Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यसरी भयाे नेपालमा कानुन पाठ्यक्रमको थालनी: एक स्मरण

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १४, २०७४
- विमर्शका लागि, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतको पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा कानुनमा स्नातक तहसम्म पढाइ हुने ल कलेज खुल्यो । त्यतिबेला दरबार हाई स्कुलको दक्षिणपट्टिको माथिल्लो तलामा त्यो पढाइ हुन्थ्यो । धेरैपछि प्रदर्शनी मार्गमा आफ्नै भवन बनाएर ल कलेज सर्‍यो । विसं ०२५ सम्म पटनाकै पाठ्यक्रममा पढाइ हुन्थ्यो । त्यसपछि त्रिविसँग सम्बन्धन प्राप्त गरी आफ्नै पाठ्यक्रम बनाउने क्रम सुरु गरिएको हो।

    आफ्नै पाठ्यक्रम बनाउन प्राचार्य रामराज पन्तको अध्यक्षतामा पाठ्यक्रम निर्धारण समिति बनेको थियो । त्यसमा म पनि सदस्य थिएँ । विभिन्न विषयका विद्वान्हरूले पाठ्यक्रम बनाएर समितिमा पेस गरे । मैले पनि नेपालको कानुन प्रणाली, कानुनी इतिहास, रिट निवेदन र सिद्धान्त, बहस पैरवी र नेपालको कानुनी लिखत विषय पढाउनुपर्ने सुझाव दिएँ । समितिका सबै सदस्यले सुझाएका विषयमा छलफल भयो । प्राचार्य पन्तले पटना विश्वविद्यालयको पाठ्यक्रममा रहेको हिन्दु विधिशास्त्र नेपाली पाठ्यक्रममा पनि राख्नुपर्ने बताए।

    पटना विश्वविद्यालयको पाठ्यक्रममा भए पनि हिन्दु विधिशास्त्रका पाठ्यपुस्तक पुन: प्रकाशित नभएकाले बजारमा अभाव थियो । उक्त विषय पढाउने शिक्षक पनि त्यस समयमा पाउन कठिन थियो । मैले सोही कुरा बताएँ । “तपाईंले प्रस्तुत गरेका विषयका पनि त पाठ्यपुस्तक छैनन् नि,” पन्तको भनाइ थियो । ‘म आफैँ ती विषयमा पुस्तक लेख्छु र पढाउँछु,’ भनेपछि मेरो कुरा स्वीकृत भयो । नेपाल हिन्दु राष्ट्र पनि भएकाले हिन्दु विधिशास्त्र हटाउन सुहाउँदैन कि भन्ने कुरा भएपछि कलेजमा पढाइ नहुने तर इच्छाधीनमा उक्त विषय राखियो ।

    पाठ्यक्रम स्वीकृत भएपछि मैले सुझाव दिएका विषय पढाउने, अदालती अभ्यास गराउने र ती विषयमा पुस्तक पनि लेख्ने काम गरेँ । रिट निवेदन सिद्धान्त र विवेचना भन्ने पुस्तक नै लेखेँ । त्रिविले प्रकाशित गरेको उक्त पुस्तकको भूमिका शम्भुप्रसाद ज्ञवालीले लेखे । साझा प्रकाशनले दुइटा पुस्तक छाप्यो, बहस पैरवी र नेपालको कानुनी लिखत अनि विश्वका प्रमुख कानुन प्रणाली । यसरी नेपालकै पाठ्यक्रम सुरु भएको कानुनको पढाइ अझै त्यसै अनुरूप चल्दै आएको छ ।

    नयाँ शिक्षा योजना लागू भएपछि दिउँसो पढाउनुपर्ने हुँदा सहप्राध्यापकको जागिरभन्दा दरबार नै ठीक लागेकाले मैले पढाउन छोडेँ । त्यहीबीच एक दिन कार्यालय जाँदै थिएँ, दरबारको पश्चिम ढोकामा एक जनाले ‘सर, सर †’ भनेर कराएको सुनेँ । हेरेको त कानुनको डीन कार्यालयका परिचर रहेछन् । उनले ‘जरुरी चिट्ठी छ’ भनेर दिए । भर्पाई गरी पठाएँ । कार्यालयभित्र गएर पत्र खोलेँ । हिन्दु विधिशास्त्रको ऐच्छिक विषयमा केही विद्यार्थीले फाराम भरेकाले प्रश्नपत्र बनाइदिन अनुरोध गरिएको रहेछ ।

    त्रिवि कानुन संकायका तत्कालीन डीन ध्रुववरसिंह थापाको हस्ताक्षर रहेको यस्तै अनुरोध प्रसिद्ध कानुनविद् रमानन्दप्रसाद सिंह र शम्भुप्रसाद ज्ञवालीलाई समेत गरिएको रहेछ । तर, त्यस विषयमा आफूहरू जानकार नरहेको बताएपछि ज्ञवालीकै सिफारिसमा उक्त प्रस्ताव मकहाँ पुगेको रहेछ । पत्र पढेपछि हाकिमसँग भैपरी बिदा मागेर निस्किएँ । त्यस राती प्रश्नपत्र बनाएर २ बजे सुतेँ । भोलिपल्ट बिहान अंग्रेजी र नेपाली दुवै भाषाका प्रश्नपत्र डीन थापालाई बुझाइदिएँ । खुसी हुँदै उनले भने, “तपाईंले त्रिविको लाज बचाइदिनुभयो ।”

    यस घटनाको एक वर्ष मात्र बितेको थियो, वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह मेरो घरमा आए । ‘मैले यसरी घरमा मान्छे भेट्ने गरेको छैन । अफिसियल कुनै काम छ भने अफिसमै भेट्नुहोला’ भनेँ । उनका ज्वाइँ हिन्दु विधिशास्त्र विषयमा अघिल्लो वर्ष फेल भएका रहेछन्, उनैका बारेमा कुरा गर्न आएका रहेछन् । यस वर्ष उत्तरपुस्तिका मकहाँ आउने थाहा पाएर उक्त विषयमा पास गराइदिन भनी अनुरोध गरे । मैले ‘हुन्छ, हेरौँला’ भनेर फर्काइदिएँ । र, अफिसतर्फ लागेँ।

    बेलुका अफिसबाट घर फर्किन्छु त त्रिविका तर्फबाट त्यही विषयका उत्तरपुस्तिका घरमा छोडेको पाएँ । अघिल्लो वर्ष मैले नै तयार गरेको प्रश्नपत्र यस वर्ष पनि दोहोर्‍याइएको रहेछ । गत वर्ष नेपाली भाषामा सोधिएको थियो, यस वर्षचाहिँ त्यसैको अंग्रेजी ‘भर्सन’ । अघिल्लो वर्ष मलाई नै एउटै प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लगाइएको थियो । दुई वर्ष एउटै प्रश्नपत्रले काम चलाएको देख्दा आश्चर्य पनि लाग्यो।

    सरासर परीक्षा नियन्त्रण कार्यालय, जमल पुगेर तत्कालीन नियन्त्रक सुदर्शन रिसाललाई ती उत्तरपुस्तिका फिर्ता गरिदिएँ । उनले नजाँचीकनै फिर्ता ल्याउनुको कारण सोधे । उत्तरपुस्तिका मकहाँ आउँदै छन् भन्ने कुरा पहिले नै परीक्षार्थीका आफन्तले थाहा पाएकाले फिर्ता गरेको बताएँ । ‘हिजो बिहान मात्रै भन्न आइपुगेको र बेलुका उत्तरपुस्तिका पुगेकाले यस्ता कपी जाँच गर्नु उपयुक्त नलागेकाले फिर्ता गरेको’ बताएर कडै स्पष्टीकरण लेखेर छोडेँ, ‘त्रिविले परीक्षासम्बन्धी यस्ता त्रुटि नसच्याएसम्म प्रश्नपत्र तयार गर्ने र जाँच्ने काम मबाट हुनेछैन ।’ नेपाल राष्ट्रिय साप्ताहिकबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.