Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लुडीवाद के हो? किन आज पनि त्यो सार्थक छ?

लुडिजम्‌ केका लागि हो भन्ने कुरा तपाईंले एकपटक बुझ्नुभयो भने म दाबी गर्छु कि तपाईं लुडाइट बन्नु हुनेछ। अब ‘लड’को त्यस पूरानो नामलाई पुनर्प्राप्ति गर्नका लागि मसँगै जोडिनुहोस्। लुडीवाद जिन्दावाद।

जाथन स्याडोस्की जाथन स्याडोस्की
भदौ ५, २०७८
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म एउटा लुडाइट हुँ। यो कुनै हिच्किचाहटपूर्ण स्वीकारोक्ति होइन, बरु एउटा गौरवपूर्ण घोषणा हो। म एउटा सामाजिक वैज्ञानिक पनि हुँ। मैले नयाँ प्रविधिहरूले कसरी राजनीति, अर्थतन्त्र र समाजलाई प्रभाव पार्छ भनेर पनि पढेको छु।

    मेरा लागि ‘लुडिजम्’ कुनै अबोध या सिधासाधा भावना होइन, बरु आत्मसात् गरिएको अवस्था हो। लुडिजम्‌ले केका लागि हो भन्ने कुरा तपाईंले एकपटक बुझ्नुभयो भने म दाबी गर्छु कि तपाईं लुडाइट बन्नु हुनेछ। नभए कम्तिमा लुडाइटप्रति तपाईंले पहिले सोचेभन्दा बढी सहानुभूति राख्नुहुनेछ।

    आज यो शब्द ‘लुडाइट’ अधिकतम् रूपमा अपमानको अर्थमा प्रयोग गर्ने गरिन्छ। उदाहरणका लागि स्वास्थ्य हेरचाहका उद्योगहरूले उत्साहपूर्ण रूपमा कृत्रिम बौद्धिकता (एआई) लाई प्रयोग गर्छन् भन्ने विषयमाथि एक्सेन्चर नामको ग्लोबल कन्सल्टिङ फर्मको पछिल्लो रिपोर्टलाई नै लिऔँ न। यस रिपोर्टमा भनिएको छः लुडाइट हुनु भनेको पुरातन हुनुको पर्यायवाची जस्तै हो– आफ्नो दृष्टिकोणमा पछाडि पर्नु, नयाँ खोजले सिर्जना गर्ने चमत्कारको बेवास्ता गर्नु र आधुनिक समाजप्रति डराउनु।

    प्रविधि या समाज सबै थोक हो र केही पनि होइन भन्ने खालका विवादहरू लुडाइटहरुको वास्तविक इतिहास तथा यससँग जोडिएका ‘राजनीति’का गम्भीर भ्रमहरूमा आधारित छ। लुडाइट्को खास इतिहासमा १९औँ शताब्दीको सुरुवातमा कपडाहरूको उद्योगमा काम गर्ने अंग्रेज कामदारहरूले रातको अध्याँरोमा आफ्नो जर्जर कार्य अवस्थालाई परिवर्तन गर्न र आफ्नो अधिकारको निम्ति, विरोधस्वरूप लुगा बुन्ने तानहरूलाई नै भत्काएका थिए।

    देखिएजस्तोचाहिँ छैन आज पनि, परिस्थिनि पनि त्यतिबेलाको जस्तै छ। काम गर्ने तौरतरिका तथा सामाजिक अवस्थाहरूमा रुपान्तरणका लागि नयाँ प्रविधिहरूको प्रयोग गर्दैगर्दा लकडाउनका समयमा कामदारहरूको निगरानीमा पनि वृद्धि भएको छ। गिग लेबर (अनलाइनमा अस्थायी काम गर्ने, स्वतन्त्र रूपमा काम गर्नेहरू, बिचौलियाका लागि सस्तोमा काम गर्नेहरू)का बनेका प्लेटफर्मद्वारा गरिने शोषण पनि जारी छ। यसकारण यो समय हामीले लुडिजम्‌लाई पुनर्विचार गर्ने समय भएको हो।

    लुडिजम्‌को विस्तृत र वास्तविक इतिहास

    प्रविधिहरूका विषयमा यस प्रकारका आलोचनात्मक प्रश्नहरूको बारेमा अध्ययन गरेका सामाजिक वैज्ञानिकहरूका बीचमा समेत, ‘लुडाइट’ को ट्याग अझैसम्म धेरैजसो व्यंग्यात्मक छ। जुममा कहिलेकाहिँ स्क्रिन सेयर गर्दा तपाईं लडखडाउँदै भन्नुहुन्छ नि, ‘माफ गर्नुहोला, म यस्तो ल्युडाइट हुँ।’ जब मैले लुडिजमको उत्पत्तिका बारेमा जान्न थालेँ, इमानदारीताका साथ आफैँलाई लुडाइट्स्‌मध्ये एक हुँ ठान्न थालेँ।

    सन् १८०० मा बेलायतमा ‘मेसिनहरू भत्काउने’ आन्दोलनमा सहभागी भएका कामदारहरूको गोप्य संगठन थियो लुडाइट्स। यो घटना देशमा औद्योगिकीकरण बढ्दै गएको तथा फ्रान्स र अमेरिकासँगको महंगो द्वन्द्वका कारण आर्थिक कठिनाई भएको बेला भएको थियो, जसले मजदुर वर्गबीच व्यापक अशान्ति छाएको थियो।

    उनीहरूले यो नाम कुनै एउटा ‘काल्पनिक कथा’का पात्र नेम ‘लुड’बाट लिएका हुन्। उनी कपडा बुन्ने कामका सिकारु थिए। कथाअनुसार लुडले आवेगमा आएर दुई वटा तान मेसिन तोडिदिएका थिए। लुडाइटको समकालिन प्रयोगमा मेसिन–बिगार्ने भाग सही छ तर त्यतिमात्रै सही भएर पुग्दैन।

    पहिलो, लुडाइटहरू अविवेकी थिएनन्। तिनीहरू कुन मेसिन भत्काउने हो भन्ने नियत र उद्देश्यमा स्पष्ट थिए। तिनीहरूले कम तलब दिने, कामदारको सुरक्षालाई उपेक्षा गर्ने र यति हुँदाहुँदै अति धेरै काम गर्न लगाउने उत्पीडक मालिकहरूलाई तिनीहरूले टार्गेट गरेका हुन्थे। एउटै फ्याक्ट्रीभित्र समेत भिन्न–भिन्न पूँजीपतिहरूको अलग स्वामित्वका मेसिनहरू हुन्थे। तीमध्ये केही मेसिनहरू मात्रै भत्काइन्थ्यो र केहीलाई तिनीहरूको मालिकको व्यवसायिक व्यवहारका आधारमा माफी पनि दिइन्थ्यो।

    दोस्रो, लुडाइट्सहरू अन्जान थिएनन्। नजानेर या नबुझेर तिनीहरूले मेसिन बिगार्ने गर्दैनथे। बरु आफूहरूमाथिको शोषणका लागि मालिकले कसरी ती मेसिनको प्रयोग गरेका थिए भन्ने बुझाइको आधारमा गरिएको रणनीतिक प्रतिक्रिया थियो त्यो। इतिहासकार डेभिड नोबलका अनुसार ‘वर्तमान समयमा प्रविधि’, त्यसको तत्कालिक र भौतिक प्रभावको विश्लेषण गर्दै र तदनुसारको काम गर्ने विषयमा कामदारहरू राम्ररी कुरा बुझेका थिए।

    लुडिजम् औद्योगिक पूँजीवादको राजनीतिक परिणामविरुद्ध मजदुर वर्गको विवेकशील आन्दोलन थियो। लुडाइटहरूले प्रविधिको प्रयोगबाट श्रमकार्य झनै मानवीय र श्रमिकहरू झनै स्वायत्तता दिने तरिकाले प्रयोग होस् भन्ने चाहन्थे। अर्कोतर्फ, मालिकहरू भने लागत घटाउन र उत्पादकत्व बढाउन चाहन्थे।

    तेस्रो, लडाइट्हरू आविस्कार र नविनताविरुद्ध थिएनन्। उनीहरूले नष्ट गरेका धेरै प्रविधिहरू खासमा कुनै नयाँ आविष्कार थिएनन्। इतिहासकार एड्रियन र्यान्डरले औँल्याएअनुसार उनीहरूले लक्षित गरेका एउटा मेसिन ‘गिग मिल’ कपडा बनाउने उद्योगमा एक शताब्दी भन्दा बढी समयदेखि प्रयोग गरिँदै आएको थियो। त्यस्तै ‘पावर लुम’ लुडाइट्सको विद्रोह हुनुभन्दा दशकौँदेखि प्रयोग हुँदै आएको थियो।

    लुडाइट्लाई यस्तो कदमका लागि उक्साउन यी मेसिनहरूको आविस्कार गरिएको थिएन। जब कारखानाका मालिकले श्रमिकहरूलाई विस्थापित गर्न र शक्तिहीन बनाउनका लागि यी मेसिनहरूको प्रयोग गरे, तब उनीहरू मेसिन तोड्नका लागि एकिकृत भएका थिए।

    तर अन्त्यमा, फ्याक्ट्रीका मालिकहरूकै जित भयो। उनीहरूले तानको फ्रेम भत्काएका श्रमिकहरूलाई फाँसीको सजाय दिलाउनुपर्छ भनेर मनाउन सफल भए। लुडाइटको आन्दोलनलाई दबाउन र विद्रोहीहरूलाई मार्नका लागि बेलायत सरकारले कम्पनीहरूमा सेना पठायो।

    लुडाइटस् आन्दोलन सन् १८११ देखि १८१६ सम्म चल्यो, जुनबेला मार्क्स जन्मेका नै थिएनन्। तर आज (र्यान्डलका अनुसार) यो आन्दोलन कामदारलाई ‘चेतावनी’ दिने खालको नैतिक कथाका रूपमा स्थापित छ। यो कथा पूँजीपतिहरूको शोषणको विरोध गर्ने मजदुहरूलाई हतोत्साही गराउनका लागि आज पनि सुनाइन्छ। आजका कामदार पनि लुडाइटहरूझैँ नमारिउन् या नसिद्धिउन् भन्ने अर्थमा सुनाइन्छ।

    नव लुडिजम

    आज नयाँ प्रविधिहरू हाम्रो जीवन, समाज र काम गर्ने परिस्थितहरूलाई बदल्नका लागि वा सहज बनाउनका लागि प्रयोग गर्ने गरिन्छ। तथापि ओरिजिनल लुडाइटहरूको जीवन बदल्न तान प्रयोग गरिएको बेलाभन्दा श्रमिकको काम गर्ने वातावरण उति बदलिएको छैन।

    आज पनि ठूला कम्पनीहरू प्रविधिको प्रयोगबाट कर्मचारी तथा मजदुरहरूमाथि ज्यादति गर्छन्। जस्तैः अटोमेसन तथा मेसिन भिजनद्वारा सञ्चालिन गोदाममा श्रमिकमाथि अमेजनजस्ता कम्पनीको अमानवीय शोषण छ। उबरको गिग इकोनमीको लबि तथा श्रम कानुनको अवहेलना र फेसबुकले गरेको उपभोक्ताको अभूतपूर्व डाटाको अनियन्त्रित निकासी। यी सबैमा अनेक खालका नकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। यसैमा नव लुडाइटहरू आन्दोलनको बिउ हुन सक्छ।

    ग्याबिन म्युलरले लुडिजमबारे आफ्नो किताबमा लेखेका छन्, ‘लुडाइट आन्दोलनको ब्यानर उचाल्नुमा विगतका संघर्षको इतिहासलाई अध्ययन गर्ने, सिक्ने तथा आजका मानिसलाई सुसूचित गराउन विगतको आन्दोलनको आवाजलाई पुनर्जागृत गर्ने उद्देश्य हो।’

    लुडिजम् (लुडिवाद)आज कस्तो देखिन्छ? आज फेरि लुडाइट आन्दोलन ब्युम्झाउनका लागि स्मार्ट फ्रिज, डाटा सर्भर र ई-कमर्सका गोदामहरूमा ह्याम्मर ठोक्नु कुनै जरुरी छैन। बरु, त्यसको सट्टा हाम्रो आन्दोलनले प्रविधिहरूलाई राजनीतिक र आर्थिक घटनाका रूपमा लिनुपर्छ। र, कम्प्युटर तथा मोबाइल एप्लिकेसनहरू र ग्याजेटमाथि कब्जा गर्नुभन्दा तिनीहरूको गम्भीर रूपमा जाँचपड्ताल तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित हुनुपर्छ।

    प्रसिद्ध ‘नेचर’ नामको पत्रिकामा हालैको लेखमा म र मेरा सहकर्मीले कर्पोरेटका मालिकहरूबाट डाटा खोसिनुपर्ने र सामूहिक हितका लागि सार्वजनिक संस्थानहरूबाट तिनीहरूको सञ्चालन हुनैपर्छ भन्ने विषयमा बहस गरेका थियौँ। प्रविधिको अल्पाधिकार तोड्ने यसप्रकारका बहसहरू लुडाइट मान्यताबाट निर्देशित छन्, जसले डिजिटल पूँजिवादले मानव समाजलाई पुर्‍याएको क्षतिविरुद्ध भिड्छ। तत्काललाई डाटाहरू कसरी सिर्जना गरिन्छ, कसरी पहुँचमा पुर्‍याइन्छ र कसरी प्रयोग गरिन्छ भन्ने कुरामा नियन्त्रण गर्दै समस्याहरूको सम्बोधन गर्ने प्रयास गर्छ।

    एउटा नव लुडाइट आन्दोलनले प्रविधि आफैंमा ‘पवित्र’ हुन्न भन्ने कुरा राम्ररी बुझेको हुन्छ। त्यस्तो प्रविधिले समाजलाई फाइदा गराएको अवस्थामा मात्र त्यो प्रविधि सार्थक हुन्छ भनेर लुडाइटवादीले बुझेकाे हुन्छ। यस आन्दोलनले डिजिटल पूँजीवादबाट गरिएको नोक्सानविरुद्ध भिड्छ र प्राविधिक प्रणालीलाई भन्दा मानिसहरूलाई बढी शक्ति दिएर समस्याहरूलाई सम्बोधन गर्नुपर्ने कुरामा जोड दिन्छ।

    आजको दिनमा लुडाइट बन्नुको अर्थ नै यही हो। लुडाइट शब्द दुई शताब्दी अघि मजदुर वर्गले आफ्नो जीविका तथा स्वायत्तताका लागि प्रयोग गरेको एउटा शब्द हो। र, त्यस्तै अधिकारका लागि नव लुडिजमको एउटा नयाँ ब्यानर बन्नुपर्छ, जसले कामदारहरूलाई आजको समान अधिकारको लडाइँमा हामीलाई एकजुट बनाउँछ। अब ‘लड’को त्यस पूरानो नामलाई पुनर्प्राप्ति गर्नका लागि मसँगै जोडिनुहोस्। लुडीवाद जिन्दावाद।

    दि कन्भरसेसन डटकमबाट मेनुका बस्नेतको अनुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जाथन स्याडोस्की

      जाथन स्याडोस्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.