Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवाद नै किन ?

अल्बर्ट आइन्स्टाइन अल्बर्ट आइन्स्टाइन
भदौ ११, २०७६
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अल्बर्ट आइन्स्टाइन:  समाजका संगठनलाई प्रभाव पार्ने प्रश्नहरूबारे ब्यक्त गर्ने अधिकार सबैलाई छ। के सामाजिक तथा आर्थिक मुद्दाहरूमा विशेषज्ञता नभएका व्यक्तिहरूलाई समाजवादबारे आफ्ना दृष्टिकोण पेश गर्ने सल्लाह दिनु उचित हुन्छ? मेरो विचारमा विभिन्न कारणहरूले गर्दा यसो गर्नु उचित हुन्छ।

    सर्वप्रथम हामी यस प्रश्नलाई वैज्ञानिक ज्ञानको दृष्टिबाट हेरौं। खगोलशास्त्र र अर्थशास्त्रबीच कुनै आवश्यकीय विधिगत भिन्नताहरु छैनन् जस्तो लाग्न सक्छः दुवै क्षेत्रका वैज्ञानिकहरूले कुनै निश्चित परिधिका घटनाहरूका लागि आवश्यक आम स्वीकार्यताका नियमहरू (laws of general acceptability) पत्ता लगाउने प्रयत्न गरिरहन्छन्, ता कि यी घटनाक्रमहरूलाई एक–आपसमा जोड्ने अन्तरसम्बन्धहरूलाई सकेसम्म स्पष्ट बुझिने बनाउन सकियोस्। तर यथार्थमा यस्ता विधिगत भिन्नताहरु विद्यमान हुन्छन्। अर्थशास्त्रको क्षेत्रका आम नियमहरूको खोजी गर्नु आर्थिक घटनाक्रमहरूलाई अवलोकन गर्ने परिवेशका कारणले कठिन हुन्छ, जुन आर्थिक घटनाक्रमहरूलाई छुट्टाछुट्टै मुल्याङ्कन गर्न ज्यादै कठिन हुने अवयवहरूले प्रायशः प्रभावित गरेका हुन्छन्। यसका अतिरिक्त मानव इतिहासमा तथाकथित सभ्य समाजको सुरुवातबाटै संग्रहित अनुभवहरू – जो सर्वविदित नै छन्। धेरै हदसम्म विभिन्न कारणहरूद्वारा प्रभावित र सिमित बनाइएका हुन्छन् र ती कारणहरू विशुद्ध आर्थिक प्रकृतिका पनि हुँदैनन्। उदाहरणका लागि विश्वका धेरैजसो प्रमुख राज्यहरू युद्धमा पाएको विजयको कारण अस्तित्वमा कायम रहेका हुन्। विजय प्राप्त गर्ने व्यक्तिहरूले आफूलाई विजित देशका आर्थिक र कानुनी रूपमा विशेष हैसियतको वर्गका रूपमा स्थापित गरेका हुन्छन्। उनीहरूले जमिनमाथि आफ्नो एकाधिकार स्थापित गरे र आफ्नै वर्ग भित्रबाट पादरीतन्त्रको स्थापना गरे। शिक्षामाथि नियन्त्रण जमाएका पादरीहरूले समाजको वर्ग विभाजनलाई स्थायी संस्थानहरूमा परिणत गरे र यस्तो मूल्य ब्यवस्था स्थापना गरे जसले तत्पश्चात आम व्यक्तिहरूलाई धेरै हदसम्म अवचेतन अवस्था मै उनीहरूका सामाजिक ब्यवहारहरूलाई निर्देशित गरे।

    तर ऐतिहासिक परम्पराले कहिं पनि थोरस्टेन भेब्लेनले भनेको मानव विकासको “शिकारी चरण (predatory phase)” माथि विजय प्राप्त गर्न सकेको छैन। दृष्टिगोचर गर्न सकिने आर्थिक तथ्यहरू त्यसै चरणमा पर्दछन् र हामीले तिनबाट उत्पादन गरेका नियमहरू पनि अन्य चरणहरूमा काम लाग्ने छैनन्। समाजवादको वास्तविक उद्देश्य मानव विकासलाई “शिकारी चरण” माथि विजय प्राप्त गरी त्यो चरण भन्दा अगाडि लैजानु हो । यसो हुनाले वर्तमान अवस्थाको आर्थिक विज्ञानले भविष्यको समाजवादी समाज माथि प्रकाश पार्न सक्दैन।

    दोस्रो, समाजवाद सामाजिक-नैतिक साध्य (social-ethical end) तर्फ लक्षित हुन्छ। तर विज्ञानले साध्य सिर्जना गर्न सक्दैन, अझ त्यसलाई मानव जातिमा प्रत्यारोपण गर्न त झनै सक्दैन; विज्ञानले बढिमा केहि निश्चित साध्य प्राप्तिका साधन आपूर्ति गर्न सक्छ। तर ती साध्यहरु स्वयमले नै भने उच्च नैतिक आदर्श भएका ब्यक्तित्वहरूले कल्पना गरेका र यदि ती साध्य मृत जन्मेका छैनन्, ओजस्वी र जीवनशक्तिले भरपुर छन् भन्ने लागेमा असंख्य व्यक्तिहरूले त्यसलाई अङ्गीकार गर्छन् र अगाडि बढाउछन्। ती व्यक्तिहरूले नै अर्धचेतन अवस्था मै समाजको धीमा विकासलाई निर्धारित गर्दछन्।

    यिनै कारणहरूले गर्दा, हामी व्यक्तिका समस्याहरूको प्रश्नमा विज्ञान र वैज्ञानिक विधिहरूमाथि बढी अपेक्षा गर्ने गल्तीबारे सचेत हुनुपर्छ; र हामीले समाजका संगठनलाई प्रभाव पार्ने प्रश्नहरूबारे ब्यक्त गर्ने अधिकार केवल ती विज्ञहरूलाई मात्र हुन्छ भन्ने ठान्नु हुँदैन।

    एकान्तिक मानिसको अभिब्यक्ति

    धेरै भन्दा धेरै व्यक्तिहरू मानव समाज संकटबाट गुज्रिरहेको छ भनी ठोकुवा गरिरहेका छन् अर्थात् समाजको स्थायित्व धुजाधुजा हुँदैछ। यो यस्तो अवस्थाको चरित्र हो जहाँ ब्यक्ति आफू समाहित ठूलो वा सानो समूहप्रति असंलग्न र कहिलेकाही शत्रुवत बन्न पुग्दछन्। मैले भन्न खोजेको कुरा स्पष्ट पार्न म मेरो आफ्नै अनुभव पेस गर्न चाहन्छु। हालसालै मैले एक प्रबुद्ध र सुसंस्कृत ब्यक्तिसँग छलफल गरें। मैले भने मेरो विचारमा अर्को युद्ध हुने त्रासले मानव अस्तित्व नै खतरामा पर्नसक्नेछ र कुनै अधिराष्ट्रिय संगठनले मात्र उक्त खतराबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसको प्रतिउत्तरमा ती व्यक्तिले शान्त र शालीन भएर प्रश्न सोधे, “तपाईं मानव जातिको लोप हुने कुरामा किन यति गम्भीर चिन्तामा हुनुहुन्छ?”

    म निश्चय साथ भन्न सक्छु एक शताब्दी अघि मात्र पनि कसैले यस प्रकारको हलुका टिप्पणी गर्दैनथ्यो। यो त्यस्तो व्यक्तिको अभिब्यक्ति हो जसले जीवनभर आफू स्वयमभित्र सन्तुलन कायम गर्ने नाकाम कोशिश गरिरह्यो तर हाल भने सफलता प्राप्त गर्ने आशा त्यागि दियो। यो एउटा पीडादायी शुन्यता र एकान्तिपनको अभिब्यक्ति हो, जसबाट आजकल धेरै व्यक्ति पीडित भइरहेका छन्। यसको कारण के हो ? के यसबाट मुक्ति पाउने उपाय छ ?

    यस्ता प्रश्नहरू उठाउन सजिलो छ तर अलिकति आश्वस्त तुल्याउने जवाफ दिन उतिकै कठिन छ। यति हुँदाहुँदै पनि म आफूले भ्याएसम्मको जवाफ दिन कोशिश गर्नेछु। यद्यपी हाम्रा भावना र प्रयासहरू प्राय अन्तरविरोधी र धुमिल हुन्छन् जसले गर्दा सामान्यतया तिनलाई सजिला र सरल सूत्रमा ब्यक्त गर्न सकिँदैन।

    मानिस एकान्तिकका साथै सामाजिक प्राणी पनि हो

    मानिस एकसाथ एउटा एकान्तिकका साथै सामाजिक प्राणी पनि हो। एकान्तिक प्राणीका हिसाबले ऊ आफ्नो र आफ्ना नजिकमा व्यक्तिहरूको अस्तित्वको रक्षा गर्ने, आफ्ना ब्यक्तिगत चाहना र आफूमा अन्तरनिहित क्षमता विकास गर्ने प्रयत्न गरिरहन्छ। एउटा सामाजिक प्राणीको हिसाबले ऊ अन्य व्यक्तिहरूबाट मान्यता र माया प्राप्त गर्ने, उनीहरूका खुसीमा सहभागी हुने, उनीहरूका दुखमा सान्तावना दिने र उनीहरूको जीवन सहज बनाउने प्रयास गरिरहन्छ। यिनै विविध र कहिलेकाहिं विरोधाभाषी प्रयासहरूको अस्तित्वले नै व्यक्तिको विशिष्ट चरित्रको निर्धारण तथा संयोजन गर्दछ, र तिनको विशिष्ट संयोजनले नै एउटा ब्यक्तिले कुन हदसम्म आन्तरिक सन्तुलन कायम गर्नसक्छ र समाजको भलाइको निम्ति योगदान दिनसक्छ भन्ने कुराको निर्धारण गर्छ। यो सम्भव छ कि यी दुई प्रेरणा (वैयक्तिक तथा सामाजिक अस्तित्व सम्बन्धी)को तुलनात्मक शक्ति वंशाणुद्वारा निर्धारण हुन्छ। तर अन्त्यमा विकसित हुने ब्यक्तित्व धेरै मात्रामा व्यक्तिको विकास हुँदाको वातावरण, ऊ बृद्धि (विकसित) हुने सामाजको संरचना, त्यस समाजको परम्परा र समाजले मूल्याकंन गर्ने खास किसिमका ब्यवहारहरूले निर्माण गर्दछ। अमूर्त अवधारणा “समाज” भन्नाले एक ब्यक्तिको आफ्ना समकालीन व्यक्तिहरू र अघिल्ला पुस्ताहरूका मानिहरूसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धहरूको समष्टि हो। एउटा ब्यक्ति स्वयमले सोच्न, महशुस या अनुभव गर्न, प्रयत्न गर्न र काम गर्नसक्छ; तर ऊ आफ्नो भौतिक, बौद्धिक र भावनात्मक अस्तित्वका लागि यति बढी समाजमा आश्रित हुन्छ कि समाजको संरचना बाहिर उसबारे सोच्न वा उसलाई बुझ्न असम्भव हुन्छ।

    त्यो “समाज” नै हो जसले व्यक्तिलाई गाँस, बास, कपास, काम गर्ने औजार, भाषा, सोच्ने तरिका, उसका सोचाइका अधिकांस विषयवस्तुहरू प्रदान गर्छ र उसको जीवन नै उसको श्रम र “समाज” भन्ने पर्दाले बेरिएका विगत र वर्तमानका लाखौं व्यक्तिहरूका उपलब्धिहरूद्वारा सम्भव हुन्छ।

    अतः ब्यक्तिको समाजमाथिको निर्भरता प्राकृतिक सत्य हो र यसको उन्मूलन असम्भव छ भन्ने कुरा स्पष्ट छ। कमिला र मौरीहरूको जस्तै। यद्यपी कमिला र मौरीको सिङ्गो जीवन प्रक्रिया, सानो भन्दा सानो ब्यवहार पनि कठोर वंशानुगत चेतनारहित सीपद्वारा निर्धारित हुन्छन्। मानव जातिका सामाजिक ढाँचा र अन्तरसम्बन्धहरू धेरै परिवर्तनशील र परिवर्तनलाई आत्मसात गर्ने हुन्छन्। स्मरणशक्ति, नयाँ परिस्थितिसँग संयोजित गर्ने क्षमता, मौखिक सञ्चार गर्नसक्ने क्षमताले जैविक आवश्यकताहरूको निर्देशन बेगर नै मानिसहरूमाझ विकासलाई सम्भव तुल्याउँछन्। यस्ता विकासहरू चाहिँ परम्परा, संस्था, संगठनहरू, साहित्य, वैज्ञानिक र इन्जिनियरिङ क्षेत्रमा प्राप्त उपलब्धिहरू, कलाका क्षेत्रमा प्रकट हुन्छन्। यसले एक अर्थमा व्यक्तिले कसरी आफ्नै आचारब्यवहारद्वारा आफ्नो जीवनमाथि प्रभाव पार्नसक्छ र यस प्रक्रियामा सचेत सोचाइ र चाहनाको पनि भूमिका हुन्छ भन्ने कुरालाई स्पष्ट पार्छ।

    जन्मदै व्यक्तिले वंशाणुगत जैविक विधान साथमा लिएर आएको हुन्छ, जसलाई हामीले स्थायी र अपरिवर्तनीय मान्नु पर्ने हुन्छ, जसभित्र प्राकृतिक कौतुहलता पनि पर्छन् जो मानव प्रजातिका विशिष्ट गुण हुन्। यसका अतिरिक्त आफ्नो जीवन भरिमा मानिसले समाजबाट सञ्चार र अन्य धेरै प्रभावहरूद्वारा एउटा सांस्कृतिक विधान या परिपाटी ग्रहण गर्छ। समयक्रममा यही सांस्कृतिक विधान परिवर्तन गर्नुपर्ने विषय बन्छ र यसले धेरै हदसम्म ब्यक्ति र समाजबिचको सम्बन्धलाई निर्धारण गर्छ। तथाकथित आदिम संस्कृतिको तुलनात्मक अनुसन्धानबाट आधुनिक मानवशास्त्रले हामीलाई प्रचलित सांस्कृतिक बनौट र समाजलाई प्रवल प्रभाव पार्ने संगठनका प्रकारहरूका आधारमा व्यक्तिहरूको सामाजिक ब्यवहारमा प्रशस्त भिन्नताहरू हुन सक्छन् भनेर सिकाएको छ। धेरै मानिसहरूको जीवनमा सुधार ल्याउन प्रयत्नशील व्यक्तिहरूले आफ्ना आशा यसैमाथि अड्याएका हुनसक्छन्ः एकअर्कालाई सिध्याउने वा क्रुरको दया, आत्मअभिसप्तमा रहेको जैविक विधानका कारणले मानव जातिलाई निन्दा गरिनु हुँदैन।

    यदि हामीले स्वयम् आफैलाई कसैगरी समाजको संरचना र व्यक्तिका सांस्कृतिक प्रवृत्ति या सोचलाई परिर्वतन गरियो भने मानव जीवन सकेसम्म सन्तुष्ट बन्छ, तर हामी केही अवस्थाहरू परिवर्तन गर्न सक्दैनौं। अगाडि उल्लेख गरे जस्तै व्यक्तिको जैविक गुण या प्रकृति सबै ब्यवहारिक उद्देश्यका लागि परिवर्तनको विषय बन्न सक्दैन। यसका अतिरिक्त विगतका केही शताब्दीमा भएको प्राविधिक र जनसांख्यिक विकासहरूले केही अवस्थाहरू निर्माण गरेका छन् र ती रहिरहनेछन्। तुलनात्मक रूपले सघन बसोवास क्षेत्रहरूमा उनीहरूको अस्तित्वको निरन्तरताको लागि अपरिहार्य वस्तुहरू, चरम श्रम विभाजन र अति केन्द्रिकृत उत्पादन उपकरण/संयन्त्र नितान्त आवश्यक हुन्छन्। अलि पहिलेका समयको कुरा गर्ने हो भने त्यो सुखद जीवन थियो। तुलनात्मक रूपले सानो समूह आफैमा पुर्णरूपले आत्मनिर्भर हुने जमाना अब रहेन। अहिले पनि मानव जाति उत्पादन र खपतको एउटा गञ्जागोलयुक्त समुदायमा गठित या संगठित छ भन्नु हल्का अतिशयोक्ति नै हुन्छ होला।

    संकटको सार

    अब म त्यो बिन्दुमा पुगें जहाँ म मलाई लागेको हाम्रो समयको संकटको सार के के मिलेर बनेका छन् भनेर बताउनसक्छु। यो ब्यक्ति र समाज बीचको सम्बन्धसँग सम्बन्धित छ। ब्यक्ति समाजमाथि आफ्नो निर्भरताबारे पहिलेभन्दा धेरै सचेत बनेको छ। तर यो निर्भरतालाई ऊ सकारात्मक गुण(asset), मौलिक सम्बन्ध, रक्षात्मक शक्ति ठान्दैन, बरु यसको विपरित उसको प्राकृतिक अधिकार वा उसको आर्थिक अस्तित्वमाथिको खतरा ठान्दछ। यसका अतिरिक्त समाजमा उसको अवस्था यस्तो हुन्छ कि उसको आफूलाई सर्वोपरी ठान्ने प्रवृतिलाई निरन्तर आकर्षित गरिरहन्छ, जब कि उसका प्राकृतिक रूपले नै कमजोर सामाजिक प्रेरणाहरू लगातार ह्रास हुँदै जान्छन्। समाजमा जस्तोसुकै हैसियत भए पनि सबै व्यक्तिहरू यो ह्रासको प्रक्रियाबाट पीडित छन्। नजानिँदो किसिमले स्वयमको बखान गर्ने प्रवृतिको बन्दी बनेका उनीहरू आफूलाई असुरक्षित, एक्लो र जीवनका सोझा, सरल र अपरिष्कृत आनन्द भोग्नबाट बञ्चित भएको ठान्दछन्। छोटो र विकट भए तापनि जीवनको अर्थ व्यक्तिले समाजप्रति समर्पित भएर मात्र प्राप्त गर्न सक्छ।

    मेरो विचारमा आजको पुँजीवादी समाजमा विद्यमान आर्थिक अराजकता नै सबै खराबीको जड हो। हामी आफ्नो अगाडि उत्पादकहरूको विशाल समुदाय देख्छौं जसका सदस्यहरू एकअर्कालाई उनीहरूकै सामुहिक श्रमको फलबाट वञ्चित गर्न जोडतोडले लागिरहेका छन्। कुनै जोरजबरजस्तीले होइन कानुनी रूपमा स्थापित नियमहरूलाई आज्ञाकारी भई पालना गरेर। यस सन्दर्भमा उत्पादनका साधन अर्थात उपभोग्य वस्तुहरू र थप पूँजीगत वस्तुहरू उत्पादनकालागि आवश्यक सम्पूर्ण उत्पादन क्षमताको ठूलो हिस्सा कानुनी रूपमै ब्यक्तिका निजी सम्पत्ति छन्।

    सजिलोका लागि अबको छलफलमा म उत्पादनको साधनहरूमा कुनै हिस्सा नभएका सबैलाई “श्रमिक” भन्नेछु, यद्यपी उक्त शब्दको प्रचलित प्रयोगसँग यो मेल खाँदैन। उत्पादनका साधनहरूको मालिक श्रमिकहरूको श्रमशक्ति खरिद गर्नसक्ने हैसियतमा हुन्छ। उत्पादनका साधनहरू प्रयोग गरेर श्रमिकहरूले नयाँ वस्तुहरू उत्पादन गर्छन् जो पूँजीपतिहरूको सम्पत्ति बन्न पुग्छन्। यस प्रक्रियामा आवश्यक बुँदा भनेको दुवै वास्तविक मूल्यमा मापन गरिने श्रमिकले उत्पादन गर्ने वस्तु र उसले पाउने ज्याला बिचको सम्बन्ध हो। श्रम करार “नियमरहित” हुनसक्ने अवस्था रहेसम्म श्रमिकले कति पाउँछ भनेर वस्तुको वास्तविक मूल्यले होइन बरु श्रमिकको न्यूनतम आवश्यकता र कामका लागि प्रतिस्पर्धा गरिरहेका श्रमिकहरूको सङ्ख्याका आधारमा पूँजीपतिको श्रमिक आवश्यकताले निर्धारण गर्छ। सिद्धान्ततः पनि श्रमिकले पाउने ज्याला उत्पादित वस्तुहरूको मुल्यले निर्धारण गर्दैन भनेर बुझ्न यहाँ जरुरी छ।

    निजी वा व्यक्तिगत पूँजी सिमित व्यक्तिहरूको हातमा केन्द्रित छ। यसरी केन्द्रित हुनुमा केही हदसम्म पूँजीपतिहरूबीचको प्रतिस्पर्धा र केही हदसम्म प्राविधिक विकास तथा स–साना इकाइहरूको मूल्यमा ठूला इकाइहरूको निर्माणलाई प्रोत्साहित गर्ने बढ्दो श्रम विभाजनका कारण हुन्। यी विकासहरूको प्रतिफल स्वरूप सिमित निजी पूँजीको सानो समूहको हातमा अथाह शक्ति थुप्रिन्छ, जसको लोकतान्त्रिक ढंगबाट संगठित राजनीतिक समाजलाई पनि प्रभावकारी नियन्त्रण गर्न ज्यादै कठिन हुन्छ। यो सत्य हो किनभने ब्यवस्थापिका सांसदहरू यिनै निजी पूँजीपतिहरूद्वारा लगानी गरिएका वा अन्य कुनै कारणले प्रभावित राजनीतिक पार्टीहरूद्वारा चुनिन्छन्, जसले ब्यवहारिक उद्देश्य पूर्तिका लागि मतदाताहरू र ब्यवस्थापिकालाई छुट्याएर राख्छन्। यसको नतिजा के हुन्छ भने जनप्रतिनिधिहरूले जनसङ्ख्याको सुविधावञ्चित हिस्साको हितको रक्षा गर्न सक्दैनन् । यसका अतिरिक्त विद्यमान अवस्थामा सूचनाका स्रोतहरू (प्रेस, रेडियो, शिक्षा) सबै निजी पूँजीपतिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष स्वतः नियन्त्रणमा हुन्छन्। अतः एक नागरिकलाई वस्तुगत निश्कर्षमा पुग्न र आफ्ना राजनीतिक अधिकारहरूको चातुर्यताका साथ प्रयोग गर्न ज्यादै कठिन हुन्छ र धेरैजसो अवस्थाहरूमा त असम्भव नै हुन्छ।

    यस आधारमा चित्रण गर्नसकिन्छः पहिलो, उत्पादनका साधनमाथि (पूँजी) निजी स्वामित्व हुन्छ र मालिकले आफ्नो तजविजमा त्यसको उपयोग गर्छ। दोस्रो, श्रम करार नियमरहित हुन्छ। यस अर्थमा पवित्र पूँजीवादी समाज भन्ने हुँदैन। यहाँ उल्लेख्य के छ भने श्रमिकहरूले लामो र कठिन राजनीतिक संघर्षबाट केही निश्चित श्रेणी या वर्गका श्रमिकहरूका निम्ति केही हदसम्म सुधारिएको “नियमरहित श्रम करार (free labour contract)” प्राप्त गर्न सफल भए। तर समुच्चय अवस्थालाई हेर्दा आजको अर्थतन्त्र “पवित्र” पूँजीवाद भन्दा खासै फरक छैन।

    सामाजिक चेत लाचार बन्छ

    उत्पादन उपभोगको लागि होइन नाफाको लागि गरिन्छ। कामको खोजीमा रहेका सबैले रोजगारी पाउनेछन् भन्ने त्यस्तो कुनै प्रावधान छैन। “बेरोजगारहरूको फौज” सदा नै विद्यमान हुन्छ। श्रमिक जहिले पनि कामबाट हटाइने त्रासमा रहन्छ। बेरोजगार र न्यून ज्याला पाउने श्रमिकहरूले नाफामूलक बजार तयार गर्न नसक्ने हुनाले उपभोग्य वस्तुहरूको उत्पादन सिमित गरिन्छ जसको नतिजा ठूलो कठिनाइ हुन्छ। प्रविधिमा भएको प्रगतिले सबैको कामको बोझ हलुका बनाउनुको साटो थप बेरोजगारी निम्त्याउँछ। नाफा कमाउने प्रवृत्ति र पूँजीपतिहरू बिचको प्रतिस्पर्धाको संयोगको कारण पूँजी संग्रह र उपभोगमा असन्तुलन पैदा गर्नमा जिम्मेवार हुन्छ जसले बढ्दो उग्र मन्दी निम्त्याउछ। असिमित प्रतिस्पर्धाले धेरै श्रम खेर जान्छ र मैले अगाडि भनेको ब्यक्तिको सामाजिक चेत लाचार बन्छ।

    मेरो विचारमा ब्यक्तिहरूलाई लाचार बनाउनु पूँजीवादको सबैभन्दा ठूलो खराबी हो। हाम्रो सिङ्गो शिक्षा ब्यवस्था यो खराबीबाट ग्रसित छ। भविष्यको क्यारियर लागि संग्रह गरिने सफलताको पुजा गर्ने तालिमप्राप्त विद्यार्थीहरूमा अतिशयोक्तिपूर्ण प्रतिस्पर्धाको भावना भरिन्छ।

    मेरो निर्क्योलमा यी सबै गम्भीर खराबीहरू निर्मूल गर्ने एउटैमात्र उपाय भनेको सामाजिक उत्तरदायित्व–लक्षित शिक्षा ब्यवस्थासहितको समाजवादी अर्थतन्त्रको स्थापना हो। त्यस्तो अर्थतन्त्रमा उत्पादनका साधनहरूको मालिक स्वयम् समाज हुन्छ र तिनको उपयोग योजनाबद्ध ढङ्गबाट गरिन्छ। समुदायको आवश्यकताअनुसार उत्पादन गर्ने योजनाबद्ध अर्थतन्त्रले कामलाई काम गर्नसक्ने सबैमा बाँड्छ र सबै पुरुष, महिला र बालबालिकाहरूको जीविकाको ग्यारेन्टी गर्छ। ब्यक्तिको शिक्षा र उसमा निहित नैसर्गिक क्षमताहरूको प्रबर्धन गरिनाले ऊ भित्र शक्ति र सफलता किर्तिमय बनाउनुको साटो वर्तमान समाजमा आफू वरिपरिका व्यक्तिहरू प्रति जिम्मेवारीको भावना विकास गर्छ।

    यति हुँदाहुँदै पनि योजनाबद्ध अर्थतन्त्र अझै समाजवाद होइन भन्ने कुराको हेक्का राख्न जरुरी छ। योजनाबद्ध अर्थतन्त्र पनि ब्यक्तिको पूर्ण दासत्वसहित आउन सक्छ। समाजवादको उपलब्धिमा केही अत्यन्त कठिन सामाजिक–राजनीतिक समस्याहरूको समाधान हुनुपर्छ। जस्तो कि आर्थिक र राजनीतिक शक्तिको दुरगामी केन्द्रीकरणलाई दृष्टिगत गर्दा ब्युरोक्रेसीलाई सर्वशक्तिमान र खञ्चुवा बन्नबाट कसरी रोक्न सकिन्छ? ब्यक्तिका अधिकारहरू सुरक्षित हुन्छन् र यसका साथै ब्युरोक्रेसीको शक्तिको लोकतान्त्रिक समत्तोलक (counterweight) कसरी सुनिश्चित गर्न सकिन्छ? यी कुरामा हेक्का राखिनु पर्छ।

    हाम्रो संक्रमणकालीन युगमा समाजवादका लक्ष्य र समस्याहरू बारेको स्पष्टताले ठूलो महत्व राख्छ। वर्तमान परिवेशमा यी समस्याहरूमाथि स्वतन्त्र र अवरोधरहित छलफलले शक्तिशाली कठमुल्लाहरुको सामना गर्नुपरिरहेको छ। यस्तो अवस्थामा यस पत्रिकाको प्रारम्भ एक सार्वजनिक सेवा हो भन्ने म ठान्दछु।

    अल्बर्ट आइन्स्टाइन एक विश्व विख्यात भौतिकशास्त्री हुन् । यो लेख सर्वप्रथम मन्थ्ली रिभ्युको पहिलो अंक (मई १९४९) मा प्रकाशित भएको थियो । पछि १९८८ मा मन्थ्ली रिभ्युको ५०औं वर्षगाठको उपलक्ष्यमा पहिलो अंकको स्मरण स्वरूप पुनः प्रकाशित गरिएको थियो । याे लेख नेपाल रिडर्सका लागि दमाेदर उपाध्यायले अनुवाद गर्नुभएको हो –सम्पादक मण्डल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अल्बर्ट आइन्स्टाइन

      अल्बर्ट आइन्स्टाइन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.