Sunday, February 5, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » दोक्लामबारे भूटानी अडान

दोक्लामबारे भूटानी अडान

वाङ्चा साङ्गे by वाङ्चा साङ्गे
August 18, 2017
- विमर्शका लागि, समाचार
A A
1.6k
VIEWS
Share on FacebookShare on Twitter

वाङ्चा साङ्गे भन्छन् – भूटान र चीनवीचको सीमा वार्तामा दिल्लीको हस्तक्षेप भूटानमाथि नियन्त्रण गर्ने मनशाय थियो। यसमा असफल भएपछि, भारतले आफ्ना सेना फर्काउनै पर्छ र भूटानचीनलाई ती बीचका कुराहरु निष्कर्षमा पुर्‍याउन दिनुपर्छ।

भारतले दोक्लामबाट सेना फर्काउनु पर्छ। यसको विकल्प छैन। युद्ध न त बुद्धिमानी न त वहनयोग्य रोजाई हुनसक्छ।

कथित “कुखुरे घाँटी” – भारतको मूख्य भूमिलाई त्यस्को उत्तरपूर्वी भागसँग गाँस्ने साँघुरो उपत्यका र दोक्लाममा भारतको हस्तक्षेपका लागि प्रष्ट कारण- कुनै सुरक्षाजन्य खतरा थिएन र छैन।

भूटान र चीन दुवैले दोक्लामको विवादित जमिनमा एकअर्काले दावी गर्छन्। भूटान कहिल्यै पनि चीन-भूटान सीमा वार्तामा भारतको हस्तक्षेप चाहदैन। यथार्थमा, भूटानले कहिल्यै पनि आँफूलाई एक “संरक्षित राज्य” ठानेन, न त बेलायती राजकालीन भारतको न त गणतान्त्रिक भारतको।

भारतले भूटानको सम्प्रभुतामाथि कुल्चन बन्द गर्नु पर्छ

सन् १९४९ मा भूटान र भारतबीच सम्पन्न सन्धी बेलायती राजकालीन भारतको शसस्त्रसेनाको दवावमा गरिएको सन् १८६५ को सिञ्चुला सन्धीको दुरुस्त नक्कलमात्र हो। त्यसबेलामा, भूटान अलगावनीति अपनाइरहेको थियो र बाह्य मामलाहरु यस्का लागि बेमतलवका थिए। यही सिञ्चुला सन्धीबाट बेलायती राजकालीन भारतले भूटानको केही भूभागहरु हडप्यो, जसमध्ये यही कथित “कुखुरे घाँटी” पनि हो। यो भूभाग लिँदा भूटानलाई यसबाट प्राप्त हुने राजस्व भारतले नगदमा वर्षेनी भुक्तान गर्ने भन्ने थियो। भूटानले यतिमा नै चित्त बुझाउनु पर्‍यो।

वर्षहरु बित्दै जाँदा, भूटानको विश्वमा नियाल्ने आँखा खुलेका छन्।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

February 3, 2023
माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

January 31, 2023
के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

January 26, 2023

बलात्कारमाथि यतिका बहस भइरहेका छन्, तर एउटा पनि नेताले बोलेनन्

January 20, 2023

भूटान भारतविरोधी होइनः यो चीनसँगको सीमा विवाद सल्टाउन र चीनसँग उचित सम्वन्ध होओस् भन्ने चाहन्छ।

सन् १९७१ मा, भूटान संयुक्त राष्ट्र संघको सदस्य बन्यो, आफ्नै स्वतन्त्र चाहनाले- भारतको सल्लाहले होइन। त्यो भन्दा पहिला, सन् १९६२ भूटान कोलम्वो प्लानमा सामेल भएको थियो, त्यसमा पनि भारतबाट सल्लाह लिइएन। त्यसै वर्ष, अष्ट्रेलियाको मेलवर्नमा भएको कमिटी बैठकमा भूटानलाई पर्यवक्षेकका रुपमा निम्त्याइएको थियो। त्यस बैठकको प्रतिनिधिमण्डलको अगुवाई तत्कालिन प्रधानमन्त्रि जिग्मे पाल्देन दोर्जीकी बहिनी आशी टाशी दोर्जीले गरेकी थिइन्। त्यसमा नै भूटानको संयुक्त राष्ट्र संघको सदस्य बन्ने चाहना प्रकट भयो र त्यहाँबाट शुरु भएको प्रयाशले सदस्य बन्न सक्यो।

समयको विकाश क्रममा, सन् २००७ मा, भूटान र भारतले १९४९ को सन्धीलाई पुनरावलोकन गरे अनि दुई वटा दफाका प्रावधानहरुलाई अमान्य गर्दै निम्न बमोजिम हुने भयो। पहिलो, भूटानी परराष्ट्र मामलाहरुलाई अबदेखि भारतबाट निर्देशित गरिनेछैन र दोस्रो अब देखि भूटानले “कुखुरे घाँटी” क्षेत्रबापतको वर्षेनी भुक्तानी नलिने भयो।

वर्तमान द्वन्द्वमा चीन र भारतको मनशाय

भारतले दोकलाममा हतपतमा निर्णय लियो र अब उ फर्कनका लागि इच्छुक भइसकेको छ। मेरो बुझाईमा भारतको उद्देश्य भूटानमाथि नियन्त्रण कायम गर्न मात्र थियो तर चीन विरुद्ध सैनिक कारबाहीमा उत्रिहाल्ने मनशाय थिएन। यसैको अर्को पक्ष चीन चाहन्छ कि, भूटान भारत नियन्त्रित होइन, एक सम्प्रभुसत्ता सम्पन्न चीन भारतबीचको तटस्थ राष्ट्रका रुपमा रहोस्।

सहि समाधान यो हुन्छ कि त्यस विवादित स्थानमा भूटानी सेना राखियोस् र भारतले आफ्नो दावा र सेना फिर्ता लेओस्।

शुरुको उद्देश्य नै असफल भएपछि, भारतलाई चीनसँगको संकट बल्झ्याई राख्न मन छैन। तर संसदमा प्रतिपक्ष दलहरुबाट आक्रमण भइरहेको बेला भारतीय सरकार कसरी पछि हट्न सक्ला र? सहि समाधान यो हुन्छ कि त्यस विवादित स्थानमा भूटानी सेना राखियोस् र भारतले आफ्नो दावा र सेना फिर्ता लेओस्। यदि भारतले यस भूभागमाथि दावा गरेको नै हो भने, भूटानले न त यो दावालाई अस्वीकार गर्न सक्नेछ र न त पुष्टि नै गर्न सक्नेछ। हालको परिस्थितिमा भूटानको चीन-नियन्त्रित दोकलम इलाकाबाट भारतीय सैनिकहरुलाई प्रतिस्थापन गर्नसक्ने हैसियत छैन।

तथापी, भारतको अजसिलोपनलाई कम गरिदिन, भूटानले ज़ूम पेलेरी चौकीमा रहेका सेनामा १० सेना थप गर्नेछ। यस्तो व्यवस्था जाडो नलागुञ्जेलसम्म काय राखिनेछ र त्यसपछि गर्मी शुरू नहुञ्जेलसम्म क्रमश घटाइनेछ। भूटान यस्तो अनावश्यक काममा आफ्नो सेना शक्तिको दुरुपयोग गर्न चाहदैन।

डोकलाम विवादले के देखाउँछ भने भारतलाई युद्ध नै रोज्न पर्छ तर चीन भने विश्व केन्द्र बन्न चाहन्छ।

यो यस्तो कुरा हो जसलाई भारतले आफ्नैका लागि गर्नु पर्ने हो। भूटान यो भन्न सक्ने अवस्था छैन कि आफ्ना सेनाहरुले डोक्लाममा भारतीय सैनिकहरुको स्थान लिन्छन्, किनकि यस्तो खालको कथनले त भूटान भारतको संरक्षित राज्य हो भन्ने कुरालाई नै पुष्टि गर्छ। जुन हुँदै-होइन।

भूटान भारतविरोधी होइनः यो चीनसँगको सीमा विवाद सल्टाउन र चीनसँग उचित सम्वन्ध होओस् भन्ने चाहन्छ। भूटानका लागि दुवै छिमेकीहरु महत्वपूर्ण छन् तर ती दुवै भूटानका महाप्रभू भने हुनै सक्दैनन्।

वाङ्चा साङ्गे भूटानका परिचित स्तम्भकार हुन् । साउथ चाइना मर्निङ्ग पोष्टबाट साभार।

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
वाङ्चा साङ्गे

वाङ्चा साङ्गे

Related Posts

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

by अजय चन्द्रवंशी
February 3, 2023

बीसौं शतांब्दीका हिन्दी साहित्यकार भीष्म साहनीका कहानी, उपन्यास र नाटकमा तत्कालिन समय र समाजका विसंगति, विडम्बना र मानवतामाथि उनको दृढ...

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

by डिकेलेदी मोकोएना र साराह सेटलाएलो
January 31, 2023

१९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री...

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

by जयती घोष
January 26, 2023

स्विट्जरल्यान्डको डाभोसमा वर्षेनी हुने गरेको विश्व आर्थिक मञ्च(डब्ल्यू ई एफ)को बैठक सधैं समस्याग्रस्त नै हुने गरेको छ। विश्वका धनाढ्यहरूको भेला...

बलात्कारमाथि यतिका बहस भइरहेका छन्, तर एउटा पनि नेताले बोलेनन्

by डा‍. अरुणा उप्रेती
January 20, 2023

विभिन्न चरणमा भएका आन्दोलन र अहिलेको राजनीतिक उपलब्धि हासिल गर्नका लागि महिलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०४६ सालको आन्दोलन...

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

by राजन मुकारुङ
January 18, 2023

बदलिएको समाज, नबदलिएको नेतृत्वबीचको अन्तरविरोध हामीले लामो संघर्ष गरेर गणतन्त्रको स्थापना गरेर, गणतन्त्र ल्याएपछि देशमा, समाजमा, नागरिकको जीवनमा आमूल परिवर्तन...

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

by विष्णु कार्की
January 16, 2023

अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

Leave Comment

सिफारिस

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

5 days ago
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

6 months ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In