Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित by सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
May 15, 2023
in विमर्शका लागि, सामयिक
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं। त्यसमा चढ्नु भनेको मानवीय साहसको प्रमाण हो।’– यो एउटा भावना हो, जसलाई डकुमेन्ट्री ‘१४ पिकः नोथिङ इज इम्पोसिवल’ मा समेटिएको छ। यो डकुमेन्ट्री ७ महिनामा विश्वका उच्च शिखर चढ्ने पर्वतारोहीको बारेमा बनेको हो।

समुन्द्र सतहबाट ६,९९३ मिटर अग्लो भएर पनि मध्य नेपालमा अवस्थित माछापुच्छ्रे हिमाल हिउँदको समयमा पनि हिउँरहित कालो चट्टानको पिरामिड जस्तो देखियो। विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा नजिकको ग्लेसियर एउटा ठूलो पोखरीमा परिणत भएको छ।

पर्यटकीय आकर्षण वा उच्च साहसिक क्षेत्रमा मात्रै नभएर हिमालहरूले पृथ्वीको जलवायुलाई सन्तुलित बनाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। हिमालहरू खर्बौं मानिसका लागि र पारिस्थितिक प्रणालीका लागि ताजा पानीका स्रोत पनि हुन् (भलै यसमा अहिले ह्रास आइरहेको छ)। बढ्दो तापक्रम र हिमनदी पग्लिरहनुले दुरगामी परिणामहरू निम्त्याइरहेको छ, जसले पहिलेदेखि नै मानवका लागि गम्भीर जोखिम पैदा गरिरहेको छ।

एसियाको उच्च हिमाली क्षेत्रको केन्द्रमा रहेको तिब्बती प्लेटलाई तेस्रो ध्रुव पनि भनिन्छ, किनभने यो अन्टार्टिका र आर्कटिकपछि हिउँको तेस्रो ठूलो भण्डार हो। यो क्षेत्रमा १५ हजार ग्लेसियरहरू छन्, जसले यस क्षेत्रको १ लाख वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। यसमा ३ हजार देखि ४ हजार ७ सय घन किलोमिटरसम्मका आइसहरू छन्। यी ग्लेसियरबाट आमू दारिया, ब्रम्हपुत्र, गंगा, सिन्धु, इरावती, मिकांग, ङ, सालविन, तारिम, याङ्ग्त्सी र हुवाङ ही नदीहरू बग्छन्।

हिन्दू कुश हिमालय क्षेत्र ३५ सय किलोमिटरसम्म फैलिएको छ। यो नेपाल, भारत, चीन, भुटान, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र म्यानमारसम्म विस्तार भएको छ। यी सबै देशले हिमालसहित, हावा, पानी, र पारिस्थितिक प्रणालीलाई सार्वभौम नियन्त्रणमा ल्याउनुपर्ने र साझा बनाउनु पर्ने बताउँदै आएका छन्। जलवायु परिवर्तनले अनियमित वर्र्षा, सुख्खापन बढाउने, पानीको तह घटाउने र खाद्य आपूर्तिमा समेत खतरा पुग्छ। यस संकटको सामना गर्न आवश्यक पहलका लागि यी राज्यहरूबीचको सहकार्य र समन्वयको कमीले संकटको संकेत गर्छ। साथै यसबाट वैश्विक नीतिको असफलतालाई दर्शाउँछ, जसले विश्वसनिय अन्तर्राष्ट्रिय नेतृत्वको अभावलाई स्पष्ट रुपमा देखाउँछ।

सन् २०२० मा न्युयोर्क विश्वविद्यालय आबुदाबी (NYUAD) लगायत अरु विश्वविद्यालयका प्रोफेसर, अनुसन्धानकर्ता, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको एउटा समूहले संकटको तत्काल आवश्यकता र भविष्यमा देखा पर्ने संकटको सामना गर्नका लागि चाहिने अन्तरविषय दृष्टिकोणको कमिलाई प्रष्ट पार्नका लागि लागि ‘हिमालयन वाटर प्रोजेक्ट’ जारी गर्यो। तर तीव्र प्रतिस्पर्धा, क्षेत्रीय विवादहरू र शंकाहरू व्याप्त रहेको क्षेत्रमा देशहरूबीचको समन्वयलाई प्रेरित गर्नु सजिलो काम होइन। त्यसमाथि चीनको बढ्दो आर्थिक तथा राजनीतिक दबदबाले उसका दुश्मनहरू बढाएको छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

June 7, 2023
एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

May 26, 2023
ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

May 18, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023

‘लोकतन्त्रिक र निरंकुश शक्तिहरू अलग हुने दुईधु्रवीय व्यवस्थाले आपसी निर्भरताका लागि आवश्यक सहकार्यलाई झनै कमजोर बनाइदिन्छ’ भन्ने जुन हदसम्म यो माइण्डसेट कायम हुन्छ, कानुन निर्माताहरूलाई हिमालयको संकटबाट उत्पन्न जलवायुसँग सम्बन्धित खतरालाई बुझ्न र यसको सम्बोधन गर्न असम्भव हुने देखिन्छ।

हिन्दु कुश हिमालय क्षेत्र र यस क्षेत्रका मानिसहरूको संरक्षणका लागि काम गरिरहेको काठमाडौंस्थित द इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेट माउन्टेन डेभलवमेन्ट (इसिमोड) मा हिमालय क्षेत्रका ८ वटा देशहरू सहभागी छन्। जलवायु परिवर्तनले ल्याउने संकटका जटिलताको सामना गर्नका लागि वर्तमान समयमा पहल गरिहेको यो एउटा मात्र संस्था हो। तर, यो प्रयास सहभागी देशहरूबीच डाटाको आदानप्रदानमा बढी केन्द्रित छ। जबकि राष्ट्रहरूबीच वैज्ञानिक ज्ञानको आदानप्रदानको भूमिका यसका लागि लगभग तटस्थ थियो। फेरि यस प्रकारको आदानप्रदान क्षेत्रीय विवादहरूका कारण विफल हुनसक्छ। यति मात्रै होइन, अहिले कति सरकार तथा अन्तर्राष्ट्रिय संगठनहरू समावेशिता, समता, ज्ञानका विभिन्न रुपहरूको उत्पादनका लागि प्रतिबद्ध भइरहेका बेला नीतिहरूलाई वैज्ञानिक दायरामा मात्रै सीमित गर्नु अकल्पनीय कुरा हो।

भारत र पाकिस्तानको सिन्धु जल सम्झौता बाहेक नदीको स्रोत व्यवस्थानपनका लागि यहाँ त्यस्तो कुनै क्षेत्रीय प्रयासहरू भएका छैनन्। वास्तवमा राज्यहरूले नदीहरूमा निर्माण कार्य(वाटरवे इन्फ्रास्ट्रक्चर)मा लगानी गर्न जारी राख्छन्, जसले पारिस्थितिक प्रणाली र मानिसहरूलाई जीवन प्रदान गर्ने नदीहरूको प्राकृतिक प्रवाहलाई अवरोध गर्छ र नदीले धार परिवर्तन गर्ने गर्छन्। इन्जिनियरहरूले मानिसले वातावरणमाथि वर्चश्व राख्ने र नियन्त्रण गर्नसक्ने विश्वासमा नीतिहरूको निर्माण गर्छन्। यो एउटा यस्तो दृष्टिकोण हो, जसले छोटो अवधिमा संख्यात्मक लाभहरू उत्पादन गर्न त सक्छ, तर मध्यम र दीर्घकालीन रुपमा यो विनाशकारी छ।

यसै जनवरीमा हाम्रो दुई न्युयोर्क विश्वविद्यालय आबुदाबीका कक्षाहरूले पग्लिरहेका पहाडको भू–राजनीतिक र पारिस्थितिक प्रभावहरूको बारेमा जान्ने उद्देश्यले काठमाडौंको यात्रा गरेको थियो। विद्यार्थीहरू सहभागी भएको सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले भुकम्पीय गतिविधि र वाटर एग्रिमेन्ट देखि सार्वजनिक नीतिहरू तथा सांस्कृति कलाकृतिहरूको बारेमा सम्बोधन गरेका थिए। यसको मुख्य निष्कर्ष भनेको यस क्षेत्रमा बहुमुखी प्रकृतिका चुनौतीहरू विद्यमान भएपनि यसबाट जलवायु संकटको सामना गर्ने विषयमा कुनैपनि बाधा पुग्नुहुँदैन भन्ने थियो। बरु यसका लागि एउटा समग्र दृष्टिकोणको विकास गर्नुपर्नेमा यस सम्मेलनले जोड दिएको थियो।

जहाँ धुँवा हट्थे, त्यहाँ पहाडहरू आफैं प्रकट हुन्थे। त्यो देखेर हामीले एक खालको विस्मयको अनुभूत गर्यौं। हिमालहरू जति विशाल देखिन्छन्, त्यति नै नाजुक पनि छन्। हिमालहरू माथितिर आकाशसँग र तलतिर नदीसँग जोडिएका हुन्छन्, यस नाजुक सन्तुलनमा हुने कुनैपनि परिवर्तनले अरबौं मानिसको जीवन र जीविकालाई प्रभावित गर्न सक्छ।

अझैंपनि ग्लेसियरहरू पग्लिरहेका छन्। गत जनवरीको मध्यममा ५८ सय मिटरमाथि, सगरमाथाको फेदमा पुगेका हाम्रा रिसर्च टिमका सदस्यहरूले हिउँको सट्टा नांगो चट्टानहरू मात्रै देखेका थिए। र, हिउँका अग्ला पहाड भएका ठाउँमा पोखरीहरू मात्र देखिन्थे।

जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको छ। हामीलाई त्यस्ता नीतिहरू चाहिन्छन्, जुन हिमालयन क्षेत्रका देशहरूका लागि अनुकूल हुन सकुन्। वैश्विक व्यवस्थामा भइरहेको परिवर्तनले सबैभन्दा महत्वपूर्ण मध्येको एउटा खतरालाई नजरअन्दाज गरेको छ। कथित ठूला शक्तिहरूले कुन विषय सबैभन्दा संवेदनशील छ भनेर बुझ्न र यसका लागि निर्णायक कदम चाल्न आवश्यक छ। अन्यथा वैश्विक जलवायु मुद्दामाथि नेता हुने ढोंग बन्द गरे हुन्छ।

(प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित

सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित

Related Posts

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

by डा‍. अरुणा उप्रेती
June 7, 2023

पश्चिममा काम गरेको झण्डै २५ वर्षको मेरो अनुभवका क्रममा त्यहाँ तुलनात्मक परिवर्तनहरू भएको पाएको छु। तर, हामीले गर्नसक्ने अझै धेरै...

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

by म्यानुएल म्युनिज र समिर सरन
May 26, 2023

भविष्यमा इतिहासकारले २०२३ को मार्च महिनालाई आर्टिफिसियल इन्टेलिजेन्सको युग खास रुपमा सुरु भएको क्षणको रुपमा लिन सक्छन्। दुई हप्ताको अन्तरालमा...

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

by nepal_readers
May 18, 2023

ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

सामाजिक सञ्जालमा महिलामाथिको बुलिङ

by नेपाल रिडर्स
May 8, 2023

महिलाको फरक उपस्थिति र फरक अभिव्यक्तिलाई स्वीकार गर्न नसक्ने समाजको प्रवृत्तिको छायाँ सामाजिक सञ्जालमा पनि देख्ने गरिन्छ। साइबर बुलिङको निशानामा...

चीनको आर्थिक कायापलट कसरी भयो?

चीनको आर्थिक कायापलट कसरी भयो?

by नेपाल रिडर्स
May 4, 2023

विश्व बैंकका अनुसार सन् १९९० मा भारत र चीनको जीडीपी झण्डै उस्तै थियो। तर आज चीनको जीडीपी बढेर १८ ट्रिलियन...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist