Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वामपन्थी पार्टीहरूमा अब युवाले एजेण्डासहित हस्तक्षेप गर्नुपर्छ

नेतृत्वले आत्मसमिक्षा गर्नुपर्छ र आत्मसमिक्षाका आधारमा सांगठनिक संरचना बन्नुपर्छ। नयाँ सांगठनिक संरचना बनाउनुपर्छ। जनजीविकाका मुद्दामा रहेर पाटीले आफ्ना एजेण्डाहरू तय गर्नुपर्छ। ठोस एजेण्डाबिना अबको राजनीति टिक्दैन। यदि नेतृत्वका एजेण्डा आजका जनताको जनजीविका र युवाका मुद्दाहरूसँग जोडिदैन भने आन्दोलन अघि बढाउन सकिँदैन।

डा. तारा जोशी डा. तारा जोशी
पुस १३, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विगतमा पार्टीको तर्फबाट निर्वाचनमा उठेकाले मसँग पार्टी र स्वतन्त्र गरी दुवै प्रकारको उम्मेद्वार बनेको अनुभव छ। यसपटक स्वतन्त्र उम्मेदवार हुँदा एक पंक्तिका मानिसलाई मैले चुनाव जित्नेमा शंका भयो। त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा माहोल बनाउन र जित्छु भन्ने कुरामा मानिसहरूलाई विश्वस्त बनाउन धेरै मेहेनत गर्नुपर्‍यो। यो पटकको चुनावमा मैले विगतको भन्दा फरक विधी र शैली अपनाएँ। मैले मतदातामाझ व्यक्तिगत अनुरोध बढी गरे। तर असहज अनुभव भने गर्नुपरेन।

    मुद्दा स्थापित गर्न स्वतन्त्र
    जुन पार्टीमा लामो समयदेखि काम गरे त्यसका नेतृत्वहरूले आम मानिसको भावना, मैले काम गरेको क्षेत्रको भावना र यो क्षेत्रको अवस्थाका बारेमा बुझ्न सकेनन्। त्यसकारण मेरा सामू दुईवटा विकल्प थिए। पहिलो, म उम्मेद्वार हुनैपर्ने थियो। अर्को विकल्प म चुपचाप बसेर पार्टीको निणर्य मान्नुपर्थ्यो। यसो गर्दा समयक्रममा सबै टिम सकिने र काहीँ न काहीँ गएर पलायन हुनुपर्ने अवस्था आउनसक्थ्यो। यी दुई विकल्पमा हामीबीच छलफल हुने क्रममा स्वभाविक रुपमा साथीहरू आत्मसमर्पण गर्न चाहँदैनथिए। हाम्रो टिम मात्रै थिएन, टिमसँग मुद्दा पनि थिए। हामीले लामो समयदेखि विकास निर्माणमा काम गरेका थियौं। हाम्रा दृष्टिकोणहरू थिए र तिनलाई कार्यान्वयन गर्नुपर्छ भन्ने महशुस सबै साथीहरूले गरेका थिए। त्यस हिसाबले हाम्रो टिमको रक्षा गर्ने र जिल्लाको राजनीतिलाई थप एउटा खुट्किलोमा पुर्याउने भनेर नै हामीले पहिलो विकल्प अर्थात् उम्मेद्वार बन्ने विकल्प रोज्यौं। त्यसैले स्वतन्त्र उठ्नुपर्ने भयो।

    निर्वाचनको सन्देश
    अहिलेको निर्वाचनले खासगरी दुईतीनवटा सन्देश दिएका छन्। एउटा, मतदाताले परम्परागत पार्टीहरूलाई शंकासहितको भोट दिएका छन्। थोरै विश्वास पनि थियो। तर धेरै शंकासहित भोट हालेको देखियो। अर्को, जनताले परम्परागत राजनीतिक दलहरूलाई तिम्रो विकल्प पनि हामीसँग छन् भन्ने सन्देश दिएका छन्। यसैगरी निर्वाचनको नतिजाले जनता डमोक्रेसीको ट्रयाकमा छन् भन्ने बुझिएको छ। युवाहरू लोकतन्त्रको बाटोमा छन्। यसबीचमा पनि केही असन्तुष्टिहरू देखिन सक्छ। तरपनि केही बिग्रिएको छैन, हामी फेरि पनि केही गर्न सक्छौँ। अझै पनि हामी राम्रो बाटो हुँदै राजमार्गमा जान सक्छौं। सही बाटो लाग्यौं भने त्यसबाट गति लिन सक्छौं।

    वामपन्थीहरू सचेत रहुन्
    हाम्रो देशको सन्दर्भमा वामपन्थी नेतृत्व अनुदार र दृष्टिकोणविहिन देखियो। कुनै पार्टी विशेषमा मात्रै नभएर सबै पार्टीहरूका नेतृत्वमा यसखालको कमजोरी देखिन्छ। म वामपन्थी आन्दोलन र वाम पार्टीहरूसँग जोडिएर आएको हुँ। मेरो भुमिका वाम-लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने रह्यो। यसका लागि मैले आफूले सकेको भूमिका निर्वाह गरेँ। वाम-लोकतान्त्रिक आन्दोलनलाई जोड्नेक्रममा स्थानीय स्तरदेखि अरु ठाउँमा पनि आफ्ना एजेण्डालाई साथै लिएर अघि बढेको छु। अहिले पनि वाम-लोकतान्त्रिक आन्दोलनमा रहेका एजेण्डा शुद्वीकृत गर्ने कुराहरूमा मैले आफूले सक्ने जति गरिरहेको छु।

    विगतको निर्वाचनको तुलनामा यसपटक वामपन्थी जनमत ओरालो लागेको देखिन्छ। आफूलाई वामपन्थी भन्ने पार्टीहरूको विभाजनका कारण मानिसहरूले कम्युनिष्ट पार्टीहरूलाई नरुचाएको देखिन्छ। यद्यपि दोस्रो ठूलो दल बनेको नेकपा एमालेले पाएको मत सांगठनिक बलको नतिजा हो। यो बल हिजोआजको होइन, लामो समयदेखि संगठन पद्धतिको परिणाम हो। र, अझै पनि यस पार्टी यस्तै रहिरहने हो भने सम्भवत आगामी निर्वाचनमा यही परिणाम पनि आउने छैन। किनभने यसका सांगठनिक संरचनाहरू बिग्रिरहेका छन्, संगठन प्रशासनिक हुँदै गइरहेको छ र व्यक्ति पूजाको संस्कार बढ्दै गइरहेको छ।

    एमालेमा मात्रै होइन अरु पार्टीहरूमा पनि वैचारिक तथा कार्यानीतिक समस्याहरू छन्। समकालिन राजनीतिमा भइरहेका तालमेल वा गठबन्धनहरूमा समस्या छन्। तल्लो तहका कार्यकर्ता र आम जनताको भावना बुझ्न नसक्नु नेतृत्वको समस्या हो। यस्ता तमाम समस्याहरू राजनीतिक पार्टीमा छन्। अन्य ठाउँको इतिहासलाई हेर्दा वामपन्थी पार्टीहरूलाई जनमतले छोड्न थाल्यो भने फेरि उठ्न नसक्नेगरी छोडेको देखिन्छ। त्यसैले वामपन्थीहरू यस विषयमा छिटो भन्दा छिटो सचेत हुन आवश्यक छ।

    शक्तिको भोक
    नेकपा एमाले र माओवादी केन्द्र एकिकृत भएर बनेको नेकपाको बहुमतको सरकार थियो। त्यो सरकार दृढ र बलियो हुनपर्थ्यो। त्यसलाई तत्कालिन नेतृत्वले कमजोर मात्रै पारेन, तहसनहस नै बनायो। जसबाट वामपन्थीप्रतिको जनविश्वास नै गुम्यो। शक्ति त फेरी पनि पाउन सकिएला, तर विश्वास गुमाउनुको असर पछिसम्म रहन्छ।
    वामपन्थीहरूले कुनै समय क्रान्तिका कुरा गरे, सर्वहारा वर्गको अधिकारका कुरा उठाए। तर जब सत्तामा आए, उनीहरूमा पावर हंगर अर्थात् शक्तिको भोक देखियो। उनीहरू सत्ता र शक्ति आफूसँगै होस् भन्ने चाहन्छन्। एकपटक सत्ता पाइसकेपछि त्यसका लागि वैधानिक/अवैधानिक सबैथोक गर्ने रहेछ। शक्तिका लागि उसले अलोकप्रिय काम गर्दै गयो र आफूलाई मात्रै होइन सिंगो आन्दोलनलाई नै अलोकप्रिय बनाउँदै लग्यो। अहिले पनि त्यस्तै भइरहेको छ।

    नेतृत्वले आत्मसमिक्षा गर्नुपर्छ र आत्मसमिक्षाका आधारमा सांगठनिक संरचना बन्नुपर्छ। नयाँ सांगठनिक संरचना बनाउनुपर्छ। जनजीविकाका मुद्दामा रहेर पाटीले आफ्ना एजेण्डाहरू तय गर्नुपर्छ। ठोस एजेण्डाबिना अबको राजनीति टिक्दैन। यदि नेतृत्वका एजेण्डा आजका जनताको जनजीविका र युवाका मुद्दाहरूसँग जोडिदैन भने आन्दोलन अघि बढाउन सकिँदैन।

    सांगठनिक पुनर्संरचना
    वामपन्थी आन्दोलनलाई अघि बढाउनका लागि सबैभन्दा पहिले वामपन्थी नेताहरूले आत्मसमिक्षा गर्न जरुरी छ। निर्मम आत्मसमिक्षा गरेर सांगठनिक पुनरसंरचना गर्नुपर्छ। अहिलेकै हिसाबले जाने हो भने अब वामपन्थीहरूको भविस्य छैन। नेतृत्वले आत्मसमीक्षा गर्ने क्रममा नेतृत्व छाड्नुपरे पनि तयार हुनुपर्छ। आफू नहुँदा वामपन्थी आन्दोलन नै रहँदैन भन्ने भ्रम नत्याग्ने हो भने अहिलेको अवस्था भन्दा तल पुग्ने अवस्था हुन्छ।

    त्यसैले नेतृत्वले आत्मसमिक्षा गर्नुपर्छ र आत्मसमिक्षाका आधारमा सांगठनिक संरचना बन्नुपर्छ। नयाँ सांगठनिक संरचना बनाउनुपर्छ। जनजीविकाका मुद्दामा रहेर पाटीले आफ्ना एजेण्डाहरू तय गर्नुपर्छ। ठोस एजेण्डाबिना अबको राजनीति टिक्दैन। यदि नेतृत्वका एजेण्डा आजका जनताको जनजीविका र युवाका मुद्दाहरूसँग जोडिदैन भने आन्दोलन अघि बढाउन सकिँदैन।

    निर्वाचनमा हारको समीक्षा गर्ने नेतृत्व पहिले थिएन र अहिले पनि छैन। यसका लागि अहिलेको नयाँ पुस्ताका नेताले दबाब दिनुपर्छ। फेरि नयाँ पुस्ता पनि उही पुरानै नेतृत्वसँग जोडिएर आफ्नो सोझो गर्नतिरै लाग्यो भने दुर्घटना हुन्छ। तर त्यो साच्चिकै नेतृत्वलाई परिवर्तन गर्नतिर अघि सर्‍यो भने फेरिपनि वामपन्थीहरूको भविस्य उज्ज्वल छ। त्यसैले युवा पुस्ताले हस्तक्षेप गर्नुपर्छ। हस्तक्षेप नगरेसम्म नयाँपन आउँदैन।

    अबको एजेण्डा के हुनुपर्छ?
    अबको राजनीतिलाई अघि बढाउनका लागि वामपन्थीहरूसँग एक्सन प्लान हुनुपर्‍यो। राजनीतिक दलहरूले सुरुमा राजनीतिलाई नै सुधार गर्नुपर्छ। राजनीति र नेतृत्वमा देखिएका विकृतिलाई हटाउनुपर्छ। अर्कोतर्फ विकासको क्षेत्रमा युवा तथा सीमान्तकृत समुदायलाई जोड्ने खालको एजेण्डा ल्याउनुपर्छ। विकासका कुरा गर्नेबित्तिकै हामीले पूर्वाधार निर्माणमा मात्रै जोड दिदै आयौं। यो पनि आवश्यक छ। तर विकासलाई आजको अर्थव्यवस्थासँग जोड्नुपर्छ।

    लोकतन्त्रमा राजनीतिक पार्टी एउटा ब्रेन हो। पार्टीबाट अर्थव्यवस्थालाई सदृढ गर्नेखालको विकास र विकासमा युवालाई रोजगार दिनेखालको योजना बन्नुपर्छ। यसरी नै वामपन्थीहरूले आफ्नो साख बचाएर लैजान सक्छन्। वामपन्थी आन्दोलन फेरि संगठित भएन भने कुन पार्टी कति ठूलो भनेर हिसाब नगरेपनि हुन्छ।

    शपथसहितको एकता
    वामपन्थीहरूबीच एकता हुनुपर्छ। तर वामपन्थी दलहरूले एकपटक गरेको एकताले जनताको विश्वसनियता गुमाइसकेको छ। यो अवस्थामा अब यत्तिकै एकता गर्ने हो भने जनताले विश्वास गर्दैनन्। फेरि फुट्नकै लागि एकता गर्दैछन् भन्ने सन्देश जान्छ। त्यसैले विश्वास दिलाउने किसिमको एकता हुनुपर्छ। अबको एकता शपथसहितको हुनुपर्छ। एकताको सैद्धान्तिक धरातल के हो ती विषयलाई खुल्ला बहसमा ल्याउनुपर्छ। समसामयिक राजनीति देखि जनतासँग जोडिएका सबै विषयहरू खुल्ला बहसमा ल्याएर गरिने एकता बलियो हुन्छ।

    मुद्दामा केन्द्रित छु
    म स्वतन्त्र उठेर जितेकाले मैले प्रदेश सभामा गएर के गर्छु र अब कुन पार्टीसँग जान्छु वा जान्न भन्ने विषयमा धेरैको चासो छ। यस विषयमा मसँग धेरै विकल्प छन्। मैले आधारभूत रुपमा ध्यान दिनुपर्ने भनेको मुद्दामा हो। मेरो विचार र मुद्दासँग सामिप्यता राख्ने कुनै राजनीतिक दलसँग कुरा गर्न सकिन्छ। दोस्रो विकल्प म आफैं पनि मेरा मुद्दालाई प्रदेश सभा सदस्यको रुपमा अघि बढाउन र लागु गर्न सक्छु। यसको पक्षमा धेरै काम गर्न सकिन्छ। सदनमार्फत सरकारलाई दबाब दिइराख्नका लागि म धेरै गर्न सक्छु। त्यस्तै, आफैं संगठन बनाउन सकिने विकल्प पनि छ। त्यसैले अहिलेलाई वेट एण्ड वाच कै अवस्था छ।

    (सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सदस्य डा‍. जोशीसँगको कुराकानीमा आधारित)

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. तारा जोशी

      डा. तारा जोशी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.