अप्रिल ४ मा फिनल्याण्ड औपचारिक रुपमै अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) मा ३१ औं सदस्यका रुपमा जोडिएसँगै यसको सैन्य असंलग्नताको अन्त्य भयो। “यसबाट फिनल्याण्ड सुरक्षित छ भने नेटो मजबुत बनेको छ। फिनल्याण्डका सुरक्षा बलहरू मजबुत र उच्च सक्षम छन्,” नेटो महासचिव येन्स् स्टोलटेनबर्गले फिनल्यान्डलाई स्वागत गर्दै भने। नेटोको यो फैलावटले यसमा आवद्ध देशहरूलाई आपसी लाभ त होला, तर यसले युरोपको शान्ति तथा सुरक्षामाथि गहिरो प्रभाव पार्नुका साथै मस्कोसँग क्षेत्रीय तनाव हुनसक्ने खतराको संकेत गर्छ।
नेटो विस्तारले कस्तो नतिजा ल्याउला त्यो देखिएला, तर नेटोले पूर्वतर्फ गरेको विस्तार खतरनाक प्रक्षेपणलाई बढवा दिन डिजाइन गरिएको हो, जसलाई नेटोले रुससँगको अशान्त सीमालाई दुई गुणा वृद्धि गर्नुले पुष्टि गर्छ। नेटोले जसरी युक्रेन युद्ध भड्काउनका लागि संवेदनशील सुरक्षा चासोलाई बेवास्ता गरेको थियो, त्यसरी नै उसले रुसविरुद्ध तनावको खतरा बढाउनका लागि यो जानाजान चालेको कदम हो।
यसका अलावा, यी विस्तारवादी प्रवृत्तिहरूले शीतयुद्धका पीडित देशहरूको सामूहिक सुरक्षामाथि नेटोले गरेको खुला उपेक्षालाई पुष्टि गर्छ। यस्ता राजनीतिक र प्रभुत्वशाली ‘ओभरटोन’हरूले नेटोको पूर्वी विस्तार हरेक राष्ट्रको ‘आफ्नो बाटो रोज्ने अधिकारका लागि हो’ भन्ने धारणालाई तोडिदिएको छ।
नेटोको सैनिक वर्चश्वले यो पनि प्रष्ट भयो कि नेटो क्षेत्रीय सुरक्षा खतरामा पार्नका लागि जे पनि गर्न सक्छ। नेटोको कदममार्फत युक्रेनमा युरोपद्वारा गरिएका पर्याप्त लगानीका बावजूद यो व्लक उच्च जोखिमयुक्त विस्तारलाई सही ठहर्याउनका लागि युद्धका बयानबाजीहरू प्रयोग गर्ने कामलाई निरन्तरता दिइरहेको छ। तर मस्कोसँग विश्वास टुटाउने र क्षेत्रीय तनावलाई झनै बढाउने नेटोको अग्रणी भूमिकाको बारेमा चाहिँ यिनले के देखाउछन् ?
विश्वासको संकट हुँदाहुँदै पनि नेटोको निर्णय महत्वपुर्ण नै देखिन्छ किनकि टार्नसकिने यूक्रेनको द्वन्द्वमा यस्तै प्रवृत्ति प्रष्ट नै देखियो। फिनल्याण्डका माध्यमबाट कोर्स परिवर्तन गर्नुपर्नेमा व्लकले यसो गर्न नचाहनुले युरोपको अभूतपूर्व आर्थिक बाध्यताहरूलाई बढाउने संकेत गर्छ। यसैगरी ‘युरोपको युरोपियन सेक्युरिटी आर्किटेक्चर’ लाई अघि बढाउने ढाँचाका विषयमा पुनर्विचार गर्न मुस्किल पर्छ।
विश्वले ट्रान्स एट्ल्यान्टिक सुरक्षाको बाहानामा नेटोको पूर्ण सुरक्षा र आक्रामक सैन्य क्षमताहरूलाई बढवा दिइरहेको देखिरहेको छ। खरवौ डलरका सैनिक सहायता र सैन्य उद्योगका सञ्जालबाट गरिएका अत्यधिक लगानी संलग्न विस्तारित नेटोले युक्रेन द्वन्द्वलाई समाप्त गर्नेछैन।
पूर्वी विस्तारमा रुसको चासोलाई नकार्नु र आफ्नो सैन्य हातलाई बलियो बनाउनका लागि फिनल्यान्डलाई अघि सार्नु युरोपको रणनीतिक स्वतन्त्रता विपरित कार्य हो। रुसको विदेश मन्त्रालयले चेतावनीसहित भनेको छ, “हेलसिन्कीको सैन्य असंलग्नताको नीतिले लामो समयसम्म फिनिश राष्ट्रिय हितको रक्षा गरेको थियो र बाल्टिक सागर क्षेत्र र युरोपियन महाद्वीपमा विश्वास निर्माणको एउटा महत्वपूर्ण कडी बनेको बनेको थियो।”
फिनल्यान्डको आवद्धतालाई यस व्लकले आन्तरिक एकताका बारेमा झुटो आशा प्रदान गर्नका लागि प्रयोग गर्छ भन्ने कुरामा कुनै शंका छैन। कति विभाजन घाम जस्तै छर्लङ्ग छन्। जुन कुरा नेटोमा आवद्ध राष्ट्रका विदेश मन्त्रीहरूको मंगलवारको भेलामा पनि देखियो, जहाँ प्रमुख देशहरू निरन्तर विस्तारको विपक्षमा कायमै थिए।
मस्कोले नेटोको यो कदमप्रति कुनै जवाफी कदम चाल्न सक्छ, यो पनि कुनै सम्प्रभु राज्यको एउटा वैध प्रतिक्रिया हो।
जे होस् रुस–फिनल्याण्डको १,३०० किलोमिटर सीमामा नेटोको यो हर्कत वरिपरि गहिरो अनिश्चितता छ। विगतमा रुसको क्षेत्रीय सतर्कता र चेतावनीको आधारमा नेटोले पूर्वतर्फ सैन्य तैनाथी र पूर्वाधारहरूका सम्भावनालाई नकारेको थियो।
पूरै विश्व रुस र युक्रेनबीचको तनाव कम गर्ने र दीर्घकालिन समाधान खोज्नका लागि केन्द्रित भइरहेका बेला नेटो भने आफ्नो क्षेत्र विस्तार गरिरहेको छ। यो सोचनीय विषय हो। वर्चश्वका लागि चालेको यो कदमका कारण तत्काल टकरावको जोखिम छैन भन्ने कुरामा रुसलाई निश्चिन्त पार्न नेटो असफल भएको छ। मस्को ‘एक महत्वपूर्ण विस्तारको जोखिम’को सम्भावना देखिएको खण्डमा पश्चिम र उत्तर पश्चिममा तैनाथ आफ्ना सैन्य डिभिजनहरूलाई मजबूद बनाउने कुरामा स्पष्ट छ।
नेटोको विस्तारले ती जोखिमहरू प्रष्ट पारेको छ भने यसले विश्वलाई असुरक्षामा धकेल्ने एउटा व्लकको कदमको पनि प्रतिनिधित्व गर्छ। (सीजीटीएनबाट भावानुवाद)