Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

 के चीनलाई रुघा लाग्दा, बाँकी विश्वलाई हाच्छ्यूँ गर्न बाध्य हुने अवस्था आयो?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ३, २०७६
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकामा वर्षमा पाँच मौसमहरू आउनेजाने गर्छन् – वसन्त, गृष्म, वर्षा, हिउँद – र फ्लू। यस वर्षको फ्लू मौसम अक्टुबरदेखि फेब्रुअरीसम्मको थियो। यस फ्लू मौसममा, एच३एन२ नामक भाइरसले ज्यादै तनाव दियो। यसले यो मौसमभर ३ करोड २० लाख अमेरिकीहरूलाई संक्रमित गर्‍यो, जुन अमेरिकी जनसंख्याको १० प्रतिशत हो। ३ लाख १० हजार सिकिस्त नै भए उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्‍यो र, करीव १८ हजार को त मृत्यु नै भयो।

    यो संख्याले  एउटा मामुली भाइरसले विश्वको ‘अतिविकसित राष्ट्र’ का यति धेरै जनतालाई मार्नसक्छ भनेर आश्चर्यमा पार्छ। तर, यसपटकको अमेरिकामा फ्लू मौसम वास्तवमा दयालु भयो। किनकि २०१७-२०१८ मा, ४ करोड ५ लाख अमेरिकीहरूलाई फ्लूले समातेको थियो  पारे, २ करोड १० लाखले डाक्टरहरूलाई जचाउँन गएका थिए, ८ लाख १० हजारलाई अस्पतालमा भर्ना गरिएको थियो र ८० हजार को मृत्यु नै भएको थियो।

    किन विश्व अर्थव्यवस्थामा आपतकालीन गतिरोध भएको हो

    माथि उल्लेखित अमेरिकाको वर्षेनी संख्यासँग चीनको यस पटकको कोभिड–१९ प्रकोपको संख्याहरूसँग तुलना गर्नुहोस्। चीनमा करीव हालसम्म ८१,००० भन्दा कम व्यक्ति संक्रमित भएका छन् र ३१०० भन्दा बढी व्यक्तिहरुको मृत्यु भएकोछ। जब कि मौसमी फ्लूले प्रतिवर्ष १०-१५  प्रतिशत अमेरिकीहरूलाई संक्रमित गरिरहेको नै छ तर  कोभिड–१९ ले चीनको जनसंख्याको ०.००६ प्रतिशत संक्रमित गरेको देखिन्छ। विश्वव्यापी संक्रमण दर पनि कम नै रहेकोछ। हालसम्म ११५ देश र भूभागमा कोभीड–१९  भेटिएको छ, केवल ०.००१५ प्रतिशत व्यक्तिहरू संक्रमित भएका छन्। (यो तथ्याङ्क मार्च १२ सम्मको हो)।

    यद्यपि, विश्व अर्थव्यवस्था एकै क्षण रोकिदैन – फ्लू मौसमको समयमा पनि – कोभिड–१९ को प्रकोपमा  अचानक गतिरोध भएको छ

    यस्तो हुनुको एक ठुलो कारण  भनेको मानिसहरू अनिश्चिततालाई राम्ररी प्रतिक्रिया गर्दैनन्। वैज्ञानिकहरूलाई अहिलेसम्म, थाहा छैन कि कोभिड–१९ ले  कसरी काम गर्दछ, कसरी सर्छ, र यो कहिलेसम्ममा अन्त्य हुन्छ। अर्कोतर्फ, मौसमी फ्लू ठूलो हत्यारा हुन सक्छ,  यो नै अहिलेसम्मको सार्वजनिक चेतनामा घुसेको कुरा हो। हुन त सडक दुर्घटना वा हिंस्रक अपराध जस्ता अन्य मृत्युका कारकहरु वास्तविक खतराहरू हुन्, तर ती खतराहरुलाई मानिसहरूले आफ्ना दैनिक जीवनमा बाधा नपुर्‌याउनेका रुपमा बुझेका छन्।

    कसरी कोभीड–१९ ले ‘विश्वकै कारखाना’ लाई संक्रमित गर्‍यो

    ठूलो आर्थिक कारण यो हो कि कोभीड–१९ ले विश्वभरका कारखानामा संक्रमित गर्‍यो। विश्वमा विक्री भइरहेका विश्वभरका फ्याक्ट्रीमा निर्मित उत्पादन र सो उत्पादनहरूलाई चाहिने सामानको २८ प्रतिशत चीनको विशालरासीमा वस्तुउत्पादन गर्ने मेशीनले उत्पादन गर्दछ। यो भनेको के हो भने तपाईं र मैले उपभोग गर्ने लगभग सबै चीज या त चीनमा बनेको छ वा त्यहाँ उत्पादन गरिएका सामग्रीहरूले बनेका छन्।

    र यो सत्य हो कि यस बर्षको पहिलो दुई महिनामा चीनको निर्यात १७  प्रतिशतले घटेको छ। यो प्रतिशत विश्लेषकहरूले भनेभन्दा बढी हो। विश्वभरका पसलहरूमा उपभोक्ताहरूले हरेक दिन खरीद गर्ने सामानहरु रित्तिन थालेका छन्।

    चीनका कारखानामाथि निर्भर हुने व्यवसायमा एक श्रृंखलाबद्ध प्रतिक्रिया पनि
    हुन थालेको छ।

    सामान्यतया नियमित आपूर्ति पाइपलाइनमा भइरहने उत्पादन र उत्पादन गर्न चाहिने वस्तुहरु (input) हरू क्वारीन्टीन गरिएका क्षेत्रहरूमा कि त अवरुद्ध भएका छन् वा उत्पादन भइरहेका छैनन्।

    हार्वर्ड बिजिनेश रिभ्यूमा भर्खर प्रसारित लेखले हामीलाई के भइरहेको छ भन्ने चेतना दिन्छ। क्वारीन्टीन गरिएका चीनका इलाकाहरुमा विश्वको शीर्ष १००० कम्पनीहरूका १०,००० भन्दा बढी उत्पादन गरिने स्थलहरू – कारखाना, गोदाम र अन्य उत्पादनलाई सहयोग गर्ने स्थलहरू – छन्। हाई–टेक पार्टहरु, सेमीकन्डक्टरहरू, र इलेक्ट्रोनिक उपभोग्य सामानहरूका लागि चीनमा भर परेका कम्पनीहरु सबैभन्दा मारमा परेका छन्। ठूला सामान उत्पादकहरू – मोटरवाहन, औद्योगिक र भारी मेसिनरी – ले समेत आपूर्ति अवरोधको कडा सामना गर्दैछन्।

    चीन संसारको सबैभन्दा ठूलो निर्माता र उपभोक्ता दुबै हो

    विश्वभरि सयौं निर्माण परियोजनाहरू ठप्प छन् किनकि निर्माणका वस्तुहरु चीनबाट आउँदैनन्। यसको मतलब सयौं हजारौं व्यक्तिले आफ्नो जागिर गुमाउँदैछन्। मुख्य भूमि चीनबाट आपूर्ति अवरोध भएका कारण हङकङले मात्र ५०,००० निर्माण–श्रमिकलाई कामबाट छुटाएको छ, र बाँकी ८०,००० ले हप्ताको एक वा दुई दिन मात्र काम पाइरहेका छन्।

    चीन विश्वको सबैभन्दा ठूलो उत्पादक मात्र होइन,
    यो विश्वको सबैभन्दा ठूलो उपभोक्ता पनि हो।

    चीनले विश्वको तेल आपूर्तिको १४ प्रतिशत खपत गर्दछ। चीनले विश्वको ५६ प्रतिशत सिमेन्ट, ५३ प्रतिशत इस्पात र लगभग आधा विश्वको कोइला उत्पादन खपत गर्दछ। यसको एक हिस्सा चीनको ११.४ अरब मानिसका लागि लाखौं उपभोक्ता वस्तुहरू उत्पादन गर्न प्रयोग गरिन्छ। २०१८  मा, चिनियाँ परिवारहरूले ८ करोड रेफ्रिजरेटरहरू, २० करोड एयर कन्डिसनहरु, ७ करोड २० लाख वाशिंग मेशिन र १ अरव १० करोड माइक्रोवेभ ओभन खरीद गरे।

    चीनले खपत गर्ने सिमेन्ट, स्टिल, कोइला र कच्चा तेलको ठूलो हिस्सा ठूलो, उच्च र उत्तम हुन गरिएका प्रतिस्पर्धी यसका मेगा निर्माण परियोजनाहरू – गगनचुम्बी भवनहरू, बहुतले व्यापारिक भवनहरू, कारखानाहरू, राजमार्गहरू, रेलमार्गहरू, पुलहरू र एयरपोर्टहरू) मा प्रयोग हुन्छन् । २०१८-२०१९ मा मात्र, चीनको विश्वव्यापीरूपमा सबै निर्माण लगानीको लगभग २० प्रतिशत हिस्सा थियो।

    चीनको संकट व्यवस्थापन क्षमताहरू

    चीनले कत्तिको निर्माण गर्छ भन्ने कुरा बुझ्न यहाँ बिल गेट्सले जुलाई २०१४ मा लेखेको एउटा ब्लगमा प्रस्तुत गरेको २०११-१३ को तीन वर्षबीचको तथ्याङ्क छ। गेट्सले लेखेका थिए– अमेरिकाले २० औं शताब्दीमा जति कंक्रीटको प्रयोग गर्‍यो त्यति त चीनले तीन वर्षका बीचमा गर्‍यो। त्यस गतिको रफ्तार २०१७-२०१८ देखि कम भएको हुन सक्छ, तर विश्वको भन्दा अझै पनि माथि छ।

    यसैकारण, जब चीनलाई रुघा लाग्छ, बाँकी विश्व हाच्छ्यूँ गर्न बाध्य हुन्छ।

    अझै, विश्वलाई यसको संकटहरू प्रबन्ध गर्न चीनको क्षमतामा विश्वास छ। यसले विगतमा दुई पटक गरिसकेको छ – २००८ को विश्वव्यापी मन्दी र २०१५  को आफ्नै शेयर बजार क्र्यास।

    चीन कसरी छिटो व्यवसाय पुनः सुरु गर्न सक्षम छ भन्ने पहिल्याउन नोमुरा (विश्वका ३० भन्दा बढी मुलुकहरुमा एकीकृत ग्लोबल नेटवर्क भएको एशियाको एक वित्तीय सेवा समूह हो) का विश्लेषकहरूले दुई सूचकहरू प्रस्तुत गरेका छन्। यी मध्ये एकले कोभिड–१९ बाट प्रभावित ब्यापार ब्यवसायहरु कुन कुन हुन् भनी पत्ता लगाउछ । त्यस्ता व्यापार ब्यवसायहरुले चिनको कुल ग्राहस्थ उत्पादनको ६५ प्रतिशत अंश ओगट्छ। यो `साँघुरो´ सुचकले मार्चको सुरुवात सम्म चिनियाँ व्यापार ब्यवसाय आफ्नो क्षमताको ४७ प्रतिशत संचानलमा फर्किएको छ र पुनःसञ्चालनको दर अपेक्षा गरिए भन्दा धेरै कम छ ।

    अर्को उपाय, चीनको आधिकारिक खरीद प्रबन्धक सूचकांक (पीएमआई) हो, जसले निर्माण क्षेत्रमा हुने क्रियाकलापको उचित संकेत दिन्छ। यो सूचकांक फेब्रुअरीमा चुचुरोबाट तल झर्‍यो। यो जनवरीमा ५० रहेको फेब्रुअरीमा घटेर ३५.७ मा पुगेको छ जुन २००८ को विश्वव्यापी मन्दीपछि सबैभन्दा कम हो। सेवा क्षेत्रहरुमा समेत, पि एम आई त अझ बढी खस्किएको छ, ५० भन्दा बढीको अंकबाट झरेर २९.६ मा आइपुगेको छ। ५० भन्दा तलको अंकले आर्थिक गतिविधिमा संकुचन आएको जनाउँछ र यो तल झर्न सक्ने सिमासम्मको गहिरो संकुचन हो ।

    चीन चाँडै बौरिन सक्ला, तर ठूलो पश्चिमी अर्थव्यवस्थाको के  हुन्छ?

    दुई महिना लामो नाकाबन्दको अर्थ चीनले सामान किन्न बन्द गर्‍यो। कच्चा तेलको खपत दिनमा ३० लाख ब्यारेलले घटेको छ, जुन विश्वव्यापी उत्पादनको ३ प्रतिशत हो। स्टिलको माग गत महिनाको तुलनामा आधा भन्दा बढीले घट्यो। कार बिक्री २०-३० प्रतिशतले घट्यो। फेब्रुअरीमा कोइला खपत करीव एक तिहाइले गिरावट भएको थियो। मुलुकभरका निर्माण प्रोजेक्टहरू बन्द भएका कारणले सयौं कच्चा मालहरूको उपभोगमा एकदमै कमि ल्याएकोछ।

    शुभ समाचार छ कि, चिनियाँ सरकारले सबै स्थानीय प्रशासकहरूलाई अवरोध हटाउन र आर्थिक गतिविधि तुरुन्तै पुनःसञ्चालन गर्नमा केन्द्रीत हुन आग्रह गरेको छ। समन्वयमा समस्या भए पनि, विभिन्न स्थानीय सरकारहरू अब एकैसाथ अर्को भागमा आपूर्ति सुनिश्चत गराउने उद्देश्यले काम गरिरहेका छन्।

    केन्द्रीय उत्पादनको योजनाको क्षमताले गर्दा चीनलाई उल्लेखनीय गतिको साथ अवरोधहरू पूरा गर्न सक्षम बनाएको छ।

    मास्क बारे नै उदाहरण लिनुहोस्, जुन विश्वभर उपलव्ध नभएर हाहाकार भइरहेको छ। जनवरीको मध्यमा, चीनले हरेक दिन लगभग १० करोड फेस मास्क उत्पादन गर्दै थियो। दुई हप्तामा, यसले उत्पादन दोब्बर गर्न थाल्यो, तर यो अझै आवश्यक पर्ने अनुमानित १० करोड मास्क भन्दा कम थियो।

    त्यसैकारण, चिनियाँ प्रधानमन्त्री ली केकियांग आफैं नै उत्पादनको निरीक्षण गर्न मास्क कारखानाहरूको भ्रमण गर्न थाले। मार्चको शुरुमा, चीनको मास्कको उत्पादन दैनिक ११ करोड ६० लाख एकाई नाघेको छ। मुलुकमा कोभिड–१९ को प्रकोप हुनु भन्दा पहिलेको भन्दा हुने क्षमता भन्दा यो लगभग १२ गुणा बढी छ।

    चीन विश्वले अपेक्षा गरेको भन्दा चाँडो बौरिन सक्छ। प्रश्न यो हो कि के पश्चिमका ठूला अर्थव्यवस्थाहरू द्रुतगतिमा अघि बढ्न सक्षम हुनेछन्।

    चीनको भन्दा ५० प्रतिशत भन्दा ठूलो भएको अमेरिकाको अर्थव्यवस्था पहिले नै ठूला अवरोधहरू आउने अवस्थामा रहेकोछ। धेरै मुख्य उद्योगहरू चीनबाट हुने आपूर्तिमा निर्भर गर्दछन्, र तिनीहरुले उत्पादनमा कटौति गर्नु पर्ने हुन्छ।

    के वालस्ट्रीटमा रहेको त्रास जायज छ?

    सुपरमार्केटहरू पहिले नै अभावको सामना गरिरहेका छन्। झन् आतङ्कित उपभोक्ताहरुले दैनिक उपभोग्य अनावश्यक संग्रह गर्नाले स्थित खराब बनाएका छन्। नागरिकहरु “सामाजिक दूरी” मा बस्ने कारणले ट्राभल सेवाहरू नराम्ररी मारमा पर्नेछन् यसरी नै रेष्टुरेन्टहरू, होटेलहरू र फिल्म सिनेमाघरहरूमा पनिसमेत। यसको मतलब हो , अमेरिकी कामदारहरूको ठूलो हिस्सा केहि हप्ताको लागि बेरोजगार हुनेछन्।

    यसैकारणले, वाल स्ट्रिटमा रहेको त्रास जायज छ।

    कोभीड–१९ ले आपूर्तिमा ठूलो धक्का पुर्‍याएको छ, यसको कारण अधिकतर चीन, र आंशिक रूपमा दक्षिण कोरिया हुन्। तर यी दुवै देशहरूमा कोभिड–१९ को विस्तार सुस्त देखिन्छ।

    भाइरस आफैंमा काम गर्ने उमेरका मानिसहरूलाई त्यति खराव असर पार्ने खालको देखिदैन। यस २०- ५९ समूहका बीचका व्यक्तिहरुको मृत्यु दर ०.६५ प्रतिशत मात्र देखिएको छ। यसको मतलब जति सक्दो चाँडो कारखानाहरु खुल्नेछन् श्रमिकहरु काममा फर्कन सक्नेछन्।

    कोभीड–१९ को सम्बन्धी वास्तविक चिन्ता भनेको कतै यसले चिनलाई ठप्प बनाईदिने हो कि भन्ने थियो । विश्लेषकहरुले दोस्रो चरणमा संक्रमणको प्रसार भाइरस वुहान बाहिर चिनभरि विस्तारित हुने५ भनी आकलन गरेका थिए । त्यो भय आधारहिन सावित हुँदैछ। विश्व अर्थतन्त्रमा एक चौथाईले गिरावट आउने स्पष्ट भइसकेको छ वा संकुचन नै आउन सक्नेछ तर यसको सुधार पनि उस्तै गतिमा हुनसक्छ। अत: जो धार विपरित चल्ने आँट गरेर यो मन्दिमा पनि खरिद गरिरहेका छन् सायद अन्त्यमा उनीहरुले नै जित्नेछन।

    भावानुवाद तथा साभारः १२ मार्च २०२० को दी क्वीन्टबाट।

    लेखक अनिन्द्यो चक्रवर्ती  एनडीटीवी इंडिया र एनडीटीभी वरिष्ठ प्रबंध सम्पादक थिए,हाल  उनी स्वतन्त्र यूट्यूब चैनल ‘देसी डेमोक्रेसी’ चलाउँछन्।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.