Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मधेस–पहाडः समयसँग सम्वाद दृष्टि-१

चन्द्र किशोर चन्द्र किशोर
साउन ६, २०७४
- रिडर्स डिस्कोर्स, समाज, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कुछ न दिखता था अंधेरे मे
    मगर आँखे तो थी
    ये कैसी रोशनी आयी कि
    लोग अंधे हो गये ।
                   –अग्निवेश शुक्ल

    १. समकालीन लेखनको मूल प्रवृत्ति के हो? त्यसमा वर्तमानका उकुसमुकुस कत्तिको अभिव्यक्त भइराखेको छ। मूलधारको लेखन भनिराख्दा त्यो कुन भाषाको लेखन हो ? नेपाली भाषामा भइरहेको लेखनले नेपालको राजनीतिक भूगोलभित्रका आकांक्षाहरुलाई प्रतिध्वनित गर्छन कि गर्दैनन् ? मूलधारको लेखन भनेको के हो? मूलधारकाे लेखनका नाममा कसको स्वर मुखरित भइराखेको छ? नेपालको लेखनमा भौगोलिक संतुलन छ कि छैन? वा यो भनौं लेखनले सिंगो नेपालको ढुकढुकीलाई छाम्न सकेको छ कि छैन? मूलधारको लेखन भनेको के कुनै सुविचारित यत्न हो? कुनै समुदाय विशेषको स्वीकृति पाएको हुनाले मूलधारको लेखन भनिएको हो कि? किनाराका स्वरलाई साथ दिने नाउमा अनुकम्पा साहित्य लेखन त भइरहेको छैन? लेखनभित्र विविधताको स्वर देखाउन कही कतै केही आलंकारिक प्रतिनिधित्वलाई आफ्नो शर्तमा प्रस्तुत र प्रोत्साहन गर्ने काम त भराखेको छैन? यी यावत प्रश्नहरु एउटा सिमान्त सहरबाट सम्वाद दृष्टिका क्रममा अचानक उब्जिएका होइनन् । निरन्तरको भोगाई, आवधिक पढाई र विगतको सुनाईका आधारमा यस्ता प्रश्नहरु उब्जिएका हुन्।

    नेपालले अहिलेको राजनीतिक मानचित्र प्राप्त गर्नुअघि समेत विभिन्न भूगोलका बासिन्दाबीच सरोकारहरुको सुत्र खोजाई भइराखेको थियो। राज्यको पहुँच नभएका ठाँउमा पनि परम्परादेखि नै सामुदायिक अन्तरक्रिया र अन्तरसञ्चारका लागि अनेक उपक्रमहरुको छनौट हुँदै आएको हो। यो नै नेपाली समाजको पूँजी हो। चेतना फैलिदै जाँदा यस सम्बन्धलाई समानता, स्वतन्त्रता र समृद्धिको साझा इकाईको आँखीझ्यालबाट चिहाँउदै त्यसलाई समतल बनाउँदै लग्ने युगीन आवश्यकता देखा पर्‌यो।

    प्रश्नहरुको जवाफ नेखोजिकन हामी समयचेतनाको सही अर्थमा भेउ पाउन सक्दैनौं। यी प्रश्नहरु मेरा मात्र होइनन् । सिमान्तकृतहरुको कोणबाट गरिएको थेथरई पनि होइनन्। यो आफैंमा समयसँग सम्वादका लागि गरिने प्रश्नहरु हुन्। त्यस अर्थमा पनि यी प्रश्नहरुमा कालावधि र कालातित दुईवटै पक्षहरू जोडिएको छ। यी प्रश्नहरुको जवाफ संतुलित र धैर्यतापूर्वक खोज्ने यत्न भयो भने यसले नेपाली लेखनको स्वीकार्यता र स्तराेन्नतिलाई बढाउँछ।

    २. विविधताको यथार्थ

    नेपालबासीहरुको भौगोलिक बसोबासका आधारमा सम्बन्धलाई परिभाषित गर्ने हो भने त्यो पहाड र मधेसबीचको सम्बन्ध हो । पहाड भनिराख्दा त्यसले हिमाली भेगलाई पनि वृहत अर्थमा समेट्छ । यही भौगोलिक विविधता नेपालको यथार्थ हो। तराई होस् वा पहाड वा हिमाल यी सबै विविधता बोकेको क्षेत्रहरू हुन् । यी विविधताहरू  नै नेपालको पहिचान बन्न पुगेका छन् । विभिन्न भूगोलका बासिन्दाहरु माझको जनस्तरको सम्बन्ध राज्य निर्मित होइन । यो त स्वभाविक आकर्षण र अन्तरनिर्भरताको उपज हो । नेपालले अहिलेको राजनीतिक मानचित्र प्राप्त गर्नुअघि समेत विभिन्न भूगोलका बासिन्दाबीच सरोकारहरुको सुत्र खोजाई भइराखेको थियो । राज्यको पहुँच नभएका ठाँउमा पनि परम्परादेखि नै सामुदायिक अन्तरक्रिया र अन्तरसञ्चारका लागि अनेक उपक्रमहरुको छनौट हुँदै आएको हो । यो नै नेपाली समाजको पूँजी हो । चेतना फैलिदै जाँदा यस सम्बन्धलाई समानता, स्वतन्त्रता र समृद्धिको साझा इकाईको आँखीझ्यालबाट चिहाँउदै त्यसलाई समतल बनाउँदै लग्ने युगीन आवश्यकता देखा पर्‌यो ।

    समानान्तरमा सीमा सुरक्षा र राष्ट्रिय प्रतिनिधित्वको संवेदनशीलता पनि मधेसी समुदायले बोकेको हुन्छ । सिमावारीबाट कोही खेल प्रतियोगितामा भाग लिन पारिपट्टी जान्छ भने, त्यो एउटा सहरबाट अर्को सहरको यात्रा हुन्छ तर जब खेल मैदानमा उत्रिन्छन्, त्यतिखेर उनीहरु सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरिरहेका हुन्छन्। दक्षिणी सीमामा देखापर्ने यस्ता भावनालाई पहाडतिर अग्ल्याउने काम साहित्यले गरेको भेटिदैन।

    ३. सिमाञ्चल साइनो

    नेपाल र भारतबीचको सीमा, प्राकृतिक सीमा होइन। यसलाई कुनै अग्लो पहाड, समुन्द्र वा विशाल नदीले विभाजित गरेको छैन । यो राजनीतिक निर्णयले सीमांकित गरिएको अन्तर्राष्ट्रिय सीमा हो । भूखण्डले जोडिएको एउटै सभ्यता र संस्कृति भएको साझा दैनिकीमा आवद्ध सीमा हो। यस अर्थमा सीमाको दुवैतिरका बसोबासलाई सीमाञ्चल भनेर परिभाषित गर्न सकिन्छ। निश्चित रुपमा नेपाल र भारत दुई सार्वभौम मुलुक हु्न्। सन् १८१६ को सुगौली सन्धीपछि एउटा निश्चित सीमारेखा कोरिएको छ। दुई देशका राजधानी काठमाण्डु र दिल्लीबीचको सम्बन्धले यसको बहुआयामिकतालाई निर्धारित गरिरहेको हुन्छ । सीमाञ्चल सम्बन्धको माधुर्य भनेकै खुल्ला सीमा हो । नेपाल र भारतबीचको सम्बन्धलाई अति विशिष्ट बनाउने पक्ष पनि यही खुल्ला सीमाना हो । सिमाञ्चलको विशेष सम्बन्धकै आधारमा मुलतः नेपाल भारत सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनेर व्याख्या गर्ने गरिन्छ । तर दुईवटै राजधानीले सीमाञ्चलको सरोकारलाई अहिलेपनि मितेरी निर्धारणका लागि निर्णायक तत्व मान्ने गरेको छैन।

    रोटी र बेटीको सम्बन्ध केवल मधेसी समुदायको मात्र छैन्, पहाडी समुदायको पनि छ । तर सिंगो मधेसी समुदायलाई नै भारतसँग जोडेर हेर्ने चलन छ । त्यसको प्रतिछायाँ नेपाली भाषाको साहित्यमा पनि देखिन्छ । नेपालको दक्षिणी भूगोलमा बसोबास गर्ने मधेसीहरुले सीमा क्षेत्रमा बसेर दिनहुँ लडिराखेको राष्ट्रियताको लडाइँ तथा सीमाको पहरेदारीलाई नजरअन्दाज गर्ने गरिन्छ । निश्चित रुपमा सिमाञ्चलमा प्रत्येक दिन एउटा रामायणको रचना भइराखेको हुन्छ । त्यसैगरि समानान्तरमा सीमा सुरक्षा र राष्ट्रिय प्रतिनिधित्वको संवेदनशीलता पनि मधेसी समुदायले बोकेको हुन्छ। सिमावारीबाट कोही खेल प्रतियोगितामा भाग लिन पारिपट्टी जान्छ भने, त्यो एउटा सहरबाट अर्को सहरको यात्रा हुन्छ तर जब खेल मैदानमा उत्रिन्छन्, त्यतिखेर उनीहरु सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरिरहेका हुन्छन् । दक्षिणी सीमामा देखापर्ने यस्ता भावनालाई पहाडतिर उचाे पार्ने काम साहित्यले गरेको भेटिदैन।

    ४. काठमाण्डु र मधेसको साइनो

    नेपालले वर्तमान भूगोल प्राप्त गरे यता यसको राजधानी काठमाण्डु रहे जसरी नै शासन व्यवस्थाहरु फेरिएपनि राज्यको बनोट एकात्मक नै रह्यो । एकात्मक सत्ताको एकीकृत शक्ति सञ्चय र प्रयोग काठमाण्डुमै घनिभूत भयो, राज्यमा पहुँच भएका, प्रभाव जमाएका र राज्यसँग जोडिएर पहिचान स्थापित गरेकाहरुको उपस्थिति पनि त्यही थेग्रियो । बसाँइ सरेर आउनेहरुको बहुसंख्या–बर्चश्व भएर पनि काठमाण्डु सिंगो नेपाली राज्यको निरन्तरताको थलो हुनपुग्यो । त्यसैले नेपाल राज्यसँगको माग–दावी, संघर्ष–संवादको कुरा उठ्दा काठमाण्डु शब्द उच्चारण हुन पुग्छ। यसरी नेपाली विमर्शमा काठमाण्डु नेपाली राज्य, त्यसको केन्द्रीकृत स्वरुप, असमावेशी चरित्र, नाभी केन्द्रित वितरण प्रणाली र सत्तापालित वर्गलाई चिनाउने एउटा वृहत पहिचान–प्रतिनिधि हुन पुग्छ।

    कुनै भूगोल विशेषको बुझाईलाई अन्तर्भूगोल विशेषसँग जोड्न जरुरी छ । कर्णालीबारे मधेसीले सोच्न हुने की नहुने ? सगरमाथामा भइराखेको गतिविधिप्रति मधेसले चासो राख्ने की नराख्ने ? रारा तालले मौका नपाउँदा र फेवा तालले मौका गुमाउन लाग्दा त्यसमा मधेसको सरोकार पर्छ की पर्दैन ? छेवैको धनुषाको बारेमा सिन्धुलीले ध्यान दिन हुने की नहुने ? पर्सा र मकवानपुर वा मोरंग र धनकुटा वा रुपन्देही र अर्घाखाँची एक अर्कासँग अन्तर्संवाद गर्न हुने की नहुने ?

    काठमाण्डु अर्थात राज्यसँगको सम्बन्ध निर्धारणले नेपाली भूगोलका अन्य समुदायबीचको सम्बन्धलाई पनि रेखांकित गर्छ । काठमाण्डु र मधेसलाई जोड्ने प्रमुख माध्यम धर्म, आर्थिक अवसर, रोजगारी, राजनीतिक संगठन, मानवीय सम्बन्ध, राज्यले आत्मसात गरेको प्रक्रिया र स्रोतमाथिको वितरण नै हुन् । यी सबै माध्यमको आ–आफ्नो तह र स्थानमा महत्व रहेपनि राज्यले मधेसलाई हेर्ने र बुझ्ने पक्ष नै प्राथमिक हुन् । नेपालको राजनीतिक भूगोलको सुनिश्चितता नहुँदासम्म दक्षिणी नेपालका बासिन्दाको काठमाण्डुसँगको सम्बन्ध लुकाचोरी झै रह्यो । मधेस काठमाण्डुका लागि विर्ता–मौजा, सिकार खेल्ने ठाँउ, वा प्राकृतिक संसाधनको दोहन कै रुपमा उपभोग भइरह्यो । सिम्रौनगढ राज्य पतन भएपछि काठमाण्डुसँग पहिलोपटक यस क्षेत्रले आश्रय पाएको थियो । सुगौली सन्धी र त्यसपश्चात नयाँ मुलुकको रुपमा पश्चिम तराईका हिस्सा प्राप्त भइसकेपछि वि.स. २००७ सालसम्म काठमाण्डुसँगको सम्बन्ध एक प्रकारको देखिन्छ।

    काठमाण्डुसँगको सम्बन्धलाई बहुआयामिकतामा बुझ्नका लागि मधेससँग जोडिएका पक्षलाई केलाउनुपर्छ । पहिलो, काठमाण्डु आफैंमा अहिलेको नेपालको राजनीतिक भूगोलको नाभी केन्द्र हो र उसँग मधेसको आकर्षण–विलगावको स्थिति । दोस्रो, काठमाण्डुसँगको सम्बन्धको आधारमा नेपालभित्रका सामुदायिक सम्बन्धको स्तर र रुप । तेस्रो, काठमाण्डु सहरसँगको मधेसको अन्तरघुलन र अन्तरनिर्भरता । चौथो, काठमाण्डुमार्फत मधेसले नेपालको बाँकी हिस्सासँगको सम्बन्ध र सेवाको चाहना। पाँचौ, काठमाण्डुमार्फत भू राजनीतिक संतुलनको खोजी। यी सबै पक्ष एक अर्कासँग जोडिएका छन्।

    ५. बुझ्ने र बुझाउने कसले ?

    आज मधेस वा पहाडको स्थिति एक अर्काको बुझाईको बारेमा दृष्टिविहीनहरुको हात्ती छमाईका पात्रहरुको अवस्था जस्तै छ। कान अठ्याउनेले हात्तीलाई नाङ्गलो जस्तो बुझेको छ। पुच्छर समाउनेले दाम्लो सम्झेको होला, खुट्टा अठ्याउनेले ठूलो खाँबो समाँए भन्ने भान परेको होला। मधेसको समस्याको चुनौतिलाई पहाडले बुझेको छैन । त्यसैगरि मधेस बुझ्न पनि पहाड बुझ्नुपर्छ भन्ने बुझाई फराकिलो छैन। एक अर्काको भूगोलको बारेमा नबुझेसम्म कति दुरी, कति टाढा, कति खाल्डो, कति समतल भन्ने बारेमा अनेकौं अफवाह, आशंका र अनुमान फैलिएको छ।

    पहाडलाई मधेस बुझाउन जरुरी छ । त्यस्तै मधेसलाई पनि पहाड बुझाउन जरुरी छ । किन त ? मधेसले आफ्नो सरोकारबारे आफैंले बलियोसँग आफ्नो कुरा राख्नुपर्छ, ठिक हो, त्यसैगरि पहाडले पनि । मधेस वा पहाड, हिमाल भोलिको राज्य संरचनामा कस्तो अस्तित्वमा बस्ने त्यसबारे गहिरो बुझाई र त्यसको प्रकटीकरण त्यहीका बासिन्दाले गर्नुपनि मुनासिव हो । तर यति मात्रले परिवर्तनको पांग्रा गुड्न सक्दैन।

    परिवर्तनलाई स्थायी बनाउने, एक अर्कासँगको समन्वय र सहकार्यको मोडलमा लैजान एउटा भूगोलका सरोकारलाई अर्को भूगोलका बासिन्दाले बुझ्न जरुरी छ । कुनै भूगोल विशेषको बुझाईलाई अन्तर्भूगोल विशेषसँग जोड्न जरुरी छ । कर्णालीबारे मधेसीले सोच्न हुने की नहुने ? सगरमाथामा भइराखेको गतिविधिप्रति मधेसले चासो राख्ने की नराख्ने ? रारा तालले मौका नपाउँदा र फेवा तालले मौका गुमाउन लाग्दा त्यसमा मधेसको सरोकार पर्छ की पर्दैन ? छेवैको धनुषाको बारेमा सिन्धुलीले ध्यान दिन हुने की नहुने ? पर्सा र मकवानपुर वा मोरंग र धनकुटा वा रुपन्देही र अर्घाखाँची एक अर्कासँग अन्तर्संवाद गर्न हुने की नहुने?

    मधेसको सवाललाई पहाडले किन नउठाउने? त्यसैगरि पहाडमा निमुखाहरुको मौन पहाड छ। थाति रहेका समस्याहरुको अग्लो पहाड छ। सुसाइरहेका नदीहरुको आफ्नै क्रन्दन छ । यी साधारण कुराभित्र असाधारण कुरा छ । यसलाई एक आपसको संवादद्वारा व्यवस्थापन गर्न सकिन्छ । तर संवादको पक्रिया र माध्यम के हुने ? जस्तोसुकै प्रतिकुल एवं विषम परिस्थितिमा पनि समस्या समाधानको बाटो तयार गर्नु मानवीय चेतनाको उच्चतम विन्दु हो । समस्यासँग तर्सिएर होईन, जुधेर त्यसबाट पार हुनु मानवीय स्वभाव हो ।

    ६.साझा सरोकार

    राष्ट्रियता, राष्ट्रको पहिचान, राष्ट्रिय सुरक्षा, राज्यको बनोट, राष्ट्रिय इतिहास, सुरक्षित वर्तमान, आकर्षक भविष्य जस्ता शब्दावलीहरु जो अहिलेको वदलावसँग जोडिएर आएको छ। त्यसलाई परिभाषित गर्दा त्यसमा नेपालका प्रत्येक क्षेत्रका बासिन्दाको आकांक्षा र अभिलाषाहरुको अभिरेखांकन भएको छ कि छैन ? यो सवाल अहिले प्राथमिक हुन गएकोछ । यी सवालहरुको जवाफलाई संविधानले दिन सकोस भन्ने अपेक्षा थियो, जो अहिले पनि ज्यूँदै छ।

    संविधान भनेको एउटा पद्धति मात्रै होईन, नेपाली सन्दर्भमा भावनात्मक एकीकरणको ऐतिहासिक कार्यभारलाई पुरा गर्ने र त्यसलाई व्यवहारिक रुपमा चरितार्थ गर्ने सुत्र पनि हो। एउटा परिकल्पित पद्धति त आयो तर जोड्ने सुत्र आएन। संविधान घोषणापछि मधेसको असन्तुष्टी झन विष्फोटक हुनु त्यसैको सूचक हो । किन संविधानले जोड्नुपर्ने ठाँउमा मधेसीजनको मुटुमा एउटा प्वाल बनाइदिएको छ ? त्यसलाई कुनै तत्काल हुने सम्झौता विशेषले पनि टाल्न सकिन्छ ? त्यस्तै अवस्था पहाडतिर पनि छ। संविधान घोषणा पश्चात नेपाली समाजलाई मानसिक रुपमा विभाजित गरायो । दुई छिमेकी मुलुकसँगको नेपालको सम्बन्धमा स्वतः ध्रुवीकरण आयो।

    मधेसको आफ्नै कथा छ । आफ्नै संघर्षको इतिहास छ । त्यसलाई पहाडकाले उच्च स्वर किन नदिने ? त्यसैगरि पहाडमा जिन्दगी काट्नु पहाड काट्नु जत्तिकै हो । यसलाई मधेसीजनले कत्तिको फराकिलो सोचले बुझ्न सक्छन् ? मधेसको सवाललाई पहाडले किन नउठाउने ? त्यसैगरि पहाडमा निमुखाहरुको मौन पहाड छ । थाँति रहेका समस्याहरुको अग्लो पहाड छ । सुसाइरहेका नदीहरुको आफ्नै क्रन्दन छ । यी साधारण कुराहरूभित्र असाधारण कुराहरू छन। यसलाई एक आपसको संवादद्वारा व्यवस्थापन गर्न सकिन्छ । तर संवादको प्रकिया र माध्यम के हुने ? जस्तोसुकै प्रतिकुल एवं विषम परिस्थितिमा पनि समस्या समाधानको बाटो तयार गर्नु मानवीय चेतनाको उच्चतम विन्दु हो। समस्यासँग तर्सिएर होईन, जुधेर त्यसबाट पार हुनु मानवीय स्वभाव हो।

    ७. एकोहोरोपनको प्रवृत्ति

    नेपाली समाजका समस्याहरुलाई केलाउने आ–आफ्ना राजनीतिक चस्माहरु छन् । वर्गीय दृष्टिकोणले हेर्ने कतिपयले पहिचानको पक्षलाई गौण ठान्दछन् । वर्गीय आधार त अनुकुल परिस्थितिको निर्माण भएपछि फेरिएर जान सक्छ । तर पहिचान त रहिरहन्छ । प्रगतिशील लेखन होस् वा लोकतान्त्रिक नाममा गरिने लेखन होस्, त्यसले मधेसको भूँई यथार्थलाई समग्रतामा संयोजन गर्न सकेको छैन। यस कारणले पनि लेखनप्रति गुनासो छ ।

    पहिचानपक्षीहरुले आफ्नो असन्तुष्टी पोख्दै गर्दा आत्मकेन्द्रित कतै भए कि ? अरुलाई आफ्ना असल अभिष्ट बुझाउन सकेनन् कि ? पहाड र मधेसकै कुरा गर्दा आन्दोलनको तरिका छनौटमा मधेस आत्मकेन्द्रित हुँदा फरक पहिचानकाले त्यसबाट आफूहरु टाढिएको महशुस गरे कि?  यी मनोवृत्तिहरु त्यसै उब्जिएका होइनन् । नेपाली लेखनले पनि यसमा मलजल हाल्ने काम गरेको हो । मधेस समस्या देशको अन्य समस्याहरुसँग अविभाज्यरुपमा गाँसिएको छ भनेर किन बुझाउन सकिएन ? लेखन कहाँनेर चुक्यो ? सटिक जवाफ छ, लेखनको मूल प्रवृत्ति टाँगामा डोरिएको घोडा जस्तै भयो जसको आँखाको दुवैतिर पट्टि बाँधिएको हुन्छ र उ केवल अगाडि मात्रै देख्छ । यसरी अग्र हेराई हाम्रो सन्दर्भमा एकहोरोपन भएर प्रकट भएको छ र पुरा समाज एक प्रकारको किटनाशक औषधीको हाट भएको छ ।

    ८.आएको अवसर

    एउटा समय थियो । जतिखेर मधेसमा तनाव घनिभूत भएको बेला उतै वार्ता गर्नुपर्छ भनिन्थ्यो । यसपटक मधेस स्वयं काठमाण्डु पुगेको छ। र काठमाण्डुले संवाद गर्न खोज्दा मधेसीशक्तिहरुले पहिलेभन्दा पक्कै बढी परिपक्कता देखाउनेछन् । आन्दोलनको लामो बाटो कसैको रहर हुँदैन । आखिर मधेसको वृहत्तर तहले संविधानलाई स्वीकार गरिराखेकै छ । हो त्यसमा अनुकुलको संसोधन खोजिएको छ । यस मानेमा काठमाण्डुका लागि यो दैलोमा आइपुगेको अवसर हो । काठमाण्डुले यसपटक मधेसलाई सम्मानीत गर्‌यो भने त्यसले नेपाली राज्यको सामर्थ्य र स्वीकार्यता मजबुत बनाउँछ । सामाजिक संवाद र ऐक्यवद्धताका सुत्रहरु अझ कसिएर नेपाली समाजबीचको एकीकरण घनिभूत हुन्छ। काठमाण्डुले यसपटक पनि मधेसलाई सम्मान दिन सकेन भने मुलुकमा अनपेक्षित अध्याय शुरु हुनसक्छ।

    नेपालमा उदार लोकतन्त्र, बहुलता र विविधता, मानव अधिकार जस्ता पक्षमा रहेका जागरुक वर्गले मधेससँग सार्थक वार्ताका लागि सरकारलाई दवाव दिनुपर्छ। सामाजिक जीवनका विभिन्न हिस्साले जनजीवनलाई असहज नपारिकन दवाव बढाउनुपर्छ। भोलि मधेसलाई यसो नलागोस् कि सिंहदरवार र संसद मात्र होइन, काठमाण्डुको नागरिक तहले पनि हाम्रो संघर्षलाई निषेध गर्न खोज्यो । यसरी यो काठमाण्डुको नागरिक समाजको पनि एउटा परीक्षाकाल हो।

    ९.क्याडर लेखक

    साम्प्रदायिक राष्ट्रवाद फासिज्मको नेपाली अनुहार हो। अहिलेको नेपाली लेखनले मधेसको राज्यसँगको सम्बन्ध निर्धारणको उपक्रमलाई आफू विरुद्धको संघर्षको रुपमा लिएका छन्। त्यस अर्थमा सांगठनिक संरचनामा बहाल रहेका लेखकहरु आफूलाई २४ क्यारेटको क्याडर सावित गर्न आफ्ना मातृराजनीतिक संगठनभन्दा माथि आउन सकीरहेका छैनन्। यो नेपाली लेखनको त्रासदी हो। राज्यबाट पालित, पुजित वा प्रश्रित हुने निहुँमा विवेक बन्धकी राखेर लेखन कर्म भइराखेको छ । प्रायोजित लेखनले पनि विवेकलाई छायाँमा पार्ने गरेको छ । कोही चुप छन्, कोही जानी जानी चुप छन्। कोही प्राप्ति हुन्छ भनेर चुप छन् । कोही भेउ नपाएर चुप छन्। कोही फैलाईएको भ्रमहरुको भूँमरीमा परेर चुप छन् । कोही बोल्ने छुट पाएर पनि चुप छन् । त्यसैले यदाकदा लाग्छन- चुप्पी नेपाली लेखनको मुलग्रन्थी हो कि ?

    लेखनमा स्वायत्तता हुनुपर्छ । कसैलाई विचारधारा बोकेर लेख्ने छुट छ। कसैले आफूलाई प्रतिबद्ध लेखक ठान्न सक्छन् । लेखन स्वायत्त हुनुपर्छ तर यसको आशय अभिव्यक्तिको स्वतन्त्रता हो भने यो सवाल साम्प्रदायिक संकिर्णता, अतितजीवि मुढता वा अवैज्ञानिक सोचको विरुद्धमा लागु हुनुपर्छ। आ–आफ्नो आस्थाको किलोमा बाँधिएको नेपाली लेखनको मुल प्रवृत्तिले नेपाली राज्यजस्तै पहाडलाई नै मियो मानी परिक्रमा गर्ने गरिएको छ।

    १०. लेखकहरुले के गर्न सक्छन् ?

    लेखन भनेको पहाडी र मधेसी हुँदैनन् । हो लेखकको पृष्ठभूमि फरक हुनसक्छ । लेखनले सन्तुलन, समन्वय, समझदारी र साझेदारी ल्याउने यत्न गर्न सकेको छ कि छैन ? मधेसलाई चिनाउने नाममा परिहासका पात्रहरु खडा गर्ने, सामाजिक सवाल मात्र चिनाउने, राज्यसँगको संरचनागत विभेदलाई नदेखाउने, सम्मानित र सद्भावको आकांक्षालाई स्थान नदिने वा पहाडी समुदायको विस्थापन प्रति सहानुभूति राख्ने पात्र प्रस्तुत गर्नुले समग्र मधेसी समाजलाई चिनाउँदैन । यो भन्दा निकै विराट मधेसी सवालहरु छ ।

    नेपाली बाहेकका भाषाहरुमा पनि लेखिएका छन् र लेखिँदैछन । त्यसलाई अन्तर समुदायमा फैलाउन आवश्यक छ । नेपाली बाहेकका भाषाहरुमा नेपाली लेखनलाई अनुवाद गरेर पुर्‌याउनुपर्छ । लेखकहरुबीच संवाद हुनुपर्छ । लेखक स्वयं नेपालको परिवेश र पृष्ठभूमिसँग परिचित हुनुपर्छ । पछिल्ला वर्षहरुमा मधेसमा पनि पहाडलाई लिएर चाखलाख्दा लेखन भएको छ । त्यसैगरि मधेसका बारेमा पनि मधुरो तर सही स्वर सुन्न थालिएको छ ।

    कोही चुप छन्, कोही  जानी जानी चुप छन् । कोही प्राप्ति हुन्छ भनेर चुप छन् । कोही भेउ नपाएर चुप छन् । कोही फैलाईएको भ्रमहरुको भूँमरीमा परेर चुप छन् । कोही बोल्ने छुट पाएर पनि चुप छन् । त्यसैले यदाकदा लाग्छ -चुप्पी नेपाली लेखनको मुलग्रन्थी हो कि ?

    पहिचान भनेको व्यक्तिको नीजि वैशिष्ट हो । एक अर्थमा त्यो फरकपन पनि हो तर त्यो पृथकीकरणको यात्रा होइन । फरक पहिचानहरु माझ पनि साझापनका सुत्रहरु हुन्छन् । त्यसलाई खोजिनुपर्छ । त्यसलाई उजेल्याउनुपर्छ । अहिले त्यसको अभाव खड्किएको छ । चाहे पञ्चायत होस् वा दल संरक्षित लोकतन्त्र सबैले पहाडलाई नै नेपाल ठान्ने प्रयत्न गर्ंयाे र स्वभावतः त्यही दृष्टि नेपाली लेखनको अन्तरधारा भयो । त्यसमा हस्तक्षेप आवश्यक छ ।

    ११ संवाद कसरी ?

    • अन्तरभौगोलिक यात्रालाई प्रोत्साहित गर्ने
    • पाठ्यपुस्तकहरुमा नेपालको भूगोल र त्यसले बोकेको विविधता चिनाउने सामग्रीहरु प्रस्तुत गर्ने
    • लामो समयसम्म फरक भूगोलमा काम गरेकाहरुको अनुभव साझेदारीको सार्वजनिक अवसर उपलब्ध गराएर
    • पहाड र मधेसबीचको आर्थिक जीवनका विद्यमान सबलता र भावी संभावनाहरुको उजागर गर्ने
    • एक अर्को भूगोलमा मेला, महोत्सवहरुको आयोजना गरेर चिनारी फराकिलो गर्ने
    • मधेसबाट लोकतन्त्र, सामाजिक न्याय वा साँस्कृतिक क्षेत्रमा अति विशिष्ट योगदान गरेकाहरुको प्रतिमा स्थापना, मार्ग वा टोलहरुको नामाकरण गरेर
    • अन्तर्भौगोलिक छात्रवृत्ति योजनाको सुरुवात गरि फरक भूगोलमा जान प्रेरित गर्न
    • सामाजिक शिक्षा अन्तर्गतको अध्ययनमा फरक भूगोलमा गई केहि समय बस्ने तथा त्यसबारे प्रतिवेदन तयार गर्ने र यसका लागि विद्यालय/क्याम्पसहरुले आतिथ्य संयोजन गर्ने गराउने आदि

    लेखकहरुले त्यस्ता अनेकौं प्रयत्नहरुलाई आफ्ना लेखनमार्फत स्वर दिन सक्छन् । असहमति वा अस्मिता खोजीलाई स्वर दिन सक्छन् । मधेसको हकमा उसको अभारतीयकरणका लागि गरिएको संघर्षलाई राष्ट्रिय चिनारी दिन सक्छन् । सिमाञ्चल सम्बन्ध र राष्ट्रियताको चनाखोपनबीचको भिन्नतालाई व्याख्या गरिदिन सक्छन् । सामाजिक सदभावका सुत्रहरु केलाईदिन सक्छन् । लोकतन्त्रको स्वरलाई अझ बढी तन्काउँदै जाने र आफूलाई जहिलेपनि प्रतिपक्षमा राख्नु लेखकहरुको युगधर्म हैन र ?

    वो जो फिरता था लिए हाथ मे सुरज कल तक
    आज खैरात मे जुगनू बटोर कर खुश है ।

    १२.चाँदीको घेरा

    नेपाली भाषाको लेखनमा पछिल्ला वर्षहरुमा मधेसलाई पनि स्पेस दिने क्रम बढेको छ । गैर मधेसी रचनाकारहरुले मधेसलाई लेखनको विषय बनाएका छन् । स्वयं मधेसी समुदायका लेखकहरु नेपाली र नेपालका अन्य भाषाहरुमा लेख्ने क्रम बढेको छ । पहाडसँगको सम्बन्धलाई स्वीकार्दै दक्षिणी क्षेत्रका मुल बासिन्दाहरुको सम्मान, स्वतन्त्रता र समृद्धिको बारेमा चनाखोपन देखाउन थालेका छन् । यो राम्रो संकेत हो ।

    (तस्विर: राजेश राई)

    याे अालेख नेपाल अध्ययन केन्द्रद्वारा जेठ १४-१५,२०७३ मा अायाेजित समय चेतना – २ नामक अन्तरक्रिया प्रस्तुत कार्यपत्रकाे परिमार्जित संस्करण हाे । 

    नयाँ संविधान र मधेसको सरोकार – तुलानारायण साह

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: चन्द्र किशोरमधेश पहाड
      चन्द्र किशोर

      चन्द्र किशोर

      Related Posts

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.