित गर्छ, त्यसले तुरुन्तै फाइदा पाउँछ।”(मोदहल, २०००, पृ. १३७)

    नाफा तर्फ डाटा
    वेब २.० को पहिलो प्रयोग IBM र EasiOrder प्रोग्रामले गरेका थिए। यूजर–डाटाको प्रभावक्षमता (leverage of user data) ले सानो रोबोटलाई किराना पसलका सामान खरीद गर्न र सामानहरूको मूल्य बराबर अरु सामानसँग विनिमय प्रक्रिया संचालन गर्न सहयोग गर्दछ। स्टार्टअप म्यूजिक कम्पनी फायरफ्लाई नेटवर्कले “इन्टेलिजेन्ट एजेन्ट” सफ्टवेयरको प्रयोग गर्‍यो। यस सफ्टवेयरलाई एमआईटी अनुसन्धानकर्ताहरूले विकसित गरेका थिए। यसले प्रयोगकर्ताहरूको अनलाइन गतिविधिहरूबाट एकत्रित डाटाको आधारमा कुन सीडी प्रयोगकर्ताले के खरीद गर्न चाहन्छ भन्ने भविष्यवाणी गर्दथ्यो।

    अमेजनले पनि ग्राहकहरूले के खरिद गर्छन् भन्ने आधारमा पुस्तक सिफारिश गर्ने प्रयोजनका लागि यस्तै किसिमको सफ्टवेयर प्रयोग गर्‍यो। यस सफ्टवेयरले ग्राहकको खरिद गर्ने तौरतरिका (buying pattern) को बारेमा पनि जानकारी राखेको हुन्छ। अमेजनको यसखालको प्रयोगले यो कम्पनी खुदरा विक्रेता मात्रै नभएर एउटा “कृत्रिम बौद्धिक कम्पनी” पनि भएको भान हुन्छ।

    यस्ता प्रयोगहरूले वर्ल्ड वाइड वेब (WWW) लाई अद्वितीय प्रविधिको लाभ उठाउन अवसर दियो। उदाहरणका लागि, कुकी प्रविधिको पुनः उपयोग गरेर कुनै वेबमा “शपिङ्ग कार्ड”मा खरिद गरिने सामानहरूको एकत्र गर्ने जस्ता गतिविधिहरूलाई सम्भव बनाए। यस्ता गतिविधिहरू शुरुमा कुनै साइटलाई आफ्ना भिजिटरहरूको सूचि बनाउन सक्नेगरी विकसित गरिएको थियो।

    वाल स्ट्रीट जर्नलका रिपोर्टरहरूले आफ्ना कम्प्यूटरमा इन्टरनेटका सबैभन्दा बढी हेरिने शीर्ष ५० साइटहरूभित्र ३,००० भन्दा बढी ट्रयाकिङ्ग फाइल राखिएको पाए। ट्रयाकिङ्ग प्रविधि प्लेसमेन्टका मामलामा सबैभन्दा सक्रिय साइट Dictionary.com (एंगविन, २०१०) हो। वेब ब्राउजरहरूमा कुकी प्रविधिहरूको प्रवेशले विज्ञापनका लागि इन्टरनेटको “व्यावसायिक मोडल” को आधार तयार हुन्छ।

    आजको डाटा पूँजीवादः गुगल र फेसबुकको बजार अवस्था
    अब प्रविधि र प्रयोगकर्ताका बीचमा तेस्रो पक्ष देखापरेको छ– त्यो हो, विज्ञापन एजेन्सी। यो नयाँ पक्ष सामेल भएपछि एउटा बजार पारिस्थितिकी प्रणाली (market ecosystem) निर्माण भएको छ। विज्ञापन एजेन्सीहरूले डाटालाई बेच्न र प्रसार गर्न सकिने वस्तु (commodity) को रूपमा लिन्छन्। अथवा, यिनलाई डाटा दलाल (data broker) को रुपमा पनि लिन सकिन्छ। डाटा ब्रोकर उद्योग धेरै जटिल र अपेक्षाकृत गैर–पारदर्शी दुवै चरित्रले सम्पन्न हुन्छ। डाटा ब्रोकरले डाटाको स्रोतलाई नै भ्रम पार्नेगरी काम गर्दछ। यसले अरु दलालहरूबाट सूचना खरिद गर्दछ। तर पछि गएर जो व्यक्तिले डाटा एकत्र गरेका थिए, तिनीहरूलाई नै त्यस डाटाको स्रोत के हो पत्ता लाउन मुस्किल पर्दछ।

    यो नियन्त्रणको सञ्जाल खासगरी दुई कम्पनीहरूः– गुगल र फेसबुकको परिधि वरिपरी केन्द्रित छ। ती दुई कम्पनीहरूको स्वामित्वमा १० वटा सबैभन्दा बढि सामग्री भएका तेस्रो पक्ष (data broker)का डोमेनहरू छन्, ती सबैभन्दा बढी हेरिने लाखौं साइटहरूमा देखा पर्छन्। शुरुवाती चरणमा गुगलले आफ्नो सर्च इञ्जिन (search engine) मा सुधार गर्न मानिसहरूले टाइप गरेका मुख्य शव्दहरू (Keywords) को उपयोग गर्‍यो , तर मानिसहरूका मुख्य छनौट, विषयको छनौट र स्पेलिङ जस्ता ठम्याउन सकिने तथ्याङ्कहरूको विशाल भण्डारतिर खासै ध्यान दिएन। तथापी केही समयपछि नै गुगलले प्रयोगकर्ताहरूको वेभ व्राउजिङ गतिविधिहरू जस्ता अन्य विवरणहरूका साथै प्रयोगकर्ताहरूको रुचीको अनुमान लगाउन र उनीहरूलाई विज्ञापन प्रेषण गर्नका लागि यी अतिरिक्त जानकारीहरूको जगेर्ना गर्न थाल्यो। यही मोडललाई पछि गएर फेसबुकले अपनायो।

    फेसबुकले साइटको एल्गोरिदमलाई “तपाईंको विज्ञापन प्राथमिकताहरू (Your ad preferences)” पेजको माध्यमबाट प्रयोगकर्ताहरूको रुचीहरूलाई वर्गीकृत गर्दछ। प्यू रिसर्च सेन्टरको एक अध्ययनअनुसार ७४% फेसबुक प्रयोगकर्ताहरूले आफ्ना विशेष स्वभाव र रुचीहरूको यस्तो सूची थियो भन्ने नै थाहा नभएको बताएका थिए। “विज्ञापन प्राथमिकताहरू” को पेजबारे सजग गराएपछि भने फेसबुकका ८८% प्रयोगकर्ताहरूले यस्ता साइटले आफ्ना लागि सामग्री तयार गर्ने गर्दा रहेछन् भन्ने थाहा पाए। अधिकांश प्रयोगकर्ताहरू (५९%) ले यस्तो वर्गीकरणले उनको वास्तविक जीवनको रुचीलाई दर्शाउँछ भन्ने कुरा पुष्टि गरे। तर, २७% प्रयोगकर्ताले भने उनीहरू यसखालको वर्गीकरणबारे जानकार नरहेको बताए। ५१% को भनाइमा कम्पनीले यस्तो सूची बनाएको कुरा उनीहरूलाई असहज लागेको छ।

    व्यक्तिको डाटा र गोप्यता असुरक्षित भयो भने के गर्ने?
    इन्टरनेटमा आफ्नो बारेमा प्रकट गरिएको सूचनालाई नियन्त्रित गर्ने क्षमता र त्यो सूचनासम्म क–कसले पहुँच राख्न सक्छन् भन्ने कुरा धेरैको चासोको विषय हो। यी तमाम चासो मध्ये कै एक होः के ईमेललाई बिना सहमति तेस्रो पक्षद्वारा संग्रहीत गर्न या पढ्न सकिन्छ? के तेस्रो पक्षले कसैले हेर्ने गरेको वेबसाइटहरूलाई ट्रयाक गरिरहन पाउँछ? त्यस्तै अर्को चासो छः यदि एकपटक भिजिट गरेका वेबसाइटहरूले प्रयोगकर्ताहरूलाई चिनाउनसक्ने सूचना संकलन, संग्रह र शेयर गर्न सक्छन्?

    गोप्यता र डाटा संरक्षणसँग सम्बन्धित कानून तथा नियम निरन्तर परिवर्तन भइरहेका छन्। आफ्नो डाटा र गोप्यतालाई सुरक्षित राख्नका लागि कानूनमा भएका कुनै पनि परिवर्तनका बारेमा जानकारी राख्न र यससम्बन्धी नियमहरू पालन भएको वा नभएको विषयमा नियमित पुनर्मूल्यांकन गर्न महत्वपूर्ण हुन्छ। सामान्यतः व्यक्तिको अधिकार र विशेषरूपमा डाटा गोप्यतासम्बन्धी कानूनहरू विश्वभर फरक – फरक छन्।

    हाल ८० भन्दा बढी देशहरू र स्वतन्त्र भूभागहरूले बृहत डाटा संरक्षण कानूनहरूलाई अपनाएका छन्। जस्तैः यूरोप, ल्याटिन अमेरिका र क्यारिबियन, एशिया र अफ्रीकाका सबैजसो देशहरूले डाटा संरक्षण कानूनलाई अवलम्बन गरेका छन्। यूरोपीयन संघमा सामान्य डाटा संरक्षण नियम (General Data Protection Regulation) छ, जुन २५ मे, २०१८ बाट लागू भएको हो। संयुक्त राज्य अमेरिकाले भने यससम्बन्धी नियम लागु गरेको छैन। तर केही भागहरूमा क्यालिफोर्निया उपभोक्ता गोप्यता ऐन (California Consumer Privacy Act) जस्ता सीमित क्षेत्रीय कानूनहरूलाई अपनाएको पाइन्छ।

    यी कानूनहरूमा व्यक्तिका सूचनालाई संग्रह, भन्डारण र उपयोग गर्नेबारे खास सम्बन्धित  प्रावधान र सिद्धान्त छन्जु। यसमा कानूनी–वैधता, पारदर्शिता र सटीकताका विषय पनि समावेश छन्। तथापी डाटा करीब २० वर्षभन्दा बढि समयदेखि एक महत्वपूर्ण स्रोत भएको छ, डाटा संरक्षण नीतिहरूले विगत ५ वर्षमा प्रभावकारी ढंगबाट काम गरिरहेका छन्। त्यसमा पनि सामान्य डाटा संरक्षण नियम २०१८ मा र केही अरु नियमहरू, जस्तैः डाटा संरक्षण ऐन, १ जनवरी २०२१ मा बनेका हुन्।

    निष्कर्ष
    हामी सशक्तिकरण, ज्ञानको लोकतान्त्रिकरण र वास्तविक समस्याहरूमा सहयोगको अपेक्षासहित इन्टरनेटमा झुम्मिएका थियौं। तर, यो सर्भिलेन्स पूँजीवाद वास्तवमा प्रतिरोध गर्नुपर्ने विषय थियो। यस्तो आर्थिक तर्क अहिले आएर टेक कम्पनीहरूको दायराभन्दा बाहिर फैलिएको छ। यो हरेक आर्थिक क्षेत्रमा नयाँ सर्भिलेन्स–आधारित पारिस्थितिकी प्रणाली (surveillance–based ecosystems) सम्म फैलिएको छ। यस प्रणालीले बीमादेखि अटोमोबाइलसम्म, स्वास्थ्य, शिक्षा, वित्त र “स्मार्ट” भनिने प्रत्येक उत्पादन र “वैयक्तिकृ” रूपमा वर्णित प्रत्येक सेवासम्म जरा गाडेको छ।

    सन् २००१ मा गुगलले आविष्कार गरेको सर्भिलेन्स पूँजीवाद केही महत्वपूर्ण ऐतिहासिक अप्रत्याशित घटनाहरूबाट लाभान्वित भयो। प्रथमतः यो पूँजीवाद स्व–संचालित कम्पनीहरू र बजारहरूको श्रेष्ठता भएका बेला नवउदारवादी सहमति (neoliberal consensus) को युगमा उदायो। जुनबेला राज्यनिर्देशित विनियमले स्वतन्त्र उद्यमलाई अगाडि बढ्न दिँदैन भन्ने नारा बुलन्द थियो। दोस्रो, सर्भिलेन्स पूँजीवाद ऐतिहासिक घटनाको फल जस्तै भयो। किनकि यसको आविष्कार सन् २००१ अर्थात् सेप्टेम्बर ११ को आक्रमणकै वर्ष भएको थियो। यो त्रासदी भन्दा अघिका दिनमा गोपनियतासँग सम्बन्धित नयाँ कानूनका विभिन्न पक्षहरूबारे चर्चा भइरहेका थिए। सर्भिलेन्स पूँजीवादले अबलम्बन गरिरहेका यस्ता गतिविधि मध्ये केहि कानूनद्वारा प्रतिवन्धित कृयाकलाप समेत पर्दछन्।  (सोशाना जुबोफ, २०१८)।

    यद्यपी, अचेल हामी इन्टरनेटमा भर परेका छौं। तर  प्रयोगकर्ताले के बुझ्न आवश्यक छ भने अनलाइनमा बिताइएको समयको तुलनामा सुरक्षाको ग्यारेन्टी भने एकदमै कम छ।

    अबको समय सुरक्षाको ग्यारेन्टीका लागि आवाज उठाउने र हाम्रो गोपनियतालाई पुनः प्राप्त गर्ने समय हो।

    ट्रिनिटा डेइ मोन्टीबाट भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डी अलेजेन्ड्रा पाल्मेरी

      डी अलेजेन्ड्रा पाल्मेरी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.