Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिमालहरूलाई कसले बचाउने?

सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
जेष्ठ १, २०८०
- यो हप्ता, विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं। त्यसमा चढ्नु भनेको मानवीय साहसको प्रमाण हो।’– यो एउटा भावना हो, जसलाई डकुमेन्ट्री ‘१४ पिकः नोथिङ इज इम्पोसिवल’ मा समेटिएको छ। यो डकुमेन्ट्री ७ महिनामा विश्वका उच्च शिखर चढ्ने पर्वतारोहीको बारेमा बनेको हो।

    समुन्द्र सतहबाट ६,९९३ मिटर अग्लो भएर पनि मध्य नेपालमा अवस्थित माछापुच्छ्रे हिमाल हिउँदको समयमा पनि हिउँरहित कालो चट्टानको पिरामिड जस्तो देखियो। विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा नजिकको ग्लेसियर एउटा ठूलो पोखरीमा परिणत भएको छ।

    पर्यटकीय आकर्षण वा उच्च साहसिक क्षेत्रमा मात्रै नभएर हिमालहरूले पृथ्वीको जलवायुलाई सन्तुलित बनाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। हिमालहरू खर्बौं मानिसका लागि र पारिस्थितिक प्रणालीका लागि ताजा पानीका स्रोत पनि हुन् (भलै यसमा अहिले ह्रास आइरहेको छ)। बढ्दो तापक्रम र हिमनदी पग्लिरहनुले दुरगामी परिणामहरू निम्त्याइरहेको छ, जसले पहिलेदेखि नै मानवका लागि गम्भीर जोखिम पैदा गरिरहेको छ।

    एसियाको उच्च हिमाली क्षेत्रको केन्द्रमा रहेको तिब्बती प्लेटलाई तेस्रो ध्रुव पनि भनिन्छ, किनभने यो अन्टार्टिका र आर्कटिकपछि हिउँको तेस्रो ठूलो भण्डार हो। यो क्षेत्रमा १५ हजार ग्लेसियरहरू छन्, जसले यस क्षेत्रको १ लाख वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। यसमा ३ हजार देखि ४ हजार ७ सय घन किलोमिटरसम्मका आइसहरू छन्। यी ग्लेसियरबाट आमू दारिया, ब्रम्हपुत्र, गंगा, सिन्धु, इरावती, मिकांग, ङ, सालविन, तारिम, याङ्ग्त्सी र हुवाङ ही नदीहरू बग्छन्।

    हिन्दू कुश हिमालय क्षेत्र ३५ सय किलोमिटरसम्म फैलिएको छ। यो नेपाल, भारत, चीन, भुटान, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र म्यानमारसम्म विस्तार भएको छ। यी सबै देशले हिमालसहित, हावा, पानी, र पारिस्थितिक प्रणालीलाई सार्वभौम नियन्त्रणमा ल्याउनुपर्ने र साझा बनाउनु पर्ने बताउँदै आएका छन्। जलवायु परिवर्तनले अनियमित वर्र्षा, सुख्खापन बढाउने, पानीको तह घटाउने र खाद्य आपूर्तिमा समेत खतरा पुग्छ। यस संकटको सामना गर्न आवश्यक पहलका लागि यी राज्यहरूबीचको सहकार्य र समन्वयको कमीले संकटको संकेत गर्छ। साथै यसबाट वैश्विक नीतिको असफलतालाई दर्शाउँछ, जसले विश्वसनिय अन्तर्राष्ट्रिय नेतृत्वको अभावलाई स्पष्ट रुपमा देखाउँछ।

    सन् २०२० मा न्युयोर्क विश्वविद्यालय आबुदाबी (NYUAD) लगायत अरु विश्वविद्यालयका प्रोफेसर, अनुसन्धानकर्ता, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको एउटा समूहले संकटको तत्काल आवश्यकता र भविष्यमा देखा पर्ने संकटको सामना गर्नका लागि चाहिने अन्तरविषय दृष्टिकोणको कमिलाई प्रष्ट पार्नका लागि लागि ‘हिमालयन वाटर प्रोजेक्ट’ जारी गर्यो। तर तीव्र प्रतिस्पर्धा, क्षेत्रीय विवादहरू र शंकाहरू व्याप्त रहेको क्षेत्रमा देशहरूबीचको समन्वयलाई प्रेरित गर्नु सजिलो काम होइन। त्यसमाथि चीनको बढ्दो आर्थिक तथा राजनीतिक दबदबाले उसका दुश्मनहरू बढाएको छ।

    ‘लोकतन्त्रिक र निरंकुश शक्तिहरू अलग हुने दुईधु्रवीय व्यवस्थाले आपसी निर्भरताका लागि आवश्यक सहकार्यलाई झनै कमजोर बनाइदिन्छ’ भन्ने जुन हदसम्म यो माइण्डसेट कायम हुन्छ, कानुन निर्माताहरूलाई हिमालयको संकटबाट उत्पन्न जलवायुसँग सम्बन्धित खतरालाई बुझ्न र यसको सम्बोधन गर्न असम्भव हुने देखिन्छ।

    हिन्दु कुश हिमालय क्षेत्र र यस क्षेत्रका मानिसहरूको संरक्षणका लागि काम गरिरहेको काठमाडौंस्थित द इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेट माउन्टेन डेभलवमेन्ट (इसिमोड) मा हिमालय क्षेत्रका ८ वटा देशहरू सहभागी छन्। जलवायु परिवर्तनले ल्याउने संकटका जटिलताको सामना गर्नका लागि वर्तमान समयमा पहल गरिहेको यो एउटा मात्र संस्था हो। तर, यो प्रयास सहभागी देशहरूबीच डाटाको आदानप्रदानमा बढी केन्द्रित छ। जबकि राष्ट्रहरूबीच वैज्ञानिक ज्ञानको आदानप्रदानको भूमिका यसका लागि लगभग तटस्थ थियो। फेरि यस प्रकारको आदानप्रदान क्षेत्रीय विवादहरूका कारण विफल हुनसक्छ। यति मात्रै होइन, अहिले कति सरकार तथा अन्तर्राष्ट्रिय संगठनहरू समावेशिता, समता, ज्ञानका विभिन्न रुपहरूको उत्पादनका लागि प्रतिबद्ध भइरहेका बेला नीतिहरूलाई वैज्ञानिक दायरामा मात्रै सीमित गर्नु अकल्पनीय कुरा हो।

    भारत र पाकिस्तानको सिन्धु जल सम्झौता बाहेक नदीको स्रोत व्यवस्थानपनका लागि यहाँ त्यस्तो कुनै क्षेत्रीय प्रयासहरू भएका छैनन्। वास्तवमा राज्यहरूले नदीहरूमा निर्माण कार्य(वाटरवे इन्फ्रास्ट्रक्चर)मा लगानी गर्न जारी राख्छन्, जसले पारिस्थितिक प्रणाली र मानिसहरूलाई जीवन प्रदान गर्ने नदीहरूको प्राकृतिक प्रवाहलाई अवरोध गर्छ र नदीले धार परिवर्तन गर्ने गर्छन्। इन्जिनियरहरूले मानिसले वातावरणमाथि वर्चश्व राख्ने र नियन्त्रण गर्नसक्ने विश्वासमा नीतिहरूको निर्माण गर्छन्। यो एउटा यस्तो दृष्टिकोण हो, जसले छोटो अवधिमा संख्यात्मक लाभहरू उत्पादन गर्न त सक्छ, तर मध्यम र दीर्घकालीन रुपमा यो विनाशकारी छ।

    यसै जनवरीमा हाम्रो दुई न्युयोर्क विश्वविद्यालय आबुदाबीका कक्षाहरूले पग्लिरहेका पहाडको भू–राजनीतिक र पारिस्थितिक प्रभावहरूको बारेमा जान्ने उद्देश्यले काठमाडौंको यात्रा गरेको थियो। विद्यार्थीहरू सहभागी भएको सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले भुकम्पीय गतिविधि र वाटर एग्रिमेन्ट देखि सार्वजनिक नीतिहरू तथा सांस्कृति कलाकृतिहरूको बारेमा सम्बोधन गरेका थिए। यसको मुख्य निष्कर्ष भनेको यस क्षेत्रमा बहुमुखी प्रकृतिका चुनौतीहरू विद्यमान भएपनि यसबाट जलवायु संकटको सामना गर्ने विषयमा कुनैपनि बाधा पुग्नुहुँदैन भन्ने थियो। बरु यसका लागि एउटा समग्र दृष्टिकोणको विकास गर्नुपर्नेमा यस सम्मेलनले जोड दिएको थियो।

    जहाँ धुँवा हट्थे, त्यहाँ पहाडहरू आफैं प्रकट हुन्थे। त्यो देखेर हामीले एक खालको विस्मयको अनुभूत गर्यौं। हिमालहरू जति विशाल देखिन्छन्, त्यति नै नाजुक पनि छन्। हिमालहरू माथितिर आकाशसँग र तलतिर नदीसँग जोडिएका हुन्छन्, यस नाजुक सन्तुलनमा हुने कुनैपनि परिवर्तनले अरबौं मानिसको जीवन र जीविकालाई प्रभावित गर्न सक्छ।

    अझैंपनि ग्लेसियरहरू पग्लिरहेका छन्। गत जनवरीको मध्यममा ५८ सय मिटरमाथि, सगरमाथाको फेदमा पुगेका हाम्रा रिसर्च टिमका सदस्यहरूले हिउँको सट्टा नांगो चट्टानहरू मात्रै देखेका थिए। र, हिउँका अग्ला पहाड भएका ठाउँमा पोखरीहरू मात्र देखिन्थे।

    जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको छ। हामीलाई त्यस्ता नीतिहरू चाहिन्छन्, जुन हिमालयन क्षेत्रका देशहरूका लागि अनुकूल हुन सकुन्। वैश्विक व्यवस्थामा भइरहेको परिवर्तनले सबैभन्दा महत्वपूर्ण मध्येको एउटा खतरालाई नजरअन्दाज गरेको छ। कथित ठूला शक्तिहरूले कुन विषय सबैभन्दा संवेदनशील छ भनेर बुझ्न र यसका लागि निर्णायक कदम चाल्न आवश्यक छ। अन्यथा वैश्विक जलवायु मुद्दामाथि नेता हुने ढोंग बन्द गरे हुन्छ।

    (प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित

      सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.