Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन लेखें – मार्क्स फर्किए…

हवार्ड जीन हवार्ड जीन
पुस १७, २०७६
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट घोषणापत्र पढ्दा म करिब १७ वर्षे किशोर थिँए। मलाई राम्ररी थाहा छ, यो पुस्तक मलाई हामी श्रमजिवी बस्ने क्षेत्रका युवा कम्युनिष्टहरूले दिएका थिए। त्यसले ममाथि गहिरो प्रभाव पार्‍यो किनभने मैले आफ्नो जीवनमा देखेरभोगेका सबै कुराहरू, मेरा बाआमाका जीवनका भोगाइहरू र सन् १९३९ ताका सिङ्गो अमेरिकाको अवस्थाहरूको ब्याख्या गरिए जस्तो, ऐतिहासिक सन्दर्भमा जोडिए जस्तो र ती अवस्थाहरू माथि एउटा शक्तिशाली विश्लेषणात्मक प्रकाश छरिए जस्तो लाग्यो।

    म देख्थें– अष्ट्रियाबाट आएका यहुदी आप्रवासी चार कक्षासम्म पढेका मेरा बा जो दिनरात कमरतोड मेहेनत गर्दथे तर उनलाई आफू, श्रीमती र आफ्ना चार छोराहरूको जीवन धान्न धौ धौ परिरहेकोथियो। म देख्थें– मेरी आमा आफ्ना सन्तान भोका नाङ्गा नरहुन् र विरामी भएको अवस्थामा उनीहरूको राम्रो हेरविचार गर्न सकियोस् भनेर दिनरात नभनी काम गर्थिन्। मेरा बाआमाको जीवन बाँच्नका लागि गरिने एउटा अन्त्यहिन सङ्घर्ष थियो। मलाई यो पनि थाहा थियो कि राष्ट्रमा धेरै यस्ता मानिसहरू पनि थिए जो अकूत सम्पतिका मालिक थिए, तर तिनीहरू मेरा बाआमा सरह कडा मेहेनत गर्दैनथे। ब्यवस्था न्यायपूर्ण थिएन।

    महामन्दीको त्यो समयमा हाम्रा छरछिमेकीहरु दैनानुदिनका आवश्यकताहरूले विना गल्ती पिरोलिएका हुन्थे। बहाल तिर्न नसक्दा कानुनको आडमा घरपट्टीहरुले उनीहरूका सरसामान बाटामा मिल्काई दिन्थे। यस्तो अवस्था देशभरी नै छ भन्ने अखबारहरूबाट मैले चाल पाँए।

    म एक पढन्ते थिँए। तेह्र वर्षको उमेर देखि नै मैले चार्ल्स डिकेन्सका उपन्यासहरू पढ्न थालेको थिँए र ती किताबले मभित्र अन्याय विरूद्ध रोष र रोजगारदाताहरूको तथा कानुनी ब्यवस्थाको निर्दयी ब्यवहार खप्न बाध्य मानिसहरू प्रति करुणाभाव उब्जाएका थिए। र, अहिले सन् १९३९ मा जब मैले जोन स्टेबेकको ‘दि ग्रेप्स अफ र्‍याथ’ पढें। मेरो रोष पुनः बौरिएर आयो र यस पटक उक्त रोष देशभरीका धनी र शक्तिशालीहरू विरूद्ध लक्षित थियो।

    मार्क्स र एङ्गेल्सले घोषणापत्रमा मेरा भोगाइहरूको, ब्याख्या गरेका थिए, मैले पढिरहेका कुराहरूको ब्याख्या गरिरहेका थिए। मैले अहिले आएर बुझें – त्यो १९ औं सदीको बेलायतको अवस्था वा महामन्दी ताकाको अमेरिकाको अवस्थाको सारसंक्षेप मात्र थिएन, बरु यो त पूँजीवादी ब्यवस्थाबारे आधारभूत सत्य थियो। र, यो ब्यवस्था आधुनिक विश्वमा मजबुतीका साथ गढिएको भएता पनि शाश्वत थिएन – यो ब्यवस्था इतिहासको कुनै खास चरणमा अस्तित्वमा आएको थियो र एक दिन मञ्चबाट गायब हुनेछ र यसलाई समाजवादी ब्यवस्थाले विस्थापित गर्नेछ। यो एउटा प्रेरणादायी विचार थियो।

    उनीहरूले घोषणापत्रको पहिलो पानामा “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्ग सङ्घर्षको इतिहास हो” भनि घोषणा गरे। अतः धनी र गरिबहरूले ब्यक्तिका रूपमा नभई वर्गका सदस्यकारूपमा एक अर्काविरुद्ध सामना गरे। यसले तिनीहरू बीचको द्वन्द्वलाई एकप्रकारको अविस्मरणीय बनाइ दियो। र, त्यसले सुझाव दियो कि श्रमिक वर्ग, गरिब व्यक्तिहरूलाई आफ्ना निम्ति न्याय खोज्न एकआपसमा एक जूट हुन पाउने केही चिज छ, त्यो हो – श्रमिक वर्गको साझा सदस्यता।

    र, वर्गहरूको बीचको सङ्घर्षमा सरकारको भूमिका के हुन्छ? “सबैका लागि समान न्याय”, हरेक सार्वजनिक भवनहरूका भित्तामा कुँदिएको थियो। तर घोषणापत्रमा मार्क्स र एङ्गेल्सले भनेका थिए “आधुनिक राज्यसत्ता भनेको केवल बुर्जुवा वर्गको आम मामिला ब्यवस्थापन गर्ने कमिटि मात्र हो”। उनीहरूले एउटा झस्काउने विचार अघि सारे, सरकारका संयन्त्र निष्पक्ष हुँदैन, जतिसुकै अभिनय गरे पनि उसले पूँजीपती वर्गकै सेवा गर्दछ।

    मैले यो विचार १७ वर्षको उमेरमा आकस्मिक मञ्चन भएको देख्न पाएँ। मेरा कम्युनिष्ट साथीहरूले मलाई पनि टाइम्स स्क्वायरमा भइरहेको प्रदर्शनमा लिएर गए। फर्फराइरहेका ब्यानरहरू बोकेका सयौं मानिसहरू युद्धको विरोध गर्दै, फासिवादको विरोध गर्दै जुलुस निकालिरहेका थिए। मैले साइरनको आवाज सुने । घोडचडी प्रहरीले भिडमाथि आक्रमण गरे। मलाई एक सादा पोसाकका प्रहरीले कुटेर बेहोस बनाइदियो । जब म होसमा आएँ, मेरो दिमाग विस्तारै सफा हुनथाल्यो। यसबेला मैले केवल एउटै दुखदायी सोच बनाउन सकेंः प्रहरी र राज्यले अकूत सम्पत्ति थुपार्नेहरूका पक्षमा काम गरे। तपाईंसँग कति वाक स्वतन्त्रता र भेला हुने स्वतन्त्रता छ भन्ने कुरा तपाई कुन वर्गबाट आउनु भएको हो भन्ने कुराले निर्धारण गर्दोरहेछ।

    जब म १८ बर्षको भएँ, म ब्रुकलिनको शिपयार्डमा जहाजका पूर्जा जडान गर्ने सिकारुका रुपमा काम गर्न थालें। म “वर्ग सचेत” भइसकेको थिँए। शिपयार्डमा मैले आफू जस्तै अरु तीनजना युवा मजदुरहरू भेटें र हामीले सिपले पारङ्गतहरूको युनियनमा बस्न नपाउने चारजना सिकारुहरू मिलेर सबैलाई संगठित गर्ने अभिभारा उठायौं। हामीले प्रत्येक हप्तासँगै बसेर मार्क्स र एङ्गेल्सका लेखहरू पढ्ने सहमती गर्‍यौं ।

    अतः मैले एङ्गेल्सद्वारा मार्क्सवादी दर्शनमाथि प्रकाश पार्न लेखिएको पुस्तक ड्युरिङ मत खण्डन पढें र बडो मेहेनतका साथ पूँजीको पहिलो खण्ड छिचोल्न कोशिस गरें। र त्यसले, व्यवस्था जसलाई म केही सकारात्मकता साथ हेर्थें, त्यो सर्वाङ्ग नाङ्गेझार भयो। आर्थिक कारोवारका सम्पूर्ण जटिलताहरूका पछाडि केही मूल सत्यहरू छन्ः सबै मूल्यहरूको स्रोत श्रम हो, श्रमले आफ्नो न्यून ज्यालाभन्दा धेरै ठूलो मूल्य उत्पादन गर्छ र अतिरिक्त मूल्य जति सबै पूँजीपती वर्गको गोजीमा जान्छ। पूँजीवादीहरूलाई बेरोजगारी चाहिन्छ— ज्यालालाई न्यून बनाइराख्न “मजदुरहरूको एउटा जगेडा दस्ता” चाहिन्छ। उक्त व्यवस्थाले मानवलाई होइन वस्तुहरू, अझ विशेषगरि पैसाको आरति गर्छ, – अर्थात् वस्तुको जन्त्रमन्त्रवाद”। त्यसकारण जीवनमा हरेक वस्तुको मापन विनिमय मूल्यका आधारमा तय गरिन्छ।

    मार्क्सवादी सिद्धान्तले ‘शोषण र वर्ग सङ्घर्ष विश्व इतिहासमा कुनै नयाँ परिघटना होइनन् तर तिनलाई पूँजीवादले प्रखर बिन्दुमा पुर्‍यायो र विश्वब्यापी बनायो’ भनि ब्याख्या गर्छ। मानव विकासको इतिहासको कुनै चरणसम्म पूँजीवाद एउटा प्रगतिशील शक्ति थियो “बुर्जुवा वर्गले ऐतिहासिक रूपमा सबैभन्दा क्रान्तिकारी भूमिका निर्वाह गरेको थियो”, उनीहरूले घोषणापत्रमा लेखेका छन्। त्यसले विशाल प्राविधिक र वैज्ञानिक प्रगति गरेको छ र अकूत सम्पत्ति निर्माण गरेको छ । तर त्यो सब मुठ्ठीभर मानिसको हातमा केन्द्रित भएकोछ। बढ्दो रूपमा संगठित भइरहेको उत्पादक शक्ति र अराजक बजार ब्यवस्था बीच आधारभूत द्वन्द्व भएको थियो। कुनै बिन्दुमा, शोषित सर्वहारा संगठित हुनेछ, विद्रोह गर्नेछ, शक्ति हातमा लिनेछ र उन्नत प्रविधिलाई मानिसको आवश्यकता पुरा गर्नमा लगाउनेछ, न की पूँजीपति वर्गलाई पोस्न (धनी बनाउन) लाग्नेछ।

    यो नै मेरो मार्क्ससँगको सुरुवाती परिचय थियो। वर्षौंपछि-दोस्रो विश्वयुद्धमा आठौं वायुसेनामा बम बर्षकका रूपमा सेवा पुरा गरी, दोस्रो विश्वयुद्धका भेटरानका लागि १९४४ मा बनेको अधिकार सम्बन्धी सैनिक विधेयकको कारण र मेरी श्रीमती तथा दुई केटाकेटीको भरथेगमा मैले ग्राजुएट स्कुल एवं कलेजको अध्ययन पुरा गरें। त्यसपछि पहिलो पटक मैले दक्षिण स्पेलमेन कलेजमा इतिहास र राजनीति पढाउन थालें। स्पेलमेन कलेजमा सात वर्ष विताएपछि मैले बोस्टन युनिभर्सिटीको जागिर स्वीकार गरें र उत्तर बसाइँ सरें। मैले मेरो राजनीतिक सिद्धान्तको पाठ्यक्रममा मैले मार्क्स र एङ्गेल्सका लेखनमा गम्भीर ध्यान दिँए।

    सन् १९६० को दशकको अन्त्य तिरको कुनै बिन्दुमा, धेरै कारणहरूले गर्दा मेरो चाख अराजकतावादतर्फ बढ्यो। एउटा कारण सोभियत संघमा स्टालिनवादको त्राशदीबारे थुप्रिदैं गरेको तथ्य थियो, जसले “सर्वहारा अधिनायकवाद” को परम्परागत अवधारणामाथि पुनरविचार गरिनुपर्छ भन्दथ्यो। अर्को कारण दक्षीणमा स्टुडेन्ट ननभ्वाइलेन्ट कोअर्डिनेटिङ कमिटी (स्निक भनेर चर्चित) को अगुवाइमा भएको जातीय भेदभाव विरोधी आन्दोलनमा आफ्नै अनुभव थियो, जसमा कुनै केन्द्रीय प्राधिकार बिना, जनस्तरसम्मको प्रजातान्त्रिक निर्णय निरुपण गरी कुनै स्व–सचेत सैद्धान्तिकरण बिनै अराजकतावादी आदर्शका आधारमा काम गरियो। सन् १९६० को दशकको नयाँ वामपन्थमा, यसलाई “सहभागितामूलक प्रजातन्त्र” भनिन्थ्यो।

    मैले अराजकतावादबारे पहिले अमेरिकी अराजकतावादी–महिलावादी इमा गोल्डम्यान र उनका साथी अलेक्जेन्डर बर्कम्यानका लेखनहरुबाट पढ्न शुरु गरें। यसपछि पिटर क्रोपोट्कीन र मिखाइल बाकुनिन पढें। बाकुनिन मार्क्सको क्रान्ति कसरी हुन्छ भन्ने अवधारणाको कट्टर विरोधी थिए। इमा गोल्डमेन सन् १९१९ मा प्रथम विश्व युद्धको विरोध गरेबापत अमेरिकाबाट रसिया निर्वासन पठाइएकी थिइन्। उनीले सोभियत राज्यले केवल बुर्जुवा वर्गलाईमात्र होइन असहमति राख्ने क्रान्तिकारीहरूलाई पनि झ्यालखानमा बन्दी बनाएको देखिन् र त्यसको कडा आलोचना गरिन् किनभने उनको नजरमा त्यो समाजवादी सपनामाथिको धोका थियो। यही अराजकतावादी विचारमा डुब्दाको प्रतिफल स्वरूप मलाई बोस्टन युनिभर्सिटीमा “मार्क्सवाद र अराजकतावाद” भन्ने विषयमा सेमिनार गर्न प्रेरित गर्‍यो।

    सन् १९६५ (भियतनाम युद्धले उग्ररुप लिएताका) देखि सन् १९७५ (साइगन सरकारले आत्मसमर्पण गरेकाबेलासम्म) म ब्यापक रूपमा युद्ध विरोधी आन्दोलनमा संलग्न भएँ र त्यो अवधिमा मेरो लेखाइ युद्धसम्बन्धी मुद्दाहरूमा केन्द्रित रह्यो। जब युद्ध अन्त्य भयो, मैले अरू काममा सम्लग्न हुन स्वतन्त्र भएको अनुभव गरें। त्यसपछि मैले इमा गोल्डम्यानसम्बन्धी नाटक इमा लेखें, जसलाई बोस्टन र न्यूयोर्कमा मञ्चन गरियो। धेरै वर्षपछि लण्डन र टोकियोमा देखाइयो। त्यस नाटकको एउटा दृश्यमा न्यूयोर्कका युवा क्रान्तिकारीहरूले लोअर इष्ट साइड क्याफेमा बसेर ‘मार्क्सका विचार कि बाकुनिन का ?’ माथि छलफल गरिरहेको देखाइएको छ।

    मलाई यी तीन चिन्तक (मार्क्स, बाकुनिन र इमा) हरुका ब्यक्तिगत जीवनमा गहिरो चाख लाग्यो। इमा गोल्डम्यान आत्मवृत्तान्त लिभिङ माई लाइफ (आफ्नो जीवन जिउँदा) मा राजनीतिका बारे मात्र नभई यौन जीवनमा समेत विद्रोहीको रूपमा उनको वेगवान जीवनको खुलस्त वर्णन थियो। मार्क्सले कहिल्यै आफ्नो आत्मवृतान्त लेखेनन् तर उनको निजी जीवनबारे थाहा पाउन मैले उनका थुप्रै जीवनी पढें। यसका अतिरिक्त, अङ्ग्रेजी लेखक यभोने कापद्वारा लिखित एलानोर मार्क्सको सुन्दर जीवनी पनि थियो, जसमा उनले लण्डनमा मार्क्सको पारिवारिक जीवनबारे सविस्तार वर्णन गरेकीछिन्।

    मार्क्सलाई युरोप महादेशका एकपछि अर्को देशबाट निष्कासन गरिँदा कार्ल मार्क्स र जेनी मार्क्स लण्डन बसाइँ सरेका थिए। उनीहरू लण्डनको फोहोरी नगरमा बस्थे, उनीहरूको बासस्थानमा लण्डन आइपुगेका युरोप भरिका तमाम क्रान्तिकारीहरू आउजाउ गरिरहन्थे। मेरो कल्पनामा बसेको मार्क्स आफ्नी श्रीमती जेनी र छोरी एलानोरसँग घरमा बसिरहेका दृश्यले मलाई रोमान्चित तुल्याउँथ्यो।

    इमा गोल्डम्यानको नाटकमा मैले प्राप्त गरेको रोमाञ्चक अनुभवले मलाई थिएटर तर्फ डोर्‍यायो र म कार्ल मार्क्स सम्बन्धी नाटक लेख्न अग्रसर भएँ। म मार्क्सको धेरै मानिसले नदेखेको पक्ष, एक पारिवारिक मानिस जसले आफ्नी श्रीमती र बालबच्चालाई पालनपोषण गर्न के कस्ता सङ्घर्षहरू गरे, त्यो देखाउन चाहन्थें। उनका तीनजना केटाकेटी कलिलै उमेरमा मरेका थिए र तीनजना छोरीहरू बाँचेका थिए।

    म दर्शकहरूलाई मार्क्सले आफ्ना विचारहरूलाई विरोधीहरूको प्रहारबाट रक्षा गरिरहेको पनि देखाउन चाहन्थें। मार्क्सकी श्रीमती जेनी पनि एक प्रकाण्ड चिन्तक थिइन् भन्ने मलाई थाहा थियो र मैले बेला बेलामा उनले मार्क्ससँग वैचारिक विवाद गरिरहेको कल्पना गरें। मार्क्सकी छोरी एलानोर एक उमेर भन्दा परिपक्क तेज थिइन् भन्ने मलाई थाहा थियो र म उनले मार्क्सका कैयौं जटिल सिद्धान्तहरूलाई चुनौति दिइरहेको कल्पना गर्थें। म मार्क्सका विचारहरूले अराजकतावादी आलोचनाको सामना गरिरहेको देखाउन चाहन्थें। त्यसैले मैले बाकुनिन मार्क्सको घरमा आउनेजाने गरेको कल्पना गरें (वास्तवमा उनीहरूको त्यस्तो भेटको कुनै अभिलेख छैन, यद्यपि अन्तरराष्ट्रिय मजदुर संघ अर्थात् पहिलो अन्तरराष्ट्रिय भित्र मार्क्स र बाकुनिन कडा वैचारिक प्रतिद्वन्द्वी थिए)।

    मलाई मार्क्सका बारे गरिएका हालसम्मका मूल्याङ्कनहरूमा एउटा कमी खट्किरहेको थियो। सबैमा मार्क्सलाई एक चिन्तक र सिद्धान्तकार भएको कुरामा मात्र जोड दिइएको पाइन्छ। तर, मार्क्स एक अभुतपूर्व र सक्रिय क्रान्तिकारी थिए। सर्वप्रथम उनी जर्मनीका विद्रोही पत्रकार थिए, त्यसपछि उनी पेरिसका श्रमिक संघहरू र ब्रसेल्समा कम्युनिष्ट लिगमा संलग्न भए। सन् १८४८ को युरोपेली क्रान्ति ताका उनी राइनल्याण्डमा सक्रिय थिए र त्यहाँ उनले मुद्दाको सामना गर्नुपर्‍यो। मुद्दामाथि आफैले शानदार बहस गरेर उनी छुटे। लण्डन निर्वासनमा उनी आइरिस स्वतन्त्रताको मुद्दा लिएर अन्तरराष्ट्रिय श्रमिक संघमा संलग्न रहे र सन् १८७१ मा पेरिस कम्युनको समर्थकका रूपमा सक्रिय रहे।

    यी वर्षहरूमा उनको लेखन पूँजी जस्ता राजनीतिक अर्थशास्त्रका सिद्धान्तहरूमा मात्र केन्द्रित रहेन, बरु १८४८ को क्रान्ति, पेरिस कम्युन र महादेशभरिका श्रमिक सङ्घर्षहरूका राजनीतिक घटनाहरूको तात्कालिक प्रतिक्रियाहरु पनि उनले लेखे। यसै कारण म उनको यी भिन्न पक्षहरुलाई मञ्चमा देखाउन चाहन्थे- मार्क्स एक अनुरक्त अनवरत क्रान्तिकारी। त्यसैले मैले लेखेको यस नाटकमा मार्क्स, उनकी श्रीमती जेनी, छोरी एलानोर, उनका मित्र एङ्गेल्स र उनका राजनीतिक प्रतिद्वन्द्वी बाकुनीन जस्ता पात्रहरूलाई समावेस गरेकोछु । बोस्टनमा गरिएको नाटकको वाचनले राम्रो प्रतिक्रिया बटुलेको थियो तर म त्यति मै सन्तुष्ट हुन सकिन। त्यसपछि म त्यसलाई एक ब्यक्ति अभिनित नाटकमा रूपान्तरण गर्न लागि परें।

    मेरी श्रीमती रोजलिन मेरो लेखनकी एक बुझकी आलोचक थिइन्। उनले मलाई नाटक उन्नाइसौं सदीको मार्क्स र युरोप दर्शाउने ऐतिहासिक नाटक भन्दा हाम्रो समयसँग बढी समकालिन र समय–सान्दर्भिक बनाउन बारम्बार घच्घच्याइरहिन्। उनी यसमा सही छन् भन्ने मलाई लाग्यो र म हाल उनी जहाँ छिन्, त्यहीँबाट मार्क्स वर्तमान समयमा अवतरण गरेको दृष्य कल्पना गर्न पुगें। अझ अघि बढेर मैले मार्क्स फर्किएर अमेरिका आएको कल्पना गरें जसले गर्दा उनले १९औं सदीमा युरोपमा उनले बिताएको जीवनको स्मरणमात्र नगरेर आज हाम्रा वरिपरि के भइरहेछ त्यसमाथि पनि टिप्पणी गरुन्। अतः मार्क्सलाई धरतीमा फर्काउने मृत्युलोकका जोसुकै अधिकारी हुन्, तीनले कर्मचारीतन्त्रको गड्बडीले मार्क्सलाई लण्डनको सोहो नभएर न्यूयोर्कको सोहोमा फर्काइदिएको कल्पना गरें।

    यो एक ब्यक्तिद्वारा गरिने नाटक थियो तापनि मैले मार्क्सका सम्झनाका तरेलीहरू मार्फत् उनको जीवनका महत्वपूर्ण मानिसहरूलाई, विषेशगरि उनकी प्रेयशी एवं श्रीमती जेनी, छोरी एलानोरलाई र अराजकतावादी बाकुनिनलाई पनि मञ्चमा उतार्न चाहें। यी सबैजना आफ्नै तरिकामा मार्क्सका विचारहरूका कट्टर आलोचक बनेकाछन्। त्यहाँ मार्क्सको वादविवादहरूको सम्झना मार्फत् विपरित दृष्टिकोणहरूको द्वन्द्वात्मकता देखाइएको छ।

    मैले यो त्यस्तो अवस्थामा लेखें जब सोभियत संघको पतनले मूलधारका प्रेसजगत र राजनीतिक नेतागणमा एकप्रकारले सर्वब्यापी उल्लास छाएको थियोः किनभने त्यहाँ “शत्रु” मात्र ढालिएको थिएन, मार्क्सका विचारहरूलाई नै अपयशको भारी बोकाइ बदनाम गरिएको थियो। पूँजीवाद र “स्वतन्त्र बजार” विजयी बनेका थिए। अतः मैले आफूलाई “मार्क्सवादी” भन्न रुचाउने तर पुलिस राज्य खडा गर्ने सोभियत संघ वा विश्वका कुनै कुनामा रहेका देशहरूले मार्क्सको समाजवादी मान्यताको प्रतिनिधित्व गर्दैनन् भन्ने कुरालाई महत्वपूर्ण ठानें। म मार्क्सलाई स्टालिनवादी क्रुरताको समर्थनमा उभ्याउने गरी आफ्ना सिद्धान्तहरूलाई बङ्ग्याइएकोमा अति नै क्रोधित भएको देखाउन चाहन्थें। मैले विश्वका विभिन्न भागमा दमनकारी सत्ता स्थापना गर्ने छद्मभेषी समाजवादीहरूबाट मात्र नभएर पूँजीवादको विजयमा घमण्डले गर्धन फुलाउने पश्चिमी विश्वका तमाम लेखकहरू र राजनीतिज्ञहरूबाट पनि मार्क्सलाई उद्धार गर्न आवश्यक ठानें।

    मैले देखाउन चाहेको मार्क्सको पूँजीवादको आलोचना आजको समयमा पनि आधारभूत रूपमा सही छ। हरेक दिन अखबारको हेडलाइनमा उनका विश्लेषणहरूको पुष्टि भइरहेकोछ। उनले आफ्नो समयमा प्राविधिक परिर्वतन र सामाजिक परिवर्तनको अकल्पनीय गति र भद्रगोल देखेका थिए, जो आजको समयमा अझ तीब्र देखिएकोछ। “उत्पादनको निरन्तर क्रान्तिकारीकरण, सबै सामाजिक सम्बन्धको अनवरत उथलपुथल, सधैंको अनिश्चितता र अस्थिरताले नै पुँजीवादी युगलाई त्यो भन्दा अघिका युगहरू भन्दा भिन्न देखाउँछ। युगौंदेखि पवित्र मानिएका तमाम पूर्वाग्रह र धारणाहरुले बनाएका जीर्ण र जड सम्बन्धहरु बढारिनेछन्। नवनिर्मित सम्बन्धहरु पनि ठोस हुनु अगावै पुरातन भइसकेका हुन्छन्। सबै ठोसहरू पग्लिएर हावामा बिलाउनेछन्”। यो सब घोषणापत्रमा लेखिएको थियो।

    आज हामीले भन्ने गरेको “ग्लोबलाइजेसन” मार्क्सले त्यति बेर नै स्पष्ट देखेका थिए। फेरि पनि घोषणापत्र, “आफ्ना उत्पादनहरूको निम्ति निरन्तर बजार विस्तार हुनुपर्ने आवश्यकताले पुँजीजीवीवर्गलाई विश्वका हरेक कुनामा दौडाइरहन्छ। त्यसले विश्वको हरेक कुनामा गुँढ लगाउनै पर्छ, बास बस्नै पर्छ, लगनगाँठो कस्नै पर्छ… पुरानो स्थानीय तथा राष्ट्रिय पृथक पृथक र आफ्नै उत्पादनका वस्तुहरुमा आत्म–निर्भरताको ठाउँमा समस्त राष्ट्रहरूको बहुमुखी आपसी सम्बन्ध र सार्वभौमिक अन्तरनिर्भरता कायम भएकोछ”। हाल सालैका वर्षहरूमा संयुक्त राज्य अमेरिकाले चाहना राखेको “स्वतन्त्र ब्यापार सम्झौता” भनेको विश्वभरि स्वतन्त्र पूँजी प्रवाहमा रहलपहल बाधा अड्चन हटाउनु हो— पूँजीवादीहरूलाई विश्वका सबै ठाउँका मानिसहरूलाई शोषण गर्ने अधिकार प्रदान गर्नु हो।

    नाटकमा मार्क्स आफूले हेरेका अखबारका हेडलाइनहरू देखेर कुनै आश्चर्य मान्दैनन्। उनले ठूला उद्यमहरूको मर्जर उहिल्यै देखेका थिए जो अहिले अझ बृहत स्तरमा हुँदैछ। उनले गरीब र धनी बिचको बढ्दो खाडल देखिसकेका थिए, जुन कुरा प्रत्येक देश भित्रमात्र नभएर अहिले धनी देश र गरिब देशका जनता बीचको खाडल अझ टड्कारो बनिरहेकोछ।
    नाटकमा मार्क्स ‘समाजवादले पूँजीवादको चरित्र ग्रहण गर्नु हुँदैन’ भन्छन्। छद्मभेषी समाजवादी मुलुकहरूमा ब्यवस्थाका प्रतिद्वन्द्वीहरूलाई कसरी मारिन्छ भन्ने देखेर मार्क्स सन् १८५३ मा न्युयोर्क डेली ट्रिब्युनमा ‘अपराध र दण्डसजाय’ बारे आफूले लेखेको लेखबारे स्मरण गर्छन्। “के मृत्युदण्ड नयाँ कैदीहरूका लागि ठाउँ खालि गर्न, धेरै भन्दा धेरै अपराधीहरूलाई झुन्ड्याउने जल्लादहरूको स्तुति गानको साटो यस्ता अपराधहरूलाई जन्म दिने ब्यवस्थालाई नै परिर्वतन गर्ने विषयमा गहिरो विचार “हामी बाँचिरहेको समाज मार्क्सले प्रयोग गरेको वाक्यांश “वस्तुको जन्त्रमन्त्रवाद”सँग ठ्याक्कै मिल्दछ । लगभग अमेरिकी औद्योगिक ब्यवस्थाको सुरुवाती समयमा राल्फ वाल्डो इमर्सनले भने जस्तैः “वस्तुहरू काँठीमा चढेका छन् र मानवजाति माथि सवार छन्” अवस्था हो यो। कर्पोरेटहरूको सम्पत्ति रक्षा मानव जीवनको रक्षा भन्दा महत्वपूर्ण ठानिन्छ। निश्चय नै उन्नाइसौं सदीको अन्ततिर सर्वोच्च अदालतले व्यापारिक–निगमलाई “ब्यक्ति” मानिने निर्णय सुनायो फलस्वरूप चौधौं संसोधनले तिनको रक्षा गर्‍यो। अश्वेत जातिका मानिसहरू भन्दा बढी नै रक्षा गरिएको, वास्तवमा सुरुमा यो संसोधन अश्वेत जातिका मानिसहरूका लागि लेखिएको थियो।

    मार्क्स केवल २५ वर्षका थिए जब उनी जेनीका साथ पेरिसमा बसोवास गर्थे, उनले एउटा असाधारण लेख लेखे, जो धेरै वर्ष पछिमात्र आर्थिक तथा दार्शनिक पाण्डुलिपी नाममा छापियो। मार्क्सले आधुनिक विश्व अलगाव ब्याप्त छ, जसलाई पूँजीवादले चुलीमा पुर्‍यायो, जस अन्तरगत मानिसहरू आफ्नो श्रमबाट, प्रकृतिबाट, एक आपसबाट र स्वयं आफैंबाट अलगावमा परेका छन् भनी लेखे। यो परिघटना हामी आफ्नै समयमा हाम्रै वरिपरि देखिरहेकाछौं, जसले मनोवैज्ञानिकका साथै भौतिक दरिद्रता निम्त्याएकोछ।

    मार्क्सले आफ्नो बढी भन्दा बढी लेखन पूँजीवादको आलोचनामा केन्द्रित गरेकाछन् र धेरै कम मात्रामा समाजवादी समाज कस्तो हुनेछ भन्ने विषयमा ब्याख्या गरेका छन्। तर उनले पूँजीवादबारे लेखेका विचारहरूबाट शोषणविहीन समाज कस्तो हुनेछ, जहाँ मानिसहरू प्रकृतिसँग, आफूले गर्ने कामसँग, एकअर्कासँग र स्वयम आफैंसँग एकाकार भएको अनुभव गर्नेछन् भनी हामी प्रक्षेपण गर्न सक्छौं। मार्क्स सन् १८७१ को पेरिस कम्युनले आफू अस्तित्वमा रहेको छोटो समयभित्र स्थापना गरेको समाजबारे वर्णन गर्ने क्रममा हामीलाई भविष्य कस्तो हुन्छ भनी दमदार शब्दहरूमा केही सुराग दिन्छन्। मैले त्यो दुरदृष्टिलाई नाटकमा समावेस गर्ने कोशिस गरेकोछु।

     

    यो पनि पढ्नुहोस् –

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स   

    मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्रमा के छ?

    कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता  

    फेक न्युजको जमानामा पत्रकार कार्ल मार्क्सको सम्झना  

    जस जसले सोहोमा मार्क्स (मार्क्स फर्किए…)पढ्नुहुन्छ, वहाँहरूलाई यो नाटक ऐतिहासिक रूपमा कति सहि छ भन्ने उत्सुकता लाग्न सक्छ। मार्क्सको जीवन र त्यस युगका प्रमुख घटनाहरू आधारभूत रूपमा सहि छन्। जेनीसँग उनको विवाह, उनको लण्डन निर्वासन, उनका तीन बच्चाहरूको मृत्यु, र त्यस बखतका राजनीतिक द्वन्द्वहरूः बेलायत विरूद्धको आइरिस सङ्घर्ष, सन् १८४८ का युरोपेली क्रान्तिहरू, कम्युनिष्ट आन्दोलन, पेरिस कम्युन। उनले कुरा गर्ने प्रमुख पात्रहरू वास्तविक हुन्ः उनका परिवारका सदस्यहरू, उनका मित्र एङ्गेल्स, उनका प्रतिद्वन्द्वी बाकुनिन। वार्तालापहरू आविष्कार गरिएका हुन्, तर ती ब्यक्तित्वहरू र ती पात्र/चरित्रहरूलाई नबङ्ग्याउने कोशिस मैले गरेको छु। मार्क्सको जेनी र एलानोरसँगको सैद्धान्तिक द्वन्द्व देखाउने छुट मैले लिएको हुनसक्छु। नेपोलियन बोनार्पाट तेस्रोको वर्णन जस्ता केही अवसरहरूमा मैले मार्क्सकै शब्दहरू सापट लिएको छु।

    सोहोमा मार्क्स (मार्क्स फर्किए…।) ले त्यो समय र त्यस समयमा मार्क्सको स्थान मात्र होइन बरु हाम्रो समय र त्यसमा हाम्रो स्थानमाथि पनि प्रकाश पार्नेछ भन्ने आशा लिएकोछु।

    दामोदर उपाध्याय र कोमल भट्टराईबाट अनुवाद।  तस्वीर सौजन्य :  तुफान थापा

    मार्क्स फर्किए…बारे नेपाली पत्रिकाहरुहरुको अनुक्रिया पढ्नका लागि तलका लिङ्कहरुमा जानु होस् !

    रंगमञ्चमा मार्क्स फर्किए

    नेपाली रंगमञ्चमा ‘मार्क्स फर्किए’

    रंगमञ्चमा मार्क्स

    मार्क्सकाे स्वरूपमा सुनील पोखरेल !

    ‘म मरेकै हुँ, जिउँदै पनि छु ! यो द्वन्द्ववाद हो !’

    नेपालमा मार्क्स/वाद

    मार्क्स, पुनरागमन र गुरुकुल

    काठमाडौंमा मार्क्स !

    ‘मरेका मार्क्स जीवितभन्दा सय गुना सशक्त भएर आए’

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हवार्ड जीन

      हवार्ड जीन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.