Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सोउल् शहर छाडेर बा यसकारण गाउँ भाग्नुभयो

हे योङ प्युन हे योङ प्युन
पुस २५, २०७७
- विमर्शका लागि, समाज, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो बुबाले एक्लिएको महसुस गर्नुभयो।
    उहाँले जीवनभर डकर्मीको काम गर्नुभयो। करीव ७० वर्षको उमेरमा शहरमा सुरक्षा गार्डको काम पनि गर्नुभयो। उमेरले गर्दा कामै गर्न नसक्ने भएपछि उहाँ ‘दिवा बृद्ध केन्द्र’मा गई दिन कटाउनु हुन्थ्यो। त्यहाँ आएका अन्य बृद्धहरूसँग जाङ्गी खेल (कोरियन चेस) खेल्ने गर्नु हुन्थ्यो। सार्वजनिक पुस्तकालयमा पढ्ने गर्नेहुन्थ्यो। नजिकैका पार्कमा हिँडडुल गर्नु हुन्थ्यो। तर कोभिड १९ को प्रकोपका कारण ती स्थानहरू बन्द गरिए। अब मेरा बुबाले दिनभर सानो कोठामै थन्किनु पर्नेभयो। कोरियाको राजधानी–सियोलको सानो कोठामा मेरा दाजु र भाउजु पनि बासँगै रहन्थे। उनीहरू आआफ्ना कामहरूमा व्यस्त रहन्थे। बुवासँग कुराकानी गर्न उनीहरूलाई कमै समय मिल्थ्यो। हिउँदको चिसा दिनमा जाडोले कक्रिएर धुमधुम्ति बस्नुबाहेक बाले गर्ने कुरा अब केही थिएन।

    ज्यानको सुरक्षाकै कुरो भएपनि कोही पनि बेवास्ता र उपेक्षित हुन चाहँदैन।

    २०२० को फेब्रुअरीमा, महामारीले कोलाहल मच्चायो। डेगु शहरभित्रका टोलटोलमा द्रुतगतिमा महामारी देखा पर्‍यो। अवस्था गम्भीर बन्न थाल्यो। अस्पताल तथा नर्सिङ होमहरूभित्र नै संक्रमण फैलिएपछि मृत्यु हुनेहरूको संख्या द्रुत गतिमा वृद्धि भयो। अब कोभिड –१९ को सुँढले सबैभन्दा जोखिममा रहेका हामीहरूका बासस्थानमा पनि आक्रमण गर्न थाल्यो।

    मेरो बुबाले दीर्घ जीवन पाउनु भएको नै हो। सन् १९४० मा हाम्रो देशमा जापानले कब्जा गरेताका जन्मनु भएका उहाँ कोरियाली युद्धमा बालखै हुनुहुन्थ्यो। सन् ६० को दशकको व्यापक औद्योगिकीकरणकालमा नौजवान हुनुहुन्थ्यो र लोकतन्त्रको आन्दोलनमा भने वयस्क भइसक्नुभएको थियो। उहाँ १० वर्षको हुँदा प्रहरीले उहाँको बुबाको हत्या गरे। यद्यपि उहाँ निर्दोष हुनुहुन्थ्यो। उहाँ कम्युनिष्ट समर्थक भएकाले उहाँको हत्या भएको प्रहरीले बताए। तर मेरा बा हामीलाई सधैभरी भनिरहनु हुन्छ, ‘तिमेर्का हजुरबुबा अन्यायपूर्वक मारिए।’ यसो भन्नुमा केही रहस्य हुनसक्छ।

    मेरा बुवाले कुनै ठूलो सपना बनाउन सक्नु भएन। अझ कामको दौरान भेट भएका उहाँका साथीसङ्गतिसँग पनि कुनै ठूला सपना थिएनन्। जिन्दगीभर डकर्मी नै रहनुुभयो उहाँ, फूर्सद नै हुँदापनि कतै यात्रा गर्नु भएन। उहाँले जाँडरक्सी पिउनु भएन र जुवातास कहिल्यै खेल्नु भएन। यति हुँदा पनि उहाँले कहिल्यै दुईचार सय रकम जम्मा पार्न सक्नु भएन।

    आफ्ना विचारलाई सिलसिलेवार भन्न नसक्दा, मेरा बुवाले कुनै ठूलो सपना बनाउन सक्नु भएन। अझ कामको दौरान भेट भएका उहाँका साथीसङ्गतिसँग पनि कुनै ठूला सपना थिएनन्। जिन्दगीभर डकर्मी नै रहनुुभयो उहाँ, फूर्सद नै हुँदापनि कतै यात्रा गर्नु भएन। उहाँले जाँडरक्सी पिउनु भएन र जुवातास कहिल्यै खेल्नु भएन। यति हुँदा पनि उहाँले कहिल्यै दुईचार सय रकम जम्मा पार्न सक्नु भएन। जीवनभर उहाँ असल र इमान्दार नै रहनुभयो, तर यदि कसैबाट प्रशंसा भएन भने त्यसको पनि के अर्थ र? एक पटक, काम गर्दागर्दै १० तलाबाट भुईँमा खस्नु भयो उहाँ । काम गर्न विदेश जाने प्रयासमा हुनुहुन्थ्यो अर्को पटक, कागजपत्र नमिलेको भनेर रित्तै हात फर्क्याइयो। सामान्य विरामी परेकै कारण उहाँले असमयमै आफ्नी श्रीमती गुमाउनुभयो, मैले आमा गुमाएँ।

    केही वर्ष अघि, मेरो बुबाले छिमेकीहरू र प्रहरी अधिकारीहरूबाट आफ्नो बालखकालदेखिको विवरण भेला पार्नु भयो। यही विवरण पेश गर्दै मेरो बुबाले आफ्नो बुबाको मृत्युको कारण छानबिन गर्न लामो प्रक्रिया अपनाउनु भयो। नभन्दै उहाँले आफ्नो बाबुलाई देशभक्तको रूपमा दर्ज गराउनु भयो। यो काम सजिलो थिएन, तर उहाँ सफल हुनुभयो। त्यस क्षण उहाँ अत्यन्तै खुशी हुनुभयो। यस्तो लाग्थ्यो कि उहाँले अब कठिनपूर्ण जीवनबाट पार पाउनु भयो। मेरो हजुरबुबालाई सियोल राष्ट्रिय कब्रिस्तानमा सम्मानका साथ समाधिस्थ गरेर राखियो।

    दिनहरू अभावमा नै बितेका थिए, हामीहरू साधारणतया खुशहालीमा नै थियौं। मेरो बुबाले आफूलाई कहिल्यै एक्लो महसुस गर्नुभएको थिएन। तर क्वारन्टाइनले यस्तो खुशहालीमा बाधा पारिदियो। उहाँले अब आफूलाई एक्लो महशुस गर्न थाल्नुभयो। त्यसपछि उहाँले आफ्नो गाउँ सम्झन थाल्नु भयो। उहाँले ग्वाङजू नगरको दक्षिणपश्चिम नजिकैको गाउँमा बालखकाल विताउनु भएको थियो। उहाँ सँधै भन्ने गर्नु हुन्थ्यो– म कुनै दिन फर्केर त्यही गाउँ जानुपर्नेछ। यो भनाइलाई महामारीले झन् प्रगाढ बनाइदियो।

    आखिर यस शहरमा भौतिक दूरि कायम गरेर दिन विताउनु पर्ने हो भने किन त्यो रमाइलो पहाडहरू र खोलाखोल्सीहरूमा नखेल्ने? यो योजनालाई हामीले विरोध वा सहयोग गर्छौं भन्ने कुनै मतलव गर्नु भएन बाले। त्यसैले सियोल र ग्वाङजूको बीचमा एउटा सानो घर भाडामा लिएर उहाँले सियोल छाड्नु भयो, जुन कुरा हामीलाई दुईदिन पछि खवर गर्नु भयो। यस कुराले हामी सन्तानहरू– दुई दिदिहरू र दाइसमेत–हामी स्तव्ध भयौं। कसरी उच्च जोखिममा रहने जेष्ठ नागरिकले आफैं भौतिक दूरी अपनाएर यो महामारीमा बाँच्न सक्लान् ?

    बृद्ध हुनु भनेको के हो? र, बृद्धावस्थाले किन एक्लिएको महशुस गर्छ, हामीले थाहा नै पाएनौं। र, सुरक्षाको नाममा उनलाई घरमा बेवास्ता र उपेक्षा गरिएको उहाँले ठान्नु भयो, त्यो पनि हामीले महसुस गर्न सकेनौं।

    हरेक सुविधा र सेवाहरू अनलाइनबाट लिने हामीहरूलाई उहाँले रोजेको झन् एक्लोपनको जिन्दगी चित्त बुझेन। बृद्ध हुनु भनेको के हो? र, बृद्धावस्थाले किन एक्लिएको महशुस गर्छ, हामीले थाहा नै पाएनौं। र, सुरक्षाको नाममा उनलाई घरमा बेवास्ता र उपेक्षा गरिएको उहाँले ठान्नु भयो, त्यो पनि हामीले महसुस गर्न सकेनौं। बुबालाई सियोल फर्काउन र परिवारसँग अलग्गिएर सुरक्षित हुइँदैन भन्ने कुराको विश्वास दिलाउन हामी सबै ग्वाङजू गयौं। ट्रेन पुरै खाली थियो। त्यो दिन फेब्रुअरी २९ थियो र त्यसदिन सबैभन्दा बढी संख्या ८१३ जनामा कोरोनाभाइरसका संक्रमण देखिएका खबर समाचारमा आएका थिए। हामीले त्यो अढाइ घण्टा को रेलयात्रामा आफ्नो मास्क खोल्दै खोलेनाैं।

    हामीले बुबालाई भेट्यौं। सियोल फर्कनोस् बा भन्दै उहाँसँग रोयौं, विलाप गर्‍यौं। तर उहाँ फर्कन तयार हुनु भएन। उहाँले भाडामा लिएको घर अति सानो थियो, ओढ्नेओच्छ्याउने पर्याप्त थिएनन्। त्यसमा बेलुकी सबैजना सुत्न सम्भव थिएन। त्यसैले घरभित्र बस्नुपर्ने र धेरै जमघट गर्न नहुने सरकारी आदेशलाई उल्लङ्घन गर्दै हामी एउटा सानो होटलमा बास बस्यौं। त्यस होटलमा हामी सबैले ज्यादै रिक्तता महशुस गर्‍यौं। हामी दिदीबहिनीहरू सुत्न खोज्यौं तर हाम्रा बुबाको भावी जीवन कस्तो होला भन्ने कल्पनाले हामीहरू रातभर निदाउन सकेनाैँ।

    भोलिपल्ट बिहान हामी बुबासँग खाने ठाउँ खोज्न गयौं। ग्वाङ्जूका सडकहरू सुनसान थिए। हामीले धेरै गल्लीहरू चाहार्‍यौै  तर होटलहरू कहीं खुलेका थिएनन्। अन्तमा, हामी विश्वविद्यालय अस्पताल नजिकै एउटा खुला बजारमा पुग्यौं।

    ‘म १५ वर्षको थिएँ’, मेरो बुबाले भन्नुभयो, ‘म यहाँ खरवुजा बेच्न यहीं बाटोमा हिंड्थें।’

    मलाई उहाँको बाल्यकालको बारेमा थोरै थाहा छ। उहाँको सबैभन्दा कम उमेरको फोटो उहाँ करीव २० वर्षका हुँदा खिचिएको थियो। त्यो तस्बिर मसँग छ। त्यही उमेरमा उहाँ सियोल जानु भएको थियो। जीवनका अनुहारहरू कति फेरिएलान्? अहिलेको उहाँको भेषभुषा र हिँडाइ देख्दा उहाँले कोशौं हिँडेर खरबूजा बेच्नु हुन्थ्यो जस्तो लाग्दैन र यही मान्छेले शहरमा कठीन डकर्मीको जीवन वितायोजस्तो लाग्दैन।

    उहाँको दिदी घरवरपर आरुको बगैँचा हुर्काएर यहीं शहरनजिकै बस्नु हुन्छ। हामीहरू पहिले–पहिले उहाँको फारममा आरु खान जाने गर्थ्यौं। तर यसपटक हामी त्यहाँ गएर रमाइलो गर्न सकेनौं। प्रकोप हुनु अघि खुट्टामा नराम्रो चोट लागेर फुपु अझै अस्पतालमा नै हुनुहुन्छ। कोभिड–१९ को कारण उहाँलाई भेट गर्न पाइँदैन। यसकारण पनि मेरो बुबा पहिले देखि नै निराश हुनु हुन्छ र भन्ने गर्नु हुन्छ– खै, अब उनीसँग भेट पनि होला या नहोला ? बुवाले आफ्ना भाञ्जाले भनेको कुरा गर्नुभयो, ‘दिदीले पनि एक्लो भएको महशुस गरेकी छिन्।’

    यो सुनेर मैले असक्त र अस्पतालभित्र एक्लो महशुस गरिरहेकी मेरो फूपुको जस्तै परिस्थिति सामना गरिरहेका सबै मानिसहरूकाबारे विचार गरें। तर म कुनै निष्कर्षमा पुग्न सकिनँ बरु निराश भएँ। के हाम्रो पनि यस्तै हविगत हुनेछ। आखिर हामी सबैले असक्त बृद्ध मान्छकोे जीवन त भोग्नैपर्छ।

    हामीले हाम्रा बुवाले खरबुजा वेचेको खुला बजारमा एउटा रेस्टुरेन्ट खुलेको पायौं। त्यहाँ बिहानको नास्ता गरेर हामी अस्पतालको बाटो गयौं। अस्पतालबाहिर कोरोना टेस्ट भइरहेको थियो। त्यस क्षेत्रमा कुनै पोजिटिभ भेटिएकाले उसँग संसर्गमा आउनेहरूको टेस्ट गरिदैंछ भनेर बिहान हामीले खवर पढेका थियौं। स्क्रीनिंग सेन्टरको दृश्य देखेर ममा कताकता डर पस्यो– कतै मेरा बुवा यसैको संसर्गमा त पर्नु भएको थिएन?

    रोग रोकथाम गर्नु भनेको आफ्नैका लागि मात्र होइन, अरुको पनि ज्यान जोगाउने गरिने कर्तव्य हो। यो अन्य व्यक्तिको व्यक्तिगत सरसफाइमा हस्तक्षेप गर्नु वा तिनीहरूको स्वतन्त्रता हरण गर्नु होइन। यो भनेको तपाईँसँग सम्बन्धित व्यक्तिहरूको जीवनलाई खतरा पार्ने संक्रमणको स्रोत बन्न नहुने कर्तव्य हो।

    हामी रेल पक्डिन भूमिगत बाटो हुँदै लाग्यौं। बुवा इस्केलेटरबाट झर्नु भयो। यसबेला मैले बुबाले इस्कलेटरको बार दरो गरी समातेको देखें। रेलभित्र पनि लडिन्छ कि भनेर त्यसको पोलमा अँगालो मारेको देखें। जब कि युवाहरू त्यसमा आड नलाईकन यात्रा गर्न सक्थे। उहाँले अरुसँग सम्पर्कमा नआउन धेरै प्रयास गरेपनि उहाँ नै हामीभन्दा अरुको संसर्गमा बढी पर्नुभयो। यसले पनि मलाई उहाँ संक्रमणमा पर्नु त हुन्न भन्ने डर लाग्यो।

    यसरी कोभिड१९ ले हाम्रा बुढापाकाहरूलाई हरण गर्दैछ। तपाईँहरूले आफ्ना उच्च–रक्तचाप भएकी आमालाई, मधुमेहले थलिएकी हजुरआमा, दीर्घरोगी दिदीलाई गुमाउन सक्नुहुनेछ। हामी आफैं पनि भाइरसबाट जोगिनुपर्ने कारण यी हाम्रा नातेदारहरूलाई बचाउन पनि हो।

    रोग रोकथाम गर्नु भनेको आफ्नैका लागि मात्र होइन, अरुको पनि ज्यान जोगाउने गरिने कर्तव्य हो। यो अन्य व्यक्तिको व्यक्तिगत सरसफाइमा हस्तक्षेप गर्नु वा तिनीहरूको स्वतन्त्रता हरण गर्नु होइन। यो भनेको तपाईँसँग सम्बन्धित व्यक्तिहरूको जीवनलाई खतरा पार्ने संक्रमणको स्रोत बन्न नहुने कर्तव्य हो।

    शक्तिशाली मुलुकहरू ‘नानी पाउनु अघि कन्दनी बाट्नु’ जसरी खोप किन्ने प्रतिस्पर्धा गरिरहेकोमा क्रुद्ध हुने गर्नुहुन्छ। उहाँको प्रश्न छ, ‘भ्याक्सिन के कस्तो हुन्छ, कुनै प्रमाणित नै छैन तर किन खोप किन्ने होडबाजी हुँदैछ?

    मेरो बुबा २०२० को जुलाईसम्म ग्वांगजूमै बस्नुभयो। तर स्वास्थ्यका कारणले फेरि उहाँ हामीसँगै फर्कन बाध्य हुनुभयो। त्यसबेलादेखि उहाँ खोप विकास भइरहेको समाचारहरू बुझिरहनु हुन्छ। चाँडै नै खोप पाइने कुराले उहाँ खुशी हुने गर्नुहुन्छ तर शक्तिशाली मुलुकहरू ‘नानी पाउनु अघि कन्दनी बाट्नु’ जसरी खोप किन्ने प्रतिस्पर्धा गरिरहेकोमा क्रुद्ध हुने गर्नुहुन्छ। उहाँको प्रश्न छ, ‘भ्याक्सिन के कस्तो हुन्छ, कुनै प्रमाणित नै छैन तर किन खोप किन्ने होडबाजी हुँदैछ? के भ्याक्सिन आइहाल्यो भने आवश्यकता र जोखिममा रहेका हामीजस्ता व्यक्तिले समयमा नै लिन पाउनेछौं?’ उहाँले जिन्दगीभर झेलेको गरिबी, भेदभाव, असन्तुष्टि र निराशाले उहाँमा यस्ता प्रश्नहरू उठ्नु स्वभाविक छ।

    उहाँको जीवनभर, ‘उहाँ जस्ता व्यक्तिहरू’ ले जति नै कडा परिश्रम गरे पनि उहाँका प्रयासहरू निस्फल र तिरस्कृत भइरहे । सुविधाहरू उहाँहरूका भागमा पुगेन। यो खोपमा पनि यस्तै त हुने होला।

    प्युन एक उपन्यासकार हुन्।
    साभारः न्यूयोर्क्स टाइम्स, डिसेम्बर ४,२०२१ बाट

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हे योङ प्युन

      हे योङ प्युन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.