Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरिया प्रायद्वीपको समस्या समाधान कसरी हुनसक्छ?

एम्यान्युल स्किमिया एम्यान्युल स्किमिया
भदौ २३, २०७४
- विमर्शका लागि, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीन र संयुक्त राज्य अमेरिकाले परम्पराबाट हटेर सोचे भनेमात्र उत्तर कोरियाको सैन्य महत्वाकाङ्क्षाहरुलाई रोक्नसक्ने उपाय पत्ता लगाउन सक्नेछन्। थाहा नै छ, कि गत आइतवार प्योङ्गयाङ्गले छैठौं पटक परमाणु परीक्षण गर्‍यो।

    प्रतिबन्ध र कूटनीतिले उत्तर कोरियाको शासनविरुद्ध काम गरिरहेको छैन।  बरु यस रहस्यमयी देशले अरुबेला भन्दा द्रूतगतिमा आफ्ना हथियारहरुको परीक्षण गर्दै र चुस्त बनाउदैछ। यसले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलबाट प्रहार गर्न सकिने परमाणु हथियार उत्पादन गर्न सकेको छ छैन यो कुरा अहिलेसम्म स्पष्ट छैन।

    तापनि, वर्तमान गतिरोधको अन्त गर्न, र पूर्वोत्तर एशियामा सैन्य विस्तारको खतरनाक चक्रव्यूह रोक्नका लागि बेजिङ्ग र वाशिङ्गटनले प्योङ्गयाङ्गको परमाणु र ब्यालिस्टिक-मिसाइल कार्यक्रमलाई रोक्ने एक “रचनात्मक” मार्ग खोज्नै पर्छ। दुई विश्व शक्तिहरुको समयान्वत्मक प्रयाशहरुबाट कोरियाली नेतृत्वलाई परास्त गर्नु दुवैका हित अनुकुल हुनसक्छ। तथापी त्यस्तो कार्यवाही एक चेतावनीका रुपमा मात्र आउनु पर्छ, ताकि उत्तर कोरियाको नयाँ सरकार चीनको कक्षमा सुरक्षित हुनसकोस्।

    चिनीया धैर्यताको पनि सीमा छ

    चीन उत्तर कोरियाको एक हितैषी मित्र हो र हालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर उत्तर कोरियाका किम जोङ्ग युनको आततायी नीतिले चिनीया ड्रैगनलाई बहुत हैरान पार्दैछ। परिणामतः, संयुक्त राष्ट्र सुरक्षा परिषदले प्योङ्गयाङ्गको परमाणु र मिसाइल गतिविधिहरुको निपट्यारा गर्न सक्नेगरी बेजिङ्ग कडा प्रतिबद्धताका साथ प्रतिबन्धलाई लागू गर्न चाहिरहेकोछ।

    उत्तर कोरियाका विरुद्धको दण्डको समर्थन गर्दागर्दै पनि चीनीया नेताहरुको भनाई के छ भने प्रतिबन्धहरुले मात्र किमलाई गलाउन सकिदैन र यसका लागि प्योङ्गयाङ्गलाई कुटनीतिक दवाव खडा गर्दै यस क्षेत्रको तनावलाई थप विस्तार हुन नदिन अमेरिकाले सहयोग गर्नु पर्छ।

    चिनीया नेताहरुलाई डर छ कि उत्तर कोरियाका लागि तेल र ग्यास निर्यातमा पुरै प्रतिबन्ध लगाउने जस्ता नयाँ दण्डनीय प्रतिबन्धहरुले किमको शासन पतन हुनसक्छ। तर यसको परिणाममा चीनले  उत्तर पूर्वी प्रान्तहरु र दक्षिण कोरिया बीचको बफर क्षेत्र गुमाउनु पर्ने हुन्छ। जहाँ लगभग २८,००० अमेरिकी सैनिकहरु  तैनात गरिएकाछन्। यसका साथै चीनको सीमाभित्र लाखौं उत्तर कोरियाली शरणार्थीहरुको ओइरो लाग्न सक्छ।

    वाशिङ्गटनले राखेको सुरक्षात्मक सैन्य हस्तक्षेपसम्बन्धी प्रस्ताव भन्दा चीन (र रूस) द्वारा प्रस्तावित कूटनीतिक मार्ग ज्यादै तर्कसङ्गत देखिन्छ। तर यस अवस्थामा,  किम कूटनीतिक वार्ताको टेवलमा आउछन् आउदैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। धारणा यस्तो छ कि उनले सम्भावित सम्झौता हुनु अघि नै आफ्नो परमाणु र मिसाइल सुरक्षा विकसित गर्न चाहेका छन्।

    हालको अवस्थामा चीनसँग दुई विकल्पहरु देखा परेकाछन् । परमाणुयुक्त उत्तर कोरियालाई मान्यता दिने या किमको शासनको दुखद पतन हुन दिने। सम्भवत बेजिङ्गले पहिलोमा मत दिनेछ। तर उसको शर्त प्योङ्गयाङ्ग एक “बुझ्नयोग्य” हुनुपर्ने होला। अहिले यस्तो अवस्था छैन। यस्तो लाग्छ कि किम जोङ्ग युनले महत्वपूर्ण कुटनीतिक र अन्तर्राष्ट्रीय बैठकहरुका साथसाथै संयोगवश परमाणु उपकरणहरु र ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरेर संरक्षक ठानिएको बेजिङ्गलाई पनि चुनौती दिइरहेकाछन्।

    उत्तर कोरियाली नेताको जोखिमयुक्त रणनीतिले पूर्वी एशियाको सैन्यकरणलाई गति दिई रहेकोछ। साथसाथै चीनको आन्तरिक व्यवस्थालाई समेत अस्थिर गर्ने जोखिम बढ्दो छ, किनकि प्योङ्गयाङ्गको परमाणु परीक्षणले अन्ततः चीन-उत्तर कोरियाली सीमा आसपास रहने चिनीयाहरुका लागि पनि खतरा बन्न सक्छ। यस्तो स्थितिलाई बेजिङ्ग चुपचाप सहन सक्तैन।

    व्यापक समझदारी

    कोरियाली प्रायद्वीपमा स्थीरता पुन कायम गर्न उत्तर कोरियासम्बन्धी बेजिङ्ग र वाशिङ्गटनका बीच व्यापक समझदारी हुनु पर्छ। यस समझदारीमा प्योङ्गयाङ्गमा चीन पक्षधर नयाँ सरकारको गठनका साथै कोरियाली प्रायद्वीपलाई स्थायी रूपमा निशस्त्रीकरण गर्ने, उत्तर र दक्षिण बीचको एकीकरण केही वर्षका लागि स्थगीत गरिने, चिनीया र दक्षिण कोरियाली सीमाभित्र उत्तर कोरियाबाट भित्रनसक्ने सम्भावित शरणार्थी संकटलाई व्यवस्थापन गर्नका लागि एक संयुक्त योजना, र दक्षिण कोरियाबाट टर्मिनल हाई अल्टीट्यूड एरिया डिफेन्स (टीएएएडी) इन्टरसेप्टरलाई हटाउने वाशिङ्गटनको प्रतिबद्धता हुने कुराहरु सामेल हुनु पर्छ।

    यो एक यस्तो “लेनदेन” व्यवस्था हुनेछ जसले मात्र यस क्षेत्रमा स्थिरता पुनः ल्याउने सक्नेछ। निसन्देहः, यसले यूरोपको प्राचीन व्यवस्थालाई झझल्को दिनसक्छ। जुन बेला यूरोपेली शक्तिहरुको कुटनीतिले साना या कमजोर शक्तिहरुको चुकाएको मूल्यमा १७०० र १८०० का  दशकमा विश्वको भू-राजनीतिक मानचित्रलाई नयाँ कोरेको थियो। मानौ दक्षिण कोरिया र रूसले यसलाई स्वीकार गर्न भन्दा मुन्टो बटार्लान्। खासगरी, सिउलले आफ्नो सम्प्रभुतामाथिको हस्तक्षेप भन्नसक्छ, जे भएपनि त्यसले उत्तरसँगको एकीकरण प्रक्रियालाई स्थगीत गर्नै पर्छ।

    जे सुकै होस्, प्रतिबन्ध वा प्रभावहीन कुटनीति भन्दा उत्तर कोरियाली नेतृत्वको सम्झौतामार्फत परिवर्तन / योजनाबद्ध अपदस्थ नै चीन र अमेरिकाका लागि ज्यादै तर्कसङ्गत विकल्प साबित हुन सक्छ । होइन भने युद्ध असम्भावी छ र यस मामलामा अरु क्षेत्रीय शक्तिहरु पनि मैदानमा आइपुग्नेछन्।

    (स्तम्भकारः एम्यान्युल स्किमिया पत्रकार र विदेश नीति विश्लेषक हुन् । उनी एशिया टाइम्स सन् २०११ देखि लेख्दैछन्। यो लेख सेप्टेम्वर ६, २०१७ मा एशिया टाइम्स प्रकाशित भएको थियो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एम्यान्युल स्किमिया

      एम्यान्युल स्किमिया

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.