‘कार्ल मार्क्स जन्म द्विशतवार्षिको समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् । उनले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताए ।
अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताए ।
हेर्नुहाेस् भिडियाेः
https://youtu.be/qixh63zksiE
एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताए ।
https://youtu.be/SbIzhTkIMGI
एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गरे ।
https://youtu.be/p_d7lpaSp20
एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्र्सवादको सम्मान नै पार्टी एकता हो भने ।
https://youtu.be/v1RO4lyyn-I
समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चलेकाे उक्त गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए । उनले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताए ।
https://youtu.be/hORkHTINw28
समितिका अध्यक्ष भुषालले दुई दिनसम्म चलेकाे उक्त गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषयमा गाेष्ठीकाे दाेस्राे दिन अाफ्नाे विचार प्रस्तुत गर्नु भएकाे थियाे ।
भुसालले समाजवादी आन्दोलन र कम्युनिस्ट पार्टी भित्रका धेरै समस्या मध्ये एउटा ब्यक्तिको ज्ञान आलोचनात्मक चेतनालाई भुत्तो बनाइयो। जस्तो सोभियत संघ र समाजवाद विघटन हुँदा नागरिकको पहल भएन। उनिहरुलाई सोच्ने आलोचना गर्ने ज्ञान राज्यमा सहभागिता,लगायतका सबै बन्देज गरिएक्ाे बताउनु भएकाे थियाे ।
हेर्नुहाेस् भिडियाेः
https://youtu.be/nwgRuYhY7Rc
https://youtu.be/nwgRuYhY7Rc