Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन घट्दैछ डलर भाउ?

अमेरिकाले अन्य देशहरूको निर्णयमा दवाव दिन डलर राजनीतिलाई प्रयोग गर्दै आएको छ। तर, विश्व एक-ध्रुवीयबाट बहुध्रुवीयमा परिणत हुँदा, अमेरिकी प्रभुत्व अहिले खतरामा छ।

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख १३, २०८०
- अर्थतन्त्र, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २०२२ को कोभिड-१९ महामारी र युक्रेन रसिया युद्धपछि विश्वव्यापी मुद्रास्फीति उच्चमा पुगेको छ। सन् १९८२ यता अमेरिकामा मुद्रास्फीतिको उच्चतम स्तर ८.५% मा पुगेको छ। यसरी, अन्य देशहरू जस्तै, अमेरिकाले पनि आफ्नो नीति र दरहरू धेरै पटक परिवर्तन गर्‍यो र मुद्रास्फीतिसँग लड्न पैसा आपूर्ति बढायो । यसको नतिजा स्पष्ट थियो– डलरको मूल्य गिरावट हुनेछ।

    अमेरिकी डलर एउटै राष्ट्रको साझा मुद्रा मात्र होइन;  यो विश्वको रिजर्भ मुद्राको रूपमा स्विकारिएको छ। तर अमेरिकाले बारबार आफ्नो फाइदाका लागि यसको दुरुपयोग गर्ने गरेको छ। त्यसैले अमेरिकाका मौद्रिक नीति या डलरको मूल्यमा गिरावटले सम्पूर्ण विश्वमा असर गर्छ। यसकारण हाल भइरहेको डलरको घट्दो मूल्य सबैका लागि ध्यानाकर्षण भएको छ, र मुलुकको नीति  तर्जुमा गर्न यसबारे राम्रोसँग अनुसन्धान गर्नु आवश्यक छ।

    डलरको क्रयशक्तिमा गिरावट

    सन् १९७१ उल्लेखनीय छ किनभने संयुक्त राज्य अमेरिकाले ब्रेटन वुड्स सम्झौता बमोजिम सुनको मूल्य अनुरुप डलरको विनिमय दरलाई स्थिर राख्न असफल भयो। यसरी, सन् १९७१ देखि डलरलाई स्थिरबाट फ्लोटिंग मुद्रा प्रणालीमा परिवर्तन गर्ने शुरुवात् भयो।

    त्यसयता डलरको भाउ घट्दै गएको छ। जस्तो कि सन् १९७१ मा १ डलरको मूल्य लगभग आजको भाउमा  ७.४३ डलर बराबर छ र गएको ५२ वर्षमा क्रय शक्तिको रुपमा ६.४३ डलर वृद्धि भएको छ।  सन् १९७१ देखि डलरको औसत वार्षिक मुद्रास्फीति दर ३.९३% छ भने संचयित  कुल मूल्य वृद्धि ६४२.८१% छ।

    यस्तो दृश्यले घन्टी नै बजाउँछ, किनकि डलरले विश्वको रिजर्भ मुद्राको रूपमा कार्य गरिरहेको छ। त्यसैले डलरको अवमूल्यन वा गिरावटले अन्य देशहरूको रिजर्भको मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसकारण डलर–बन्दी (de-dollarization) हुने सम्भावनाबाट आफूलाई जोगाउन धेरै राष्ट्रहरूले वैकल्पिक प्रणाली खोजिरहेका छन्।

    यस्तो देखिन्छ कि डलर–बन्दी (डि-डलराइजेशन) हुनु भनेको मुद्रास्फीति मात्र हुनु होइन।

    डलरको वर्चस्वको गिरावट र डि–डलरीकरणको सुरुवात

    अमेरिकी डलरको आधिपत्यको आर्थिक र राजनीतिक अवधारणाले गर्दा विश्वव्यापी मौद्रिक प्रणाली कसरी सञ्चालन हुन्छ भन्ने कुराले नै अमेरिकाको निश्चित प्रभाव छ भन्ने बुझ्न सकिन्छ। यस्तो प्रभावका कारण नै अमेरिकाले आफ्नो आधिपत्यलाई अन्य देशहरूको निर्णयमा दवाव दिन डलर राजनीतिलाई प्रयोग गर्दै आएको छ। तर, विश्व एक-ध्रुवीयबाट बहुध्रुवीयमा परिणत हुँदा, अमेरिकी प्रभुत्व अहिले खतरामा छ।

    अमेरिकाले डलरको आधिपत्य हुनुको मुख्य कारण विश्व शक्ति एकध्रुवीय भएकाले हो। यद्यपि, कोभिड-१९ र रुस-युक्रेन द्वन्द्वले भूराजनीतिक परिदृश्यलाई परिवर्तन गर्‍यो र अमेरिकालाई आफ्नो एकध्रुवीय स्थिति कायम राख्न चुनौतीपूर्ण बनायो। त्यसकारण, अमेरिकालाई आफ्नो डलरको आधिपत्य कायम राख्न गाह्रो हुँदै गइरहेको छ – हाल विश्व बहुध्रुवीयतर्फ अग्रसर हुँदैछ (एकल विश्व शक्ति संरचना अब दुई भन्दा बढी राष्ट्र-राज्यहरूबाट संरचना हुँदैछ)।

    रिजर्भ मुद्राको आडमा अमेरिकालाई आफ्नो प्रभुत्व कायम राख्न अनुमति दिएको थियो। तर रिजर्भ मुद्राको रूपमा डलरको स्वीकृति पनि घट्दै गएको छ। उदाहरणका लागि, सन् २००० मा, अमेरिकी डलर विश्वको विदेशी मुद्रा भण्डारमा लगभग ७०% थियो । त्यो प्रतिशत सन् २०२१ मा ६०% भन्दा कम भएको थियो।

    साना राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय भण्डारमा अरु “गैर-परम्परागत मुद्राहरू” राखिएको कुरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको छ। स्वस्थ अर्थतन्त्रका लागि राष्ट्रहरू पनि सुन धितो राख्ने प्रणालीमा फर्किरहेका छन् ।

    जे भएपनि, डलरको मूल्य घट्नुको एउटा मुख्य कारण मुद्राको घट्दो आकर्षण वा माग नै हो। विभिन्न देशहरूले अन्तर्राष्ट्रिय व्यापार गर्न डलरको सट्टा मुद्रा स्वाप (currency swaps) गर्न थालेकाछन्। उदाहरणका लागि, बेलायत, जर्मनी, सिङ्गापुर र श्रीलंकालगायत १८ राष्ट्रहरूसँग भारतीय रुपैयाँमा व्यापार हुन थालेको छ। यस्तै चीनले युआनमा द्विपक्षीय व्यापार गर्न ४१ राष्ट्रसँग सम्झौता गरेको छ ।

    घनिष्ठ व्यापारिक सम्बन्ध भएका क्षेत्रीय व्यापार ब्लकहरूमा, यस्तो उपाय अधिक प्रचलित हुँदै गइरहेको छ। अर्कोतर्फ, ब्रिक्स (BRICS) सदस्यहरु बृद्धि हुदैंछन् र उनीहरूबीचको व्यापार सहज बनाउन डलरमा हुने कार्यलाई घटाएर आफ्नै मुद्रा स्थापना गर्ने प्रयास गरिरहेका छन्।

    जे होस्, धेरै राष्ट्रहरूले डलरबन्दी गर्न चाहन्छन्, यो आर्थिकरुपमा संवेदनशील भएका कारणले मात्र होइन, बरु अमेरिकी विदेश नीतिको प्रभुत्वबाट बच्नको लागि हो। किनकि विगत २० वर्ष देखि अमेरिकाले विश्वमा डलरको प्रभुत्वलाई हतियारमा परिणत गरेको छ। उदाहरणका लागि, युक्रेन संकट शुरु हुनासाथ अमेरिकाले रुसको रिजर्भमा रहेको ६०० बिलियन डलर तुरुन्तै फ्रिज गर्न  अन्य राष्ट्रहरूलाई आदेश दियो। यसरी अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय नीतिको लागि आफ्नो मुद्रालाई एक उपकरणको रूपमा प्रयोग गर्न सक्छ। यी सबै कारकहरूले डलरबन्दी युगलाई गति दिदैंछन्। यसका साथै मुद्राको दुनियाँमा रहेको डलरको सर्वोच्चतामा गिरावट आएको छ, यसले विश्व एकध्रुवीयता कायम नरहने संकेतलाई स्पष्ट गर्दैछ।

    (विभिन्न स्रोतहरुको सहयोगमा)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.