Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

१९ मन्त्रीलाई पुग्छ क्वाटर : डेरामै खर्च हुन्छ दुई लाख

nepal_readers nepal_readers
भदौ २०, २०७४
- राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई-दुई लाख नगद दिएको छ ।मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वार्टर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरूले मासिक ४० हजार रुपैयाँ घरभाडाबापत छुट्टै पाउनेछन् ।

    सुविधा छुट्टै : बाहिर बस्ने मन्त्रीहरूले घरभाडाबाहेक बिजुली, पानी र टेलिफोनको रकम बिलअनुसार भुक्तानी पाउनेछन् भने पत्रपत्रिका तथा यातायात सुविधा पनि छुट्टै पाउनेछन् । यसैगरी, राज्यमन्त्रीले मासिक ५७ हजार ७ सय ८० रुपैयाँ बुझ्नेछन् । मन्त्रीहरूको आवास व्यवस्थापनको जिम्मेवारी लिएको भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौंका लेखा प्रमुख उपसचिव रामकृष्ण पन्थीले डेरा व्यवस्थापनका लागि प्रतिमन्त्री दुई लाख रुपैयाँ वितरण गरिएको जानकारी दिए ।

    वार्षिक ६५ लाख विनियोजन : क्वार्टर व्यवस्थापनका लागि वर्षभरि विनियोजन गरिएको रकम डेरा व्यवस्थापनमै सकिएकाले थप रकम अर्थ मन्त्रालयस“ग माग गर्नुपर्ने अवस्था आएको पन्थीले बताए । कार्यालयले पुल्चोकस्थित मन्त्री क्वार्टरको साजसज्जा र सामान्य मर्मत तथा रंगरोगनका लागि वार्षिक ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो । वर्षभरिका लागि विनियोजित रकम डेरा व्यवस्थापनमै सकिएको उनले बताए जनाए । कार्यालयका अनुसार मन्त्रीलाई आफू बसेको डेरामा सुरक्षाकर्मीको सानो सेन्ट्री बनाउन एक लाख तथा फर्निचर, खाट र टेबल व्यवस्थापन गर्न एक लाख गरी दुई लाख रुपैयाँ सुरुमै दिइएको हो।

    क्वार्टर १९ मन्त्रीलाई : पुल्चोकस्थित मन्त्री क्वार्टरमा सुविधासम्पन्न र सुरक्षित आवास बनाइए पनि जम्बो सरकारका राज्यमन्त्रीलाई नपुगेपछि बाहिरै सुविधासम्पन्न डेरा लिएर बस्न भनिएको छ । पुल्चोकस्थित क्वार्टर जम्मा १९ मन्त्रीलाई मात्रै पुग्छ । यसमा पनि एउटा क्वार्टरमा उपसभामुखलाई राख्न थालिएपछि २६ जनामध्ये अहिले पुल्चोकमा १८ जना मन्त्री बसिरहेका छन् ।

    ४० हजार लिटर पानीको पैसा : कार्यालयका अनुसार मन्त्रीका लागि बिजुली, फोन र पानीको सीमा तोकिएको छैन । बाहिर बस्ने एक मन्त्रीले मासिक ४० हजार लिटरसम्म पानीको पैसा पाउने गरेका छन् । तिनका लागि सरकारले नै फर्निचर, टेबल र टिभीसमेत दिने गरेको छ । सरसफाइका सामानको पनि बिलअनुसार पैसा दिइन्छ ।

    को-को छन् बाहिर ? कार्यालयका अनुसार पुल्चोकमा स्थान नपुगेपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधान, कृषि विकासमन्त्री रामकुमार यादव, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव, सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, पशुपक्षी विकासमन्त्री शान्तकुमार थारू, जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरी र सिँचाइमन्त्री सञ्जयकुमार गौतम बाहिरै बसिरहेका छन् ।  खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.