Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

nepal_readers nepal_readers
माघ ८, २०७७
- राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौं । नेकपा बहुमतले यही माघ ९ गते काठमाडौंमा आयोजना गरेको संसद विघटनविरुद्धको बृहत विरोध प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन निर्देशिका जारी गरेको छ। उक्त विरोध प्रदर्शनमा नेकपा बहुमत पक्षले व्यापक तयारी गरेको छ।

    केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी  माघ ७ मा जारी  गरेको सात बुँदे निर्देशिका अनुसार काठमाडौं उपत्यकामा १० वटा स्थानबाट जुलुस निस्कनेछ। जसअनुसार माइतीघर मण्डला, डिल्लीबजार चारखाल, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेजबाट जुलुस निकालिने छ। सबै स्थानका जुलुुसहरु तोकिएको रुट हुँदै रत्नपार्क पुगेर मुल जुलुसमा मिसिनेछ। सबै जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने निर्देशिकामा उल्लेख छ।

    माइतीघरबाट सुरु हुने जुलुस काठमाडौं क्षेत्रनम्बर १ र २ तथा भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुली जिल्ला, सिन्धुपाल्चोक, दोलखा रामेछाप जिल्ला, पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनीयर शिक्षक र प्रदेश नम्बर २ जुलुस भद्रकाली हुँदै शहिदगेट एनएसी भोटाहोटी रत्नपार्क पुग्नेछ। त्यो जुलुसका नेतृत्व नेताहरु गणेश साह, गिरीराजमणि पोखरेल, मात्रिका यादव, लिलामणि पोखरेल, हरिवोल गजुरेल, पेशल खतिवडालगायतले नेतृत्व गर्नेछन् ।

    डिल्लीवजार चारखालबाट काठमाडौं निर्वाचन क्षेत्रनम्बर ३,४ र ५ को जुलुस निस्किनेछ। यस समुहलाई वर्षमान पुन, वेदुराम भुुषाललगायतले नेतृत्व गर्नेछन्।

    त्यसैगरी लैनचोरबाट निस्कने जुलुसको भीम रावल, शक्ति बस्नेत, नन्दकुमार प्रसाईको नेतृत्व गर्नेछन्। त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछ्न्। कुपण्डोलबाट कृष्णबहादुर महरा, पम्फा भुषल, रघुजी पन्त, नन्दकुमार थापा तथा प्रदर्शनीमार्गबाट घनश्याम भुषाल र जनार्दन शर्माको नेतृत्वमा जुलुस निस्कनेछ।

    त्यसैगरी त्रिचन्द्र कलेजमा देव गुरुग, रामकुमारी झाक्री लेखनाथ न्यौपाने र हितमान शाक्यले नेतृत्व गर्नेछन् । त्यस्तै बाल्मिकीबाट अमृत बोहोरा मुकुन्द न्यौपाने विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्नेछन्।

    यी सबै जुलुसहरु शान्तिबाटिका रत्नपार्कमा भेला हुनेछन् र त्यसपछि नारायणकाजी श्रेष्ठ र योगेश भट्टराइले नेतृत्व गर्नेछन्। उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।

    जुलुसमा सहभागीहरुले निर्धारित नाराहरु मात्र लगाउनुपर्नेछ। जुलुसका सहभागीहरुलाई १०ः४५ भित्र सम्बन्धित शुरुवाति जुलुस स्थानमा भेला भइसक्न भनिएको छ ।

     केन्द्रीय संघर्ष समितिले जारी गरेको निर्देशिका :

    साभारः समाचार रातोपाटीबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.