Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन बेलायती नयाँ राजा चार्ल्स हाँस्यास्पद ख्याक हुन्?

शाही उत्तराधिकारीलाई राजा हुन सजिलो छ तर आवारा तथा पतनोन्मुख राजसन्तानहरुको संरक्षक हुन जोखिम छ।

टिमोथी नोहा टिमोथी नोहा
अशोज ४, २०७९
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जर्ज बर्नार्ड शा ले सन् १९२८ मा राजतन्त्रको अनिश्चित भविष्यप्रति व्यंग्य गर्दै एक नाटक “द एप्पल कार्ट” लेखेका थिए। त्यसमा एक ब्रिटिश प्रधान मन्त्री र उसको मन्त्रीमण्डलले राजालाई बाँकी विशेषाधिकार छोड्न दबाब दिन्छन्। राजाले भन्छन्– ठीक छ म छोडिदिन्छु तर संसदमा उठ्छु। यो कुरा सुन्नासाथ दबाब दिने नवनिर्वाचित प्रधानमन्त्री झस्कन्छ। उसलाई  के लाग्छ भने  राजाले गद्दी त्यागेमा राजा लोकप्रिय हुने र उनी प्रधानमन्त्री बनेर आफुलाई हटाउन सक्ने हुन्छन्। यही कारण प्रधानमन्त्री र मन्त्रीहरु राजालाई विशेषाधिकार छोड्ने कुरा नगरी टाउको निहुर्‍याउँछन्।

    बनार्ड शा राजतन्त्रवादी थिएनन् – उनी शाही व्यवस्थालाई अस्वीकार गर्दथे – तर उनमा लोकतन्त्रप्रति खासै मोह थिएन। “जनताहरु शासन गर्न सक्दैनन्” बनार्ड शाले एपल कार्टको भूमिकामा लेखेका थिए। “प्रत्येक नागरिक शासक हुन सक्दैनन् बरु प्रत्येक केटा इञ्जन ड्राइभर या समुद्री डाकू–राजा हुन सक्छन्।” यस कथनलाई नाटकीय रूप दिन, एपल कार्टको प्रधानमन्त्री र मन्त्रीमण्डललाई ब्रेकेज लिमिटेड नामक एक विशाल निगमद्वारा नियंत्रित गरिएको र त्यसले सरकारलाई सम्पूर्णरुपमा प्लूटोक्रेट(धनाढ्य राजनीतिज्ञ)को हातमा सुम्पेको देखाउँछन्।

    यो नाटक लेख्दा उनी ७० वर्षका थिए। जीवनको उत्तरार्द्धकालमा रहेका बनार्ड शाको राजनीतिलाई बढी गम्भीरताबाट लिनुको कुनै अर्थ छैन। उनी फेबियन समाजवादी थिए। ७२ वर्षको हुँदा उनी बेनिटो मुसोलिनीको अनुचित प्रशंसालाई धाप मार्दै थिए। अझैपनि, यो अनुमान गर्नु रमाइलो नै हुन्छ कि सन् १९५० मा बितेका बनार्ड शाले बेलायती राजतन्त्रलाई कसरी भिमकाय कर्पोरेशनका रुपमा चित्रित गरे। उनले चित्रित गरें झै आकार जत्रो नभएपनि आजको राजतन्त्रलाई शालिन आकारको भन्नै सकिदैन। चार्ल्स तृतीय सुदखोर पुँजीपति झल्काउने एक कार्टून जस्तै देखिन्छन्। हाल भइरहेका तमाम कुराहरुबाट राजा र रानीको व्यापार-व्यवसाय कस्तो हो हामी याङ्की अर्थात् उत्तर अमेरिकीले बुझ्न सक्छौं।

    एकछिन है त! म तपाईंहरुलाई एउटा समीकरण देखाउँछु। यो समीकरण सम्भवतः तपाईंहरुले पढिसक्नु भएको होला। बेलायती शाही परिवार एक विशाल सर्वेक्षण–स्थल हो, जहाँ फ्रान्सेली अर्थशास्त्री थमस पिकेटीको परिकल्पनालाई परीक्षण गर्न सकिन्छ।

    आर r > g जी  अर्थात् ( जी भन्दा आर बढी हो।)

    यसमा r पूंजीको प्रतिफल (return on capital) हो र g आर्थिक विकासको दर (the rate of economic growth) हो।

    दोस्रो विश्वयुद्ध पछिका बेबी बूम पीढी, जसले पुराना परम्परालाई अस्वीकार र पुनर्भाषित गरे– त्यसका बारे हामी याङ्कीहरु धेरै रुचिका साथ अध्ययन गर्छौं। त्यही बेबी बूम पीढींका एक सदस्य बेलायती नयाँ राजा हुन्। जुन पीढींले परम्परालाई अस्वीकार गर्‍यो तर त्यसैलाई अनुमानित ६८ ट्रिलियन डलर बराबरको सम्पत्ति परम्पराबाट आइलागेको छ। आश्चर्य छ कि त्यसमा कुनै कर र सम्पत्तिसम्बन्धी नियमहरु लागु हुँदैनन्। यसरी वंशबाट प्राप्त हुने सम्पत्तिको कारण हुने परिणामबारे पिकेटी भन्छन्– अमेरिका, फ्रान्स,  बेलायत, र अरु विकसित मुलुकका अर्थव्यवस्थाहरु बिसौं शताब्दीभन्दा अघि प्रचलित “पैतृक पूँजीवाद” तर्फ फर्कन सक्छन्। त्यस अर्थमा, बेलायती राजतन्त्र, (जसलाई एक शताब्दीदेखि एक परम्पराका रुपमा सम्झिइएको थियो), को यात्रा अगाडि बढेको मान्नुपर्ने भयो। बुझौं कि शाही उत्तराधिकारी हुनु  बपौतीको दाँजोमा कुनै ठूलो कुरा होइन।

    अब पुनः मेरो नयाँ सूत्रतिर लागौं। आर> जी को वरपर नै एउटा महत्वपूर्ण तेस्रो चर (third variable) छ। त्यसलाई अर्थशास्त्रीले थाहा पाएका छैनन् तर समाचारपत्र पढ्ने जो कोहीलाई थाहा छ- त्यो तेस्रो भेरिएवल भनेको अपव्यय (डी) हो। यही अपव्यय dissipation (d) ले आर (r) लाई एकदमै कम गरिदिन्छ र पिकेटीको सूत्रलाई गलत सावित गरिदिन्छ। यहि भेरिएवल राखेर मैले पिकेटीको परिकल्पनालाई संशोधन गरेको छु, जुन यसप्रकार छ।

    आर-डी> जी अर्थात्  (r-d > g)

    यहाँ r भनेको पूँजीको प्रतिफल हो; d भनेको त्यस पूँजीबाट कर, सन्तानउत्पादन र लापरवाहपूर्ण जीवनका कारणबाट गुमाइएको अंश हो; र g  भनेको आर्थिक विकासको दर हो। परिणामतः चक्रवृद्धि ब्याज (ऐतिहासिक रूपबाट विगतको एक दशकदेखि कम तर हालै वृद्धि भइरहेको), ले कर (विश्वमा गिरावट भइरहेको), सन्तान–उत्पादन (सम्पन्न मुलुकहरुमा कम भएको) र महान भाग्यशाली वंशजको पाखण्ड तथा अधोमतिलाई भेट्याउनै नसक्नेगरी पछाडि पारिसकेको हुनुपर्छ।

    शाही खान्दानका मामलामा, कर सबैभन्दा कम चिन्ताको विषय हो। यसलाई सम्झाउन एडम टेलरले द वाशिंगटन पोस्टमा लेखेका छन् – एकातिर बेलायती सरकार आम जनतामा ३८०,००० डलरभन्दा माथिको पुस्तौनी–सम्पत्तिमा ४० प्रतिशत कर लगाउँछ, तर चार्ल्सले एक प्रतिशत तिर्नु पर्दैन किनकि उनलाई कर–मिनाहा छ। रानीको लगभग ५०० मिलियन डलरबराबर व्यक्तिगत सम्पत्तिमध्ये अधिकांशमा कर नलाग्ने व्यवस्था  छ। रानीको सम्पत्तिको केही अंश चार्ल्सका भाई-बहिनीले र उनीहरुका बालबच्चाहरुले पाउलान्, त्यसमा तिनीहरुले गरेका दैनिक विलासीपूर्ण र अधोमतिका खर्चमा कर लाग्छ। ५०० मिलियन डलरको ठूलो हिस्सा चार्ल्स्‌ कहाँ नै पुग्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ। यस्तरी सजिलै हाता लागेको सम्पत्तिले के गर्ने? त्यो पनि सहजै अनुमान गर्न सकिन्छ– घोडचडी गरेर, ग्रयाण्ड नकआउट टुर्नामेन्टको आयोजना गरेर, नाजीको भेषभुषा पहिरेर, या बाल–यौनाचारमा अझै कुख्याति कमाएर शाहीसम्पत्ति उडाउने काम हुनेछ।

    यो शाही खान्दानका सदस्यहरुसँग ५०० मिलियन डलर हुनु स्वभाविकै होला। फोर्ब्सले यिनीहरु सबैको सामूहिक सम्पत्ति २८ बिलियन डलर अनुमान गरेको छ। तर यसको अधिकांश भाग बेलायत सरकारले नियन्त्रणमा राखेको छ र यसकारण यो भिमकाय व्यय–खातामा जम्मा गरिए जस्तै हो। यसको अपवादमा ९५० मिलियन डलरको ल्यान्केस्टरको मौजा (अर्थात ड्यूकडम) हो। यो चार्ल्सले आफ्नो आमाबाट पाएको अंश हो। ल्यान्केस्टरको मौजा सन् १३६२ देखि बेलायती राजवंशको सम्पत्तिका रुपमा हस्तान्तरण भइरहेको छ। यही ल्यान्केस्टरको मौजा नै r> g सम्बन्धी बाल–पोस्टर बन्न सक्छ। यस्तो पोस्टरले एक प्रभुता (जमिन्दारी) अरुमा सार्दा साथै कर र शाही सन्तानका बदचलन दुवै हस्तान्तरण भएको देखाउन सक्छ।

    जेन ब्रैडली र यूआन वार्डले न्यूयोर्क टाइम्समा लेखेका छन्– कर्नवाल मौजा (Duchy of Cornwall) गएको आधा शताब्दीदेखि चार्ल्सको सम्पत्ति थियो र शाही सम्पत्ति शाही परिवारमा सर्ने भएकाले हालै प्रिन्स विलियमको नाममा नामसारी भएको छ। कर्नवाल मौजा सन् १३३७ देखि शाही परिवारसँग छ जसको मूल्य १.४ बिलियन डलर बराबर मानिन्छ जुन ल्याकेंस्टर मौजाको भन्दा बढी छ।

    शाही उत्तराधिकारीलाई राजा हुन सजिलो छ तर आवारा तथा पतनोन्मुख राजसन्तानका संरक्षक हुन जोखिम छ। (यो बुझ्न शेक्सपियरद्वारा लिखित हेनरी चौथो, भाग पहिलो र दोस्रो पढ्नुहोस्।)। तर नाङ्गो भिडियो हेर्ने हुँदाहुँदै पनि प्रिन्स चार्ल्स प्रिन्स हल (हेनरी पाचौं) जस्तो लफङ्गा चाँही होइनन्। यिनले सम्पत्तिलाई चतुर्‍याँइका साथ सम्हालेका छन्। टाइम्सका अनुसार चार्ल्सले अंश पाएकाबेला डची मौजाको वित्तीय हालत अस्तव्यस्त (lackluster) मा थियो, हाल सुव्यवस्थित (shipshape) छ।  हाल यो r > g को अवस्थामा छ। पूँजीको प्रतिफल आर्थिक वृद्धिभन्दा बढी छ।

    कर र अपव्ययभन्दा पूँजीको प्रतिफल बनाउने एउटा गुप्ति कुरा भनेको करछूट हुने समुद्री टापुहरुमा लगानी गर्नु हो। २०१७ प्याराडाइज पेपर्सबाट के थाहा पाइयो भने ल्यान्केस्टर मौजाकी अधिपति महारानीले केम्यान टापूहरुमा लाखौं पाउण्ड लगानी गरेकी थिइन्। र कर्नवाल मौजाको अधिपति प्रिन्स चार्ल्सले बरमूडा र अन्य तटीय ट्याक्स हेभनमा लाखौं पाउण्ड लगानी गरेका रहेछन्। बकिङ्घम दरबारले यी दुवै मामलामा शाही परिवारले कर मिनाहाको व्यवस्थाबाट कुनै फाइदा नलिएको भनेपनि मलाई यो कुरा पत्याउन गाह्रो परेको छ। (क्यामेनमा रानीको लगानीबारे द गार्जियनले स्पष्ट गरेको छ कि क्यामेन योजना अमेरिकी करलाई छल्नका लागि हो, त्यसैले दरबारका प्रवक्ताले यसमा लगानी गर्दा शाही परिवारले पाउने बेलायती करमिनाहाबाट फाइदा नलिएको बताएका छन्।

    सरकारको रुपमा, बेलायती राजतन्त्र एक हाँस्यास्पद ख्याकमात्र हो। तर पूँजीवादको रूपमा, यो अत्याधुनिक हो। अमेरिका र बेलायतको अर्थव्यवस्थाले जसरी नै बेलायती राजतन्त्रले धन जम्मा गर्छ र त्यसरी नै केही नै नगरी परिचालन गर्दछ। इतिहासको लामो अन्तरालमा, यो नयाँ प्रवृत्ति हो। मध्ययुगीन कालमा, कुनै अंग्रेज राजालाई नगद चाहियो कि युद्ध (बढीजसो फ्रान्स) छेडिइन्थ्यो र कर तथा लुटेर आफ्नो खजाना भरिन्थ्यो। औद्योगिक क्रान्तिपछि बेलायत र अमेरिकाले माल उत्पादन बेचेर धन जम्मा गरे। अचेल धनी बन्न उद्दम गर्न पर्दैन।

    आज वित्त, बीमा र रियल ईस्टेटले अमेरिकाको कुल गार्हस्थ उत्पादनको लगभग २० प्रतिशत प्रतिनिधित्व गर्छ र त्यति नै प्रतिशत बेलायतको होला। सन् १९५२ मा एलिजाबेथ रानी बन्दाको बखत भन्दा तिनीहरुको सापेक्ष आकारमा यो लगभग दुई गुणा बढी हो। वित्त, बीमा र रियल ईस्टेटका मुख्य क्रियाकलापले पूँजी जम्मा हुने प्रतीक्षा गरिरहेको छ (वा यसलाई तीव्रताका साथ जम्मा गराउन व्यापार गर्दैछन्)। उल्लेखनीय रुपमा, आजको अर्थव्यवस्था भनेको: कुर्सी (वा सिंहासन)मा बस्ने र आफ्नो पूंजी बढिरहेको हेर्ने हो। मन्दीका समयमा समेत, ५.१ वार्षिक दरले क्षतिपूर्ति खर्चमा वृद्धि भइरहँदा पनि, कर्पोरेटको नाफा अति तीव्ररुपमा बढिरहन्छ। राष्ट्रिय आयमा पूँजीको हिस्सा उकालो बढी रहेको छ तर श्रमको हिस्सा तल झर्दै गरेको छ। र गत वर्षमा परिवारको औसत आय भन्दा औसत मूल्य वृद्धि बढी भयो। के तिनीहरु तलवका लागि काम गरिरहेका होइनन् र? शोषक नबनौं।

    अहिलेको हाम्रो व्यवस्था भनेको एक सुदखोर अर्थव्यवस्था हो। राजा चार्ल्स तृतीय र उनकी आमाले  शक्तिबेगर एक संवैधानिक रानी र  एक प्रतिक्षारत राजाको जिम्मेवारी उठाएका थिए। किनकि उनीहरुले आफ्नो शाही अपार सम्पत्ति शासन गरेर होइन त्यहीं कुरी बसेर सुरक्षा गरिरहेका थिए। अहिलेका पूँजीपतिले पनि यस्तै गर्छन्। सर्वसाधारणहरु तिनीहरुका कर्तुत हेरेर बस्नेछन्।

    न्यू रिपव्लिकसँग सम्बध्द  टिमोटी नोह  The Great Divergence: America’s Growing Inequality Crisis and What We Can Do About It पुस्तकका लेखक हुन्।  उनको यो लेख  १४ सेप्टेम्वर २०२२ को न्यू रिपव्लिकबाट भावानुवाद हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टिमोथी नोहा

      टिमोथी नोहा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.