चीन र संयुक्त राज्य अमेरिकाले परम्पराबाट हटेर सोचे भनेमात्र उत्तर कोरियाको सैन्य महत्वाकाङ्क्षाहरुलाई रोक्नसक्ने उपाय पत्ता लगाउन सक्नेछन्। थाहा नै छ, कि गत आइतवार प्योङ्गयाङ्गले छैठौं पटक परमाणु परीक्षण गर्‍यो।

प्रतिबन्ध र कूटनीतिले उत्तर कोरियाको शासनविरुद्ध काम गरिरहेको छैन।  बरु यस रहस्यमयी देशले अरुबेला भन्दा द्रूतगतिमा आफ्ना हथियारहरुको परीक्षण गर्दै र चुस्त बनाउदैछ। यसले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलबाट प्रहार गर्न सकिने परमाणु हथियार उत्पादन गर्न सकेको छ छैन यो कुरा अहिलेसम्म स्पष्ट छैन।

तापनि, वर्तमान गतिरोधको अन्त गर्न, र पूर्वोत्तर एशियामा सैन्य विस्तारको खतरनाक चक्रव्यूह रोक्नका लागि बेजिङ्ग र वाशिङ्गटनले प्योङ्गयाङ्गको परमाणु र ब्यालिस्टिक-मिसाइल कार्यक्रमलाई रोक्ने एक “रचनात्मक” मार्ग खोज्नै पर्छ। दुई विश्व शक्तिहरुको समयान्वत्मक प्रयाशहरुबाट कोरियाली नेतृत्वलाई परास्त गर्नु दुवैका हित अनुकुल हुनसक्छ। तथापी त्यस्तो कार्यवाही एक चेतावनीका रुपमा मात्र आउनु पर्छ, ताकि उत्तर कोरियाको नयाँ सरकार चीनको कक्षमा सुरक्षित हुनसकोस्।

चिनीया धैर्यताको पनि सीमा छ

चीन उत्तर कोरियाको एक हितैषी मित्र हो र हालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर उत्तर कोरियाका किम जोङ्ग युनको आततायी नीतिले चिनीया ड्रैगनलाई बहुत हैरान पार्दैछ। परिणामतः, संयुक्त राष्ट्र सुरक्षा परिषदले प्योङ्गयाङ्गको परमाणु र मिसाइल गतिविधिहरुको निपट्यारा गर्न सक्नेगरी बेजिङ्ग कडा प्रतिबद्धताका साथ प्रतिबन्धलाई लागू गर्न चाहिरहेकोछ।

उत्तर कोरियाका विरुद्धको दण्डको समर्थन गर्दागर्दै पनि चीनीया नेताहरुको भनाई के छ भने प्रतिबन्धहरुले मात्र किमलाई गलाउन सकिदैन र यसका लागि प्योङ्गयाङ्गलाई कुटनीतिक दवाव खडा गर्दै यस क्षेत्रको तनावलाई थप विस्तार हुन नदिन अमेरिकाले सहयोग गर्नु पर्छ।

चिनीया नेताहरुलाई डर छ कि उत्तर कोरियाका लागि तेल र ग्यास निर्यातमा पुरै प्रतिबन्ध लगाउने जस्ता नयाँ दण्डनीय प्रतिबन्धहरुले किमको शासन पतन हुनसक्छ। तर यसको परिणाममा चीनले  उत्तर पूर्वी प्रान्तहरु र दक्षिण कोरिया बीचको बफर क्षेत्र गुमाउनु पर्ने हुन्छ। जहाँ लगभग २८,००० अमेरिकी सैनिकहरु  तैनात गरिएकाछन्। यसका साथै चीनको सीमाभित्र लाखौं उत्तर कोरियाली शरणार्थीहरुको ओइरो लाग्न सक्छ।

वाशिङ्गटनले राखेको सुरक्षात्मक सैन्य हस्तक्षेपसम्बन्धी प्रस्ताव भन्दा चीन (र रूस) द्वारा प्रस्तावित कूटनीतिक मार्ग ज्यादै तर्कसङ्गत देखिन्छ। तर यस अवस्थामा,  किम कूटनीतिक वार्ताको टेवलमा आउछन् आउदैनन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। धारणा यस्तो छ कि उनले सम्भावित सम्झौता हुनु अघि नै आफ्नो परमाणु र मिसाइल सुरक्षा विकसित गर्न चाहेका छन्।

हालको अवस्थामा चीनसँग दुई विकल्पहरु देखा परेकाछन् । परमाणुयुक्त उत्तर कोरियालाई मान्यता दिने या किमको शासनको दुखद पतन हुन दिने। सम्भवत बेजिङ्गले पहिलोमा मत दिनेछ। तर उसको शर्त प्योङ्गयाङ्ग एक “बुझ्नयोग्य” हुनुपर्ने होला। अहिले यस्तो अवस्था छैन। यस्तो लाग्छ कि किम जोङ्ग युनले महत्वपूर्ण कुटनीतिक र अन्तर्राष्ट्रीय बैठकहरुका साथसाथै संयोगवश परमाणु उपकरणहरु र ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरेर संरक्षक ठानिएको बेजिङ्गलाई पनि चुनौती दिइरहेकाछन्।

उत्तर कोरियाली नेताको जोखिमयुक्त रणनीतिले पूर्वी एशियाको सैन्यकरणलाई गति दिई रहेकोछ। साथसाथै चीनको आन्तरिक व्यवस्थालाई समेत अस्थिर गर्ने जोखिम बढ्दो छ, किनकि प्योङ्गयाङ्गको परमाणु परीक्षणले अन्ततः चीन-उत्तर कोरियाली सीमा आसपास रहने चिनीयाहरुका लागि पनि खतरा बन्न सक्छ। यस्तो स्थितिलाई बेजिङ्ग चुपचाप सहन सक्तैन।

व्यापक समझदारी

कोरियाली प्रायद्वीपमा स्थीरता पुन कायम गर्न उत्तर कोरियासम्बन्धी बेजिङ्ग र वाशिङ्गटनका बीच व्यापक समझदारी हुनु पर्छ। यस समझदारीमा प्योङ्गयाङ्गमा चीन पक्षधर नयाँ सरकारको गठनका साथै कोरियाली प्रायद्वीपलाई स्थायी रूपमा निशस्त्रीकरण गर्ने, उत्तर र दक्षिण बीचको एकीकरण केही वर्षका लागि स्थगीत गरिने, चिनीया र दक्षिण कोरियाली सीमाभित्र उत्तर कोरियाबाट भित्रनसक्ने सम्भावित शरणार्थी संकटलाई व्यवस्थापन गर्नका लागि एक संयुक्त योजना, र दक्षिण कोरियाबाट टर्मिनल हाई अल्टीट्यूड एरिया डिफेन्स (टीएएएडी) इन्टरसेप्टरलाई हटाउने वाशिङ्गटनको प्रतिबद्धता हुने कुराहरु सामेल हुनु पर्छ।

यो एक यस्तो “लेनदेन” व्यवस्था हुनेछ जसले मात्र यस क्षेत्रमा स्थिरता पुनः ल्याउने सक्नेछ। निसन्देहः, यसले यूरोपको प्राचीन व्यवस्थालाई झझल्को दिनसक्छ। जुन बेला यूरोपेली शक्तिहरुको कुटनीतिले साना या कमजोर शक्तिहरुको चुकाएको मूल्यमा १७०० र १८०० का  दशकमा विश्वको भू-राजनीतिक मानचित्रलाई नयाँ कोरेको थियो। मानौ दक्षिण कोरिया र रूसले यसलाई स्वीकार गर्न भन्दा मुन्टो बटार्लान्। खासगरी, सिउलले आफ्नो सम्प्रभुतामाथिको हस्तक्षेप भन्नसक्छ, जे भएपनि त्यसले उत्तरसँगको एकीकरण प्रक्रियालाई स्थगीत गर्नै पर्छ।

जे सुकै होस्, प्रतिबन्ध वा प्रभावहीन कुटनीति भन्दा उत्तर कोरियाली नेतृत्वको सम्झौतामार्फत परिवर्तन / योजनाबद्ध अपदस्थ नै चीन र अमेरिकाका लागि ज्यादै तर्कसङ्गत विकल्प साबित हुन सक्छ । होइन भने युद्ध असम्भावी छ र यस मामलामा अरु क्षेत्रीय शक्तिहरु पनि मैदानमा आइपुग्नेछन्।

(स्तम्भकारः एम्यान्युल स्किमिया पत्रकार र विदेश नीति विश्लेषक हुन् । उनी एशिया टाइम्स सन् २०११ देखि लेख्दैछन्। यो लेख सेप्टेम्वर ६, २०१७ मा एशिया टाइम्स प्रकाशित भएको थियो।)

फेसबुकबाट तपाईको प्रतिक्रिया