Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कार्ल मार्क्सको ‘पूँजी’ किन पढ़ने?

म कार्ल मार्क्सको 'पूँजी' अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरुले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। 

प्रा. वैंकटेश आत्रेय प्रा. वैंकटेश आत्रेय
बैशाख १५, २०८०
- अर्थतन्त्र, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘पूँजी’को अध्ययनले मेरो जीवन पूर्णरुपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु ।

    मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन्‌ १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण गरें र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका लागि छनौट भएँ । म भर्ना भएको विश्वविद्यालयमा भियतनाममा अमेरिकी हस्तक्षेपको विरुद्धमा शक्तिशाली विद्यार्थी आन्दोलनको सुरुवात भएको थियो । तर मैरो विद्यावारिधिको पाठ्यक्रममा किन यति शक्तिशाली राष्ट्रले भियतनाम जस्तो तेस्रो विश्वको सानो राष्ट्रमाथि आक्रमण गरिरहेको छ भन्ने प्रश्रको जवाफ दिने विषयवस्तु थिएन ।

    यसै समयमा म कार्ल मार्क्सको ‘पूँजी’ अध्ययन समूहमा संलग्न हुन पुगें । मार्क्सद्वारा सन्‌ १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन्‌ | तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरुले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्‌ । त्यसैले म ‘पूँजी’ अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो ।

    मैले विभिन्न सामाजिक विज्ञानका विषयहरुलाई आधार मानी विद्यावारिधि गरिरहेका विश्वविद्यालयका १० जना विधार्थीहरुको समूहमा समावेश भई अंग्रजी भाषामा ‘पूँजी’को अध्ययन गरें ।

    सर्वप्रथम मलाई के लाग्यो भने यो पुस्तकलाई निकै सावधानीपूर्वक अध्ययन गर्नुपर्दछ र जसका वाक्यको महत्त्वपूर्ण अर्थ रहेको छ । क्रमशः मैले के पाएँ भने मार्क्सको यो पुस्तक निकै विष्लेषणात्मक रहेको छ जसको अध्ययनबाट मैले मनोरञ्जन लिन थालें । मैले विश्वविद्यालयको सेमेष्टरसँगै यसलाई निकैपटक दोहोर्‍याएर अध्ययन गरें, जसमा मैले केही नयाँ धारणा प्राप्त गर्न थालें ।

    ‘पूँजी’को अनुवादमा समेत कवितात्मकता रहेको छ । मार्क्सको विज्ञतामा यति व्यापकता छ कि ‘पूँजी’मा राजनीतिक अर्थशास्त्र, द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र सेक्सपियर वा गोथेका भनाइहरु समेत समाविष्ट छ्न्‌।

    मार्क्सको लेख्ने कलामा केही मनोरजञ्जनात्मकता र बुर्जुवा अर्थशास्त्रीहरु र पूँजीवादी प्रणालीप्रति कटाक्ष रहेको छ । इञ्जिनियरिङमा स्नातक र गणितिय अर्थशास्त्रमा तालिमप्राप्त मैले “पूँजी’बाट के सिक्‍न सक्‍दथे? सर्वप्रथम मैले के बुझें भने समाज र यसको गतिशीलता बुझ्नका लागि ऐतिहासिक दृष्टिकोण आवश्यक पर्छ । दोस्तो, समाजको गतिशीलता उत्पादनका साधनमाथिको स्वामित्त्व, उत्पादक शक्ति र उत्पादनका साधन बिचको सम्बन्धले निर्धारित गर्दछ । तेस्रो, पूँजीवादी उत्पादन पद्धति निम्न तिन कुरामा आधारित रहेको छः

    १. उत्पादक शक्तिहरुलाई उत्पादनका साधनबाट अलग्याउनु र तिनीहरुलाई ज्यालादारी मजदुरमा रुपान्तरित गराउऊँदै एक ध्रुवमा पुर्‍याउनु ।

    २. उत्पादनका साधनहरुलाई निजी स्वामित्त्व वा एकाधिकारमा रुपान्तरित गर्द अर्को ध्रुवमा पुर्‍याउनु ।

    ३. उत्पादनको सम्पूर्ण नाफा र बजारबाट प्राप्त मुनाफा व्यक्तिगत खातामा जानु ।

    मार्क्सले यी सम्पूर्ण नाफामुखी प्रणालीहरुको विस्तारको बारेमा व्याख्या गर्नुभएको छ । ‘पूँजी’को पहिलो भागमा उपनिवेशवादको आधुनिक सिद्धान्त र पूँजीवादको विश्वव्यापी चरित्रको बारेमा ब्याख्या गरिएको छ। यसलाई मार्क्सले पूँजीवादी उत्पादन पद्धतिको नाफामुखी चरित्र र नाफाको औपनिवेशिक बिस्तारसँग जोडेर ब्याख्या गर्नुभएको छ | पछि लेनिनले यसलाई साम्राज्यवादी प्रणालीको रुपमा व्याख्या गर्नुभयो ।

    मार्क्सले’पूँजी’मा पूँजीवादी आर्थिक प्रणालीको विरोधाभासी चरित्रका बारेमा उल्लेख गर्नुभएको छ । पूँजीपति बिचको द्वन्द तथा पूँजीपति र कामदार वर्ग बिचको द्वन्दले समाजमा उत्पादक शक्तिहरुमा द्रुततर वृद्धि भइरहेको छ एकातिर भने अर्कोतिर अत्यधिक उत्पादन, उपभोक्ताको क्रय क्षमतामा ह्रास, अत्यधिक नाफा र बेरोजगारीमा वृद्धि भड़रहेको छ । यो विरोधाभासले पूँजीवादी समाजको बढ्दो उत्पादन क्षमता र उपभोग क्षमताको घट्‌दो ह्रास देखाउँछ। जसले मागमा संकट र बेरोजगारीको दरमा वृद्धि गराइरहेको छ ।

    यसले पूँजीवादको बेथिति र अराजकता देखाउँछ जसको फलस्वरुप सम्पूर्ण आर्थिक क्षेत्रमा संकट उत्पन्न भडरहेको छ । त्यसैगरी प्रविधिको बढ़दो विकासले उत्पादन दरमा वृद्धि भइरहेको छ । जसले बेरोजगारीमा वृद्धि र नाफामा घटबढ गराइरहेको छ । यी सम्पूर्ण ऐतिहासिक कारक तत्त्वहरुले पूँजीवादी प्रणालीमा उतारचढाब ल्याइरहेको छ र बेरोजगारीमार्फत कामदार वर्गको जीवनमा निकै नकारात्मक प्रभाव पारिरहेको छ ।

    यी सबैको बावजुद पूँजीपति वर्ग र पूँजीवादी राष्ट्रको बिचमा विश्वस्तरमा द्वन्द्व झाँगियो, दुई वटा विश्वयुद्धमा लाखौं मानिस मारिए र ठूला कर्पोरेसनहरुले अत्यधिक नाफा हात पारे । हालसम्म पनि विश्व पूँजीवादमा संकट कायम छ, अर्थतन्त्रमा गिरावट र बेरोजगारीको दर उच्च नै रहेको छ । अहिलेको विश्व पूँजीवादमा रहेको संकट र जलवायु परिवर्तनको विश्वव्यापी संकटमा पनि पूँजीवादी प्रणालीको मुख्य हात रहेको छ।

    -प्रा. वैंकटेश आत्रेय

    मार्क्सको ‘पूँजी’ले पूँजीवादी उत्पादन स्वरुपको ऐतिहासिक विघटन र १९औं शताब्दीमा भएका पूँजीवाद जीवन्त राख प्रकृयाको विश्लेषण गर्दछ । बिसौं शताब्दीको अनुभवले के देखाउँछ भने विश्वका औद्योगिक राष्ट्र र उपनिवेशमा रहेका राष्ट्रका जनताले पूँजीवादको विरुद्धमा विद्रोह गरिरहेका छन्‌ । विज्ञान र प्रविधिमा आएको परिवर्तन, खाने, बस्ने स्थान, लुगाफाटो, शिक्षा र स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्तीका बावजुद २१औं शताब्दीमा पनि पूँजीवादी प्रणालीमा संकट नै रहेको छ । मार्क्सको ‘पूँजी’मा गरिएको पूँजीवादी प्रणालीको वैज्ञानिक व्याख्याले आधुनिक समाजमा रहेको धनी र गरिब बिचको असमानता बुझ्न झन्‌ सघाउ पुर्‍याइरहेको छ ।

    के ‘पूँजी’ पढ़नु निकै चुनौतीपूर्ण हो ?

    अब मैले ‘पूँजी’बाट के सिके भन्ने तथ्यलाई उल्लेख गर्दैछु । मेरो बुझाइमा राजनीतिक कार्यकर्ता र बौद्धिक वर्गले समेत भनिरहेको पूँजी निके कठिन छ भन्ने भनाइमा कुनै सत्यता छैन। तर के चाहिं सत्य हो भने ‘पूँजी’को पढाइमा एकस्तरको लगाव, अध्ययनमा निरन्तरता र तार्किकता हुन जरुरी छ। त्यसैले ‘पूँजी’को अध्ययन अत्यन्तै फाइदाजनक र असामान्यरुपले ज्ञान आर्जन उन्मुख छ।

    ‘पूँजी’मा मार्क्सले पूँजीवादी उत्पादनको पद्धतिको विश्लेषण, यसको आन्तरिक गतिशिलता र विरोधाभाषको उल्लेख गर्दै पूँजीवादको गतिशीलताको नियमलाई संक्षेपीकरण गर्नुभएको छ । यस्तो विश्लेषण ऐतिहासिक भौतिकवादी धारणाको आधारमा हुनुपर्छ, जसले उत्पादनको स्वरुपको विश्लेषणमा समेत सघाउ पुर्‍याउँछ। यसका लागि एकस्तरको भावनात्मकता अनिवार्य हुन्छ। मार्क्स कै शब्दमा “आर्थिक स्वरुपको विश्लेषणमा, न सुक्ष्मदर्शक यन्त्र न रासायनिक अभिकर्ताको नै प्रयोग गर्न सकिन्छ। भावनात्मक क्षमताले मात्र यसलाई विस्थापित गर्न सक्दछ।”

    मार्क्सले आपनो लेखनमा सम्पूर्ण विज्ञानको प्रयोग गर्नुभएको छ। मार्क्सको पूँजीको प्रथम भागका तिन एकाइहरु वस्तु र मुल्यको धारणामा आधारित छन्‌। मार्क्सको ‘पूँजी’को अध्ययनमा कुनै नियमितता नभई जुनसुकै एकाइलाई जतिखेर जसरी पढे पनि हुन्छ। पाठकहरु जसले ऐतिहासिक दृष्टिकोणको आधारमा विश्लेषण गर्दछन्‌, उनीहरुले ‘पूँजी’को प्रथम भागको अन्तिम एकाइ पूँजीको आदिम वा प्राथमिक संकलन वा सच्नय पढ़दा उपयुक्त हुन्छ। यस एकाइको ६० पेजले बेलायतमा सत्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म कसरी पूँजीवादी उत्पादन प्रद्धतिको ऐतिहासिक विकास भयो भन्ने प्रक्रियाको राम्रो ढंगले विश्लेषण गर्दछ।

    कामदारवर्गको आन्दोलनको जुझारूपनको बारेमा ‘पूँजी’को भाग एकको एकाइ ३, ४ र ५ मा उल्लेख गरिएको छ। । जसमा सापेक्ष र निरपेक्ष अतिरिक्त मुल्यको विश्लेषण गरिएको छ। त्यस्तै पूँजीको १०औं एकाइमा “कार्य दिवस” को बारेमा लेखिएको छ जसले तेस्रो विश्व खास गरी भारतको उपयोग र अन्य क्षेत्रमा रहेको काम गर्ने समयको बारेमा रहेको विविधताको व्याख्या गरिएको छ। यो एकाइले इतिहास खासगरी वैधानिक इतिहासको उल्लेख गर्दै वर्ग, अतिरिक्त मूल्यको पूँजी र शोषण विरुद्धको कामदार वर्गको प्रतिरोध आन्दोलनको उल्लेख गरेको छ।

    मार्क्सको शब्दमा “काम गर्ने दिनको बारेमा पूँजीपति र मजदुरको बिचमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। जसले दुई विपरित वर्गको प्रवृतिलाई देखाउँछ…।” मार्क्सले मजदुरलाई आपनो श्रमको मालिक भएको उल्लेख गर्दे यसलाई उसले आफू खशी बेच्न पाउनुपर्ने तर्क राख्नुभएको छ । त्यसैले कामको घण्टा तोकिनु वास्तममै म्याग्राकार्टा नै हो भन्ने धारणा मार्क्सको छ | यसलाई मार्क्सले सन्‌ १८६० को दशकमा बेलायतको सन्दर्भमा ब्याख्या गर्नुभएको थियो | जसलाई भारत, नेपाल लगायतका राष्ट्रको सन्दर्भमा पनि ब्याख्या गर्नु पर्दछ।

    ‘पूँजी’भाग -१ को सातौं, आठौं र नवौं एकाइमा क्रमशः सहकारिता, श्रम विभाजन र उत्पादन तथा यान्त्रिकता २ आधुनिक उपयोगको बारेमा व्याख्या गरिएको छ । मार्क्सले इञ्जिनियर र प्राविधिकहरुको बारेमा उपयोगी हुने यो एकाईमा औद्योगिक उत्पादनका विषयवस्तुबारे ब्याख्या गर्नुभएको छ । यसलाई मार्क्सले सामाजिक र ऐतिहासिक रुपान्तरणको प्रकृया मान्दै यसले पूँजीवादी उत्पादन पद्धतिमार्फत मजदुरको बेरोजगारी अवस्थाको समेत ब्याख्या गर्नुभएको छ।

    मार्क्सले उद्योगमा प्रविधिको प्रयोगले क्रान्तिकारी परिवर्तन ल्याएको धारणा राख्दे परम्परागत उत्पादनको स्वरूपलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुहुन्छ । उद्योगमा रसायन, प्रविधि र अन्य आधुनिक विधिको प्रयोगले उत्पादन प्रकृयामा समेत परिवर्तन हुने र यसले सामाजिक सम्बन्धमा समेत प्रभाव पार्ने गर्दछ । प्रविधिको प्रयोगले श्रम विभाजन, विश्वव्यापी श्रमिक गतिशीलता र पूँजीवादी उत्पादन पद्धतिमा अत्यधिक प्रभाव पार्ने धारणा राख्दै यसले श्रमिकको अवस्था र बेरोजगारीमा समेत असर पार्ने धारणा राखु हुन्छ।

    मार्क्सले आधुनिक उद्योगको भूमिकाको बारेमा सन्तुलित र ऐतिहासिक धारणा राखु हुँदै पूँजीवादी उत्पादन स्वरुपका अन्य विभिन्न पक्षहरुको विश्लेषण गर्नुभएको छ । उद्योग र कृषिको सम्बन्धमा समेत मार्क्सले आफ्नो धारणा राख्रुभएको छ । मार्क्सले पूँजीवादी औद्योगिक आधुनिकीकरणले कृषि र कृषि कामदारको जीवनमा परेको प्रभावको समेत विश्लेषण गर्नुभएको छ । मार्क्सका अनुसार पूँजीवादी उत्पादनले कृषि र निर्माणको क्षेत्रमा अत्यधिक प्रभाव पारेको छ | यसले भविष्यको भौतिक अवस्थाको उच्चतामा कृषि र उद्योगको एकताले महत्त्वपूर्ण भूमिका खेलने गर्दछ । मार्क्सले मानव र माटोबिचको सम्बन्धको समेत ब्याख्या गर्दे माटोको उत्पादकताको विश्लेषण गर्नुभएको छ । मार्क्सका अनुसार पूँजीवादी कृषिले माटोलाई आपनो हितमा प्रयोग गरेको छ । उत्पादकत्त्वको नाउँमा माटो र श्रमिकहरुको शोषण गरेको छ।

    ‘पूँजी’; एक आनन्दपूर्ण अध्ययन
    ‘पूँजी’को अध्ययन सरल र ज्ञानवर्द्धक छ। ‘पूँजी’को पहिलो भागको अध्ययनले हामीलाई पूँजीवादका मुख्य धारणा र पूँजीवादी उत्पादन पद्धतिको बारेमा बुझ्न सघाउ पुर्‍याउँछ । यो अत्युक्ति हुँदैन कि शासक वर्गले समेत पूँजीवादी उत्पादन स्वरुपको विश्लेषणका लागि ‘पूँजी’को अध्ययन गर्दछन्‌ । बुर्जुवा बिचारकहरु र बौद्धिक वर्गले समेत मार्क्सको पूँजीलाई अस्वीकार गर्दे यसको बौद्धिक चोरी गरिरहेका छन्‌। अर्थशास्त्रीहरुले मार्क्सलाई अर्थशास्त्रीको रुपमा नभई राजनीतिक प्रचारकको रुपमा ब्याख्या गरिरहेका छन्‌ । पूँजीवादभित्रको संकट गहिरिदै जाँदा र नवउदारवाद तथा किन्सको सिद्धान्तले यसको ब्याख्या गर्न नसकेको सन्दर्भमा मुख्य अर्थशास्त्रीहरुले मार्क्सलाई पनि उत्तररिकार्डियन भनी हल्ला फिँजाइरहेका छन्‌ । मार्क्सको सिद्धान्तलाई गलत ढंगले प्रचार गरिरहेका छन्‌|

    मार्क्सको ‘पूँजी’को प्रथम भागमा उल्लेख गरिएको वस्तु र मूल्यको धारणा नै पूँजीको सबैभन्दा महत्त्वपूर्ण र कठिन धारणा हो । यो भागमा मार्क्सले वस्तुको उपयोग मुल्य र विनिमय मूल्यको उल्लेख गर्नुभएको छ । मार्क्सको विनिमय मुल्यको धारणा एक जटिल सामाजिक सम्बन्धको प्रतीक हो । जुन बाह्य र देखिने स्वरुपमा मात्र नभएर अत्यन्त गहिरो र पूँजीवादी उत्पादन स्वरुपलाई उजागर गर्ने धारणा समेत हो।

    ‘पूँजी’को प्रथम भागको २५ एकाई पनि त्यतिकै महत्त्वपूर्ण छ, जसले पूँजीवादी सञ्चितीकरणको नियमको बारेमा उल्लेख गर्दछ । यसले पूँजीवादी उद्विकासको विरोधाभास मात्र नभएर वास्तविक संसारको विरोधाभास समेत उल्लेख गर्दछ । मार्क्सको ‘पूँजी’का सम्पूर्ण एकाइहरु यति महत्त्वपूर्ण छन्‌ कि प्रत्येकले विगत र वर्तमान संसारको आवाज बोलिरहेको देखिन्छ। मार्क्सले तत्कालीन तथ्याङकलाई सावधानीपूर्वक प्रयोग गर्नुभएको छ र अनुभवसिद्ध तथ्यहरुको समेत प्रयोग गर्नुभटको छ । उहाँले पूर्वीय साहित्य र तत्कालीन समयका दार्शनिक विचारहरुलाई समेत यथास्थानमा राग्रो ढंगले प्रयोग गर्नुभएको छ।

    मार्क्सले त्यस समयका प्रसिद्ध कवि गोथेको उल्लेख गर्दै पूँजीवादको विकास र यस भित्रका विरोधाभास र यसको विनासको राम्रो ढंगले ब्याख्या गर्नुभएको छ। त्यसैले ‘पूँजी’को अध्ययन गर्नुहोस, यसको भूमिका पढ्न नछुटाउनुहोस् र तिनै भागको अध्ययनले तपाईको ज्ञानको क्षितिज नवीन र फराकिलो समेत हुनेछ।

    (प्रा. वैंकटेश आत्रेयद्वारा लिखित मार्क्सवादी राजनीतिक अर्थशास्त्र पूँजी भाग-१ को परिचय पुस्तकको एक अंश। अनुवादः लेफ्ट रिभ्यु अनलाइन/ गोकर्ण ज्ञवाली र प्रमेश पोखरेल)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रा. वैंकटेश आत्रेय

      प्रा. वैंकटेश आत्रेय

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.