Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दोक्लामबारे भूटानी अडान

वाङ्चा साङ्गे वाङ्चा साङ्गे
भदौ २, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वाङ्चा साङ्गे भन्छन् – भूटान र चीनवीचको सीमा वार्तामा दिल्लीको हस्तक्षेप भूटानमाथि नियन्त्रण गर्ने मनशाय थियो। यसमा असफल भएपछि, भारतले आफ्ना सेना फर्काउनै पर्छ र भूटानचीनलाई ती बीचका कुराहरु निष्कर्षमा पुर्‍याउन दिनुपर्छ।

    भारतले दोक्लामबाट सेना फर्काउनु पर्छ। यसको विकल्प छैन। युद्ध न त बुद्धिमानी न त वहनयोग्य रोजाई हुनसक्छ।

    कथित “कुखुरे घाँटी” – भारतको मूख्य भूमिलाई त्यस्को उत्तरपूर्वी भागसँग गाँस्ने साँघुरो उपत्यका र दोक्लाममा भारतको हस्तक्षेपका लागि प्रष्ट कारण- कुनै सुरक्षाजन्य खतरा थिएन र छैन।

    भूटान र चीन दुवैले दोक्लामको विवादित जमिनमा एकअर्काले दावी गर्छन्। भूटान कहिल्यै पनि चीन-भूटान सीमा वार्तामा भारतको हस्तक्षेप चाहदैन। यथार्थमा, भूटानले कहिल्यै पनि आँफूलाई एक “संरक्षित राज्य” ठानेन, न त बेलायती राजकालीन भारतको न त गणतान्त्रिक भारतको।

    भारतले भूटानको सम्प्रभुतामाथि कुल्चन बन्द गर्नु पर्छ

    सन् १९४९ मा भूटान र भारतबीच सम्पन्न सन्धी बेलायती राजकालीन भारतको शसस्त्रसेनाको दवावमा गरिएको सन् १८६५ को सिञ्चुला सन्धीको दुरुस्त नक्कलमात्र हो। त्यसबेलामा, भूटान अलगावनीति अपनाइरहेको थियो र बाह्य मामलाहरु यस्का लागि बेमतलवका थिए। यही सिञ्चुला सन्धीबाट बेलायती राजकालीन भारतले भूटानको केही भूभागहरु हडप्यो, जसमध्ये यही कथित “कुखुरे घाँटी” पनि हो। यो भूभाग लिँदा भूटानलाई यसबाट प्राप्त हुने राजस्व भारतले नगदमा वर्षेनी भुक्तान गर्ने भन्ने थियो। भूटानले यतिमा नै चित्त बुझाउनु पर्‍यो।

    वर्षहरु बित्दै जाँदा, भूटानको विश्वमा नियाल्ने आँखा खुलेका छन्।

    भूटान भारतविरोधी होइनः यो चीनसँगको सीमा विवाद सल्टाउन र चीनसँग उचित सम्वन्ध होओस् भन्ने चाहन्छ।

    सन् १९७१ मा, भूटान संयुक्त राष्ट्र संघको सदस्य बन्यो, आफ्नै स्वतन्त्र चाहनाले- भारतको सल्लाहले होइन। त्यो भन्दा पहिला, सन् १९६२ भूटान कोलम्वो प्लानमा सामेल भएको थियो, त्यसमा पनि भारतबाट सल्लाह लिइएन। त्यसै वर्ष, अष्ट्रेलियाको मेलवर्नमा भएको कमिटी बैठकमा भूटानलाई पर्यवक्षेकका रुपमा निम्त्याइएको थियो। त्यस बैठकको प्रतिनिधिमण्डलको अगुवाई तत्कालिन प्रधानमन्त्रि जिग्मे पाल्देन दोर्जीकी बहिनी आशी टाशी दोर्जीले गरेकी थिइन्। त्यसमा नै भूटानको संयुक्त राष्ट्र संघको सदस्य बन्ने चाहना प्रकट भयो र त्यहाँबाट शुरु भएको प्रयाशले सदस्य बन्न सक्यो।

    समयको विकाश क्रममा, सन् २००७ मा, भूटान र भारतले १९४९ को सन्धीलाई पुनरावलोकन गरे अनि दुई वटा दफाका प्रावधानहरुलाई अमान्य गर्दै निम्न बमोजिम हुने भयो। पहिलो, भूटानी परराष्ट्र मामलाहरुलाई अबदेखि भारतबाट निर्देशित गरिनेछैन र दोस्रो अब देखि भूटानले “कुखुरे घाँटी” क्षेत्रबापतको वर्षेनी भुक्तानी नलिने भयो।

    वर्तमान द्वन्द्वमा चीन र भारतको मनशाय

    भारतले दोकलाममा हतपतमा निर्णय लियो र अब उ फर्कनका लागि इच्छुक भइसकेको छ। मेरो बुझाईमा भारतको उद्देश्य भूटानमाथि नियन्त्रण कायम गर्न मात्र थियो तर चीन विरुद्ध सैनिक कारबाहीमा उत्रिहाल्ने मनशाय थिएन। यसैको अर्को पक्ष चीन चाहन्छ कि, भूटान भारत नियन्त्रित होइन, एक सम्प्रभुसत्ता सम्पन्न चीन भारतबीचको तटस्थ राष्ट्रका रुपमा रहोस्।

    सहि समाधान यो हुन्छ कि त्यस विवादित स्थानमा भूटानी सेना राखियोस् र भारतले आफ्नो दावा र सेना फिर्ता लेओस्।

    शुरुको उद्देश्य नै असफल भएपछि, भारतलाई चीनसँगको संकट बल्झ्याई राख्न मन छैन। तर संसदमा प्रतिपक्ष दलहरुबाट आक्रमण भइरहेको बेला भारतीय सरकार कसरी पछि हट्न सक्ला र? सहि समाधान यो हुन्छ कि त्यस विवादित स्थानमा भूटानी सेना राखियोस् र भारतले आफ्नो दावा र सेना फिर्ता लेओस्। यदि भारतले यस भूभागमाथि दावा गरेको नै हो भने, भूटानले न त यो दावालाई अस्वीकार गर्न सक्नेछ र न त पुष्टि नै गर्न सक्नेछ। हालको परिस्थितिमा भूटानको चीन-नियन्त्रित दोकलम इलाकाबाट भारतीय सैनिकहरुलाई प्रतिस्थापन गर्नसक्ने हैसियत छैन।

    तथापी, भारतको अजसिलोपनलाई कम गरिदिन, भूटानले ज़ूम पेलेरी चौकीमा रहेका सेनामा १० सेना थप गर्नेछ। यस्तो व्यवस्था जाडो नलागुञ्जेलसम्म काय राखिनेछ र त्यसपछि गर्मी शुरू नहुञ्जेलसम्म क्रमश घटाइनेछ। भूटान यस्तो अनावश्यक काममा आफ्नो सेना शक्तिको दुरुपयोग गर्न चाहदैन।

    डोकलाम विवादले के देखाउँछ भने भारतलाई युद्ध नै रोज्न पर्छ तर चीन भने विश्व केन्द्र बन्न चाहन्छ।

    यो यस्तो कुरा हो जसलाई भारतले आफ्नैका लागि गर्नु पर्ने हो। भूटान यो भन्न सक्ने अवस्था छैन कि आफ्ना सेनाहरुले डोक्लाममा भारतीय सैनिकहरुको स्थान लिन्छन्, किनकि यस्तो खालको कथनले त भूटान भारतको संरक्षित राज्य हो भन्ने कुरालाई नै पुष्टि गर्छ। जुन हुँदै-होइन।

    भूटान भारतविरोधी होइनः यो चीनसँगको सीमा विवाद सल्टाउन र चीनसँग उचित सम्वन्ध होओस् भन्ने चाहन्छ। भूटानका लागि दुवै छिमेकीहरु महत्वपूर्ण छन् तर ती दुवै भूटानका महाप्रभू भने हुनै सक्दैनन्।

    वाङ्चा साङ्गे भूटानका परिचित स्तम्भकार हुन् । साउथ चाइना मर्निङ्ग पोष्टबाट साभार।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वाङ्चा साङ्गे

      वाङ्चा साङ्गे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.