Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शोषण भनेको के हो?

शोषण धेरैजसो अनैतिक–पूँजिवादी हर्कतसँग जोडिने गर्छ। तपाईं भन्नुहोला, घरबेटीले जब पैसा नभएको विवश–डेरावालासँग घरभाडाको सट्टा यौनसम्पर्कको प्रस्ताव गर्छ, त्यो नै शोषण हो...

nepal_readers nepal_readers
अशोज २०, २०७८
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्क्सवादीहरूबीच शोषण शब्दको विशेष अर्थ र महत्व छ किनभने शोषणभित्र नै वर्गीय समाजमा सम्पत्ति कसरी उत्पादन हुन्छ भन्ने बारेको अद्वित्तीय अन्तर-दृष्टि रहेको छ। मार्क्सवादी बहसको आधारभूत चुरो नै हो यो, जसले राजनीतिक परिवर्तनले मात्रै शोषणको अन्त्य हुँदैन, बरू हामीले काम गर्ने तौरतरिकामा गहिरो परिवर्तनले मात्र शोषणको अन्त्य सम्भव छ भन्ने कुरा गर्छ।

    प्रत्येक दिनजसो सर्वत्र शोषण शब्दलाई फरक–फरक तरिकाले प्रयोग गर्ने गरिन्छ। शोषण शब्दले त्यो समयलाई जनाउँछ, जतिखेर शक्तिशाली मान्छे तथा निकायहरूले कसैलाई अपमान गर्थे, दुरुपयोग गर्थे या आफ्नो शक्तिको गलत प्रयोग गरेर नाजायज ढंगले हदैसम्म लाभ लिन्थे। शोषण धेरैजसो अनैतिक–पूँजिवादी हर्कतसँग जोडिने गर्छ। तपाईं भन्नुहोला, घरबेटीले जब पैसा नभएको विवश–डेरावालासँग घरभाडाको सट्टा यौनसम्पर्कको प्रस्ताव गर्छ, त्यो नै शोषण हो।

    जब बहुराष्ट्रिय खानी कम्पनीहरूले स्थानीय क्षेत्रमा उत्खनन्को काम सक्याएर, त्यहाँको पर्यावरण बिगारेर तथा अल्पविकसित देशको अर्थतन्त्रलाई झनै ध्वस्त पारेर हिँड्छन्, त्यहाँको प्राकृतिक सम्पत्ति धुतेर हिँड्छन्, अथवा महंगा कपडाका ब्रान्डहरूले अति सस्तो मुल्यमा गरीब देशका विवस कामदारहरूलाई प्रयोग गरेर अकुत नाफा कमाउँछन्, त्यस्तोलाई पनि हामी दैनन्दिन जीवनमा ‘शोषण’ भनेर नै बुझ्छौँ।

    वर्गको उदय
    माथि उल्लेख गरिएका उदाहरणहरू अवश्य नै पुँजिवादीहरू नैतिक रूपमा च्यूत भएको अवस्था हो। तर जब हामी मार्क्सवादीले शोषणका कुरा गर्छौँ, हामी यो शब्दलाई त्यस्तो प्रक्रियाको व्याख्या गर्नका लागि प्रयोग गर्छौँ, त्यो प्रक्रिया झनै आधारभूत तहमा हुने गर्छ। र, त्यस्तो प्रक्रियामा ‘नैतिक’ पूँजिवादीहरूसमेत संलग्न रहन्छन्। र, यी कुराहरूले हाम्रो समाजलाई विसमतापूर्ण बनाएको छ र त्यसविरुद्ध क्रान्तिको आवश्यकता रहन्छ।

    सम्पत्ति कमाउनका लागि मानव जातिले प्रविधिको प्रयोग गर्छ, सँगै उ एकिकृत हुन्छ। जतिजति हामी आधुनिक प्रविधिको प्रयोग गर्दै जान्छौं, झनै जटिल सामाजिक संगठनहरू निर्माण गर्न पुग्छौं। त्यस्तो अवस्थामा हामीले आफूलाई बाँच्न चाहिनेभन्दा बढी सम्पत्तिको उत्पादन गर्छौं। कमसेकम, आरामदायी जीवन जिउनका लागि हामीले पर्याप्त सम्पत्ति उत्पादन गर्न सक्छौं।

    मानव इतिहासको निश्चित बिन्दुमा, समाजहरू आन्तरिक रूपमा विभाजित भए। जनसंख्याको थोरै संख्याले बहुसंख्यकको श्रममाथि नियन्त्रण गर्न थाले र उनीहरूको श्रममार्फत सिर्जित सम्पत्ति र उत्पादनमाथि समेत नियन्त्रण गर्न थाले। यसरी सामाजिक वर्गहरूको उदय भयो।

    शोषणः एउटा ‘आविष्कार’
    आफ्नो शक्ति प्रयोग गरेर अरुको काम र जीवनमाथि प्रभुत्व जमाउँदै अल्पसंख्यकहरूले सम्पत्ति उत्पादन गर्नका लागि श्रमिकहरूको त्यस प्रक्रियालाई नियन्त्रण गर्छन्। र, त्यस प्रक्रियाबाट उत्पादित अतिरिक्त सम्पत्ति अर्थात् ‘सरप्लस’ प्रयोग गरेर के गर्नेभन्नेबारे पनि यिनीहरू आफैँ नै निर्णय गर्छन्। र, मार्क्सवादीहरूले त्यही अतिरिक्त बचत (लभांश)लाई नै शोषण भन्छन्।

    ध्यान राख्नुस् है, शोषण खासमा एउटा आविस्कार नै हो। तर सबै मानव समुदायले यसको आविस्कार र विकास गरेनन्। उदाहरणका लागि युरोपियनहरू अष्ट्रेलिया छिर्नुअघि अस्ट्रेलियाली समाजले शोषणको चिन्तन नै विकास गरेको जस्तो देखिदैन। तर जब यसलाई विकसित गरियो, शोषण नै आम नियम बन्यो। र, शोषणलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयले नै धेरैजसो विश्वमा मान्छेको जीवनलाई परिभाषित गर्‍यो। र, शोषणका स्वरूपहरू सयमक्रममा विभिन्न ठाउँमा बदलिँदै गएका छन्। सम्पत्ति उत्पादन गर्ने श्रमलाई नियन्त्रण गर्ने र प्रभुत्व जमाउने अनेक उपायहरू छन्।

    प्राचिन एथेन्सको “प्रजातन्त्र”मा, पुरुष नागरिकले महिला र पुरुष दासहरू राख्थे। दासहरूले उत्पादन गर्ने सम्पत्तिकै कारण मालिकहरूले राजनीति र दर्शनजस्ता विषयमा भाग लिन पर्याप्त समय पाउँथे। मध्ययुगिन युरोपका शासक वर्गहरूले आधुनिक र व्यवस्थित मिलिटरी प्रविधि, बलिया पर्खाल लगाइएका दरबार, युद्धक घोडाहरू तथा कुशल हतियारहरूको प्रयोगमार्फत त्यतिखेरका किसान र अरु श्रमिकहरूलाई अत्याउँथे र तिनीहरूले उत्पादन गरेका अनाजहरू हडप्थे।

    पूँजिवादमा नदेखिने शोषण
    ख्याल राख्नुपर्ने कुरा यो छ कि अघिल्ला युगहरूभन्दा अहिलेको पूँजिवादी शोषण दुई आधारमा फरक देखिन्छ। पहिलो, पहिलेभन्दा पनि बढी विभेदकारी छ अहिलेको शोषण। जम्मा शोषित व्यक्तिहरू र उनीरूले उत्पादन गरेको ठूलो सम्पत्ति र उत्पादन प्रक्रियामा उनीहरूको शुन्य नियन्त्रणले यो कुरा पुष्टि हुन्छ कि फाराहो र रोमन शासकहरूले भन्दा चरम शोषण गर्छ अहिलेको पूँजिवादले। पूँजिवादका कारण सिर्जित फोहरका डंगुर र असमानताले पनि आजको पूँजिवादलाई चित्रित गर्छ।

    दोस्रो कुरा, अचेल शोषण उति प्रकट रूपमा देखिन्न। पूँजिवादको शोषणमा पर्ने अधिकांश मान्छेहरू आधिकारिक रूपमा दास वा किसानहरू हुने गर्दैनन्। शोषक र शोषितलाई चलाउने मालिकहरूको उही आधारभूत अधिकारहरू हुन्छन्। कुनै कारणले गर्दा मात्रै शोषितहरू शोषकहरूभन्दा गरीब हुन्छन्। सबैजना आधारभूत रूपमा स्वतन्त्र र बराबर छन् भन्ने सिद्धान्तमा पूँजिवाद आधारित भएकोझैँ देखिन्छ। त्यसो हुँदा यस्तो अवस्थाको समाजलाई किन वर्ग र शोषणमा आधारित भन्ने प्रश्न पनि त उठ्न सक्छ।

    उत्पादनका साधनमाथिको कब्जा
    पूँजिवादी शोषण निजी सम्पत्तिको संस्थामा आधारित हुन्छ। त्यसको अर्थ हामीले बाँच्नका लागि उपयोग गरेको सम्पत्तिको कुरा होइन। हामीले भनेको कुराचाहिँ सम्पत्ति उत्पादनका लागि प्रयोग हुने सामान–अर्थात् पूँजीको हो। ठूला पाङ्ग्रा भएका एक्स्काभेटर, माइनिङ ट्रक, कार्गोका जहाज, पोर्टहरूमा प्रयोग हुने क्रेन, सर्भर क्लस्टर र कार्यालय भवनहरू। यी बिना सम्पत्ति उत्पादन गर्न कठिन हुन्छ।
    उत्पादनका साधन (मिन्स अफ प्रडक्सन) अर्थात् यिनै सामग्री र प्रविधिहरूलाई, जनसंख्याको सानो ईकाइले नियन्त्रण र संचालन गरेको हुन्छ, ती अल्पसंख्यकहरू नै पूँजिवादी हुन्। यसरी, बाहिर भन्नलाई समान भनिएपनि आधारभूत रूपमा समाजमा गहिरो र आधारभूत रूपमा वर्ग रहेको हुन्छ।

    पूँजीपतिका सर्तहरू
    पूँजिवादी समाजका दुईवटा आधार छन् र त्यसमा कि तपाईले उत्पादनका साधनमाथि नियन्त्रण राख्नुपर्छ र कामदारहरूलाई नियुक्त गर्नुपर्छ या तपाईंले कोही भेट्टाउनुपर्छ, जसले तपाईंलाई उसको कम्पनीमा नियुक्त गरोस्, काममा लगाओस्। वैधानिक कागजमा हेर्दा हामी सबै पैसा कमाउन लालायित आम नागरिक नै हौं।

    तर वास्तविक जीवनमा, अल्पसंख्यक पूँजिपतिहरूले बहुसंख्यकको काम र जीवनमाथि नै प्रभुत्व राख्छन्। र, बहुसंख्यकहरूसँग भने आफ्नो कुनै फ्याक्ट्री हुँदैन। र, उनीहरू केबल आफ्नो काम गर्ने क्षमता बेचेर उत्पादन प्रक्रियामा सहभागी हुन पनि सक्दैनन्। त्यसो गर्न सम्भव नै हुन्न। काम गर्नुपर्ने अवस्थामा हामीले पूँजिपतिहरूका सर्त स्विकार्नुपर्छ।

    र, ती सर्तहरू के हुन्? मध्ययुगका राजाहरूले आफ्ना कामदारहरू परिचालन गरेर उनीहरूबाट एकदमै आरामदायी लुगा र मिठो खानाको अपेक्षा गर्थ्यो। तर स्क्रुड्राइभरको कम्पनी चलाउने आजको पूँजिपतिले कामदारहरू प्रयोग गरेर बनाएको स्क्रुड्राइभरहरू आफ्नो घरमा संकलन गरेर राख्दैन। पूँजिपतिहरूले आजका दिनमा कामदारहरू यसकारण परिचालन गर्छन् कि तिनीहरूलाई यसरी परिचालन गरेवापत्, कामदारलाई तिरेको तलबभन्दा बढी लाभ प्रत्येक हप्ता होस्।

    पूँजिपतिहरूले कर्मचारीहरूको तलब, मेसिनरी र यसको मर्मत, भाडालगायत अनेकौं बिलहरूसमेत तिर्छन्। कामदारहरूले जेसुकै उत्पादन गरुन्, त्यसलाई बेच्ने अधिकार पूँजिपतिहरूलाई छ। आर्थिक विषय नाफाको संचितिमा केन्द्रित छ, त्यसले मानवता र पृथ्वीलाई जेसुकै हानि गरोस्। त्यसो हो भने कसरी पूँजिपतिहरूले सर्प्लस (अतिरिक्त लाभ) सिर्जना गर्छन्? ‘शोषण प्राप्त’ गर्छन् र आफ्नो पैसा कमाउँछन्?

    नाफा कमाउन उनीहरूले एउटा कुरामा निश्चिन्त हुुनुपर्छ, कामदारहरूले अति धेरै उत्पादन गरुन् तर अति कम लागतमा। यस अवस्थामा कामदारको तलब, कामको अवधि, श्रमको गति र काम गर्ने अवस्थाका बारेमा निरन्तर संघर्ष चल्नेगर्छ। शोषणमार्फत सम्पत्ति उत्पादन गर्छौं हामी मजदुरहरू, जतिखेर हाम्रा शोषकहरू उनीहरुको केवल लाभका लागि हाम्रो व्यवहारमाथि नियन्त्रण गर्न र हावी हुन चाहन्छन्।

    बरु जेल नै ठीक !
    अमेजन कम्पनीको अमेरिकन गोदाममा काम गर्ने एउटा कामदारले गार्डियन पत्रिकालाई दिएको अन्र्तवार्तामा भने कि उनले त्यहाँबाट आखिरमा जागिर छाडे किनकि तथाकथित स्वतन्त्र देशको फ्याक्ट्रीको अवस्था केही पहिले उनी बसेर निक्लेको जेलभन्दा पनि फरक पाएनन्।

    उनले भने, ‘त्यहाँ काम गर्नुभन्दा बरु म त्यही जेलमा फर्केर जाँदो हुँ र एक घण्टाको १८ सेन्ट लिएर काम गर्दो हुँ।’ पूँजिवादीहरूको ‘हायर एन्ड फायर’ (मन लागेको बेला नियुक्त गर्ने र मन लागेको बेला कामबाट हटाउने मालिक–स्वतन्त्रता) तथा कामदारहरूको आफ्नो काम गर्ने क्षमता जहाँसुकै या जुनसुकै साहुलाई बेच्ने स्वतन्त्रताले त्यस्तो अवस्था जन्मन जान्छ, जहाँ आधारभूत रूपमा स्वतन्त्रता नै हुँदैन। यस्ता कम्पनीहरूमा साहुहरू छोटा-तानाशाहका रूपमा काम गर्छन्। जबकि आफैँले उत्पादन गरेको सामानमाथि श्रमिकहरूको रत्तिभर हक लाग्दैन।

    अल्पसंख्यकहरूको प्रभुत्व
    कतिपय मान्छेहरू ठान्दछन् कि शोषण भनेको अन्ततोगत्वा निजी सम्पत्तिसँग सम्बन्धित विषय हो। र, त्यसकारण सिधै प्रमुख आर्थिक स्रोतहरूको नियन्त्रण राज्यले गर्नुपर्छ भन्नेहरू पनि छन्। प्राइभेट कर्पोरेसनहरूको सट्टामा राज्यले नै सबै फ्याक्ट्रीहरूमा कब्जा जमाए भने पनि आखिर समाज त शोषणले नै चित्रित हुन्छ। त्यस्तो अवस्थामा पनि निजी सम्पत्तिले नै शासन गरेको ठहरिन्छ।

    त्यो अवस्थामा पनि राज्यका अल्पसंख्यकहरू अर्थात् राज्यका अधिकारीहरूले नै आखिरमा प्रविधिहरूमा नियन्त्रण गर्नेछन् र श्रमिकहरूको जीवनमाथि पनि तिनकै बोलवाला हुनेछ। र, उत्पादित अतिरिक्त लाभ (सर्प्लस) लाई के गर्ने भन्नेबारे पनि उनीहरूले नै निर्णय गर्नेछन्। यस्तो खालको शोषण स्टालिनकालिन रसियामा थियो, र केही अन्य देशमा आज पनि त्यस्तो छँदैछ। र, तिनीहरूलाई चाहिँ पूँजिवादी शोषणभन्दा फरकको शासनव्यवस्था मान्न सकिँदैन।

    त्यसो हो भने शोषणहित समाज कस्तो होला त? आदेश दिने र काम गर्नेबीचको दरार अन्त्य भएको अवस्था हो शोषणरहित समाज। यदि आर्थिक व्यवस्थामा सामूहिक र लोकतान्त्रिक नियन्त्रण हुन्थ्यो भने हामीहरूले आफ्नो कामका बारेमा आफैँ फैसला गर्न सक्थ्यौं, उत्पादित अतिरिक्त लाभलाई केमा प्रयोग गर्ने, कसरी मानवताका पक्षमा त्यसको बढी भन्दा बढी प्रयोग गर्ने भन्नेबारे कससेकम बहुमतले फैसला लिन सक्थ्यौं।

    यस्तो अवस्थामा मानवीय बुद्धिमता र सिर्जनशीलतामा अतुल्य प्रविधिको प्रयोग मिसाएर हामीले आफ्नो जीवनमा सुधार त ल्याउँथ्यौँ नै, सँगै वातावरणको पनि रक्षा हुन्थ्यो। हेर्नुहोस् त आज पूँजिवादको कहालिलाग्दो प्रतिस्पर्धाका कारण पृथ्वीको वातावरणको सर्वनास भएको!

    नेपाल रिडर्सका लागि रेडफ्लाग डट ओआरजी डट एयू बाट प्रकाश अजातको अनुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.