Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आत्मसमर्पण गर्न आएका तालिबानलाई युद्धमा फर्काउने अमेरिकाको गति कस्तो छ?

र्‌यान ग्रीम र्‌यान ग्रीम
भदौ १२, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के तपाईलाई थाहा छ? अफगानिस्तानमा अमेरिकी आक्रमण भए लगत्तै, तालिबानले आत्मसमर्पण गर्न चाहेको थियो?

    अफगानिस्तानमा सदियौं देखि, जब कुनै प्रतिद्वन्द्वी समूह सत्तामा आँउथ्यो, पराजित समूह अर्को कम शक्तिशाली, या अन्य कुनै शक्तिविहीन समूहसँग आत्मसमर्पण गर्दै एकिकृत भएर नयाँ शक्ति निर्माण गर्दथ्यो। जसरी हामी हाम्रा छिमेकीहरुसँग साथै बस्नका लागि गर्छौं। यो कुनै फुटबल खेल जस्तो होइन, खेल सकिएपछि पराजित समूहले शहर छाडेर अन्यत्र लागे हुन्छ। हामीलाई सम्झन मुस्किल हुनसक्छ, अमेरिकाले “सिविल वार” पछि आफ्नो भूमिमा कुनै दीर्घकालीन युद्ध गरेको छैन।

    जब तालिबान आत्मसमर्पण गर्न आए, त्यसबेला अमेरिकाले तिनीहरुको प्रस्ताव स्वीकार गरेन। यो कुरा अफगानिस्तान युद्धकाबारे खोजमूलक “No Good Men Among the Living.”, पुस्तकमा आनन्द गोपालले लेखेका छन्।

    बुश प्रशासनका लागि पूर्ण विनाश गर्दा नै फाइदा हुन्थ्यो। तिनीहरु धेरै भन्दा धेरै आतङ्कवादी फेला परुन् भन्ने चाहन्थे। समस्या यो थियो कि पाकिस्तानमा गएर वा  पुनः नागरिक जीवनमा मिसिएर तालिबानले लडाई रोकिसकेको थियो। अल कायदा पक्षका सदस्यहरुलाई भने औंलामा गन्न सकिने अवस्था बनिसकेको थियो।

    यदि आतङ्कवादीहरु नै छैनन् भने तपाईंले कुन र कसरी आतङ्कवादीहरु मार्ने?

    तर सजिलै छ: कुरा के भने अमेरिकीसँगै काम गरिरहेका अफगानहरुले आफ्ना सैन्य प्रायोजकहरुको अवस्था बुझेर तिनीहरुले आतङ्कवादीहरुबारे बढाइचढाइ गरे। अमेरिकीहरुले सूचना दिनेलाई नगद दिने भनेपछि तालीवान लडाकूको हत्या वा गिरफ्तारी बढ्यो। एक्कासी चारैतिर तालिबान देखाइन थालिए। हिंसाले उग्ररुप लिन थाल्यो।

    अब के थियो, कुनै छिमेकी आफ्नो छिमेकीलाई यो तालीवानको सदस्य हो भन्दै मार्न सक्थ्यो वा अमेरीकीले भन्ने गरेजस्तै ग्वान्तानामो पठाउने सक्थ्यो।

    ढोका फूटाएर पस्दा पनि प्रश्न गर्न पाइदैनथ्यो। त्यस घरको मान्छेका अघि अति भाग्यशाली युद्धसरदार उभिरहेको हुन्थ्यो र उसका सम्पत्ति उठाएर लान्थ्यो। “हामी पुन राष्ट्रनिर्माण गरिरहेका छैनौ,” राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमवार राती घोषणा गरे। ठीक हो, हामी पनि त यस्तो कहिल्यै थिएनौ यदि दुबइको अर्थबजारमा नगद नलुटिएका र गगनचुम्वी भवनहरु नबनाइएका भए।

    आत्मसमर्पणको प्रयाशका केही वर्षपछि पनि, तालीवानीहरुका आत्मसमर्पणका प्रयाशहरुलाई बार-बार अस्वीकार गरिए। तब  पुराना तालिबानले फेरि बन्दुक उठाउन बाध्य भए। जुनबेला उनीहरु सत्तामा थिए, त्यसवेला जनताहरु सत्ताच्यूत भएको हेर्न चाहन्थे। अमेरिकाले नै उनीहरुलाई पुन लोकप्रिय हुने चाँजोपाँजो मिलाइदिए।

    सन् 2008 को राष्ट्रपति चुनावी अभियानमा उदारवादीहरुले भने ‘अमेरिकाले अफगानिस्तानलाई “ध्यान नदिएको” भए हुन्थ्यो – वास्तवमा, सैनिकहरु उपस्थित नभएका केही मागमा मात्र शान्ति छ, अफगान सरकारले आतङ्कको सामना गर्नु परिरहेको छैन’। कुरा यस्तै नै थियो। त्यसपछि राष्ट्रपति बराक ओबामा आए तर उनले सेना वापसी हुने घोषणा गर्दै सेनाको स्तरलाई वृद्धि गर्न थाले। अविश्वसनीय गुप्तचरको सूचना व्यवस्थामा आधारित रात्री युद्ध तथा छापा मार्ने कार्यलाई जोड दिए।

    अचेल ट्रम्प भन्छन्-उनीसँग एक नयाँ र बकाइदाको रणनीति छ। उनी भन्छन्- पाकिस्तानलाई अलग गरेर होइन बढी भन्दा बढी सहभागी गराउनु आवश्यक छ। तर प्रष्ट छ, पाकिस्तानको गुप्तचर सेवा नै दशकौदेखि तालिबानलाई सहयोग पुर्‍याइरहेकोछ।

    गोपालको यो पुस्तक युद्ध कसरी संचालन भइरहेको छ भन्ने यथार्थ विवरण हो। यो उपन्यास जस्तो छ। यो तीन जना अफगानीहरुको वास्तविक कर्तुतनामा हो, जो युद्धकै कारण ऐय्यासी जीवन जिइरहेका छन्। ती हुन्- एक अमेरिकी आक्रमणका समर्थक सरदार, एक तालिबान कमाण्डर र एक गृहिणी। म अनुरोध गर्छु- यो पुस्तक ट्रम्पले पढुन्। यस पुस्तकले राष्ट्रपतिसँग भएको “नयाँ र बकाइदाको रणनीति”बाट गरिने युद्ध विरुद्ध गम्भीर चेतावनी दिन्छ।

    यो एक पाना भन्दा धेरै छ। तर उनका सलाहकारहरुलाई मेरो अनुरोध छ कि ट्रम्पले पचाउन सक्नेजति मात्र सुनाइदिनुहोला।

    अन्तमा बाँकी कुरो, उनी जुन कुरा चाही रहेकाछन्, त्यो अफगानिस्तानको खनिजहरु हो। सबैले बुझेका छन् – अमेरिकाले त्यही माथि गिद्धे दृष्टि राखेको छ।

    खर्च वर्षाएपछि अफगानिस्तानका खानीहरु हराभरा हुन्छ भन्ने ट्रम्पले सोचेका छन् भने – उन्ले शुरुमै एक वास्तविकतामाथि विचार पुर्‍याउनुपर्ने हुन्छ: हामीले एक पटक आत्मसमर्पण गर्न आएको एउटा शत्रुबाट अबको युद्धमा हार खाइरहेका छौं। अफगानिस्तानका खनिजहरु हत्याउनु त्यति सजिलो छैन।

    (दी इन्टरसेप्ट नामक अनलाइनबाट साभार। लेखक यस अनलाइनका डि सि व्युरो प्रमुख हुन्। उनको This is your country on drugs: The secret history of getting high in America नामक पुस्तक ज्यादै ख्याति पाएकोछ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      र्‌यान ग्रीम

      र्‌यान ग्रीम

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.