Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनमा माओ युग र देङ युगपछि सी युग सुरू, यस्ताे छ सीको विचारधारा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ८, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङको विचारधारालाई पार्टीको संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा सीलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङसित बराबरी हैसियतको दर्जा दिइएको छ । ०१२ मा चीनका राष्ट्रपति बनेपछि सीको चिनियाँ सत्तामाथिको पडक लगातार बलियो हुँदै गएको छ ।

    संविधानमा ‘सी जिनपिङ विचार’ लेख्ने पक्षमा सर्वसम्मत निर्णय भएको छ । कम्युनिस्ट पार्टीको कंग्रेसको अन्त्यमा यो निर्णय गरिएको हो । बेइजिङमा बन्द ढोकाभित्र आयोजित यस कंग्रेसमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो, जसमा आगामी पाँच वर्षसम्म देशको सत्ताको बागडोर कसको हातमा हुनेछ भन्ने निर्णय लिने गरिन्छ ।

    ‘सी जिनपिङ विचार’

    कम्युनिस्ट पार्टीको कंग्रेस १८ अक्टोबरमा सुरु भएको थियो । यस सुरुवातमा सी जिनपिङले तीन घन्टा लामो भाषण दिएका थिए । आफ्नो भाषणमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ नामको दर्शन पहिलोपल्ट पेस गरेका थिए । सीद्वारा यस दर्शनलाई पार्टीको कंग्रेसमा राखिसकेपछि पार्टीका शीर्ष अधिकारी र मिडियाका तर्फबाट यसको लगातार उल्लेख गरिँदै आएको थियो । यसलाई ‘सी जिनपिङ विचार’ भन्न थालिएको थियो । त्यतिखेरै यसको संकेत प्राप्त भएको थियो कि सीले पार्टीमा आफ्नो प्रभाव छाडेका छन् ।

    बिबिसीका चीनस्थित सम्पादक केरी ग्रेसीको भनाइ छ कि पार्टीको संविधानमा ‘सी जिनपिङ विचार’ स्थापित हुनुको अर्थ यो भयो कि अब कुनै पनि प्रतिद्वन्द्वीले शक्तिशाली सी जिनपिङलाई कम्युनिस्ट पार्टीका नियमहरूको उदाहरण नदिई चुनौती दिन सक्दैन ।

    यसअघि पनि कम्युनिस्ट पार्टीका नेताहरूका आआफ्ना विचार रहेका थिए । तर, माओत्से तुङका अतिरिक्त कसैको पनि विचारलाई पार्टीको संविधानमा ‘विचार’का रूपमा स्थान दिइएको थिएन । केवल माओ र देङ सियाओ पिङको नाम पार्टीको संविधानमा उनीहरूको विचारलाई लिएर समावेश गरिएको थियो ।

    अब चिनियाँ स्कुलका बालबालिका, कलेजका विद्यार्थी र सरकारी कर्मचारीले कम्युनिस्ट पार्टीका नौ करोड सदस्यका साथ सी जिनपिङ विचार पढ्नेछन् । चीनमा सी जिनपिङ विचारका साथमा नयाँ ढंगमा चिनियाँ समाजवादी युग सुरु भएको छ । पार्टीले यस नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्याय नाम दिएको छ ।

    पहिलो चरण अध्यक्ष माओको थियो । जसले गृहयुद्धमा फसेको चीनलाई बाहिर निकाल्नका लागि जनतालाई एकजुट गरेका थिए । दोस्रो चरण देङ सियाओ पिङको रह्यो, जसको शासनकालमा चीन एकजुट भयो । सियाओपिङले चीनलाई अनुशासित र विदेशमा थप शक्तिशाली बनाए ।

    अब तेस्रो युग सी जिनपिङको सुरु भएको छ । अब सी जिनपिङको नाम पार्टीको संविधानमा समावेश गरिएको छ । यसपछि जबसम्म कम्युनिस्ट पार्टीका नियममा कुनै आँच आउँदैन, तबसम्म उनलाई कसैले चुनौती दिन सक्दैन ।

    के छ सीको विचारधारामा ? 

    सी जिनपिङ विचारधारालाई नेताहरूले आफ्नो भाषणमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ का रुपमा उल्लेख गरेका छन्। यसले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओ युग र देङ युगपछि शी युगको सुरुवातको संकेत गरेको छ ।

    सीले आफ्नो विचारधारामा कम्युनिष्ट पार्टीको उपस्थिति, सक्रियता र सुदृढिकरणमा जो दिएका छन् । उनले आफ्नो भाषणमा समाज र राजनीतिका हरेक क्षेत्रमा पार्टीको नेतृत्वलाई सुनिश्चितता प्रदान गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

    सीले प्रस्तुत गरेको प्रतिवेदनमा १४ वटा प्रमुख सिद्दान्त रहेको बताएका थिए। जसमा ‘पूर्ण सुधार’, ‘विकासका नयाँ अवधारणा’, ‘मानवजाति र प्रकृतिको साझा भविष्य’, ‘सेनामाथि पार्टीको पूर्ण नियन्त्रण’, ‘एक राष्ट्र, दुई प्रणाली’ लगायतका विषय उल्लेख छन् ।

    सीको विचारधारा बदलिँदो चिनियाँ सन्दर्भमा मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई लागु गर्ने प्रणाली भएको कम्युनिष्ट पार्टीका नेताहरुले बताए ।  सीले आफ्नो प्रतिवेदनमा पनि मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ स्यायो पेङ सिद्दान्त, तीन प्रतिनिधित्वको सिद्दान्त र विकासबारे वैज्ञानिक दृष्टिलाई अझ सम्पन्न बनाउने उल्लेख गरेका छन् ।

    त्यस्तै सीले २१ औँ शताब्दीको मध्यसम्ममा चीनलाई ‘महान आधुनिक र समाजवादी’ राष्ट्र बनाउने योजना पनि अघि सारेका छन् । यसका लागि उनले दुई चरणको लक्ष्य तय गरेका छन् । जसअनुसार, सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र सन् २०५० सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रुपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने उनले बताएका छन् । यसका लागि सेनाको सुदृढीकरण, नवान्वेषण, आर्थिक विकास र कूटनीतिमा उनले विशेष जोड दिएका छन्। उनले भनेका छन्, ‘यो युगमा चीन विश्वको केन्द्र बन्दै जानेछ र चीनले मानवजातिका लागि थप योगदान दिँदै जानेछ ।’ नयाँ पत्रिका/बिबिसी हिन्दीबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.