सन् २०२२ को कोभिड-१९ महामारी र युक्रेन रसिया युद्धपछि विश्वव्यापी मुद्रास्फीति उच्चमा पुगेको छ। सन् १९८२ यता अमेरिकामा मुद्रास्फीतिको उच्चतम स्तर ८.५% मा पुगेको छ। यसरी, अन्य देशहरू जस्तै, अमेरिकाले पनि आफ्नो नीति र दरहरू धेरै पटक परिवर्तन गर्यो र मुद्रास्फीतिसँग लड्न पैसा आपूर्ति बढायो । यसको नतिजा स्पष्ट थियो– डलरको मूल्य गिरावट हुनेछ।
अमेरिकी डलर एउटै राष्ट्रको साझा मुद्रा मात्र होइन; यो विश्वको रिजर्भ मुद्राको रूपमा स्विकारिएको छ। तर अमेरिकाले बारबार आफ्नो फाइदाका लागि यसको दुरुपयोग गर्ने गरेको छ। त्यसैले अमेरिकाका मौद्रिक नीति या डलरको मूल्यमा गिरावटले सम्पूर्ण विश्वमा असर गर्छ। यसकारण हाल भइरहेको डलरको घट्दो मूल्य सबैका लागि ध्यानाकर्षण भएको छ, र मुलुकको नीति तर्जुमा गर्न यसबारे राम्रोसँग अनुसन्धान गर्नु आवश्यक छ।
डलरको क्रयशक्तिमा गिरावट
सन् १९७१ उल्लेखनीय छ किनभने संयुक्त राज्य अमेरिकाले ब्रेटन वुड्स सम्झौता बमोजिम सुनको मूल्य अनुरुप डलरको विनिमय दरलाई स्थिर राख्न असफल भयो। यसरी, सन् १९७१ देखि डलरलाई स्थिरबाट फ्लोटिंग मुद्रा प्रणालीमा परिवर्तन गर्ने शुरुवात् भयो।
त्यसयता डलरको भाउ घट्दै गएको छ। जस्तो कि सन् १९७१ मा १ डलरको मूल्य लगभग आजको भाउमा ७.४३ डलर बराबर छ र गएको ५२ वर्षमा क्रय शक्तिको रुपमा ६.४३ डलर वृद्धि भएको छ। सन् १९७१ देखि डलरको औसत वार्षिक मुद्रास्फीति दर ३.९३% छ भने संचयित कुल मूल्य वृद्धि ६४२.८१% छ।
यस्तो दृश्यले घन्टी नै बजाउँछ, किनकि डलरले विश्वको रिजर्भ मुद्राको रूपमा कार्य गरिरहेको छ। त्यसैले डलरको अवमूल्यन वा गिरावटले अन्य देशहरूको रिजर्भको मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसकारण डलर–बन्दी (de-dollarization) हुने सम्भावनाबाट आफूलाई जोगाउन धेरै राष्ट्रहरूले वैकल्पिक प्रणाली खोजिरहेका छन्।
यस्तो देखिन्छ कि डलर–बन्दी (डि-डलराइजेशन) हुनु भनेको मुद्रास्फीति मात्र हुनु होइन।
डलरको वर्चस्वको गिरावट र डि–डलरीकरणको सुरुवात
अमेरिकी डलरको आधिपत्यको आर्थिक र राजनीतिक अवधारणाले गर्दा विश्वव्यापी मौद्रिक प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने कुराले नै अमेरिकाको निश्चित प्रभाव छ भन्ने बुझ्न सकिन्छ। यस्तो प्रभावका कारण नै अमेरिकाले आफ्नो आधिपत्यलाई अन्य देशहरूको निर्णयमा दवाव दिन डलर राजनीतिलाई प्रयोग गर्दै आएको छ। तर, विश्व एक-ध्रुवीयबाट बहुध्रुवीयमा परिणत हुँदा, अमेरिकी प्रभुत्व अहिले खतरामा छ।
अमेरिकाले डलरको आधिपत्य हुनुको मुख्य कारण विश्व शक्ति एकध्रुवीय भएकाले हो। यद्यपि, कोभिड-१९ र रुस-युक्रेन द्वन्द्वले भूराजनीतिक परिदृश्यलाई परिवर्तन गर्यो र अमेरिकालाई आफ्नो एकध्रुवीय स्थिति कायम राख्न चुनौतीपूर्ण बनायो। त्यसकारण, अमेरिकालाई आफ्नो डलरको आधिपत्य कायम राख्न गाह्रो हुँदै गइरहेको छ – हाल विश्व बहुध्रुवीयतर्फ अग्रसर हुँदैछ (एकल विश्व शक्ति संरचना अब दुई भन्दा बढी राष्ट्र-राज्यहरूबाट संरचना हुँदैछ)।
रिजर्भ मुद्राको आडमा अमेरिकालाई आफ्नो प्रभुत्व कायम राख्न अनुमति दिएको थियो। तर रिजर्भ मुद्राको रूपमा डलरको स्वीकृति पनि घट्दै गएको छ। उदाहरणका लागि, सन् २००० मा, अमेरिकी डलर विश्वको विदेशी मुद्रा भण्डारमा लगभग ७०% थियो । त्यो प्रतिशत सन् २०२१ मा ६०% भन्दा कम भएको थियो।
साना राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय भण्डारमा अरु “गैर-परम्परागत मुद्राहरू” राखिएको कुरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको छ। स्वस्थ अर्थतन्त्रका लागि राष्ट्रहरू पनि सुन धितो राख्ने प्रणालीमा फर्किरहेका छन् ।
जे भएपनि, डलरको मूल्य घट्नुको एउटा मुख्य कारण मुद्राको घट्दो आकर्षण वा माग नै हो। विभिन्न देशहरूले अन्तर्राष्ट्रिय व्यापार गर्न डलरको सट्टा मुद्रा स्वाप (currency swaps) गर्न थालेकाछन्। उदाहरणका लागि, बेलायत, जर्मनी, सिङ्गापुर र श्रीलंकालगायत १८ राष्ट्रहरूसँग भारतीय रुपैयाँमा व्यापार हुन थालेको छ। यस्तै चीनले युआनमा द्विपक्षीय व्यापार गर्न ४१ राष्ट्रसँग सम्झौता गरेको छ ।
घनिष्ठ व्यापारिक सम्बन्ध भएका क्षेत्रीय व्यापार ब्लकहरूमा, यस्तो उपाय अधिक प्रचलित हुँदै गइरहेको छ। अर्कोतर्फ, ब्रिक्स (BRICS) सदस्यहरु बृद्धि हुदैंछन् र उनीहरूबीचको व्यापार सहज बनाउन डलरमा हुने कार्यलाई घटाएर आफ्नै मुद्रा स्थापना गर्ने प्रयास गरिरहेका छन्।
जे होस्, धेरै राष्ट्रहरूले डलरबन्दी गर्न चाहन्छन्, यो आर्थिकरुपमा संवेदनशील भएका कारणले मात्र होइन, बरु अमेरिकी विदेश नीतिको प्रभुत्वबाट बच्नको लागि हो। किनकि विगत २० वर्ष देखि अमेरिकाले विश्वमा डलरको प्रभुत्वलाई हतियारमा परिणत गरेको छ। उदाहरणका लागि, युक्रेन संकट शुरु हुनासाथ अमेरिकाले रुसको रिजर्भमा रहेको ६०० बिलियन डलर तुरुन्तै फ्रिज गर्न अन्य राष्ट्रहरूलाई आदेश दियो। यसरी अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय नीतिको लागि आफ्नो मुद्रालाई एक उपकरणको रूपमा प्रयोग गर्न सक्छ। यी सबै कारकहरूले डलरबन्दी युगलाई गति दिदैंछन्। यसका साथै मुद्राको दुनियाँमा रहेको डलरको सर्वोच्चतामा गिरावट आएको छ, यसले विश्व एकध्रुवीयता कायम नरहने संकेतलाई स्पष्ट गर्दैछ।
(विभिन्न स्रोतहरुको सहयोगमा)