Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सपनामा किन आईरहन्छन् मदन भण्डारी साईकल चढेर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २७, २०७६
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अनामनगरको चिया पसल … १

    अनामनगरको चिया पसलमा चिया खान भनेर बस्या मात्रै थिएँ, उताबाट साइकलमा स्वर्गवासी मदन भण्डारी आउनु भयो र मेरै अगाडिको कुर्सिमा बस्नु भयो। मैले आदरपूर्वक अभिवादन गरें पछि उहाँको अनुहार पुनः हेरें। उहाँले के छ तेरो सुनिल भनेर हालखबर सोध्नुभयो।

    मैले त्यति ठीक छैन भनेर जवाफ दिएँ। किन र हेर्दा ठीकै देख्छु भन्नुभयो। संसदबाट पास हुँदै गर्नलागेको एमएमसीसी सम्झौता र सूचना विधेयकको कुरा कोट्याएँ। त्यसपछि उहाँ अलि गम्भीर हुनु भयो। अनि उहाँको सवारी साधन साइकल तर्फ हेर्नु भयो।

    त्यत्तिकैमा केही युवाहरू हल्ला गर्दै आए। त्यसपछि सुनिल भोलि है भनेर हात हल्लाएर साइकल तर्फ जानुभयो भण्डारीजी।

    अनामनगरको चिया पसल … २

    हिजोको वाचा मुताविक मदन कमरेड साइकल चढेर आउनु भयो। अनि हिजोको मेरो प्रश्नको उत्तर दिनु भन्दा अगाडि उहाँले भन्नुभयो– ‘बुझिस् सुनिल, नेपालमा अहिले नेपालको भौगोलिक र सामरिक अवस्था नबिचारेर शासन चलेको अनुभूति हुँदैछ। सायद अहिलेको खतरनाक परिस्थितिका लागि हामी मारिएका रहेछौ!’ मैले बीचैमा थप्दै भनें– ‘राजाको वंशनाश पनि यसैकालागि नै हो कि सायद अनि राजसंस्थालाई नेपालको राजनीतिबाट वेदख्खल गरेको!?’

    मेरो प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो–‘ हुन सक्छ पनि!’ तर हिजोको प्रश्नको उत्तर त दिन त उहाँले बाँकी नै थियो।

    एमसीसीका बारेमा गंभीर भएर भन्नु भयो–‘यसलाई दासढुङ्गा हत्या देखि जोड्नु पर्छ।’

    अझै अर्को भनाई नेपालीको मनमा राखे, त्यो हो नेपालमा शाहवंश त १२ पुस्ता मात्रै चल्छ भनेर ५० बर्ष पहिले देखि भनाइयो र त्यो वंशनास त हुनै थियो भन्ने पारियो रे। त्यतिकैमा सडकमा कालो पोतिएको ठूलो गाडी हतियार सहित ठूलो आवाजका साथ साइरन बजाउँदै आयो। त्यसपछि उहाँ भोलि भेट्ने वाचा गर्दै साइकलमा जानुभो।

    अनामनगरको चिया पसल … ३

    मदन कमरेड सदाझैं साइकलमा आउनु भएन। उहाँ आज मित्सुविसि लेखेको जिपमा आउनु भयो । उहाँ कतै बाहिर जाने हतारोमा हुनुहुन्थ्यो। सूचना विधेयकमा भएको व्यवस्था हेर्दा मलाई पञ्चायतमा नेताहरू त्यत्रो बर्ष विभिन्न कष्टपूर्ण जेल जीवन बिताएको बिर्सेर शासकको दम्भ भएको देख्दैछु। यो विधेयक यही रूपमा आएको दिन यो संविधानले ओपेन टिक काट्छ यो पक्का हो। जनता अहिले आफ्नो फ्रस्टेशन सँजालमा पोख्छन् तर सँजाल जुन दिनदेखि प्रयोग हुन पाउँदैन त्यसपछि सडक रोज्नेछन्। यद्यपि त्यो दिन नआवस तर आउँछ। आयो भने अहिलेका शासकहरूले लुक्ने ठाउँसम्म पाउँदैनन्, यो पक्का हो।

    जनताको निर्णय कठोर पनि हुन्छ। विश्व राजनीतिले पटक पटक प्रमाणित गरेको छ। अर्को कुरा एमसीसी परियोजना आफैंमा नराम्रो हैन तर त्यसमा भएका नेपाल तल पारिएको प्रावधान हटाउँदा त विकासको कुरा छ। हामीले त्यस्ता ठूला परियोजना ल्याउँदा प्रशस्त अध्ययन र अभ्यासको आवश्यकता हुन्छ। जुन त्यो भएको देखिँदैन पनि। सामरिक रूपले नेपालको भूगोल महत्वपूर्ण छ। छिमेकीहरूको सुरक्षालाई ख्याल राख्न जरूरी छ, जुन भएको छैन। यस्ता अफ्ठ्यारा कामको सुरूवात प्रायः देउवाको शासन चलेका बेलामा गरिएको पाइन्छ।

    यो एमसीसी परियोजना पनि देउवाको पालामा भएको हो।

    चिया सकेर मदन कमरेडले ‘मेरो पालामा ल्याइएको जनताको बहुदलिय जनवाद’ पढिस् ? भनेर सोध्नु भयो। मैले २०४९ तिर एक पटक बस्नेत थरका दोलाखेली कामरेडले पढ्न दिएका थिए तर त्यसपछि छैन भनें। उहाँले नभए खोजेर पढ् भन्नू भयो र भेटुँला है भन्दै गाडीमा जानु भयो।

    म झल्याँस्स बिउँझेको त पानी पो पर्दैरहेछ।

    सुनिलराज उप्रेती द्वारा लिखित सरल पत्रिका अनलाइनमा  २०७६ पौष २६ शनिबारमा प्रसारित बाट साभार। तस्बिर: उषा तितिक्षु
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.