Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ’ रोजाको निष्कर्ष ठीक हो – राम कार्की

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ३०, २०७६
- राजनीति, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राम कार्कीः हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकाससम्बन्धी दस्तावेजको निर्मम समीक्षा गर्ने हिम्मत जुटाउनै पर्छ कतै त्यो दस्तावेज गलत भएकाले त हामी यहाँ आइपुगेका हैनौं ?

    हिजोआज रातारात ठेकेदार पार्टी प्रवेश गर्ने, अर्को कित्ताको मान्छे कम्युनिस्ट पार्टीमा आएर रातारात उमेद्वार बन्न पाइहाल्ने स्थितिमा पार्टी आउनुभनेको या त एक्काइसौँ शताब्दीमा जनवादको विकासमा हाम्रा कमजोरी थिए या त हामीले त्यसलाई सही ढङ्गले लागू नै गरेनौैं। यो कुरा के हो र किन भइरहेको छ निष्कर्षमा पुग्न जरुरी छ।

    हिजो जबजलाई अगाडि बढाउने साथीहरुले पनि त्यसलाई शान्तिपूर्ण ढङ्गले समाजवादमा पुग्ने एक मात्र बाटो भन्नुभएको थियो। तर समाजवादतिर जाने छाँटकाँट कतै छैन। कहाँ पुग्ने भनिएको, कहाँ पो आइपुगियो। आज त सम्पूर्ण दलाल पुँजीवादले घेरेको र सबै कुरा त्यसले नै सञ्चालन गर्ने स्थितिमा आइपुगिएको छ। हामीले त्यसको समीक्षा गर्नुपर्ने अवस्था छ या जबजमा नै केही थियो, जबजले नै डोर्‍याएर कर्पोरेट हाउस, कर्पोरेट पुँजीवादमा पुर्‍यायो या त जबज माथि छलफल भएन, त्यसलाई लागू गरिएन, राम्रो गरी धारण गरिएन।

    कुनै सिद्धान्त, विचारलाई ग्रहण गर्ने भनेको आलोचनात्मक रूपले चर्चा, परिचर्चा गर्ने, त्यसका सबल, दुर्बल पक्षको समीक्षा गर्ने र व्यवहारमा लागू गर्ने कुरा हो। व्यवहारमा लागू गरिसकेपछि पनि त्यो सही भयो कि भएन भनेर हेर्ने हो। अतीतको निर्मम समीक्षा र त्यो समीक्षा गर्ने दृष्टिकोणले नै हामीलाई वर्तमानलाई बुझ्ने दृष्टिकोण प्रदान गर्छ।

    सबैभन्दा गाह्रो कुरा भनेकै समकालीन इतिहासलाई बुझ्नु हो। जे बितिराखेको छ, हाम्रो बीचमा जे भइरहेको छ, त्यो कुरामाथि बोल्नु, लेख्नु जरुरी छ। प्लेखानोभले यसो गरिदिएको भए हुन्थ्यो, लेनिनले त्यसो गरिदिएको भए हुन्थ्यो, वा माओत्सेतुङ्ले  यसो गरिदिएको भए हुन्थ्यो भनेर भन्न त सजिलो छ।

    सबैभन्दा मुख्य कुरा शिक्षा हो। अहिले नेपालमा शिक्षासम्बन्धी सोच र शिक्षा प्रणाली कस्तो छ? त्यसलाई बुझ्न मार्क्सवाद चाहियो। वर्तमानलाई कारणसहित बुझ्न, बदल्नका लागि मार्क्सवादको जरुरत छ। अरू कुनै दर्शन, सिद्धान्त वा विचारधाराले वर्तमानलाई बुझ्न सकिँदैन।

    यहाँनेर कम्युनिस्ट मेनिफेस्टोको कुरा आउँछ। हाम्रो पार्टीमा आउने ठेकेदारले त त्यो कम्युनिस्ट घोषणापत्र पढेको छैन होला। बिभिन्न क्षेत्रका माफियाहरू जो भटाभट पार्टीमा आइराखेका छन्, तिनले त पनि कम्युनिस्ट मेनिफेस्टो पढेका छैनन् होला ? त्यसबाट उनीहरु निर्देशित छैनन्। अब यिनीहरुको सहारामा वर्तमान बुझ्न सकिन्छ र ? सकिँदैन । त्यसले गर्दा यो दुर्घटनाको सिकार हुन सक्छ। सक्छ मात्र हैन हुन्छ,हुन्छ।

    मार्क्सवादसँग असङ्गत कुराहरुलाई बोकेर आफूलाई मार्क्सवादी भन्दै हिँड्दा त्यसले निम्त्याउने भनेको दुर्घटना नै हो। त्यसको राम्रो दृष्टान्त सोभियत संघमा भएको दुर्घटना नै हो। नेकपामा अब नयाँ राजनीतिक कार्यदिशाको र त्यही राजनीतिक कार्यदिशा अनुकुलको राजनीतिक सङ्गठन चाहिएको छ। यथास्थितिमै अघि बढ्ने हो र चुनावदेखि चुनावसम्म नै जाने हो, अरू सङ्घर्षका कुनै पनि रूप नअपनाउने र चुनाव मात्रै गर्ने भने हालकै ढाँचाको सङ्गठनले चलिहाल्छ। त्यसका लागि जित्न सक्नेलाई टिकट दिनुस् । तपाईंलाई कार्यकर्ता किन चाहियो ? जो जिता वही सिकन्दर ! त्यही ठूलो कम्युनिस्ट ।

    तर यसरी समाज चाहिँ फेरिँदैन। त्यसले समाजको सङ्कट झन् घनिभूत हुँदै जान्छ। त्यो एउटा विष्फोटक स्थितिमा पुग्छ। त्यसकारण, कि त समाजवादको आवरण फ्याँकिदिनु पर्‍यो। हैन, समाजवादको आवरण बोकिराख्ने हो भने समाजवादको अन्तर्य पनि चाहिन्छ। त्यो अन्तर्य भनेको नयाँ राजनीतिक कार्यदिशा नै हो। त्यसका लागि अतितको जबज या एक्काइसौं शताब्दीको जनवादको विकासको समीक्षा गर्नुपर्‍यो। त्यसलाई पितृश्राद्ध जस्तो नगरौँ। त्यसलाई पितृदेवता नमानौं।

    मार्क्सवादले आफैप्रति पनि आलोचनात्मक बन्न सिकाउँछ। जबजका कमजोर पक्षहरू के हुन् भन्ने कुरा एमाले पङ्क्तिबाट कहिल्यै सुनिएन। एक्काइसौं शताब्दीको जनवादको विकासमा त्रुटि के के छन् भन्ने कुरा माओवादीका नेताबाट कहिल्यै सुनिएन। यस्तो पनि मार्क्सवाद हुन्छ ? हामीले त्यसमाथि छलफल नै गरेनौँ। जबज मार्क्सवादी सिद्धान्तमाथि उभिएको छ कि छैन भन्ने विषयमा जुन छलफल चाहिन्थ्यो, त्यो हामीले गरेनौँ। एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्नेमा हामीले केही प्रस्तावना राख्यौं । त्यो माथि छलफल नै भएन। त्यति मात्र होइन छलफल चलाउनु पर्छ भन्नेका विरुद्ध अरिङ्गाल जसरी नै खनिन आउने कार्यकर्ताहरु तयार गरिए। आफैले अगाडि ल्याएको सिद्धान्तप्रति आफै इमानदार नभए स्वाभाविक रूपमा त्यसले विकृति ल्याउँछ ।
    ‘राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ’  हामीले मनन गर्नु पर्छ। संसारमा त्यतिबेलाका समकालीन र इतिहासको ज्ञानमाथि ठूलो अन्तक्रिया, बहस, छलफल गरेपछि मात्रै मार्क्सवाद निस्केको हो। मार्क्सले, एङ्गेल्सले बारबार भन्नुभएको छः वर्ग सङ्घर्ष हामीले पत्ता लगाएको विषय होइन। त्यसमा उहाँहरुको योगदान कति छ भन्ने कुरा पनि उहाँहरुले देखाउनुभएको छ। यसबाट के प्रष्ट हुन्छ भने यहाँ कसैले एक्लै बहादुर बनेर यो संसार मैले भनेजस्तो चल्छ भनेर हुँदैन, त्यसरी चल्दै चल्दैन। त्यसकारण सबै विचारलाई, ‘सयौं फूललाई फुल्न दिने’ स्कुल विभाग हुनुपर्‍यो। अहिले स्कुल विभागमा दाबेदार भनिएका व्यक्तिहरु पनि सबै टेस्टेड छन् । चिनिएकै व्यक्ति छन्।

    समाजवाद भनेको डेमोक्रेसीको पनि उच्चतम बिन्दु हो। रोजा लक्जेम्बर्ग बारम्बार भन्ने गर्थिन्– राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ। नभन्दै सोभियत सङ्घमा राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद अन्ततः निसासिएरै मर्‍यो। जहाँ पनि राजनीतिक स्वतन्त्रताबिना समाजवादी उद्देश्य हाँसिल गर्न खोजिन्छ, त्यहाँ त्यो निसासिएर मर्छ। त्यसकारण यहाँ राजनीतिक, वैचारिक र सैद्धान्तिक कुराको बहिङ्गम बहस गराउने खालको स्कुल विभाग चाहियो ।

    हाम्रो पार्टीमा दस लाख कार्यकर्ता छन्। उनीहरुको पहिलो स्कुल भनेको नेताहरु हुन्। कार्यकर्ताहरु नेतालाई भेट्न जब आउँछन्, त्यहाँ नेताले बोलेको कुरा मात्रै सुनेर जाँदैनन्। उनीहरु नेताका रहनसहन, जीवनशैली र वरिपरिका परिवेशहरुबाट पनि प्रभावित बन्ने गर्छन् जस्तै, नेता भेट्दा उनीहरु नेताका विचार र कुराबाट मात्र प्रभावित हुँदैनन्। उनीहरु त नेताको छोरी, छोरा, आफन्तहरूका गतिविधि नियालिरहेका हुन्छन्  उनीहरू केमा आउँछन्, केमा जान्छन् सबैतिर चियाउँछन्। नेताकोमा को भेट्न आउँछ, को जान्छ, सबै कुराको ख्याल गरिरहेका हुन्छन्। त्यसबेलामा कुनै व्यापारी एउटा पोको लिएर गएको कार्यकर्ताले देखे भने नेताले गरेका सबै भाषण बिर्सन्छन्।

    हिजो लेनिन, माओत्सेतुङलाई भेटेपछि एकदम उत्साहित भएर लड्ने क्षमता लिएर फर्कन्थ्यो। हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने अहिले नेतालाई भेट्ने अधिकांश कार्यकर्ता उत्साहित हैन, निराश भएर फर्कन्छ।

    त्यसकारण पहिलो स्कुल भनेको त्यही हो। स्कुलिङ भनेको हामीले के लेख्छौं, के बोल्छौं भन्ने मात्रै हैन, हामी के गर्छौं, त्यो पनि हो। जस्तो हामीसँग विमति राख्ने मान्छेसँग कति मिल्छौं ? युनिर्भसल कुरा जस्तो छ, तपाईं जति कम शासन गर्न चाहनु हुन्छ, त्यति तपाईंको शासन लामो टिक्छ। संसारमा कडा चिज चाँडै भाँचिन्छ। विध्वंशको आवाज हुन्छ। रूख ढल्दा आवाज आउँछ तर रुख बढ्दा आवाज आउँदैन।जबजको राजनीतिक कार्यदिशा अपनाएपछि एमाले ठूलो पार्टी भयो। त्यसबेलाको चुनावको परिणामले त्यही देखायो। उनीहरुलाई के भ्रम भयो भने अब हामी सबैलाई खान्छौं। ०६४ मा माओवादीलाई पनि त्यस्तै लाग्यो। ०६४ मा एमालेले माओवादीसँग एकता गरौँ भनेको भए माओवादीले कुट्थ्यो। अहिले एमाले कहाँ छ ? हामी एमालेलाई देखाइदिई हाल्छौं नि भन्ने एमाओवादीलाई लागेको थियो। त्यसैगरी, ०७० मा आएपछि एमालेलाई के लाग्न थाल्यो भने माओवादीलाई अब हामी खान्छौं। तर त्यस पछाडिको निर्वाचनले के देखायो भने दुईवटैले दुईवटालाई नै खान सक्ने स्थिति छैन। जबजको कार्यनीतिले ठूलो पार्टी बनाएको त देखियो तर त्यो जबजले बनायो कि जबज छोडेर बनायो ? संस्कार के बन्यो ?संस्कृति के बन्यो ? यो पाटो महत्वपूर्ण हो।

    रुसको इतिहास हेर्ने हो भने दस हजार मात्र पार्टी सदस्य भएको पार्टी थियो बोल्सेभिक। तर त्यही पार्टीले दसौँ लाख जनतालाई जागृत गर्दै अक्टोबर क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गराएर संसार हल्लाइदियो। पछि पनि पार्टी त्यही बोल्सेभिक नै हो, जसको पार्टी सदस्यको सङ्ख्या करोडौँ हुँदा चाहिँ सोभियत संघमा समाजवाद ढल्यो। करोडौँ सदस्यले देश जोगाउन सकेन, सोभियत महासङ्घ टुक्रियो।

    संख्याले जोगाउँदैन, जोगाउने सही विचारले नै हो भन्ने इतिहासको यो निर्मम घटनाबाट पाठ सिक्नु जरुरी छ। आफूहरुले अंगालेको राजनीतिक कार्यदिशा र सिद्धान्तले पार्टी कस्तो बन्यो भन्ने कुरा पूर्वमाओवादी र पूर्वएमालेले पनि समीक्षा गर्नुपर्छ। आठ लाख सदस्य भएको पार्टीले असल उद्देश्यका निम्ति आठ हज़ार मानिस परिचालन गर्न नसकिने हाम्रो वर्तमान हालत फेर्ने आँट जुटाउनुको सट्टा अतितको गौरव गाएर लठ्ठिनुले हामीलाई भडखालोतर्फ नै लैजान्छ। अहिलेको अंह प्रश्न भनेकै अतितसँग टाँसिरहने वा अतितको पूजा गर्ने कुुरालाई परित्याग गरेर समीक्षा गर्नुपर्‍यो, वर्तमानलाई अध्ययन गर्नुपर्‍यो र वर्तमानलाई परिवर्तन गरेर अग्रगामी दिशातिर अघि बढ्ने सही राजनीतिक कार्यदिशा अपनाउनु पर्‍यो।

    साभारः नयाँ समाजमा बिहिवार, फाल्गुण २९ २०७६ मा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.