Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Thursday, April 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवादमा मजदुरका मुद्दा

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र १९, २०७९
- अन्तर्वार्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिलेको पूँजीवाद मार्क्सको जमानाको जस्तो छैन तर उनको दुरसोच अनुसार पूँजीवाद सामुहिक उत्पादन प्रणालीमा सामुहिक प्रयत्न तर वितरण प्रणालीमा छैन। यसकारण यो प्रणाली  सन् १८४८ तिरको जस्तै छ, जतिबेला कम्युनिष्ट मेनिफेस्टो जारी भएको थियो। अथवा, यो पूँजीवाद सन् १९३६ तिरको जस्तै पनि देखिन्छ, जतिबेला अटो मजदुरहरूले मिसिगनमा हडताल गरेका थिए।

    अहिले पूँजीवाद डिजिटलाइज्ड भयो, विश्वव्यापी बन्यो, वित्तियकृत गरियो र जलवायु संकटसँग बलियोसँग जोडियो, जसलाई मार्क्सले धमिलो रुपमा मात्र देख्न सक्थे। केही आलोचकहरू यिनै परिवर्तनहरूको सहारामा मार्क्सवाद र समाजलाई बदल्नका लागि संगठित श्रमिक वर्गमाथि यसको जोडलाई पुरातन र अत्याधिक कट्टरपन्थीको संज्ञा दिन्छन्।

    न्युयोर्क युनिभर्सिटीमा समाजशास्त्रका प्रोफेसर विवेक छिब्बरले अझैपनि मजदुर वर्ग समाजवादी अभियानको केन्द्रमा छ भनेर तर्क दिँदै आएका छन्। उनी ‘द एबीसीज अफ क्यापिटालिजम’का लेखक हुन्। साथै उनले राजनीतिक शिक्षाका पम्पलेटको श्रृंखला र ‘द क्लास मेट्रिक्सः सोसल थ्योरी आफ्टर कल्चरल टर्न’ लगायत विभिन्न पुस्तकहरू लेखेका छन्।

    छिब्बरसँग ज्याकोविन अनलाइनकी एला टिभनले अहिलेको समाजवाद, मजदुर वर्ग र आम राजनीतिमा बौद्धिकहरूको भूमिका लगायतका विषयमा कुरा गरेकी छिन्। यसै कुराकानीको सार अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ।

    अहिले वामपन्थीहरूले उठाउनुपर्ने मुख्य विषयहरू के के हुन्? र, यसका ठूला चुनौतीहरू के के छन् ?
    मलाई लाग्छ, वामपन्थीहरूले उठान गर्नुपर्ने विषय सधैं उस्तै हुन्छ। हामीले मजदुर वर्गको आन्दोलन र संगठन निर्माण गर्ने कोशिश गर्‍यौं। यसको मतलव यो होइन कि यो नै हाम्रो एक मात्र काम हो, हामी यसैमा मात्रै केन्द्रित हुनुपर्छ भन्ने होइन। तर हामी जे गरिरहेका छौं, त्यसमा यो सामेल हुनुपर्छ। यसको अर्थ लैंगिक संगठन मजदुर वर्गका महिलाको पहुँचमा र नश्लीय संगठनहरू मजदुर वर्गका अश्वेत तथा खैरा महिला र पुरुषकै वरिपरि हुनुपर्छ। तपाईं आफ्नो उर्जासहित त्यहाँसम्म पुग्नुपर्छ, जहाँ श्रमिकहरूको शक्ति निर्माण हुन्छ।

    मार्क्स श्वेत वर्णका वा पुरुष वा ब्लू कलर जब (किसानी तथा मजदुरी) का श्रमिकहरूमाथि मात्र धेरै ध्यान केन्द्रित गर्थे भन्ने आलोचना कति उचित छ ?
    यो पूर्ण रुपमा भ्रम हो। मार्क्सवादीहरूले आफ्नो ‘उन्माद’ को समयमा ‘ब्लू कलर’ मजदुरहरूलाई संगठित गरे, जहाँ रोजगारी तीव्र रुपमा बढीरहेको थियो र मजदुरहरू आफूलाई स्वतस्फूर्त रुपमा संगठित भइरहेका हुन्थे। जहाँसम्म सेता मजदुरहरुमाथिको ध्यान दिइएको कुरा छ, संयोग हो। भनौ न १९३० को दशकमा कम्युनिष्ट पार्टीले गरेका सबैभन्दा ठूला आन्दोलनहरू मध्ये एक हो, बेरोजगारहरूको आन्दोलन। र, यसमा खासगरी श्वेतहरू नै थिए। किनभने उत्तरी शहरहरूमा खासगरी सेताहरूकै जनसंख्या थियो।

    १९२० को दशकमा अमेरिकाका कम्युनिष्टहरूले दक्षिणमा अश्वेत साझेदारहरूलाई संगठित गरिरहेका थिए। त्यति नै संख्यामा भने होइन, किनभने दक्षिण आतंकवादीहरूको क्षेत्र भएकाले त्यहाँ उच्च जोखिम थियो र मानिसलाई ल्याउनका लागि कठिन थियो। ३०/४० को दशकमा, ब्रिटिश कम्युनिष्टहरूले भारतमा भारतीय मजदुर वर्गलाई संगठित गरिरहेका थिए।

    कम्युनिष्टहरू जहिले पनि लिंगभेदको विरोधमा अग्रपंक्तिमा हुन्थे। त्यसैले मार्क्सवादीहरू मजदुरको साँघुरो क्षेत्रमा मात्र केन्द्रित हुन्छन् भन्ने विचार भ्रम हो। नयाँ वामपन्थीहरूले वर्ग राजनीति भन्दा टाढा रहेको आफ्नो आन्दोलनलाई सही ठहर्‍याउनका लागि यो भ्रम सिर्जना गरेका हुन्।

    जब मजदुरहरूले डोनाल्ड ट्रम्प जस्ता दक्षिणपन्थीहरूलाई मत दिन्छन्, यस विषयलाई राजनीतिज्ञले सांस्कृतिक र नश्लीय दृष्टिकोणले मात्र हेरिरहेका हुन्छन्। तर, तपाईं धेरैजसो मजदुरहरू उनीहरूको आफ्नै भौतिक सुविधामा आधारित भएर मतदान गर्छन् भन्ने तर्क गर्नुहुन्छ। यसको मतलव दक्षिणपन्थीहरू सफल भइरहेका छन् भन्ने नहोला तर  के त्यो उनीहरूको उत्प्रेरणा हो? यस बारेमा केही भन्नु हुन्छ ?
    वास्तवमा मलाई लाग्छ मजदुर तथा कामदार मात्रै होइन, सबैले आफ्नै स्वार्थसँग जोडिएको धारलाई भोट दिन्छन्। यस विषयलाई दुईवटा आयामबाट हेर्न सकिन्छ। पहिलो, मजदुरहरू अत्याधिक वैचारिक होइनन्। हामीले दक्षिणपन्थी भन्ने गरेका पार्टीहरूले प्रायः भौतिक हित तथा स्वार्थ वरिपरि नै रहेर उनीहरूसँग वाचा गरिरहेका छन्, जुन मजदुरलाई आकर्षक लागिरहेको हुन्छ। त्यसैले उनीहरूले तिनलाई भोट दिन्छन्।

    दोस्रो, मजदुरहरू सूचनाबाट भ्रममा पारिएका हुन्छन्। मजदुरहरूलाई उनीहरूको दैनिक अनुभवहरूको बारेमा अलमलमा पार्नु वा गलत सूचना दिनु कठिन काम हो। तर उनीहरूको दैनिकीलाई प्रभाव पार्नेखालको नीतिहरूका बारेमा तिनलाई मिसलिड गर्नु भने त्यति कठिन काम होइन। दक्षिणपन्थी उम्मेद्वारले तिनीहरूलाई भन्छन्, ‘म तिम्रो पीडा बुझ्छु। तिमीले जागिर गुमाएका छौ। सरकारले अधिक खर्च गरिरहेको छ त्यसैले तिमीले रोजगार गुमाउनु परेको हो। उनीहरूसँग आर्थिक नीति र बेरोजगारीबीचको सम्बन्धका बारेमा कुनै प्रत्यक्ष अनुभव हुँदैन, तर ती उम्मेद्वारले उसको पीडा बुझेको र यसको समाधान हुने कुरामा आशा देखाइरहेका हुन्छन्। यसरी उनीहरू भोट दिन सहमत हुन्छन्।

    त्यसैले आफ्नो भौतिक स्वार्थका कारण नै उनीहरूले दक्षिणपन्थीलाई भोट दिएका हुन्छन्। तर तिनीहरूलाई ती नीतिहरूको परिणाम के हो भन्ने कुरामा मिसलिड गरिएको हुन्छ। किनकि उनीहरूसँग यस विषयको कुनै विज्ञता हुँदैन।

    प्राज्ञिक व्यक्तिहरू मजदुरवर्गबाट अलग हुन्छन्, र समाजशास्त्रले सांस्कृतिकको तुलनामा भौतिक व्याख्यालाई कम महत्व दिने गर्छ। तपाईं एउटा मजदुर वर्गको संगठन बनाउने फराकिलो लक्ष्यसहित एकेडेमिक समाजशास्त्री हुनुलाई कसरी सन्तुलनमा राख्नुहुन्छ?
    वास्तवमा यो गाह्रो काम होइन। किनभने एकेडेमिक हुनुमा जागिरको सुरक्षा छ। तर, किन सबै एकेडेमिकहरू यो काम गर्दैनन् भन्ने प्रश्न गम्भीर छ। यसमा मेरो लागि कुनै जोखिम छैन, र मेरो लागि कुनै कष्ट पनि छैन। म यसलाई ‘मेरल ट्याक्स’ भन्छु, जुन तपाईंले तिर्नुपर्छः तर, एकपटक मार्क्सवादीको रुपमा चिनिएपछि तपाईंलाई एउटा प्राज्ञिकको रुपमा धेरै फाइदा छ। यो कर तिर्नका लागि थोरै मूल्य लाग्छ। अब मेरा लागि एउटा सान्दर्भिक प्रश्न हुनसक्छः यदि यो पूँजीवाद यस्तै नै हो भन्ने कुरा बुझेर पनि म कि यो सबै नगरुँ?

    यदि समाजवादीहरूले राम्रोसँग काम गरिरहेका छन् भने उनीहरू मजदुर वर्गमा हुनुपर्छ र श्रमिक वर्गसँग मार्क्सवादका धेरै सिद्धान्तहरू पढ्नका लागि समय र झुकाव हुँदैन। एउटा प्रभावकारी समाजवादी बन्नका लागि धेरै पढ्नु र पुस्तक राखेर संगठन निर्माण गर्ने कुरामा कस्तो सन्तुलन हुन्छ ?
    हामीले लेख्ने पम्प्लेटहरू खासमा क्याडरहरूका लागि हो, जो संगठन बनाइरहेका छन्। यी बढी आत्मविश्वासी, सक्रिय र सम्मानित हुनुपर्छ, जसको संगठन बनाउने सीपलाई तिखार्नेगरी गरी शिक्षा दिइनुपर्छ। अरु सबै श्रमिकलाई अनिवार्य रुपमा पठन समूहमा सहभागी गराउनु हाम्रो लक्ष्य होइन। यदि यसो गर्नुहुन्छ भने पनि ठीक छ। तर तपाईंले भने जस्तो उनीहरू जसरी आफ्ना दिनहरू बिताइरहेका हुन्छन्, उनलाई पढ्नका लागि समय मिलाउन कठिन छ।

    त्यसैले त्यहाँ एक प्रकारको ‘कन्वेयर बेल्ट’ हुन्छ, जुन प्राज्ञिक बुद्धिजिवीहरूबाट कार्यकर्तासम्म पुग्छ। र यसमा सैद्धान्तिक शिक्षा अनिवार्य रुपले पहिलो तीन वा चार तहमा मात्रै केन्द्रित हुन्छ, सबै तहसम्म अनिवार्य छैन। तर, त्यसपछि तपाई यो समूहलाई संगठन भित्र आन्तरिक संस्कृति र वर्ग लक्षित अभिमुखीकरणको निर्माण गर्नका लागि प्रयोग गर्न सक्नु हुन्छ। जसले तपार्ईंलाई एउटा राम्रो आयोजक, संगठक बनाउन सहयोग गर्छ, किनकि तपाईसँग प्रणालीले कसरी काम गरिरहेको छ, त्यो प्रणालीमा तपाईं कहाँनिर हुनुहुन्छ, र तपाईं एउटा रणनीतिक अभिमुखीकरणको रुपमा के गर्न खोजिरहनुभएको छ भन्ने विषयमा फराकिलो दृष्टिकोण हुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.