काठमाडौं । नेकपा बहुमतले यही माघ ९ गते काठमाडौंमा आयोजना गरेको संसद विघटनविरुद्धको बृहत विरोध प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन निर्देशिका जारी गरेको छ। उक्त विरोध प्रदर्शनमा नेकपा बहुमत पक्षले व्यापक तयारी गरेको छ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी माघ ७ मा जारी गरेको सात बुँदे निर्देशिका अनुसार काठमाडौं उपत्यकामा १० वटा स्थानबाट जुलुस निस्कनेछ। जसअनुसार माइतीघर मण्डला, डिल्लीबजार चारखाल, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेजबाट जुलुस निकालिने छ। सबै स्थानका जुलुुसहरु तोकिएको रुट हुँदै रत्नपार्क पुगेर मुल जुलुसमा मिसिनेछ। सबै जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने निर्देशिकामा उल्लेख छ।
माइतीघरबाट सुरु हुने जुलुस काठमाडौं क्षेत्रनम्बर १ र २ तथा भक्तपुर काभ्रेपलाञ्चोक, सिन्धुली जिल्ला, सिन्धुपाल्चोक, दोलखा रामेछाप जिल्ला, पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनीयर शिक्षक र प्रदेश नम्बर २ जुलुस भद्रकाली हुँदै शहिदगेट एनएसी भोटाहोटी रत्नपार्क पुग्नेछ। त्यो जुलुसका नेतृत्व नेताहरु गणेश साह, गिरीराजमणि पोखरेल, मात्रिका यादव, लिलामणि पोखरेल, हरिवोल गजुरेल, पेशल खतिवडालगायतले नेतृत्व गर्नेछन् ।
त्यसैगरी लैनचोरबाट निस्कने जुलुसको भीम रावल, शक्ति बस्नेत, नन्दकुमार प्रसाईको नेतृत्व गर्नेछन्। त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछ्न्। कुपण्डोलबाट कृष्णबहादुर महरा, पम्फा भुषल, रघुजी पन्त, नन्दकुमार थापा तथा प्रदर्शनीमार्गबाट घनश्याम भुषाल र जनार्दन शर्माको नेतृत्वमा जुलुस निस्कनेछ।
त्यसैगरी त्रिचन्द्र कलेजमा देव गुरुग, रामकुमारी झाक्री लेखनाथ न्यौपाने र हितमान शाक्यले नेतृत्व गर्नेछन् । त्यस्तै बाल्मिकीबाट अमृत बोहोरा मुकुन्द न्यौपाने विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्नेछन्।
यी सबै जुलुसहरु शान्तिबाटिका रत्नपार्कमा भेला हुनेछन् र त्यसपछि नारायणकाजी श्रेष्ठ र योगेश भट्टराइले नेतृत्व गर्नेछन्। उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ ।
जुलुसमा सहभागीहरुले निर्धारित नाराहरु मात्र लगाउनुपर्नेछ। जुलुसका सहभागीहरुलाई १०ः४५ भित्र सम्बन्धित शुरुवाति जुलुस स्थानमा भेला भइसक्न भनिएको छ ।
केन्द्रीय संघर्ष समितिले जारी गरेको निर्देशिका :
साभारः समाचार रातोपाटीबाट।